अलबिदा-अब्दुल कलाम

सम्पादक
श्रावण १४, २०७२

१. भारतका ख्यात्रि्राप्त वैज्ञानिक तथा पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलाम सोमबार भारतको सिलोङमा बालबालिकालाई पढाउदा पढाउँदै मूर्छित भएका थिए। मूर्छित भएका उनलाई अस्पतालमा पुर्‍याउँदा मृत घोषित गरिएको थियो। उनी ८४ वर्षका थिए। उनको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक घोषणा गरेको छ।

२. उनी मूलत वैज्ञानिक थिए। विज्ञानको क्षेत्रमा उनले धेरै उन्नति र प्रगति गरेका थिए। रकेट निर्माणमा उनले अभूतपूर्व सफलता हासिल गरे। उनले भारतलाई विज्ञानको क्षेत्रमा धेरै मजबुत बनाए। त्यसरी भारतलाई बलियो बनाएकाले उनले मिसाइल मेनका रूपमा सम्मान गरिएको थियो। उनले त्यसबेला पद्मश्री र पद्मभूषण पनि प्राप्त गरे।

३. विज्ञानमा संलग्न भई काम गरिरहेका उनलाई के कसरी राष्ट्रपति बनाइयो, त्यो पनि रोचक कथा छ। तात्कालीन प्रधानमन्त्री अटल विहारी बाजपेयीको मनमा के आयो, त्यो उनैलाई थाहा होला। उनले आफ्ना सहयोगी भाजपाका नेता प्रमोद महाजनलाई बोलाएर डा. अब्दुल कलामलाई राष्ट्रपति बनाउने प्रस्ताव गरे।

४. त्यो प्रस्ताव लिएर प्रमोद महाजन कलाम साहेवकोमा पुगेर प्रस्ताव राखे। त्यो प्रस्ताव सुनेर कलाम साहेवले पनि आर्श्चर्य माने। प्रमोद महाजनले वैज्ञानिकहरूले नयाँ-नयाँ प्रयोग र परीक्षण गर्दछन्। यो पनि एक प्रयोग नै भयो, यसलाई प्रधानमन्त्रीको आग्रह अनुसार स्वीकारिदिनुपर्‍यो भनी विनम्रतापूर्वक भने।

५. वास्तवमा उनी राष्ट्रपति हुनु एउटा प्रयोग नै थियो। उनले राष्ट्रपतिको काम, कर्तव्य र अधिकारको निर्वाह के कसरी गर्लान् भनी सबैले नियालिरहेका थिए। उनको लवाइ खवाइ र भेषभूषा पनि आफ्नै किसिमको थियो। फेरि उनी उत्तिकै मितव्ययी पनि थिए। राष्ट्रपति भवनका कतिपय कोठा आफूलाई चाहिँदैन भनी बन्द नै गराएका थिए।

६. उनले आफ्नो अधिकार र कर्तव्यको निर्वाह यत्ति राम्ररी गरे कि त्यसलाई सबैले सराहना गरे। विपक्षी पार्टीे पनि त्यसमा कुनै टिप्पणी गरेनन्। उनी निकलंक राष्ट्रपति भएर राष्ट्रपति भवनबाट बाहिरिए। उनी वैज्ञानिकका रूपमा मात्र सफल भएका होइनन्, राष्ट्रपतिका रूपमा पनि सफल भए र भारतको सवोर्च्च पदक भारत रत्नबाट पनि सम्मानित भए।

७. एउटा साधारण माझीको छोराको रूपमा जन्मेर उनी देशको सवोर्च्च पदमा पुगे। उनी जहाँ पुगे पनि बालबालिकालाई सम्झन्थे। उनीहरूलाई प्रोत्साहित गर्दथे। उनले देशव्यापी रूपमा बालबालिकालाई पढाउने काम गरे। त्यसरी पढाउँदा-पढाउँदै उनले इहलीला समाप्त गरे। यो उनको ठूलो विशेषता हो। बालबालिकामा उनले भारतको भविष्य देख्दथे। त्यही भविष्य निर्माणमा उनी अन्तिम समयसम्म लागिरहे र एउटा सफल व्यक्तिको रूपमा आफूलाई स्थापित गरे।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width