नेकपा माथि मडारिएको कालो बादल

युवराज खनाल
कार्तिक २४, २०७७

कार्तिकको मैना छ । नेपालीहरु बर्षभरि खानका लागि अन्न भित्र्याउन तल्लीन छन् । जब आकाशमा सानो बादल देखा पर्छ किसान रातभर निदाउँदैन त्यसरी नै देशको ठूलो पार्टी नेकपा र प्रति पक्ष दलका नेताहरुको बोलाइ र व्यबहार देख्दा नेपाली जनता डरारहेका र अनि अचम्भित भएका पनि छन् । नेपाली काङ्ग्रेस जुन देशमा बहुदलीय ब्यवस्थान पुनःस्थापना पछि धेरै पटक सरकारको नेतृत्व गर्यो । अनि ३/३ पटक प्रधानमन्त्री बनेका र हाल नेपाली काङ्ग्रेसको सभापति रहेका देउवाले रामचन्द पौडेलका कारण नेपाली काङ्ग्रेस बिग्रेको हो भन्नू र ओलिले पार्टीकालाई मुठ्ठीमा लिएर हिँड्नु अतिनै दुःखद बन्दैगएको देखिन्छ। सत्ता धारी पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री देश र जनता प्रति उत्तरदायी नहुनु अनि प्रतिपक्षी दल मौन हुनु घातक देखिदै छ ।

अहिलेको अवस्थामा नेपाली सत्ताः¬–र ाजनीतिको मिँयो पार्टी हो नेकपा । दुइतिहाइ बहुमतसहित अहिले नेपालमा यही पार्टीको शासनसत्ता छ । प्रकट रुपमा नेकपाको दुई तिहाइ बहुमत रहेको छ, तर यो पार्टी नेतापिच्छे गुट–समूहमा टुक्रा¬–टुक्रा छ । व्यक्ति र गुटका स्वार्थ, अहंकार र दम्भको टक्करले त्यही बहुमतलाई धरापमा पारेको छ । यतिखेर नेकपा, त्यसको सरकार र तिनका नेताहरु आफैले सिर्जना गरेको ठूलो भूमरीमा फँस्दैछन् ।

जगजाहेर सत्य हो– अहिले देखापरेको भूमरीको सर्जक सोही पार्टीका मूल नेतृत्वकर्ता तथा मुलुकका शासनसत्ताको बागडोर सम्हालिरहेका ‘सर्वशक्तिमान’ प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष खड्गप्रसाद शर्मा ओली नै हुन् । पार्टी नेतृत्व तथा राजकीय सत्तामाथि आफ्ना खुट्टाले बलियोसँग टेक्दै जाँदा पार्टी संगठनका विधान, नीति र पद्दतिलाई खल्तीमा हालेर मनचिन्ते व्याख्या– गर्ने हदसम्मको उनमा पलाएको निर्विकल्प शासकको दम्भ तथा अलौकिक र सर्वशक्तिमान ठान्ने ‘मतिभ्रम’ले गर्दा भूमरी सिर्जना भएको हो । हुँदा हुँदा म नभए देश डुब्ने छ भन्न लागेका छन् । र, त्यो भूमरीलाई चर्को रुपमा हुँडल्ने काम चाहिँ पार्टीभित्रको गुटबन्दी, अविश्वास र छिर्के हलाइको त्रासद स्थितिले पनि गरेको छ । फलतः यतिखेर त्यस ‘गुट्को ’ भूमरीले सबैभन्दा बढी रन्थनाएको कसैलाई छ भने उनै ओलीलाई छ । त्यसले उनको शासनसत्ताको कुर्सी डोलायमान भएको छ, पार्टीभित्रको उनको सर्वोच्च प्राधिकारमा चुनौती पैदा भएको छ । र, यो भूमरीबाट पार पाउन उनी कहिले प्रचण्ड त माधव शरणमा जान अभिशप्त छन् । यत्तिका बहुमत प्राप्त पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री भएका ओलि बर्बराउनु देशका लागि नै घातक हो ।

