१. मानिसहरु धेरैले धेरै प्रतिबद्धता व्यक्त गर्दछन्। कतिपयले ठूल्ठूला प्रतिबद्धता पनि व्यक्त गर्दछन्। तर उनीहरुले त्यो विर्सन्छन्। राजनीतिक पार्टीका नेताहरुले चुनावका बेला गर्ने प्रतिबद्धता र चुनावको लगत्तै त्यसलाई बिर्सने गर्दा प्रतिबद्धता भन्ने जुन महत्वपूर्ण कुरा हो, त्यो हाम्रो सामु हल्का जस्तो भएको छ।
२. तर ती सबैभन्दा बेग्लै र भिन्नै प्रतिबद्धता हालै लमजुङ जिल्लाको सदरमुकाम बेंसीशहरमा भएको छ। त्यहाँको स्वास्थ्य कार्यालयमा हालै कीटजन्य रोगहरु तथा कुष्ठरोग सम्बन्धी सरोकारवालाहरु संस्थासँगको समन्वयात्मक बैठक भन्दा पहिले कार्यालय प्रमुखहरुले जुन प्रतिबद्धता व्यक्त गरे, त्यो उल्लेखनीय छ।
३. त्यस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालले कार्यालय प्रमुख तथा अन्य संस्थाबाट आएका प्रतिनिधिहरुलाई “म रक्सी चुरोट र सूर्तिजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु” शपथ गराएर प्रतिबद्धता जनाएका थिए।
४. सामान्य हिसाबले यो कुनै ठूलो प्रतिबद्धता होइन, महँगो पनि होइन र चाह्यो भने गर्न नसक्ने पनि होइन। यो प्रतिबद्धताको पालनाले पालना गर्ने उसको परिवार र समाज सबैलाई फाइदैफाइदा हुन्छ, कसैलाई नोक्सान हुँदैन। तै पनि हाम्रो लापरवाहीका कारण तथा थाहै नपाई बसेको बानीले हामीलाई नोक्सान गर्दै लगेको हुन्छ।
५. फेरि ती प्रतिबद्धताका कुराहरु कसैलाई थाहा नभएको पनि होइन। सबैले भोगेकै कुरा हो, महसुस गरेकै कुरा हो। थाहा हुँदाहुँदै पनि महसुस गर्दा गर्दै पनि हामीले रक्सी, चुरोट र सूर्तिजन्य पदार्थको सेवन गरिरहेका हुन्छौं। व्यायाम गर्छौ भन्दाभन्दै व्यायाम नगरी समय खेर फालिरहेका हुन्छौं।
६. ती प्रतिबद्धता स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित ‘मेरो वर्ष’ पुस्तिकामा स्वस्थ जीवनको आवश्यकता शीर्षकको ५ प्रतिबद्धतामा प्रष्ट साथ उल्लेख गरिएको छ। जुन अधिकांशले पढेका छन्। नपढेका भए पढ्न सकिन्छ। स्वास्थ्य संस्थाहरुबाट त्यो पुस्तिका लिन सक्दछ।
७. कुरा सानो हो। तर बेँसीशहरमा त्यसको जे–जसरी शपथ ग्रहण गरी प्रतिबद्धता जनाइयो, त्यसले त्यसको महत्व बढाएको छ। उल्लेखनीय र अनुकरणीय बनाएको छ। अब चुनौती रहेको छ कि त्यसको पालना गर्नु। बेँसीशहरमा प्रतिबद्धता जनाउनेहरुले अक्षरशः पालना गरेमा त्यो उदाहरणीय बन्न सक्दछ । र त्यसबाट अरुले पाठ सिक्न सक्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१