राजनीतिमा शर्म-कर्म हराएकै हो ?

युवराज खनाल
मंसिर १४, २०७७

आशाको भरोसा गरिएको दुई तिहाई बहुमत प्राप्त सरकारको पार्टी भित्रको आन्तरिक कलहले उक्त पार्टीलाई मात्रै हैन देशलाई नै बन्धक बनाएको छ । कोरोनाले आक्रान्त मुलुकका नागरिक हस्पिटल देख्न नपाई मर्नुपर्ने स्थिति दिन प्रतिदिन बधेको छ । घर घरमा र हस्पिटलमा भर्ना र उपचारको खोजीमा चाहँदै गाडीमा नै ज्यान गुमाउनेहरुको संख्या दिनप्रतिदिन बढी रहेको छ । नेकपा भित्रको कलह सम्बधित पार्टी र कार्यकर्ताका लागि महत्वपूर्ण होला तर त्यसका कारण देश बन्धक बनाइनु खतरापूर्ण हो जस्तो लाग्छ । अनि प्रमुख प्रतिपक्षीको भूमिका के हो भन्ने कुरा पनि आज भुलिरहेको महसुस हुन्छ ।

अवसरले प्रदान गरेको पद, पदले उठाएको कद र उही पद, लालचाको कर्द बन्दछ । मानव जीवनको उर्जा शक्ति, र उत्तरदायित्व सहितको कर्मले मान्छे कर्मठ हुन्छ । मिहेनतले उचाई दिन्छ र उसको विद्धताले मान्छे महामानव हुन्छ । खोटि विद्धता कथाको घोतक अध्ययनले मान्छे, आफ्नो रचना विर्सदो रहेछ । विदुषी कर्मले सबै मान्छेहरु विद्धान हुँदैनन् । विद्धान प्लेटोले भनेका छन्, ‘‘जसले सिकी मात्रै रहन्छ तर केहि गर्दैन भने त्यस्तो व्यक्तिले जोत्छ मात्रै केहि गर्न सक्दैन ।’’ यस्तै झै, मान्छेको ज्ञान भनेको आफूभित्र भएको कुरालाई फेरी पत्ता लगाउनु हो । आफू भित्र भएको ज्ञान र समाज र राष्ट्रका लागि प्रयोग गर्न सक्नु नै उचित हो ।

सायद सत्य जानेर भनिएको छ, ‘सबै शासक लोकसेवी रहँदैनन् ।’ अझ नेपालको जस्तो राजनैतिक चरित्र र त्यसबाट सत्तामा पुगेका मान्छेहरुको विद्घता र उनीहरुको कर्म असल भएको नदेख्नु हाम्रा आँखा र मानसिकताको कमजोरी पक्कै होईन । यो त प्रष्ट विम्व हो, जो हामी भोग्दै आएका छौं । हाम्रो सामाजिक मर्यादा, मूल्य र मान्यताले भरिपूर्ण चरित्रले प्राप्त जीवनलालसा र स्वार्थले मुर्ख जस्तो देखिनु शोभनीय होईन । तर पदले बढाउनुपर्ने कदमा आफैले कर्द चलाउनु कति नादानीपन होला ?

इमान्दारिता र सद्चरित्रको वर्खिलापमा चपेटिएको घोतक मानसिकताले, मान्छे आफ्नो कद् कसरी उचो राखोस् । चाहना इच्छा, एकै हो सबै इमान्दारहरु उच्च पदस्थ हुन सकियोस् । यहाँभन्दा पर हटेर, नाजायज कामबाट समाजबाट मानसम्मान पाइयोस् । सबैले जयजयकार गरुन् । आफ्ना वरपर कोही अरु पनि घुमुन् । हजुराँई पाइयोस् । यत्ति चाहनामा बाँचेको मान्छेको मन र यत्रो ठूलो कद् बोकेका महानायकहरु साना, मसिना व्यभिचारमा अलमल गर्नु कति जायज होला । सबैको प्यारो मान, सम्मान, ईज्जत, प्रतिष्ठा उत्तिकै महत्वपूर्ण हुन्छन् । ‘समाजमा जसको ईज्जत हुन्छ, त्यसको व्यर्थ बेईज्जत छैन ।’ कथन त ठीकै छ । तर त्यही मान्छे, आज आफ्नो निष्ठा निचोरेर जीन्दगी भिजाउँछ र पनि ठिकै छ ।

पहिले भन्ने गरिन्थ्यो, सरकार लकडाउनमा घर बस्यो, गरिब, मजदुर र दैनिक काम गरेर पेट पाल्नेहरु सडकमा बाक्लिन थाले । तर एकाएक यस्तो खबर बाहिर आयो, घरभित्र कोचिएको सरोकारवालाहरु यही मौका छोपेर गरिवको खुुन पसिना डामेर निजी जीवन उर्भरतातर्फ उन्मुख हुन्छन् । यस्ता प्रमाण छ्यापछ्यापती बजारमा आए ।