पार्टी नेतृत्व तथा राजकीय सत्तामाथि आफ्ना खुट्टाले बलियोसँग टेक्दै जाँदा पार्टी संगठनका विधान, नीति र पद्दतिलाई खल्तीमा हालेर मनचिन्ते व्याख्या–प्रयोग गर्ने हदसम्मको उनमा पलाएको निर्विकल्प शासकको दम्भ तथा अलौकिक र सर्वशक्तिमान ठान्ने ‘मतिभ्रम’ले गर्दा भूमरी सिर्जना भएको हो । र, त्यो भूमरीलाई चर्को रुपमा हुँडल्ने काम चाहिँ पार्टीभित्रको गुटबन्दी, अविश्वास र छिर्के हलाइको त्रासद स्थितिले पनि गरेको छ ।

विगततिर फर्केर हेर्दा क्रान्ति र समाज रुपान्तरणको ‘पवित्र सपना’सहित ‘व्यक्तिहत्या’को राजनीतिबाट शुरु भएको हो ओलीको यात्रा । उनी र उनका अन्य सहयोद्धाले पक्रेका बाटो ‘गलत’ थियो भनेर उनीहरुकै पार्टीले स्वीकारिसकेको तथ्य बेग्लै चर्चा र बहसको विषय हो । त्यसै ‘गल्ती’वापत उनी र उनका थुप्रै सहयोद्धाले कठोर जेल जीवन, यातना तथा कतिपयले त मृत्युसमेत वरण गरिसकेको इतिहाससिद्ध तथ्य हो । ओली स्वयंले पनि १४ वर्षको जेल जीवन भोगेका हुन् ।

तत्कालीन शासकसामु गल्ती स्वीकार्दा वा माफी माग्दा नारकीय जीवनबाट छुटकारा पाउने ‘अवसर’लाई उनीहरुले लत्याएकै हुन् । आफ्ना अन्य सहयोद्धाजस्तै ओली पनि थुप्रै कमीकमजोरीका बाबजूद प्रतिकूल शासन सत्तासामु राजनीतिक आस्था, निष्ठा र समर्पणका सतिसालका रुपमा आफूलाई प्रमाणित सिद्ध गरिसकेकै व्यक्ति हुन् । त्यसैले नै ‘व्यक्ति हत्या’बाट राजनीति शुरु गरेका तथा पहाडबाट झापा झरेका क्रान्तिकारी जोशसहितका एक ठिटोलाई शनैशनै राष्ट्रिय राजनीतिमा स्थापित गरेको पनि हो । र, अनुकूल राजनीतिक व्यवस्था स्थापित भएपछि उनले मुलुकको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीमा समेत आसीन हुने मौका प्राप्त गरेका हुन् । जब ओलि प्रधानमन्त्री बने जनताले ठूलो अपेक्षा गरेका थिए तर के भयो र अझै के हुँदै छ । आखिर किन ?

