रुकुम घटना एक चर्चा अनेक

शिवानी ल्वागन
असार १४, २०७७

जातमा आधारित व्यवस्था भएको हाम्रो मुलुकमा हरेक जातीय घटना घटिसकेपछि घटनाको निष्पक्ष अनुसन्धान गरि पीडित पक्षलाई क्षतिपूर्ति सहितको न्याय दिलाउनु कहाँ को कहाँ ? उल्टै समाज दुई कित्तामा विभाजित भईतर्क वितर्कमा उत्रिनुमा आफ्नो वीरता देख्ने चलन छ ।

रुकुम घटनाको सन्दर्भमा पनि हामी त्यस प्रकृतिको अपवाद हुन सकेनौं । सूचना प्रविधिको यो हदको विकास हुदैन भने त स्वास्थ्य संकटकाल (बन्दाबन्दीको) वीचमा रुकुम घटनाको मृतकहरु नवराज विक लगायतको मृत्यू कुकुर मरे जस्तै हुने थियो । धन्य प्रविधिको अभूतपूर्व विकासले गर्दा बन्दाबन्दीको वीचमा पनि जनप्रतितिधी सहित एक गाउँ ठकुरी वावुसोहवहरु उठेर गरिएको कायरतापूर्ण घटना हामीले समयमै थाहा पायौं । अझ यसलाई व्यापक जेठ १३ गतेको संघीय प्रतिनिधि सभा वैठकमा रुकुमबाट निर्वाचित सांसद जनार्दन शर्माको प्रस्तुतिले मद्दत पुग्यो । सरासर होइन, अन्कनाई अन्कनाई कनिकुथी ‘दलितको कारणले घटेको घटना’ तीनजनाको नदिमा लास बगेको, नदीको किनारामा लास भेटिएको छ । साढे ६ मा घटना घटेको छ । नदीमा एघार जनाले हाम फालेका पाँच जना तैरिन सफल तीन वटा लास भेटिएको र बाँकी वेपत्ता भएको यति फेहरिस्त प्रस्तुत गर्छन् । अनि जनार्दन शर्माको घाटिको खसखर निको हुन्छ । उनी गर्जन थाल्छन् रुकुममा छुवाछुत सम्बन्धी घटनाको राजनीतिकरण हुन सक्दैन । जेनतेन घटनाको छानविन होस् भन्दै मैले म बोल्दा होहल्ला गर्ने यसको मेरो आपत्ति छ भन्दै भनाई अन्त्य गर्छन् ।

हाम्रा अति शालिन र भद्र गृहमन्त्री रोष्टममा उभिएर यस्तो घटना अमेरिकामा पनि घट्छ भनी विषयान्तर गर्दछन् र गृहमन्त्रालयको सह–सचिवको नेतृत्वमा एकजना पनि दलित प्रतिनिधि नभएको समिति बनाई सबैलाई हसाउँछन् ।

हाम्रा अति शालिन र भद्र गृहमन्त्री रोष्टममा उभिएर यस्तो घटना अमेरिकामा पनि घट्छ भनी विषयान्तर गर्दछन् र गृहमन्त्रालयको सह–सचिवको नेतृत्वमा एकजना पनि दलित प्रतिनिधि नभएको समिति बनाई सबैलाई हसाउँछन् ।
घटनाको स्थलगत अध्ययन गरि भनि फर्केका वरिष्ठ पत्रकार किशोर नेपाल घटनालाई जातीय रंग पोतिदैछ त्यस्तो होइन भनि हौसला सुनाउँछन् ।

यी पात्रहरु मनुवादी भक्त वाहेक यस युगमा गिनेचुनेका मानव भनि कसरी पत्याउने ?

राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार वालकृष्ण चापागाईले भने–‘सामुहिक वर्वरतापूर्ण वासविक क्रुर हत्या हो ढुङ्गो युगमा पनि यस्तो हत्या हुन्थ्यो होला भन्ने म कल्पना गर्न सक्दिन । यो हत्यामा जातीयता छैन भन्ने व्यक्ति कतैबाट प्रयोगित रुपमा बोलेको हुनुपर्छ ।’ यो भनाई उहाँको मनोगत कल्पनामा आधारित नभएर घटनाको स्थलगत अध्ययनबाट फर्केपछि व्यक्त प्रतिक्रिया हो ।

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले ‘नवराज विकको शाहदतले अलग चेतना आएको । त्यसले नयाँ उचाई प्राप्त गरोस । त्यसलाई दलितको मात्र आन्दोलन बन्न नदिएर मुलुकको नवयुग, नवरुपान्तरणको कोशेढुङ्गा बनाउनु पर्छ । त्यसको लागि गैरदलित समुदायबाट के गर्नुपर्छ म त्यो लगि तयार छु’ भने ।