सामाजिक मूल्य, मान्यताले उच्च पदमा आसिनहरु जो, जसप्रति जनताको अहम विश्वास छ । उनीहरुलाई उचो कदको मान्दै आइएको छ । मानवीय निष्ठा, आदर, सत्कार र सद्भाव सबैको प्रिय चिज पनि हो । मान्छेले जनमनको विश्वास जति लियो, उति सामाजमा प्रतिष्ठित हुने, सहानुभूति प्राप्त हुने, सद्भावना बढ्ने, व्यक्तित्वको साख बढ्ने र श्रद्धा अनुभूत गराउने शान हो । अरुको ईज्जत, मान सम्मानले आफ्नो कद् उचो बन्ने हो । अरुप्रति घृणा, व्यभिचार, बेइमानी, कपटपूर्ण व्यवहार गर्न खोजियो भने यत्तिकै पनि त्यही कद होंचो हुन्छ । सबैलाई त्यो थाहा छ । विषयको ज्ञान पनि छ ।तर व्यबहार भने अलग छ ।

समाजमा ईज्जत, इमान र शानका खातिर लामो समय लगाएर गरिएका प्रयास, अभ्यास र त्यसको परिणाम स्वरुप स्थापित कदम यत्तिकै रोक्न कसैलाई मन पनि हुँदैन । विडम्बना ! आज ठूला भनिएका मान्छेबाटै समाजप्रतिको घात, अन्तरघात, बेइमानी, विश्वसनियताका अर्तनाद प्रश्नले जनभावनाको श्रद्धामा दरार पैदा गरेको छ । यस्ता तमाम उदाहरणहरु पर्दाअघि छन् । कारण केही होईन् जुन भावनाको भरयाङबाट त्यो चाङसम्म पाइला टेकियो, त्यहाँबाट तलतिर हेर्ने विचार र चिन्तनमा खोट (एक प्रकारको मानसिक खीया) उत्पन्न हुन्छ । सबै त्यसले दिएको उपहार हो । मान्छे आफै आफ्नो उँचो कद् घटाएर होचो कर्मको स्यावासी किन लिइरहेको हुन्छ ? समाजले व्यभिचारी बनाउँदैन, व्यवहार र कर्मले त्यस्तो बनाइदिन्छ ।

वास्तवमा आज हामी कोरोना संक्रमण महामारीबाट कसरी उन्मुक्त हुने भन्ने चिन्तामा हुनु पर्ने हो । देश लकडाउनमा थुनिएर अझै महामारीको अवस्था छ ।

जनताका आवश्यकता र महत्वपूर्ण सवालमा नीति कुर्ने, वहस र सल्लाह हुनुपर्ने, एक आपसको राय लिनुपर्ने, यस्ता अनेकन वहानाले थलिएको दुनियाँ देखेको परिवेशमा लोकजाल फटालेर दही मथ्ने गिदिको प्रयोग छाडौँ ।पत्याउने कसरी ? राष्ट्रसेवक, देशभक्त, राष्ट्रका गहन जिम्मेवारीमा रहेका व्यक्तिहरुनै कोरोना कहरमा राज्यकोषमा डढेलो लगाएर दुबोखेतिको प्रस्ताव गर्छन् । तथाकथित उदाहरुणहरु जे जहाँ छन्, तपसीलमा राखेर नागरिकले आफ्नो आङ थापेर डामेको सहेकै बेला छ । जो जसले अफ्ठेरोमा लोक हसाउने धृष्ट कर्मको सूली चढे र आफ्नो लाज आफै च्याते । अरुनै कारणले च्यातिएको लाज छेक्न सकिन्छ तर आफैले च्यातेर नंग्याएको लाज कसले ढाक्ने, कसले छेक्ने ?

संक्रमणबाट देशलाई कसरी उठाउने भन्नेमा नागरिक तहबाट संयममता र सजगता अपनाउनुको विकल्प नछोडौँ । जे जसरी परिवेशले चारैतिरबाट सतकर्ममा बोकेर हिंडौँ । जसरी मानवीयता हराएको भूतकर्मले जनमानसमा नचाहिँदो बहर सिर्जना गर्यो । जनताका आवश्यकता र महत्वपूर्ण सवालमा नीति कुर्ने, वहस र सल्लाह हुनुपर्ने, एक आपसको राय लिनुपर्ने, यस्ता अनेकन वहानाले थलिएको दुनियाँ देखेको परिवेशमा लोकजाल फटालेर दही मथ्ने गिदिको प्रयोग छाडौँ ।

परिवेशले ताकेर ताकेता नगरे के होला एक दिन सबैकुराको छिनोफानो जीवन जगत जितेको मदानीले मथेर घ्यू निकालौंला । कथनी र करनीको व्यथा केहीलाई नौनी जस्तै लाग्यो त, केहीलाई त्यही कडा चट्टानी पत्थर सावित भयो होला । यही त सामाजिक मानमर्दनको सार र तत्वबोध हो । तसर्थ सहजतामा लुक्दै अफ्ठेरोको नाममा कर्द उदाएर, नागरिक मानमर्दनमा कर्द नउदाउँ ।

देशमा शान्ति, अमनचयन माग गर्दै रगतको अहालबाट उठ्न नसकेका शहीद, तिनका परिवार र समर्थक जनताको गास, वास र कपासको व्यवस्था गर्ने उच्चतम राज्य प्रणालीमा लज्जाको खेति मौलाउनु, हाम्रो बारीको ड्याङमा कुन मुला फल्यो भनेर सोध्ने कि नसोध्ने ?

