नेपालको पहिलो विद्यार्थी आन्दोलन – जयतु संस्कृतम्

बंशीकुमार शर्मा गौतम बंशीकुमार शर्मा गौतम
मंसिर ९, २०७७

जयतु संस्कृतम् एक चेतनापूर्ण परिवर्तकारि आन्दोलनका रुपमा परिचित आन्दोलन हो । यो मुलतः राणाहरुको जाहानिया प्रबृत्ति र जनदमनको बिरुद्ध सल्किएको प्रजातान्त्रिक ब्यवस्थाका निमित केन्द्रित प्रथम बिद्यार्थी आन्दोलनका रुपमा परिचित छ । राणाहरुको स्वेच्छाचारी प्रवृत्ति, मनोगत निर्णय, जनताप्रति दासगत धारणा, शिक्षालाई नीजत्वमा निहितराख्ने मनसायका कारण उत्सृजित विद्रोहको स्वरुप हो जयतु संस्कृतम् आन्दोलन । यसै आन्दोलनका एक पात्रको भोगाई यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ । यसको स्वरुप यथार्थ चित्रण र परिस्थितिका वारेमा अभिब्यक्त धारणा यहाँ प्रस्तुत गरिएको छ ।

बिक्रम संम्वत २००४सालमा तीन धारा संस्कृत पाठशालामा अध्ययनरत विद्यार्थीले शुरु गरेको आन्दोलन नै नेपालको राजनीतिक ईतिहासमा पहिलो आन्दोलन हो ।यो बिद्यार्थी आन्दोलनलाई जयतु संस्कृतम् आन्दोलन २००४ले चिनिन्छ । नेपालका बिकट क्षेत्रबाट अध्ययनको लागि काठमाण्डौ आईपुगेका बिद्यार्थीहरुको जयतु संस्कृतम् आन्दोलनका एक सदस्य पं प्रेम नारायण शर्मा गौतमले जयतु संस्कृतम् आन्दोलनको बारेमा र तीनधारा पाठशालामा अध्ययन गर्ने क्रममा भोगेका आफना अनुभवहरु बिस्तृत रुपले बताउनुभएको टिपोटलाई मैले यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । जयतु संस्कृतम् आन्दोलनका आन्दोलनकारि सदस्यहरुलाई बिक्रम सम्वत् २००४ मा राणा सरकारले पटक पटक गरि देश निकाला गरिएका अर्थात डाँडो कटाईएका ४२ जनालाई पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजीत ुस्वर्ण महोत्सव २०५४ु समारोहमा काठमाण्डौको तीनधारा संस्कृत पाठशालामा अभिनन्दित योद्धा प्रेम नारायाण शर्मा गौतमसंगै म बंशीकुमार शर्मा गौतम पनि गएको थिए । त्यँहा उपस्थित अभिनन्दित योद्धाहरुले धेरै बर्ष पछि साथीहरुसंग भेटघाट हुने अवसर जुटाई दिएकोमा स्वर्ण महोत्सव २०५४ु समारोहकाका आयोजकलाई धन्यबाद दिएका थिए । अभिनन्दित योद्धाहरुले आन्दोलनको बारेमा खुलेर चर्चा गरेका थिए । त्यस समयमा भोगेका कुराहरु एकआपसमा साटासाट गरेका थिए । धेरै बर्षपछि साथीहरुसंग भेटन पाउदा नेपालका ती ऐतिहासिक पुरुषहरु खुसिले गदगद देखिन्थे । आफनो कलिलो पढने उमेरमा राजनीतिले पारेको प्रभाव कै कारण अहिले मुलुकमा आमूल परिवर्तन भएकोमा उनीहरु दंग थिए । अभिनन्दित ब्यक्तिहरुले त्यसवेला देश निकाला भएपछि वनारस पुग्दा सम्म पाएका सुख दुःख एक आपसमा साटासाट गरेका थिए । उहाँहरुका कुरा सुन्दा वास्तवमै एकतन्त्रीय राणा शासनको अन्यकालागि उहाँहरुले गरेको संर्घष अतुलनीय छ । उहाँहरुलाई राज्यले जति सम्मान गरेमा पनि कमि हुन्छ । त्यस्ता युगपुरुषहरुको कुरा प्रत्यक्षरुपले सुन्न पाउदा मैले आफुलाई भाग्यमानि ठानेको छु । नेपालको वास्तविक राजनैतीक ईतिहास पढेर भन्दा प्रत्यक्षरुपमा ग्रहण गरिने मैले अनुभव गरेको छु । स्वर्ण महोत्सव २०५४ समोरोहमा उपस्थित अभिनन्दित योद्धा मध्ये एक सदस्य पं प्रेम नारायण शर्मा गौतम मेरो पिताजी हुनुहुन्छ उहाँले भनेका कुरालाई मैले जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छु । प्रेम नारायण गौतम कतै शर्मा पनि लेखिएको छ । दाङ र सल्यान दुवै ठाँउमा परापूर्वकाल देखि बस्दै आएको हुनाले अधिकांस अभिलेखमा ठेगाना दाङ लेखिएता पनि कतै कतै सल्यान पनि लेखिएको पाईन्छ ।