घटना घटेदेखि नै संसदीय छानविन समिति गठनको माग, संघीय समाजवादी पार्टीको झण्डा र व्यानर लिएर माइतिघर मण्डलामा आफै उपस्थिति भएर प्रदर्शन, संसदमा उभिएर यति थर परिवर्तनबाट विभेद अन्त्य हुन्छ भने म बाबुराम भट्टराई ‘कामी’ लेख्न तयार छु भनि दिएको अभिव्यक्ति आदि बोली र हालको व्यवहार हेर्दा दलित समुदाय आजको मुक्ति संघर्षमा बादल भित्र चाँदीको घेरा देख्छ ।

यद्धपि सिंगो मुक्ति संघर्ष र रुपान्तरण सम्बन्धि उहाँले कस्ता नीति र कार्यक्रम अख्तियार गर्नुहन्छ सबै दलित समुदाय र दलित समस्या जरैदेखि अन्त्य गर्न चाहने गैरदलित समुदाय गम्भीरतापूर्वक नियालीरहेको छ ।

प्रचण्डपथबाट समग्र मुक्ति पाइन्छ भनेर कालिकोटका निशस्त्र दलित महिलाहरुको प्रहरीसँग पौठेजोरी खेली राइफल कब्जा गरे । सौजन्य र ऋतु विकहरु हतियार उत्पादनमा लागे दिलबहादुर रम्तेल जनयुद्धका प्रथम सहिद भए ।

बैभन्दा उदेकलाग्दो कुरा के छ भने कुनै पछि घटनाबारे प्रतिक्रिया दिन कत्ति पनि ढिलाई नगर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नवराज विक लगायतका हत्या गरि नदिमा फालिएको लास खोजेर ल्याई काजकिरिया सकिदासम्म चुइक्क बोलेनन् । चौतर्फी दवावले गर्दा गठन भएको संसदीय छानविन समिति, त्यो पनि आफ्नै पार्टीका सांसद, पार्टी स्थायी समिति सदस्यको नेतृत्वमा बनेको समितिसँगको भेटघाटमा निरिहतापूर्वक मलाई ‘जनयुद्धको केन्द्र’ रुकुममा यस्ता घटना घट्दा लज्जावोध भएको छ । त्यसैले म यतिका समयसम्म बोलिन । उहाँ भौतिकवादी हो भने यस्ता वर्वरतापूर्ण हत्या बारे बोल्न किन जोखना हेर्नु प¥यो ? अध्यात्मवादी हो भने आफ्नो मुल भट्ट परिवर्तन गर्नु प¥यो र कमसेकम जनार्दन शर्माले भेरिमा हाम फालेको यो बाबुराम भट्टराई ‘कामी’ ले संसद र सदनमा आवाज उठाउँदा ताका बोलेको भए तपाईको स्वाीकारोक्तिको कदर हुने थियो । यहिनेर दुई गम्भीर सवाल उठ्छन् ।

एकः जनयुद्धमा दलित समयुदायको सहभागिता, त्याग र वलिदानको किर्तिमान कायम हुनुमा सुप्रिमो प्रचण्डको समग्र मुक्ति र रुपान्तरणको ठोस नीति कार्यक्रम थियो कि भावनात्मक उद्धेलन पैदा गरेर मोर्चामा सहभागी गराउने हर्कत मात्र थियो ?

दुईः हो जनयुद्धको दौरान अन्तरजातीय विवाह प्रोत्साहित थियो । तर आज त्यही अन्तरजातीय विवाहको कारण नवराज विकहरु मारिनुपर्छ । यहाँनेर कमरेड आहुतीले भने झैं ‘माओवादी आन्दोलनको सैद्धान्तिक दिशाहीनता र तीव्र साँस्कृतिक पतन’ देखा पर्दैन र ?

रुकुम घटनाको बारेमा माथि उल्लेखित पात्र र प्रकृतिले नेपाली समाजको बनोट, सामाजिक साँस्कृतिक स्तर घामजस्तै छर्लङ्ग पार्दछ । उसलाई न घोच्न सकिन्छ न चिमोट्न ।

संसदीय छानविन समिति गठन भएको छ । एक महिनामा प्रतिवेदन बुझाउने गरि । तिनै सांसदहरु हुन जसलाई दलित समुदायलाई भोटवैंक बनाएको, मत किनेको आदि आरोप लागिरहेको छ । यस घटनामा कस्तो छानविन गर्ने हुन् ? र सरकारलाई कस्तो निर्देशन दिनेहुन् ? आजसम्म ल, नीति र नेतृत्वले दलित समुदायमा पारेको घाउको कस्तो मलम पट्टी लगाउने हुन् ? समयक्रमले देखाउला ।

अन्त्यमा, दलित समस्यालाई शब्दमा होइन सारमा बुझ्ने, कागजको खोस्टामा होइन व्यवहारमा मुक्ति पाउने, निगाहा होइन सम्मान गर्ने, हामीले चाहेको समुन्नत समाजको बलियो जग हाल्न केवल ओठे भक्ति होइन आ–आफ्नो ठाउँबाट सक्दो योगदान गर्ने सबै दलित गैरदलित समुदायमा अनुरोध गर्दछु । संसदीय छानविन समितिको प्रतिवेदन पछि पुनः छलफलमा जोडिनेछौं ।

Related News

सम्बन्धित समाचार

hero news full width