संकटका पहरेदारहरुलाई जनमनले सम्मान गरिरहँदा, सम्मानको उल्टो अपमान, मनोबल प्रदान गर्नेहरुलाई हस्तान्तरण गर्नु मनिवलको भूत हो । काम गर्ने बेलामा गफ दिने, देश बनाउने ठाउँमा भेष बनाउने, आस पास र गासका भूतहरुको नाट्यमञ्चबाट हुँकार गरिदै आएको गणतन्त्रात्मक राष्ट्रका राष्ट्रसेवक, राष्ट्रप्रेमी र देशप्रेमीहरुलाई लज्जाको शिखर उक्लने र मत्र्यको बाटो सुहाउँदो यात्रा होईन होला ।

त्यसलाई साथ दिने उच्च ओहोदाको बदनामी कदमले कही कसैलाई गतिलो सन्देश दिएको छैन । यसलाई पनि राम्रो कर्म मान्नेहरु सबै मसानघाटबाट उठेका मानसिकता हुन् । जसले भूत सवारहरुलाई जिउँदो कन्धामा बोकेर स्वर्गको बाटो लागेको गलत वात बताएका हुन्छन् । देशमा उच्चतम शासन प्रणाली र व्यवस्था व्यवस्थापकहरुले बिर्सेको पाटो, १३ औं गणतन्त्र दिवसका अवसरमा दीप प्रज्ज्वलन गर्दै व्यवस्थाको सम्मान गरिरहेका बेला, त्यही व्यवस्थाका स्थायी व्यवस्थापक र अस्थायी व्यवस्थापकले फुकेर त्यो दीयो निभाउन मिल्छ कि मिल्दैन ?

च्यातिएको लाजमाथि नजर जानु पाप पनि होईन गल्ती पनि हुँदैन् । छाडा, बेसरम र लज्जाबोध मानसिकताका पात्रहरुले सरल र सरल मानसिकतामा सन्तुलित ल्याउनु पर्नेे बेला आफै गन्हयाएको सुँगुर देखेर आलोचना गरेका भेटिन्छन् । कोरोना संक्रमण बरु सहन सक्लान, त्यो भन्दा खतरनाक संक्रमणले देश थलिने हो कि भन्ने चेत भएकाले आलोचना गरेका होलान् । सत्य यत्ति हो ।

खान पाएकाहरु, लाउन पाएकाहरु र पापकर्ममा मन्द्राएकाहरुलाई छाडौं । लत गर्नेहरुलाई गलहत्याएर नयाँ संस्कारको नयाँ युग जन्माउने जनता जनार्दन, अझै सचेतताका पात्र बनोस् ।आलोचना सच्याउन, सुझाउन र बुझाउन गरिन्छ । तर सबै चेत गुमेका अहंकारलाई विदाई भन्दा अर्को विकल्प हुँदैन । लज्जाहिन मान्छेहरु हात हल्लाएर विदाई गर्दैनन् । लात खाएर पो विदाई हुने हुन् कि ? कालान्तरले यस्तो अवस्था नकुरोस् । सहीलाई सही भन्दा मरिन्छ भने, बरु वेसरमहरुको नाजायजी हर्कत अरु देख्न नपरोस् । कुकर्म गरेकाहरुको हाईहाई गर्ने मानवजातिहरु लामो समय भूत मानसिकताका रोगी भएर पनि नबसुन् ।

यो त एक हदसम्मको चरित्र गुमाएकाहरुको भिडले मच्याएको नैतिक हत्या मात्र हो । चित्रमाथि बहुरंगी तरंगले ल्याएको नाजायज परिदृश्य हो भन्ने मानसिकताले जायज निर्णय गर्ने बेला पनि यही हो । हाम्रो संस्कार विपद्मा सहयोग र सद्भाव हो । व्यभिचार र बद्मासी होइन । यो वेला सामाजिक मर्यादा कायम हुनुपर्छ । के ठूला बडा र हुने खाने मात्रै बाच्ने हो ? अब को नेपाल कस्तो हुने हो? अहिले जनता अत्यन्तै चिन्तित छन् । तसर्थ यो बेला जस्ले राम्रो सोच गर्छ ऊ नै देशका लागि योग्य ठहरिने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width