जुम्लाको तातोपानी–४, गिडी खोलाका २१ वर्षीय मुकुन्द नेपालीले सोही गाउँका कथित माथिल्ला जातकी एक केटीसँग विवाह गरेको निहुँमा केटीका दाजुले केटाको घरमा आगजनी गरेका छन् । आगजानीबाट घर पूर्ण रुपले क्षति भएको छ । घरमा कोही पनि नभएका कारण मानवीय क्षति भएन, तर घर भित्रका अन्य सामानहरू सबै नष्ट भएका छन् । जुम्लाको त्यस घटनाले मानवीय हृदय भएका सबैलाई स्तब्ध पारेको छ । त्यो घटनाले यो मुलुकमा अझै जातजातिको माने को हो र जातीय विभेदको जरा कति गहिरोसँग रहेको छ भन्ने प्रष्ट पार्दछ । एकातिर आधुनिक विचार भएकाहरू जातीय समानताको कुरा गर्छन्, आफ्नो धर्म र सम्प्रदायमा जातीय विभेद नभएको व्याख्या गर्दछन् तर समाजमा बराबर यस्ता घटना भइरहेका हुन्छन् ।
समाजमा जातीय भेदभाव, छुवाछुत प्रथा कलंकका रुपमा रहेको छ । त्यो कलंक हटाउन अनेक प्रयासहरू भए । तर त्यस्ता कतिपय प्रयासहरूमा इमानदार रहेनन् । बाहिर त्यो प्रथा हटिसकेको कुरा गर्दछन् भने भित्र त्यो परम्रादेखि रहेको, आफ्नो धर्मले व्यवस्था गरेको भनी त्यसकै बचाउमा लाग्नेहरूको संख्या अत्यधिक छ । जातीय विभेदविरुद्धमा सरकारले ऐन, कानुन बनाएको छ, संविधानले समेत त्यसलाई दण्डनीय अपराध भनेर घोषणा गरेको छ । तैपनि समाजबाट त्यो हट्न सकेको छैन । यस्तो केसलाई प्रशासकहरूले पनि कानुनअनुसारको दण्ड दिनुको साटो मिलापत्र गराएर पठाउने गर्दछन् । मन्दिरमा कथित तल्लो जातका मानिस प्रवेश गर्दा पनि उनीहरूले पिटाइ खानुपर्ने अवस्था सहर बजारमा पनि छ । त्यस्तो घटना एक दुई पटक होइन, बराबर हुने गरेका छन् ।
एकताका अन्तरजातीय विवाहलाई प्रोत्साहन दिने कुरा पनि आयो । अन्तरजातीय विवाह गरेमा नगद पुरस्कारको व्यवस्था पनि भयो । तर त्यो व्यवस्था लामो समय टिकेन । त्यसरी विवाह गरेकामध्ये केहीको विवाह असफल भयो । तिनीहरू डिभोर्स गरेर छुट्टाछुट्टै बसेका घटना पनि धेरै छन् । जुम्लाका ती जोडी करिब २ वर्ष पहिलोदेखि प्रेम गर्दै आएका थिए । घर पनि नजिकै भएकाले तिनीहरू खुला सम्पर्कमा थिए । अहिले आएर उनीहरूले प्रेम विवाह गरेका छन् । तर त्यो प्रेम विवाह दुलहीका दाजुलाई सह्य भएन र उनले रिसको आवेगमा घर जलाएको बुझिएको छ । अब यो प्रकरणमा प्रशासनको केकस्तो भूमिका रहन्छ, त्यो महत्वपूर्ण छ । प्रहरीले दुलही पक्षका केहीलाई पक्रेको छ । दलितका संघ संस्थाहरू पनि त्यसरी घर जलाउनु अन्याय भन्दै यो प्रकरणलाई ठूलो बनाउन लागि परेका छन् ।
Related News
सम्बन्धित समाचार
इन्डोप्यासिफिक नेपाललाई अस्वीकार्य
जनताको आँखामा छारो हाल्ने नेताहरू
तस्करीको सुन जाँचबुझका लागि आयोग गठन
अनियन्त्रित बजार भाउ
धार्मिक सद्भाव कायम गर
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०