राष्ट्रिय झण्डा त्यो देशको र सरकारको प्रतीकको रुपमा चिनिन्छ । नेपालको झण्डा विश्वभरिका देशहरूको भन्दा फरक भएको एकमात्र झण्डा हो । नेपाल बाहेक सबै देशको झण्डा आकारको हिसाबले रेकटेङगुर छ अथवा स्क्वायर छन् तर नेपालको झण्डा त्रिकोणात्मक रहेको छ जुन कतिपय बेला विभिन्न देशहरुले सामान्य ज्ञानमासमेत राखेको पाइन्छ । राष्ट्रिय झण्डा जलाउनु , फेर्नुको कारण के हो बुझ्न सकिएन । झण्डा फेर्नु त्यति सजिलो छैन ।
एउटा झण्डाको सट्टा अर्को राख्दा कुनै चिन्ह नयाँ राख्नुपर्दछ, त्यसमा सबैको चित्त बुझ्छ भन्ने छैन र यदि फेरेमा त्यो चिन्ह सबैलाई मान्य हुनु पर्दछ । झण्डा फेर्नु पर्ने कारण सबैलाई चित्त बुझ्नु पर्दछ । त्यसैगरी झण्डाको आकार, रङ्ग र ती रंगहरूको समन्वयात्मक रुपमा मिलान, त्यसमा राखिने चिन्ह तिनीहरू सबैको राष्ट्रिय हित अनुसारको अर्थ र व्याख्या आदि बुँदाहरूमा ध्यान दिनुपर्दछ । कतिपय देशहरुमा ठूलो क्रान्तिपछि पुरै फेरिएको राजनीतिक व्यवस्था अन्तर्गत आएको सरकारले झण्डा परिवर्तन गरेको पाइन्छ । जुन स्वाभाविक पनि होला । तर हाम्रो देशमा त त्यस्तो ठूलो राजनीतिक परिवर्तनसहित आएको व्यवस्था होइन ।
हिमाल, पहाड नदीनाला अन्य प्राकृतिक वस्तुहरू उहिलेकै छन् के फेर्न सकिन्छ? सम्झौताबाट आएको संविधान र राजनीतिक व्यवस्था अन्तर्गत बनेका ऐन, नियम कानुन र त्यसमा रहेका दस्तावेजहरु हामी सबैले मान्नुपर्दछ।
यो परिवर्तन त राष्ट्रप्रमुखको प्रकृति परिवर्तन हुनु र नयाँ संविधान आउनु बाहेक व्यवस्था परिवर्तन भएको त होइन । त्यसमा पनि अहिले प्रचलनमा रहेको राष्ट्रिय झण्डा सबै दलहरु र संविधानसभाले पारित गरी संविधानमै उल्लेख गरिएको झण्डा हो । फेरि यो झण्डामा कुनै एक पक्ष या एक समुदायको संस्कृतिसँग सम्बन्धित विशेष चिनो पनि राखिएको छैन । हाम्रो राष्ट्रिय झण्डामा ब्रह्माण्ड सृष्टिको मूल आधार सूर्य, चन्द्रमा र रङ्गको हिसाबले रातो, नीलो राखिएको छ, जुन कुनै पनि समुदायलाई घोच्ने बिजाउने देखिँदैन । सूर्य र चन्द्रमा ब्रह्माण्ड रहेसम्म अटल रहने त्यस्तो चिन्ह भएको हाम्रो राष्ट्रिय झण्डा किन कसैलाई बिझाउँछ ?
यदि बिझाउँछ भने विभिन्न शंका उपशंकाहरु देशप्रेमी नेपालीहरुलाई लाग्नु स्वाभाविक हुन्छ । विभिन्न महादेशहरुमा भएका देशहरूको झण्डाको चिन्हहरु अध्ययन गरौ भने १५ देखि ४० प्रतिशतसम्म देशका राष्ट्रिय झण्डाहरुमा सूर्य चन्द्रमा वा ताराहरु कुनै न कुनै राखेको पाइन्छ । कतिपय राजनीतिक समूहको नेतृत्व गर्ने नेताहरुबाट यो झण्डा राणाकाल, पञ्चायतकाल आदिदेखि नै चलनमा आएको र त्यो तानाशाही शासन भएको समयमा प्रयोग गरिएको झण्डा भएकोले जनतामा कता–कता नकारात्मक धारणा छ ।
त्यसैले झण्डा फेरिँदा राम्रो हुन्छ भन्ने तर्क सुनिन्छ । यदि त्यसो भन्ने हो भने यो देश नेपाल र नेपालीहरू पनि राणा र पञ्चायतकालका पनि छन् के उनीहरुलाई पनि फेर्नुपर्ने हो ? त्यसैगरी विभिन्न हिमाल, पहाड नदीनाला अन्य प्राकृतिक वस्तुहरू उहिलेकै छन् के फेर्न सकिन्छ? सम्झौताबाट आएको संविधान र राजनीतिक व्यवस्था अन्तर्गत बनेका ऐन, नियम कानुन र त्यसमा रहेका दस्तावेजहरु हामी सबैले मान्नुपर्दछ। सानातिनो सन्दर्भ हरुलाई ठूलो बनाउँदा धेरै कुरामा समस्या हुन्छ । जुनसुकै किसिमको झण्डा फेरेर ल्याएपनि त्यो सबैलाई चित्त नबुझ्न सक्छ, त्यस अवस्थामा के झण्डै नराख्ने, देशको झण्डै नहुने ? त्यसैले यस सम्बन्धमा कुनै विवाद नगरी रहनु नै राम्रो, सबैमा चेतना भया ।
Related News
सम्बन्धित समाचार
मास्क महिमा
आदर्श फिल्म : मेडम गीता रानी
सत्ताप्राप्ति र राज्य दोहनमा बितेको एक युग
बुबाआमा भगवानका स्वरुप
दोषी नेता होइनन्, हामी हौं
hero news full width
मुख्य समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७