असन्तोष फैलिँदै गएको समाज

सम्पादक
चैत्र १०, २०७९

नेपालीहरुले आफ्नै प्रतिनिधिहरुले निर्माण गरेको संविधान पाएका छन् । गणतन्त्र पाएका छन् । धर्म निरपेक्षता पाएका छन् । समावेशी र समानुपातिक राजनीतिक पद्धति पाएका छन् । नेपालका राजनीतिक पार्टीहरुबीच अत्यन्त लोकप्रिय भएको समाजवाद उन्मुख हुने आर्थिक संरचना पाएका छन् । ती सबै पाएर पनि नेपालीहरु सन्तुष्ट हुन सकिरहेका छैनन् । यसबीच विभिन्न पार्टीहरुको सरकार पनि बन्यो । तर तीमध्ये कुनै सरकारले पनि जनताको समस्या समाधान गर्न सकेका छैनन् । जनताको समस्या हिजोभन्दा आज चर्को हुँदै गएका छन् । कृषकहरु सधैं मलको समस्याबाट पीडित छन् । उद्योगी व्यवसायीहरु बैंकको उच्च ब्याजबाट पीडित छन् । यसैबीच लघुवित्तले तिनीहरुमाथि गरेको शोषण पनि बाहिर आएको छ । शोषणका विरुद्ध चर्को नारा लगाउनेहरु पनि ती सबै कुरालाई टुलुटुलु हेरेर बसिरहेका छन् ।

जनताको असन्तोष काठमाडौंको माइतीघर मण्डलामा देखिन्छ । माइतीघर मण्डलामा प्रत्येक दिन भनेझैं एक–एक समूह, समुदाय र संस्थाहरुले आफ्नो असन्तोष पोख्ने गरेका छन् । कुनै बेला त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले ‘हामी यहाँ छौं’ भनेर अस्तित्व देखाएका थिए भने आज त्यो ठाउँ असन्तोषी विदेशीहरुले लिएका छन् । तिनीहरुको असन्तोष चुलिँदै गएको छ । सानो समस्याले पनि उग्ररुप लिन लागेको आभाष भएको छ । प्रधानमन्त्रीविरुद्ध नाराबाजी भइरहेका छन् । यत्तिसम्म कि प्रधानमन्त्रीलाई समेत पक्रेर कारबाही गरी पाऊँ भनेर सर्वोच्चमा रिट निवेदन पेस गरिएको छ । यी सबै कुराले जनतामा असन्तोष के–कति मात्रामा बढ्दै गएको छ भन्ने प्रष्ट गर्दछ ।

एकातिरको स्थिति त्यस्तो छ भने अर्कोतिर सरकारमा बस्नेहरुले राजनीति बाहेक अरुलाई वास्तै नगरी अघि बढिरहेको देखिन्छ । त्योभन्दा बढी तिनीहरुले केही गर्छन् भने आफ्नै कार्यकर्ता पोस्ने काम गर्दछन् । पार्टी र पार्टीका कार्यकर्ता बाहेक सर्वसाधारण जनता पनि मेरा हुन् भनेर चौडा छाती बनाएर सबैलाई बराबरी देख्ने र सबैलाई समेट्ने भावना सरकारमा बस्नेहरुमा कहिले पलाएन । सानो घेरामा बस्नु र त्यसैमा रमाउनु तिनीहरुको विशेषता भएको छ । आफू सानो घेरामा संकुचित भएर बसेपछि त्यो घेराभन्दा बाहिरका ठूला जमात स्वतः असन्तुष्ट हुन्छन् भन्ने कुरा तिनीहरुले कहिले सोचेनन् । जसको परिणाम समाजमा असन्तोष बढ्दैछ । त्यो असन्तोषको कारण सानो समस्या पनि विकराल बन्दैछ र विस्फोटक हुँदैछ ।

Related News

सम्बन्धित समाचार

  • ठगीधन्दा समाप्त पार

    सम्पादक जेठ १०, २०८०
    नेपाललाई नक्कली भुटानी बनाएर विदेश पठाउने प्रकरणको प्रतिवेदन प्रहरीले भर्खरै पूरा गरेर सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सिंगो राजनीतिक…
  • संस्कृत उच्च शिक्षाको उन्नयनमा गोष्ठी महत्वपूर्ण

    सम्पादक वैशाख २७, २०८०
    हाम्रो समाजमा संस्कृत भाषाको पठनपाठनका सम्बन्धमा विरलै चर्चा हुने गर्दछ । यसबारे त्यत्ति चर्चा नगरिने भएकाले यसमा सुधार पनि त्यत्ति…
  • शान्ति, मैत्री, अहिंसाको आलोक फैलिओस्

    सम्पादक वैशाख २२, २०८०
    आज बुद्धजयन्ती हो । बुद्धजयन्ती उपलक्ष्यमा विश्वका विभिन्न भागमा बुद्धको गुण स्मरण गरेर यो जयन्ती मनाउने गरिन्छ । बौद्ध देशहरुमा…
  • देशको स्थिति बिग्रिन नदेऊ

    सम्पादक वैशाख १९, २०८०
    देशमा आर्थिक संकट बढ्दो छ । राष्ट्र सेवकहरूले समयमा तलब खान पाएका छैनन् । बजारमा महँगी बढ्दो छ । बैंकको…
  • प्रधानमन्त्रीले निम्त्याएको विवाद

    सम्पादक वैशाख १७, २०८०
    सिंगो देशको ध्यान आर्थिक संकटतिर गएको छ भने सरकारको ध्यान के कसरी अयोग्य लडाकुलाई पैसा बाँड्नेतिर गएको देखिएको छ ।…

hero news full width