अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

सम्पादक
जेठ ६, २०७३

१. सरकारले २५६० औं बुद्ध जयन्तीको अवसर पारेर एक पटक फेरि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरेको छ। तीन दिनसम्म सञ्चालन हुने सो सम्मेलन आज काठमाडौंमा प्रारम्भ हुँदै छ। सम्मेलन आज र भोलि काठमाडौंमा सञ्चालन हुने र बुद्ध जयन्तीको दिन भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्ती मनाउनुका साथ घोषणासभा गरी समापन गर्ने कार्यक्रम छ।

२. लुम्बिनी, नेपालः दि बर्थप्लेस अफ लर्ड बुद्ध एण्ड फाउण्टेन अफ बुद्धिजम एण्ड वर्ल्ड पिस मूल नारासहित हुने सम्मेलनको एक भव्य समारोहका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रमपश्चात् होटल सोल्टीमा अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ। जुन सेमिनारमा राष्ट्रिय र अन्तर्राष्ट्रिय बौद्ध विद्वानहरूले कार्यपत्र प्रस्तुत गर्ने भएका छन्।

३. १४ वर्षपछि आयोजित यो पहिलो सम्मेलन हो। यसअघि दुर्इ पटक लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भएको थियो। पहिलो सम्मेलनले लुम्बिनी बौद्ध विश्वविद्यालयको आवश्यकता औंल्याएको थियो भने दोस्रो सम्मेलनमा लुम्बिनी बौद्ध विद्यालय स्थापना गरिएको थियो। त्यो विश्वविद्यालयको स्थापनाले बुद्धशिक्षाको प्रचारप्रसारमा गति थपिएको अनुभव गरिएको छ।

४. नेपालका राष्ट्रिय विभूति भगवान बुद्धद्वारा प्रतिपादित बुर्द्धधर्म, दर्शन नेपाल र नेपालीको आÇनै मौलिक धर्म, दर्शन हो र साझा हो भन्ने कुरालाई यस सम्मेलनले जोड दिने अपेक्षा गरिएको छ। शान्ति, मैत्री र अहिंसामा आधारित यो धर्म, दर्शन जति विश्वमा प्रचारप्रसार हुन्छ, उति नेपाल र नेपालीको मान र सम्मान वृद्धि हुन्छ।

५. लुम्बिनी भगवान बुद्धको जन्मस्थल हो भनी प्रचार गर्नु यस सम्मेलनको अको उद्देश्य हो। बुद्ध जन्मस्थल बारेको भ्रम हट्दै गएको छ। कतिपय देशका पाठ्यपुस्तकबाट पनि त्यो भ्रम हटाएर बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भनी प्रष्टसाथ लेखिएको छ भने यो सम्मेलनले त्यस कार्यलाई पनि गति दिनेछ।

६. यही सम्मेलनको अन्तमा सरकारद्वारा स्थापित ५० हजार डलरको गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट पुरस्कृत हुने व्यक्तित्व पनि घोषणा हुनेछ। यो पुरस्कार सरकारद्वारा स्थापित पुरस्कारमध्ये सबभन्दा ठूलो हो। सरकारले यसअघि यो पुरस्कार प्रदान गरिसकेको छ। तर यसको समुचित प्रचारप्रसार नभएको गुनासो व्याप्त छ।

७. सरकारले यति ठूलो सम्मेलनको आयोजना गर्नु ठूलो कुरा हो। यसबाट सरकारको शान्तिमैत्री र अहिंसाप्रतिको प्रतिबद्धता प्रतिबिम्बित हुन्छ भने पर्यटन प्रबर्द्धनमा पनि यसले महत्वपूर्ण सघाउ पुर्‍याउनेछ। यही अवसरमा सरकारले संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनको वृहत्तर लुम्बिनी विकासका क्रममा तयार पारिएको शान्ति सहर निर्माण गर्ने प्रस्ताव स्वीकृत गरेमा त्यसले सम्मेलनको महत्व अरु बढाउनेछ।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width