प्रारम्भिक शिक्षा सल्यानमा गरेपछि थप शिक्षा अध्ययन गर्नकालागि काठमाण्डौ गएको उहाँले बताउनु भएको थियो । त्यसवेला काठमाण्डौ जान भारतको बाटो भएर जानु पर्ने र कठीन समेत हुने उहाँले बताउनु भएको छ । दुर्गमको मान्छे उहाँलाई पहिलो पटक काठमाण्डौ देख्दा वास्तवमै ईन्द्रको अमरावति नै होकि जस्तो भान भएको थियो । हिन्दुका अराध्यदेव पशुपतिनाथ , गुह्येश्वरी भगवति , गौरिघाट, दक्षिणकाली , पाटन कृष्ण मन्दिर , भादगाँउका देबिदेवताका मन्दिर,स्वयम्भु लगायतका मन्दिरहरुको दर्शन गरि पाठशालामा भर्ना हुनकोलागि पहिलो पटक तीनधारा संस्कृत पाठशालामा गएको अनुभव सुनाउनु भएको थियो । पाठशाला भर्ना भएपछि आफुले बिज्ञता हासिल गर्ने अठोटका साथ छात्रावासकालागि रुकुमका भुवनेश्वर गौतमले सहयोग गरेको उहाँले स्मरण गर्नु हुन्छ । पाठशालामा अध्ययन गर्न पाउदा आफुलाई धेरै भाग्यमानि महशुस गरेको उहाँले पटक पटक सुनाउनु भएको छ । छात्रावासमा सवै साथीहरु मिलेर बसेको र खाना खादाको क्षण स्मरणीय भएको उहाँको भनाई थियो । यसरी त्यहाँ हुने हरेक शैक्षिक, राजनैतिक तथा अन्य चेतनानै आफ्ना निमित्त जीवन संघर्षको प्रेरणा भएको उहाँको ठहर छ ।

बि.स. १९४१÷१९४२मा उक्त संस्कृत छात्राबास निःशुल्क खाने बस्ने व्यवस्थासहित संस्कृत अध्ययनका लागि धीरशम्सेर द्वारा स्थापना भएको हो । पाठशालासंगै हामीलाई बस्ने ठाँउ दिइएको थियो । सवै ब्राह्मण भएकोले चोखोनितो गरि धोती बेरेर पिर्कामा बसी खाना खाने चलन थियो ।दालभात त्यहीं पाक्थ्यो सबैले त्यहीं खान्थ्यौ र त्यस ठाँउलाई पाकशाला भनिन्थ्यो । खाना पकाउने उपाध्याय ब्राह्मणले धोती फेरेर खाना पकाउनुपथ्र्यो । भान्छामा अन्यलाई प्रवेश निषेध थियो । त्यहाँ रहने हामी सबै एकआपसमा समसामयिक विषयमा छलफल गर्थ्यौ । आफ्नो अध्ययनलाई निरन्तरता दिन्थ्यौं । समयक्रमसँगै अध्ययनयात्रा वढ्दै थियो यसैक्रममा तीनधारा संस्कृत छात्रावासमा अध्ययनरत बिद्यार्थीहरु सबै मिलेर २००४साल असार १ गते पाठशालामा सुविधाको माग राखेर आन्दोलन शुरु गरेका हौं । ‘हामीले पाठशालामा संस्कृतबाहेक अरू भाषा पनि पढाओ भनेर एकमहिने अल्टिमेटम दिएर आन्दोलनको घोषणा गर्‍यौ ।

