१. हिन्दू धर्ममा देवी देवताको पूजापाठ गर्ने, आराधना गर्ने कार्य पहिलेदेखि चलिआएको छ। समय बितेअनुसार आराधना र पूजापाठ गर्ने तौरतरीकामा केही सुधार भएको छ भने कतै परिवर्तन पनि भएको छ। फेरि कतै केही थप पनि भएको छ। त्यस्तै थपिएको कार्य मध्ये एक हो–बोलबम। बोलबम फैलिँदै गएको छ।
२. त्यस्तै आरति गर्ने पनि फैलिँदै छन्। हिजो कुनै अनुष्ठान आदि गरेपछि सानो आरति पाठ गर्ने र आरति गर्ने गरिन्थ्यो भने अहिले विशेष किसिमले आरति गर्ने चलन आएको छ। यो आरति गर्ने चलन पनि बोलबमजस्तै फैलिँदै गएको छ।
३. पहिले–पहिले भारतको हरिद्वारमा, गंगाको किनारमा विशेष किसिमको साँझमा आरति गर्ने गरिन्थ्यो। साँझको बेला गंगाको किनारमा आरति गर्दा त्यसको प्रभाव र महत्व नै अर्कै हुन्छ। आरतिको प्रतिबिम्ब नदीको पानीमा पर्दा सौन्दर्य नै अर्कै हुन्छ। त्यसैले मानिसहरु ठूलो संख्यामा उपस्थित हुने गर्दथे।
४. हरिद्वारबाट आरति गर्ने चलन बनारसमा आयो। बनारसमा त्यहाँका हिन्दूहरु, संस्कृत पढ्न बसेका विद्यार्थीहरुदेखि लिएर सबै सर्वसाधारण पनि साँझ आरतिमा सहभागी हुन नदी किनार पुग्दथे र सहभागीहरुले अलौकिक सौन्दर्य र महत्वको रसास्वादन गर्ने गर्दथे। त्यहाँबाट भारतका अन्य शहरहरुमा पनि पुग्यो।
५. धेरै वर्ष पहिले यो आरतिको प्रथा पशुपतिनाथमा आयो। पशुपतिमा पनि यो लोकप्रिय भएर गएको छ। काठमाडौंको पशुपतिनाथबाट यो प्रथा जिल्लाका महत्वपूर्ण मन्दिर र जलाशययुक्त धार्मिक स्थलमा फैलिँदै गएको छ। केहीवर्ष अघि पहिले काठमाडौंबाट यो प्रथा पोखरा आएको छ।
६. पोखरामा यो विशेष किसिमको आरति सबभन्दा पहिले विन्ध्यवासिनी मन्दिरमा गर्ने गरिएको त्यहाँका आयोजकहरुले बताउने गरेका छन्। पहिले विन्ध्यवासनीमा पनि कुनै भजन, पूजामा अनुष्ठान पूरा भएपछि समापनका रुपमा सानो आरति गर्ने चलन थियो। त्यो आरतिले हाम्रो आँखाको नानी तेजिलो पार्ने रोग नाश हुने तथा सकारात्मक सोच आउने पनि बताउने गरिएको छ।
७. केही समयदेखि पोखराको तालबाराही मन्दिरमा पनि यो विशेष किसिमको आरति गर्ने गरिएको छ। पोखरामा पनि यसले लोकप्रियता हासिल गरेको छ। यस पटक बोलबमको दिनमा केदारेश्वर महादेव मन्दिरमा यो विशेष आरति गरिएको थियो। त्यस्तै महतगौँडाको सदाशिवजी हरिहर मन्दिरमा विशेष आरति गरिएको छ। शुक्लागण्डकीको किनारमा पनि नियमित रुपले आरति गर्ने बताइएको छ भने भर्खरै बेगनासतालमा पनि यसको शुरुआत गरिएको छ। आरतिका लागि संकल्प गरी दक्षिणा चढाउनेको संख्या पनि बढ्दो छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१