अहिलेको अवस्थामा आइपुग्दा ओलीको क्रान्तिकारी छबि खण्डित भइसकेको छ, धूलोपीठो भएको छ । त्यो छविलाई एउटा अहंकारी, दम्भी, पदलोलुप, अत्यन्तै व्यक्तिकेन्द्रित, मूढाग्रही र पूर्वाग्रही केपी ओलीको छबिले विस्थापित गरेको छ । तत्कालीन शासकहरुसामु आत्मसमर्पण गरेर ‘सुख सयलको जीवन’लाई लत्याएर उनले रोजेको १४ वर्षको कठोर जेल जीवन यतिखेर उनका लागि थोत्रो बखानको ब्याज भजाउने विषयवस्तु भएको छ । उनकै सहयोद्धा र उनकै पार्टीका सहकर्मीहरु चिच्याइ¬–चिच्याइ भनिरहेका छन्– आजका केपी ओली क्रान्तिकारी आदर्शबाट च्यूत भएर अत्यन्तै आत्मकेन्द्रित, व्यक्तिकेन्द्रित र घमण्डी शासकमा रुपान्तरित भइसकेका छन् । उनी आलोचना सुन्न र भिन्न विचारलाई पचाउनै सक्दैनन् । उनमा चरम व्यक्तिवादी अंहकार पैदा भएको छ । शक्तिको अति केन्द्रीकरण गर्ने रोगले उनी ग्रस्त बनेका छन्, संगठन र पार्टीका सिद्धान्त, नीति एवं विधान उनका लागि खोपीमा सजाउने वस्तु भएका छन् । पार्टी सञ्चालन गर्ने उनको रुचि र विधि सर्वसत्तावादी हुकुमे शैलीमा रुपान्तरित भएको छ ।

अहिले नेकपाभित्र देखापरेका द्वन्द्व र भूमरीको मूल जड पनि त्यसैमा निहित देखिन्छ । त्यसैको उपचार खोज्ने नाममै अहिलेको भूमरीको बबण्डर सिर्जना भएको देखिएको छ ।

यो कुरामा कुनै शंका छैन, अहिलेको भूमरी सिर्जनाका प्रथमकर्ता प्रधानमन्त्री ओली नै हुन् । तर आज जुन स्थिति पैदा भएको छ, के त्यसको एक्लो र एक मात्र दोषी ओली मात्रै हुन् त ? निश्चित रुपमा होइन । अहिलेको विद्रुप स्थितिको सम्पूर्ण भार र दोष रोगले जीर्ण भएको उनको बूढो काँधमाथि मात्रै लादिदिनु न्यायोचित हुँदैन । पार्टीको राजकीय सत्ताको सर्वोच्च पदमा आसीन भएपछि विस्फोटक रुपमा देखापरेका अहंकार, दम्भ र व्यक्तिवादजस्ता ‘ओली प्रवृत्ति’ले किन र कसरी पार्टी संगठनका विधान, नीति र पद्दतिलाई पाइतालामुनि कुल्चेर पार्टीभित्र बलियोसँग जरा गाड्ने अवसर, मौसम र मलजल प्राप्त गरे ? त्यसको निर्मम समीक्षा पनि हुनु जरुरी छ ।

उहाँलाई थाहा नै थियोे प्रचण्ड कस्तो प्रवृतिका छन् भनेर राजनीतिक चतु¥याइँ भएका ओलीले नेपाली काङ्ग्रेससग सहयात्री भएर हिडेको तत्कालीन माओवादी पार्टीलाई आफुतिर ल्याए । जनतामा ठूलो आशा र भरोसाहरु देखाई दुई तिहाई बहुमत ल्याई प्रधानमन्त्री बने । तर बिडम्बना ओली अहिले उक्त दुईतिहाई समेल्न सकिरहेका छैनन् । पूर्व माओवादी मात्रै हैन पूर्व नेकपा एमालेका कैयौं नेता कार्यकर्ता उहाँको कार्यशैलीप्रति सन्तोष देखिँदैनन । पटक–पटक फुटको सङ्घारमा पुगेर नफुटेको यस पालि पुनः तात्तिएर आएको ज्वालामुखी जस्तो बनेको छ ।

सर्वहाराको पार्टी भनाउँदो र त्यसैको सरकार छ । तर सर्वसाधारणले हातमा कम्तिमा एक लाख नदेखाउने हो भने हस्पिटल टेक्नसमेत नपाउने भएका छन् । स्वस्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ भनेर जति भने पनि अहिले पार्टी र सरकारको औकात सबैले बुझेका छ्न । पार्टी भित्र भित्रै मडारिएको बादल नफारेसम्म देशको विकास हुन सक्दैन ।

Related News

सम्बन्धित समाचार

hero news full width