आलोपालोको रहस्य

सम्पादक
जेठ १९, २०७६

१. नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो र पार्टीका अर्का अध्यक्ष प्रधानमन्त्री के.पी. ओलीबीच सत्ताको लागि आलोपालो गर्ने सहमति भएको कुरा बाहिर ल्याएका छन्, उनले त्यो कुरा बाहिर ल्याएपछि राजनीतिमा यो चर्चाको विषय भएको छ, भने नेपाल कम्यूनिष्ट पार्टी भित्र एक किसिमको भूकम्प नै गएको छ।

२. अध्यक्ष प्रचण्डले पार्टी एकीकरण गर्दा आलोपालोको सहमति भएको स्पष्ट पार्दै एक व्यक्तिले दुई पद सम्हाल्दा राम्ररी काम हुन नसकेको कुरा पनि औल्याएका छन्। उनले आफू प्रधानमन्त्रीकै लागि भोको नभएको भन्दै पार्टी अध्यक्षको पद दिएमा पनि हुन्छ भन्ने संकेत गरेका छन्।

३. उनले सहमतिका कुरा बाहिर ल्याउनासाथ तत्कालीन माओवादीका नेताहरुले सहमति भएको हो र त्यो सहमति कार्यान्वयन हुनु पर्नेमा जोड दिन थालेका छन्। तत्कालीन एमालेका नेताहरुले पनि कुरा चपाएर बोल्न थालेका छन्, उनीहरु मध्ये केहिले सहमति भएको आफूलाई थाहा नभएकोसम्म भन्दै छन्।

४. तर प्रष्टवक्ताका रुपमा परिचित वामदेव गौतमले भने सहमति कार्यान्वयन नभएमा त्यसले अनिष्ट निम्त्याउने विचार व्यक्त गरेका छन्। नेताहरुले पक्ष र विपक्षमा आ–आफ्नो विचार व्यक्त गर्दै छन्। आगामी साता यो विषयले चर्को चर्चा पाउने अनुमान गरिएको छ।

५. प्रचण्ड र ओली बीच पहिले पनि त्यस्तै सहमति भएको थियो। त्यसवेला प्रधानमन्त्री भएका ओलीले सत्ता हस्तान्तरण नगर्दा प्रचण्ड कडा रुपमा प्रस्तुत भएका थिए। अहिले पनि स्थिति त्यस्तै आउने अनुमान गरिएको छ। केही नेताहरुले त्यस्तो अवस्था दोहोर्याउन दिन नहुने बताउँदै छन्।

६. आलोपालोको कुरा अहिले कोट्याए तापनि त्यसको पालो आउन अझै १५ महिना बाँकी छ। १५ महिना जति बाँकी भएकोले प्रचण्ड अहिले आत्तिन नहुने भन्नेहरु पनि छन्। सत्ता हस्तान्तरणको कुरा बाहिर आएपछि त्यसको प्रत्यक्ष प्रभाव कर्मचारीतन्त्रमा पर्ने हुन्छ। सिंहदरबारको कामकुरामा ह्रास आउने अनुमान गर्ने हरु पनि देखिसकिएको छ।

७. दुई अध्यक्ष भनिएता पनि पार्टीको बैठकमा जेजसरी सीटको व्यवस्था गरिएको छ, त्यसले त्यस्तो देखाउँदैन। अध्यक्ष प्रचण्डलाई छेउमा राख्ने गरिएको छ। त्यसरी छेउमा राख्नु उनको अपमान भन्नेहरु पनि छन्। प्रचण्ड रणनीतिक हिसावले पर्खिरहेका थिए। तर प्रधानमन्त्री ओली शक्तिको भोको भएर जेजसरी शक्ति सञ्चय गर्दै छन्, त्यो सहन नसकेर उनले आलोपालोको वाँण फालेको भन्नेहरु पनि छन्। अहिले यो विषय बाहिरका हरुलाई रहस्यमयी छ। केही समय पछि यसको रहस्य खुल्ने छ र त्यसले कुन मोड लिनेछ, त्यो प्रष्ट हुनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width