नेपालमा कहिले सम्म बन्द गर्ने विद्यालय ?

santoshadhikari सन्तोष अधिकारी
असार १९, २०७७

अप्रिल १५बाट डेनमार्कले बिद्यालय पुन सञ्चालनमा ल्यायो । माहामारी कै वीचमा युरोपमा सबै भन्दा पहिला पढाई सुचारु गर्ने देश डेनमार्क नै हो । यहि देशलाई पछयाउदै मे ११बाट फ्रान्सले सुरु ग¥यो । क्रमशः इटली, स्पेन, जर्मन, नर्बे लगायतले डेनमार्क मोडललाई पछयाउदै कुनैले मन्टेश्वरी तहबाट त कसैले माथिल्लो ग्रेडबाट बिद्यालय सुुचारु गरेका छन । यसमा बुझनु पर्ने कुरा के हो भने उनीहरुले भौतिक दूरी कायम र पुर्ण सचेतना भने अपनाएका छन । विद्यालय सुचारु गरेपछि संक्रमणको दर नबढेको पनि युरोपियन देशहरुले उल्ेलख गरि सकेका छन् । माहामारी कै वीचमा युरोपियन देशले “ओपन स्कुल फस्र्ट” को नीति अख्तियार गर्न पछाडिका केहि बैज्ञानिक र ब्यवहारीक कारणहरु छन् । जुन नेपालका लागि पनि उपयोगि विषय हुन सक्छ ।

सजगता अपनाएर बिद्यालय खोल्न आलटाल गर्नु भनेको बालबालिकाको पढाईप्रति गैर जिम्मेवार बन्नु हो । बजारमा हुलका हुल आवातजावात गर्दा, पसल र सुपर मार्केटमा भिड लाग्दा कारोनाको वास्ता नगर्ने हामीले विद्याँलयलाई मात्र महामारीको इपिसेन्टर देख्नु गलत मानसिकताको उपज हो । अर्का तर्फ अर्थतन्त्रलाई सुचारु गर्न र आम अभिभावकलाई नियमित काममा फर्कन पनि छिटो विद्यालय खोल्नुको विकल्प छैन ।

कारण १ः अहिलेको माहामारीबाट सबै भन्दा कोहि कम प्रभावित भएका छन् भने ती बालबालिका नै हुन् । यो यथार्थतालाई विश्व स्वस्थ्यसंगठन र बिभिन्न अनुसन्धानले पनि प्रमाणित गरेको छ । अमेरीका स्थित जोन हप्कीन्स हेल्थ रिसर्च सेन्टरले गरेको नमुना सर्बेक्षणमा पनि १ देखि १४ बर्ष उमेर समुहका बालबालिकामा कोरोनाको असर अति कम परेको उल्लेख गरिएको छ । यसै तथ्यलाई पुष्टी गर्ने गरी डेनमार्क स्थित आरहुस युनिभर्सिटी हस्पिटलका एसोसिएट प्रोफेसर क्रिष्टीयान वेज्सीले १९ बर्ष मुनिका बालबालिका कोभिड १९ को असरका कारण खाशै अस्पताल भर्ना नभएको बताएका छन् । “बालबालिकामा अति कम असर देखिएको छ, अस्पताल भर्ना हुनेको संख्या नगण्य छ, त्यसैले डेनमार्कले स्कुल पुन संञ्चालन गर्न ढिला गरेन” प्रोफेसर वेज्सीले इण्डियान एक्सप्रेससंग भनेका छन “पूर्ण सजगता र सचेतताका साथ बिद्यालय खोल्न किन ढिलाई गर्ने ।” हो यिनै भरपर्दो बैज्ञानिक तथ्य र प्रमाणका आधारमा आज विकसित देशले बालबालिकाको पठनपाठनलाई प्रभावित गर्न चाहेनन् । हाम्रोमा जस्तो जीवन भन्दा पढाई ठूलो होइन भन्ने हठ गरी राखेको भए आज यी देशका बालबालिका पनि एउटा ब्यवहारीक उदेश्यका लागि गरिएको लकडाउनको शिकार भएर बिद्यालय जानबाट बञ्चित हुने थिए । वास्तवमा समय सापेक्ष शिक्षा विनाको जीवन पनि त वर्तमान विश्वमा अर्थहिन नै हुन्छ । अर्का तर्फ असर नै कम देखिएको बालबालिकाको समुहलाई बिनाकारण पढन पाउनु पर्ने उनीहरुको अधिकारबाट बिमुख गर्नु पनि त न्यायसंगत हुदैनथ्यो । जसलाई उनीहरुले मनन गरेका छन् ।

