१. आज २३ औं विश्व आदिवासी दिवस हो। विश्व आदिवासी दिवसको उपलक्ष्यमा आज विश्वभर विभिन्न कार्यक्रमहरु राखेर आदिवासी दिवस मनाउने गरिन्छ। नेपालमा पनि आदिवासी जनजाति महासंघ र त्यस अर्न्तर्गतका संस्थाहरुले यो दिवस र्याली, गोष्ठी आदि गरेर मनाउँदै छन्।
२. आदिवासी जनजातिहरुको विगततिर फर्केर हेर्दा उनीहरुको अवस्था त्यसबेला कहाली लाग्दो थियो। उनीहरुले ज्यादै कठिन एवम् कठोर जीवनयापन गर्नु परेको थियो। उनीहरु समाजबाट अत्यन्त शोषित र पीडित थिए। त्यसबेला यस्तो संयन्त्रको निर्माण गरिएको थियो कि उनीहरुले पीडा वेदना व्यक्त गर्ने अवसर पनि पाएका थिएनन्।
३. पञ्चायत कालसम्म पनि उनीहरुले आफ्नो संगठन गर्न पाएका थिएनन्। २०४६ सालको ऐतिहासिक जनआन्दोलनले प्रजातन्त्रको पुनर्बहाली भएपछि सबैका लागि संगठन गर्ने स्वतन्त्रता प्राप्त भयो। त्यस बेलादेखि आदिवासी जनजातिहरुले आफ्नो जातीय संगठन गर्न लागे र संगठन मार्फत् आफ्नो भाषा, भेष र धर्म के हो र तिनीहरुको के कसरी जगेर्ना गर्ने भन्ने सोच्न थाले।
४. त्यसबेला पनि जातीय संगठन गर्नेहरुलाई “साम्प्रदायिक” भनेर आलोचना गर्दथे। संगठनकर्ताहरुलाई हतोत्साही पार्दथे। आदिवासी जनजातिहरुलाई असभ्य, जंगलका कन्दमूल खानिखोस्री खाने जति भनी हेय दृष्टिले हेर्दथे। तर स्थिति परिवर्तन भयो। प्रजातान्त्रिक सरकारले जातीय उत्थानका लागि के गर्न सकिन्छ, त्यो हेर्न थाले।
५.पथमतः आदिवासी जनजातिहरुको पहिचान गरियो। उनीहरुको उत्थानका लागि समिति र प्रतिष्ठानको गठन गरियो। बजेट विनियोजन गरियो। त्यो भन्दा ठूलो कुरा समाजले उनीहरुलाई हेर्ने दृष्टिकोण फेरियो। व्यवहार फेरियो। आज आदिवासी जनजातिको महत्व बढेको छ। उनीहरुको भाषा, भेषभूषा र संस्कृतिको महत्व बढेको छ।
६. आज जातीय उत्थानका लागि लाग्नु र संगठित हुनु ठूलो कुरा भएको छ। वातावरण बदलिएको छ। दृष्टिकोण केही फेरिएको छ। हिजो जातीय संगठन गर्दा साम्प्रदायिक भन्नेहरु आज आफै जातीय संगठनमा जुटेका छन्। केहीले त आफूलाई पनि आदिवासी जनजाति भन्न थालेका छन् र हिजो आदिवासी जनजातिहरुलाई सुविधान दिन हुन्न भन्नेहरु आज त्यो सुविधा आफूलाई पनि दिनुपर्दछ भन्न थालेका छन्।
७. आदिवासी जनजातिहरु सदियौं देखि पिल्सिएको जाति हो। राज्यसत्ताबाट पाखा पारिएको जाति हो। यो जाति अझ पनि शोषित छ, पीडित छ र राज्यसत्तामा पहुँच छैन। यिनीहरुको राम्ररी उत्थान भएको छैन। उनीहरुको यो स्थितिलाई सरकारले महसुस गर्नु पर्दछ र राज्य सत्तामा पहुँच हुने गरी कार्यक्रम र योजना तर्जुमा गरेर ठोस सहयोग पुर्याउनु आवश्यक छ।
Related News
सम्बन्धित समाचार
सरकारबाटै संविधानको अवहेलना
गण्डकी सरकारमा एमालेको सहभागिता
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१