हाम्रा माग थिए संस्कृत महाबिद्यालयको स्थापना गरि सवै तहका परीक्षा नेपालमै हुनु पर्ने । संस्कृत शिक्षालाई ततकालिन राजनीतिक सामाजिक परिस्थिति अनुकुल परिवर्तन गर्नुपर्ने आधुनिक बिषयहरु नागरिकशास्त्र, इतिहास, भूगोल, अर्थशास्त्र ,सामाजिक शिक्षा, अंग्रेजी, जस्ता बिषयहरु योग्य शिक्षकबाट पढन पाउनु पर्ने जस्ता थिए । उक्तमाग पुरा गराउन पाठशालामा आवागमन बन्द गरेका थियौ । यहि आन्दोलन नै नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलन हो । वास्तवमा आन्दोलनको उद्वेश्य जहानीया राणाशासनको बिरुद्धमा थियो ।आन्दोलन चर्कदै जादा राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा समेत फैलीदै गएको थियो । तत्कालिन क्षेत्रका सुरक्षा निकायहरुले बाहुनका छोराहरुलाई धरपकड गर्न मन गरेका थिएनन् । उनीहरुको भित्रि मनशाय आन्दोलनकारिको समर्थन थियो । त्यस्तो परिस्थिीतिलाई बुझेर राणा सरकार सकभर संझाएर बुझाएर बिद्यार्थीका सामान्य माग पुरा गराउने पक्षमा थिए । तर त्यतिखेर संस्कृत पाठशालाका डाइरेक्टर थिए हेमराज बडागुरुज्यू । उनी राणा सरकारका सल्लाहकार समेत थिए । त्रिचन्द्रमा जस्तै इतिहास, गणित, समाजशास्त्र, भूगोल, राजनीतिशास्त्र पढ्न पाउ भनेर आन्दोलित भएपछि वडागुरुज्यू निकै रिसाएका हुन ।

हामी भन्दा उमेरले पाका पूर्णप्रसाद ब्राह्मण हाम्रा नेता थिए उनका पछि पछि श्रीभद्र खनाल, काशीनाथ गौतम, कमलराज रेग्मी, राजेश्वर देवकोटा लगायतका हामीहरु थियौ । हामीले सरकारलाई पाठशालामा सुधारकोलागि एकमहिने अल्टिमेटम दिएका थियौ तर सुधार भएन । मध्यमा परीक्षा उत्तीर्णका लागि वनारसै जानुपर्ने भयो । अन्ततः हामीहरुले आन्दोलन सुरु गर्‍यौ। हामीले पाकशाला र पाठशाला दुवै बहिष्कार गरी, हडतालमा बस्यौ ।आन्दोलनमा सवै विद्यार्थीहरु, लगाएत अमूर्त रुपमा गुरुहरुको पनि साथ थियो । त्यस समयमा गुरुहरुको समस्तर भएपनि त्रिचन्द्रका गुरुहरुलाई ३००/– र पाठशालाका गुरुहरुलाई ६०/– रुपियाँ मात्र पारिश्रमिक दिइदो रहेछ । यसैकाकारणपनि उहाँहरुको अमूर्त समर्थन थियो । त्यहाँबाट त्रिपुरेश्वर नदीकिनारामा रहेको पाटीमा आन्दोलनकै रूपमा सप्ताह लगायौ हाम्रो खाने बस्ने ब्यबस्था त्यहि हुन्थ्यो । सप्ताहमा राजधानिबासिहरुको पनि उल्लेख्य सहभागिता भएको थियो ।

जनसमर्थन र आर्थिक सहयोग जुटदै गएपछि हामी आन्दोलन गर्न झन् हौसिएका हौ । हामीहरुले कपडाका पल्ला समातेर ‘जयतु संस्कृतम् भिक्षां देही’ भन्दै बजार परिक्रमा गरेपछि आर्थिक संकलन राम्रो भयो । आन्दोलनलाई मथ्थर पार्न सरकार पक्षबाट हर प्रयास भए । तर कुनैपनि प्रयास विफल भएपछि राणा सरकारले आन्दोलनलाई दवाउने नीति लिएर अगाडि बढयो । जसका कारण बिद्यार्थीहरु छिन्नभिन्न भएका थिए आन्दोलनमा केहि सुस्तता देखापर्‍यौ। फेरि परीक्षाताका संगठित भएका बिद्यार्थीहरुले २००४साल मंसिर २१गतेबाट आन्दोलन पुन शुरु गरे उक्त आन्दोलन अझ शसक्त र कडा प्रकृतिको थियो । राणा सरकारले मंसिर २२ गते आन्दोलनमा उत्रेका बिद्यार्थीहरुलाई कठोर निर्णय गरेर देश निकाला गर्यो ।आन्दोलनकारी बिद्यार्थीहरुलाई नेपालको राजधानिमा आउन नपाउने , नेपालमा जागिर खान नपाउने तीनधारा संस्कृत छात्रावासमा खान बस्न नपाउने तथा अन्य कुनै पनि सरकारी विद्यालयमा पढ्न नपाउने ।