कारण २ः महामारी र बालमनोविज्ञानसंग सम्बन्धित छ । युरोपियनहरु आउँदो भावी पुस्ता अहिलेको भन्दा स्मार्ट र एडभान्स बन्नु पर्छ भन्नेमा विश्वास राख्छन् । त्यसका लागि खोज अनुसन्धान मुलक शिक्षा नै अहिलेका बालबालिकाको लागि आवश्यकता हो । अनि यस्तो प्रकृतीको महामारी बिगतमा पनि पटक पटक देखिएको थियो र आगामी दिनमा पनि आउनेमा आशंका छैन । अहिलेका बालबालिकाको मानसिकतामा महामारीसंग जुध्ने अस्त्र बन्दाबन्दी र कडाई नै हो भन्ने गलत छाप नपरोस् भन्ने चाहन्छन् विकसित देशहरु । बाल मस्तिष्कमा परेको सहि या गलत प्रभाव हटाउन कठिन हुन्छ । तसर्थ यस्ता संकटसंग जुध्न पश्चागामी प्रबृत्तीको बन्दाबन्दी होइन कि बैज्ञानिक खोजबाट पत्ता लाग्ने भ्याक्सिनबाट मात्र सम्भव छ भन्ने ज्ञान बालबालिकाले लिन सकुन् । न कि भविष्यमा आउने यस्ता समस्याको हल गर्ने नाउमा फेरी यस्तै विधी अबलम्बन नगरियोस । हो युरोपियन यस्तै चाहन्छन । लकडाउन सामाजिक दूरी कायम गर्न अपनाइएको ब्यवहारीक अभ्यास मात्र हो । यो बैज्ञानिक उपाय होइन । यसर्थ बालबालिकाले अप्रमाणित यो शैलीलाई बैज्ञानिक बिधी नमानुन र खोज अनुसन्धान छोडेर भोलीका दिनमा यस्तो शैली नअपनाउन् । यो उनीहरुको चिन्ताको बिषय थियो । वास्तवमा बिगतमा पनि बिभिन्न समयमा देखिएका माहामारीलाई यस्तो प्रकृतीको बन्दाबन्दीले होइन कि अनुसन्धानबाट पत्ता लागेको औषधी या सचेतनाले निवारण गर्न सफल भएको छ । यसर्थ खोज र अनुसन्धान तर्फ उत्प्रेरित गर्ने शिक्षा बालबालिकाले विद्याँलयमा शिक्षकको सामिप्यतामा नै पाउन सक्छन् । नेपालले अहिले भनेको अनलाईन तथा डिजिटल पढाई विकसित देशमा सामान्य अवस्थामा पनि चल्दै आएको हो । तर बालबालिकाले शिक्षकसंगको प्रत्यक्ष सम्पर्कमा सिक्ने सिकाईको प्रभावकारीता र दिगोपनको महत्व उनीहरुले राम्रोसंग बुझेको देखिन्छ । बर्तमान विश्वमा बिद्यालय शिक्षाको महत्व घटनु भन्दा झन् बढदो छ । जसलाई उनीहरुले यो विषम परिस्थितीमा पनि हृदयांगम गरे ।

