प्रतिनिधि सभाको गत बिहीबार भएको निर्वाचनमा एमाले स्थायी कमिटीका सदस्य देवराज घिमिरे सभामुख पदमा निर्वाचित भएका छन् । मत विभाजनबाट निर्वाचित भएका उनले उपस्थित २ सय ६८ सांसद्मध्ये १ सय ६७ सांसदको मत प्राप्त गरेका थिए । उनकाविरुद्ध उम्मेदवार भएका नेपाली कांग्रेसका इन्दिरा न्यौपानेले मात्र १ सय मत पाएका थिए । प्रतिनिधि सभाको सभामुख पदलाई अभिभावकका रुपमा लिने गरिन्छ । सबैको अभिभावक हुने भएकाले त्यस पदलाई सबै सम्मत चयन गर्ने गरिन्छ । विगतमा कतिपटक त्यस्तो भएको पनि थियो । तर यसपटक त्यस्तो हुन सकेन । त्यस्तो नभए पनि नवनिर्वाचित सभामुख घिमिरेले आफूले निष्पक्षताका साथ सभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेलगत्तै आफूले एमाले पार्टीको सबै पदहरु परित्याग गरेर स्वतन्त्र रहेको जनाएका छन् ।
२०१३ सालमा ताप्लेजुङमा जन्मेका उनले विद्यार्थी अवस्थादेखि नै कम्युनिस्ट आन्दोलनमा सक्रिय भएका थिए । उनी पार्टीमा संगठन कुशल कार्यकर्ताका रुपमा चिनिन्छन् र आफूले सम्हालेको काम कुरालाई सकेसम्म विवादरहित गरेर सम्पन्न गर्ने/गराउने उनको प्रयासलाई पार्टी नेतृत्वको प्रशंसा गर्न गर्ने गर्दछन् । पद र प्रतिष्ठाको लागि त्यत्ति दौडधुप नगर्ने भएकाले उनलाई पार्टीमा धेरै पछि परेका पनि भन्ने गरिन्थ्यो । व्यक्तिगत रुपले उनी एमालेका वरिष्ठ सदस्य भए पनि पदको हिसाबले उनी पछि पर्दै आएका थिए । यस पटक भने उनले प्रतिनिधि सभाका सदस्यको उम्मदेवार हुने अवसर पाए । उम्मेदवार भएर विजय हासिल पनि गरे । उनका समकालीन कतिपय साथीहरु पटक पटक सांसद भएका थिए । यो उनको पहिलो अवसर हो र पहिलो पटक सांसद भएका थिए । उनले सभामुख हुने अवसर पनि पाए । यो ठूलो कुरा हो । जुन कुरा उनले प्राप्त गरेका छन् ।
यसअघिका केही सभामुखहरु निष्पक्षताको निर्वाह गर्न नसकेकामा धेरै आलोचना भएका सभामुखविरुद्ध संसद अवरुद्ध पनि भएको थियो । सत्ता सरकारको र संसद प्रतिपक्षीको भन्ने मान्यता नेपालमा स्थापित भएको छ । प्रजातन्त्रको पुनस्र्थापित भएपछिको पहिलो संसदको सभामुख दमननाथ ढुंगानाले त्यसको लागि धेरै प्रचार गरेका थिए । त्यो मान्यताको पालना गर्नुपर्दछ भनेर धेरैले भन्ने गरेका छन् । तर आफ्नो पालामा कतिपयले गर्न सकेनन् । कोही पार्टीको छाँया बने भने कोही प्रधानमन्त्रीको ‘एसम्यान’ बने । सभामुखले स्वतन्त्र र निष्पक्ष भएर सभा सञ्चालन गर्नु एउटा चुनौती भएको छ । जसले यो चुनौतीको सामना गरेर काम गरे, उनी सफल भएका छन् र सफल सभामुखमा दर्ज भएका छन् । नव निर्वाचित सभामुखसामु ती सबै कुरा घामजस्तै छर्लंग छन् । उनले कुन बाटो अपनाउलान् त्यो भविष्यमा उनको क्रियाकलापले देखाउने छन् । हामी उनको सफलताको कामना गर्दछौं र उनको भूमिकाबाट संसदीय परिपाटी अरु सुदृढ हुने अपेक्षा गर्दछौं ।
Related News
सम्बन्धित समाचार
पृथ्वीजयन्तीमा बिदा गरियोस्
उद्योगी व्यवसायीको आन्दोलन स्थगित
उपप्रधान तथा गृहमन्त्री रविलाई अवसर र चुनौती
नव गठित सरकारलाई सफलताको कामना
दलितको चित्त दुखाइ
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९