चारपाटा मुडेर डाँडो कटाईयोे । २००४ मंसिर २२ गते परीक्षा नै बहिष्कार गरेको तथा आन्दोलन नछाडेको भन्दै ३८ जना विद्यार्थीहरुलाई चारपाटा मुडेर डाँडो कटाईएको हो । त्यसदिनको संझना आउछ जब देश निकाला भएपछि काहाँजाने के गर्ने भन्ने चिन्तामा थिंए । सिहदरवारबाट बाहिर निस्कदा आन्दोलनकारिहरुलाई सहयोगकोलागि उपत्यकाबासिहरुले सवैलाई बालाजु जाने भनेका रहेछन बालाजु बालाजु भन्ने आवज सुनेपछि म पनि बालाजु गंँए त्यहाँ उपत्यकाबासिहरुले खानेपिने ब्यबस्था गरिदिएका रहेछन । त्यसदिन मेरो साथी दाङ रामपुरका ऋषिराज घिमीरे साह्रै रोयो आन्दोलन नगर्न सुझाव दियो म देश निकाला भएपछि साह्रै पीर मानेको थियो पछि सम्म मलाई उसको संझना आईरहन्थ्यो । त्यसदिन सवै साथीहरु बालाजु जम्मा भएका रहेछन । त्यसदिन हामी त्यहि बसी भोलीपल्ट त्याहाँबाट आन्दोलनलाई शसक्त बनाउदै पढाईलाई निरन्तरता दिने अठोटकासाथ भारतको वनारस पुग्ने उदेश्य लिएर प्रस्थान शुरु गर्यौ । हामी त्रिशुली , गोरखा, पोखरा, स्याङ्जा, हुदै पाल्पा आएका थियौ । पाल्पामा मेरो जीवनको एउटा अवस्मरणीय संझना छ । हामी चार जना साथी संगै थियौं एउटा ब्राह्मणको घरमा बास वस्न पुगेका थियौ घर भब्य र सुन्दर थियो आगन सफा चौडा थियो दुईवटा घर थिए । घरधनिको नाम त मैले बिर्सेछु । उनीपनि राणा सासनको बिरोधी र त्यसक्षेत्रका कहलिएका बिद्धान् रहेछन । उनले हामीलाई राजनीतिका कुरा धेरै सिकाए । खाना खाने समयमा दुई दुई जना पालै पालो खाना खानु पर्ने ।

त्यति ठूलो घरमा किन एकपटकमा दुईजनालेमात्र खान खाने ब्यबस्था भनेर हामी दुई साथी काने खुसि गर्दै भान्साकोठामा गएका थियौं। त्यति ठूलो भान्साकोठामा दुई ठाँउमा खाना राखिएको छ । खाना खुवाउने मान्छे बस्ने सानो अर्को कोठा रहेछ । जब हामि खाना खान बस्यौ चाँदिको थालमा भात , सुनको कचौरामा घीऊ , काँसको कचौरामा दाल , चाँदिकैे कचौरामा तरकारि , चाँदि कै गिलास सुनको चम्चा रहेछ । खाना सकिने बित्तिकै फुत्त भन्सारि बाहिर आएर खाना थपिदिने र फेरी सानो कोठामा गएर बस्ने चलन रहेछ । खाना खाईसकेपछि घरधनीले नानी हो तिमीहरुलाई जीवनभर संझनाकोलागि पालै पालो खाना खुवाएको हो । दुई सेट मात्र खाना खाने सामाग्री भएकोले त्यसो गर्नु परेको उनले बताएका थिए । भोली पल्ट त्यहाँवाट बिदा हुदा उनले केहि बाटो खर्चसमेत दिएको संझना छ । नेपालभरि बिशेष गरि पश्चिम नेपालमा राणाविरोधी चेतना फैलनुमा आन्दोलनकारि बिद्यार्थीको ठूलो भूमिका छ । त्याहाँवाट वुटवल भैरहवा नाका भएर भारतको सुनौली नौतनुवा हुदेै वनारस पुग्यौं । वनारसमा नेपालीहरु प्रशस्तमात्रामा पढन गएका रहेछन् ? बि.पि. कोइराला सहित राणा सरकारको बिरोधमा काँग्रेसको स्थापना भएको रहेछ । हामीहरुले जयतु संस्कृतम् कै आन्दोलनबाट अघाढि बढने या काँग्रेस संग मिलेर राणा सरकारको बिरोधमा आन्दोलन गर्ने बिषयमा एक मत हुनैसकेनौ । हामीहरु बिच फुट भयो म चाँहि काँग्रेसमा सहभागि भए । काँग्रेसको कार्यसमितिमा रहेर आन्दोलनमा सहभागि भए ।