कारण ३ः आर्थिक र सामाजिक कारण । हो अधिंकांश युरोप, अमेरीका, अष्टे«लिया लगायत देशका अभिभावक काममा ब्यस्त हुन्छन् । जसका कारण उनीहरुलाई कार्यालय छोडेर घरमा आफनो बालबच्चा हेरेर बस्ने समय हुदैन । महामारीका कारण ठप्प अर्थतन्त्रलाई चलायामान बनाउन पनि विस्तारै काममा फर्कनुको विकल्प थिएन । तसर्थ अभिभावकलाई काममा फर्कन बच्चाका कारण कठिन नबनोस् भनेर पनि सजगताका साथ युरोपले स्कुल फस्र्टको नीति लिएको हो । अनि लामो समय बिद्यालय नगई परिवारमा मात्र सम्पर्क सिमित हँुदा बालबालिकाको सामाजिकीकरणको प्रक्रियामा पनि असर नपरोस् भन्ने उनीहरु चाहन्थे । तर यी सबै आधारको सार भनेको उनीहरुले विश्वास गरेको बैज्ञानिक तथ्य, तथ्यांक र प्रमाण हुन् । न हिजो हतार गरेर आपतकाल घोषणा गरे न अहिले भरपर्दाै प्रमाण विना नै स्कुललाई प्रथामिकतामा राखेका हुन् ।

अब हामीले पनि बुझनु पर्ने कुरा भनेको लहडमा चल्ने कि बैज्ञानिक तथ्य र प्रमाणमा आधारीत भएर चल्ने भन्ने नै हो ।

नेपालमा किन नखोल्ने विद्यालय ?

अर्थतन्त्रमा आएको मन्दी त केहि बर्षमा हल हुनसक्ला तर शिक्षामा मन्दी आयो भने देश दशकौ दशक पछि पर्न सक्छ । महामारीको कारण गरिएको लकडाउनेले अहिले नेपालमा ८० लाख भन्दा बढी बिद्यार्थी नियमित पठनपाठनबाट बञ्चित भएका छन् । भनिएको अनलाईन शिक्षाको प्रभावकारीताको बारेमा धेरै चर्चा गर्ननै परेन । अब हामीले पनि युरोपियनले अपनाएकाृे जस्तै सजगता र सुरक्षा अपनाएर बालबालिकालाई पठनपाठनमा फर्काउने कि जीवन भन्दा शिक्षा ठूलो होइन भन्ने कुतर्क गर्दै उनीहरुलाई पढनबाट बञ्चित गराउने ? त्यो राज्यकै हातमा छ । कोरोनाको असर अझ केहि बर्ष रहने बैज्ञानिकहरुले बताई सकेका छन हामी अझ केहि बर्ष बन्द गरेर बालबालिकालाई बिद्यालय पठाउनबाट रोक्न सक्छौं ? या उनीहरुको भविष्य र पढाईप्रति नजरन्दाज गर्न सक्छौं ? उसो भए ढिलै भएपनि अपनाउने पर्ने शैलीलाई समयमै अपनाएर विद्यालय सञ्चालन गर्ने कि नगर्ने ? यो गम्भिर प्रश्न हो । बिद्यालयलाई क्वारेन्टिन स्थल बनाएरै राखि राख्ने कि अध्ययन केन्द्र बनाउने समयमै सोचौं । जीवन ठूलो हो भनि राख्दा केहि हजार बिद्यार्थीले यहि बन्दा बन्दीका कारण पढाई छोडे भने या केहिले नतिजा कमजोर आएकै कारण पढाई प्रतिको मानसिकता बदले भने घाटा कसलाई पर्छ ? स्वभाविक रुपमा स्वयं बालबालिकालाई पर्छ अनि देशलाई पनि । यस तर्फ हामी किन सोच्दैनौं ? अरुले अपनाउन सकेको सजगता हामी अपनाउन सक्दैनौ भनेर भोलीका बालबालिकालाई पनि हेय कै भावमा जीउन सिकाउने कि आधुनिक र स्मार्ट बनाउने ? शिक्षा प्रतिको हाम्रा पुर्वजहरुको सांघुरो सोचको शिकार बर्तमान पुस्ता बनि राखेको छ । अहिलेको पुस्ता पनि अनुदार बन्यो भने बांकी विश्व अघि बढी राख्दा हाम्रो भावी पुस्ताको हालत पनि हाम्रो जस्तै हुनेछ । तसर्थ माहामारीको नाममा बाल मनोविज्ञानमा गलत असर नपारौं । विद्यालय खोलेपछि पनि संक्रमणको दरमा कुनै असर नपारेकाले युरोप लगायतका विकसित देशले बिद्यालय संचालनलाई निरन्तरता दिएका हुन् । बैज्ञानिक खोज र तथ्यमा आधारीत भएर चल्ने कि लहड र भावनामा बहने समयमै सोचौं । नेपालमा बढेको संंक्रमणको अनपेक्षित दर कडा बन्दाबन्दी कै बीचमा हो । वास्तविकतामा आधारित भएर तथ्यहरु विश्लेषण गरौं । विना औचित्य र विना आधार विद्याँलय बन्द गरेर माहामारी रोक्ने उपाय बन्दाबन्दी नै हो भन्ने गलत छाप बालमस्तिष्कमा नपारौं । जव कि भोली आउने यस्ता समस्या रोक्न उनीहरुले यस्तै अप्रमाणितबाटो नअपनाउन् ।