हामीहरुले त्यँहि बाट राणा सरकारको बिरोधमा आन्दोलन शुरुवात गर्यौ । वास्तवमा जयतु संस्कृतम् नामले चिनिने बिद्यार्थी आन्दोलन नै नेपालको राजनीतिक परिवर्तनको मियो बन्यो । २००७ सालको आन्दोलनमा हामीहरुले आ–आफ्नो जन्मस्थानका जिल्ला जिल्लामा आन्दोलन चर्कायौ । तसर्थ नेपालको राजनैतिक परिवर्तनमा २००४सालको बिद्यार्थी आन्दोलनको महत्वपुर्ण भुमिको छ । यदि उक्त आन्दोलनले राणाविरोधी भूमिका नवनाएको भए देशले परिवर्तनका खातिर ज्यादा समय पर्खनु प¥थ्यो । जन समर्थनको निर्माण, राणाहरुका बिरुद्ध जनसमुयदायलाई बिरोध गर्न सक्ने सामथ्र्यको निर्माण, राष्ट्रभित्रै आन्दोलनको वातावरण, युवा एकता जस्ताकुरामा उक्त आन्दोलन सफल मानिन्छ । राणाहरुमा रहेको हैकमी प्रवृत्तिलाई झक्झक्याउन उक्त आन्दोलन प्रथम मार्गदाता मानिन्छ । उक्त आन्दोलन केबल शैक्षिक चेतनायुक्त, राष्ट्रभक्तिपूर्ण स्वतन्त्रताप्रिय थियो । त्यसमा कसैको अन्तरनिहित स्वार्थ थिएन । त्यहिं निश्वार्थ आन्दोलननै राणापतनको मियो बन्यो ।यसरी गरिएको आन्दोलनमा सम्लग्न सवै योद्धाहरुमा जीवनको उत्तरार्धसम्म नकुनै वैयतिmक चाहना, पदलोलुप प्रबृति तथा स्व उन्नयनका निमित समर्पण देखियो । केवल राष्ट्र हितार्थ जीवनोत्सर्ग केवलं मनुसस्य धर्मं भन्ने उक्ति चरितार्थ पाईन्थ्यो । वर्तमान समयमा पनि यसै आन्दोलनको स्वरुप आउन सके मात्र सच्चा राष्ट्रिय भावना जागृत हुन सक्थ्यो ।

Related News

सम्बन्धित समाचार

    • ‘हिमालतिर’ विचरण गर्दा

      प्राडा नारायणप्रसाद खनाल प्राडा नारायणप्रसाद खनाल फागुन ८, २०७७
      फूलबारी छापाखाना, रानीपौवा, पोखरामा म २०४१ पछि र २०४५ अघि नै पुगेको हुनुपर्छ नत्र ‘पार्वती’ लेखनाथ विशेषांक पत्रिका दिने कृष्णप्रसाद…
    • संघीयताको कोलमा निचोरिएका कर्मचारी

      डार्बिन लम्साल डार्बिन लम्साल फागुन ८, २०७७
      पछिल्लो जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका सहमतिका आधारमा नेपाल संघीयतामा होमियो । जसको मुख्य उपलब्धिका रुपमा नेपालको संविधान २०७२…
    • लय समात्दै प्रदेश

      अनन्तकुमार श्रेष्ठ अनन्तकुमार श्रेष्ठ फागुन ७, २०७७
      जनआन्दोलन २०६२/०६३ को महत्वपूर्ण उपलब्धि गणतन्त्र र संघीयता हो । संघीय व्यवस्था अनुरुप प्रदेश नम्बर ४ हुँदै गण्डकी प्रदेश भई…
    • फागुन सात साथमै रहोस्

      रेशम शर्मा बस्ताकोटी रेशम शर्मा बस्ताकोटी फागुन ७, २०७७
      हिजो हाम्रा पुखाको समय कुटो, कोदालो, घाँस, दाउरा, पशुपालन गर्न मै व्यस्त रहेर बित्दै आएको थियो । उनीहरुलाई यस्तै कर्म…
    • जनमत, संविधान र संसद विगठन

      gehendramanudas डा. गेहेन्द्रमान उदास “पोखरेली” फागुन ७, २०७७
      राज्यका तत्वहरू– जमीन, जनता, सार्वभौमिकता र सरकार यी चार तत्वहरू मध्य जनता सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व देखिन्छ । किनभने…

    hero news full width