लकडाउनलाई लुजडाउन गरेर सबै क्षेत्रलाई सामान्य तर्फ फर्काउन प्रयास गरि राखेका बेला स्कुल बन्द गर्नुको के औचित्य रहला ? के अरु सबै बाहिर निस्कि राख्दा कम असर परेका बालबालिकालाई घरमै थुनेर राख्नु बिज्ञान सम्मत होला ? अझ नेपालको ग्रामीण भेकको चर्चा गर्ने हो भने त विद्यालय नगए पनि एउटै गाउका साथीसंगीसंग बालबालिका भेटघाट नगरीसंगै नखेली घरमै थुनिएर बसेका होलान ? अवश्य छैनन् । उसो भए ती बालबालिकालाई कथित सामाजिक दूरी कायम गराउने नाममा पढ्नबाट बञ्चित गर्नुको के अर्थ रहला ? यो सोचनीय बिषय हो । बरु बिद्यालयबाट पाउने सुझाव र शिक्षाले नै दुरदराजका बिद्यार्थीलाई पनि भाईरससंग लडन र सचेतना अपनाउन थप मददत मिल्ने छ । शहरी क्षेत्रमा पढने बिद्यार्थीको हकमा पनि यो लागु हुन्छ ।

सजगता अपनाएर बिद्यालय खोल्न आलटाल गर्नु भनेको बालबालिकाको पढाईप्रति गैर जिम्मेवार बन्नु हो । बजारमा हुलका हुल आवातजावात गर्दा, पसल र सुपर मार्केटमा भिड लाग्दा कारोनाको वास्ता नगर्ने हामीले विद्याँलयलाई मात्र महामारीको इपिसेन्टर देख्नु गलत मानसिकताको उपज हो । अर्का तर्फ अर्थतन्त्रलाई सुचारु गर्न र आम अभिभावकलाई नियमित काममा फर्कन पनि छिटो विद्यालय खोल्नुको विकल्प छैन ।

आम बिद्यार्थीको शैक्षिक स्तरको मापन विद्यालयको पढाईमा निर्भर रहेको हाम्रो जस्तो देशले लामो समय पठनपाठन ठप्प पार्दा स्वतः नतिजा खस्कनेछ । जसका कारण बिद्यार्थीमा नैराश्यता आउन सक्छ । अर्का तर्फ लामो बन्दाबन्दीले शिक्षकमा सिर्जनसिलता घटन सक्ने र त्यसको रिकोभर हुन समय लाग्न सक्छ । तसर्थ क्षणिक स्वार्थ र लहडमा लागेर बिद्यालय बन्द गर्ने पश्चगामी कदमलाई निरन्तरता दिइनु हुदैन । युरोपियनले अपनाउन सकेको सामान्य सचेतना हामीले पनि अपनाउन सक्छौं भन्ने उच्च मनोवल निर्माण गरौं । बैज्ञानिक र ब्यवहारीक पक्षको बिश्लेषण गरेर पठनपाठन सञ्चालन गर्नु नै आम बालबालिकाको हितमा हुनेछ । हतारमा निर्णय गरेर उल्टोबाटो अपनाउने प्रवृत्ति शिक्षा क्षेत्रमा पनि फेरि नदोहोरियोस । जुन लकडाउनमा देखिएको छ । खोल्नै पर्ने बिद्यालयलाई अहिले बन्द गरेर अदूरदर्शिता नदेखार्औं । बरु भरपुर सजगता र सचेतना अपनाऊ ।

हाम्रो सुझाव