Worldlink ads

आऊ साथी नारी दिवस खोज्न निस्कौं

अनिशा श्रेष्ठ
फागुन २४, २०७७

१ सय ११ वर्ष पहिलेबाट आजकै दिन अन्तर्राष्ट्रिय नारी दिवस आजकै दिन हो भनेर सार्वजनिक नगरिएको भए सायद आज नेपालमा यो दिवस हो भनेर कुनै पनि क्यालेन्डरमा तोकिने थिएन होला । यदि तिथि मितिका आधारमा तोकिन्थ्यो भने नेपालमा नारी दिवस यो वर्षको लागि हराउने थियो । अनि हामी केही महिलाहरुलाई लाग्थ्यो पनि होला यो वर्ष नारी दिवस आउँदै छ कि गइसक्यो ? अन्तर्राष्ट्रिय क्यालेन्डरले आज देखायो तर नेपाली माटोमा नदेखेकाले यो गुनासो मात्रै हो व्यक्ति गर्न खोजेको ।

देशको सबैभन्दा सर्वोच्च पदमा महिला नै हुनुुहुन्छ तर पनि लाग्दैन आज के दिवस हो भन्ने कुराको उहाँलाई हेक्का छ । उहाँलाई त लाग्दै छ सायद यही कुराले निद्रा पनि लागेन कि चैनले निदाउनु भयो कुन्नि हिजोको सर्वोच्च अदालतको फैसलाका कारण । अब के हुन्छ आफू रहन्छु कि रहन्न अनि आफ्नो समूह र कोटरीको हित र सर्वोपरिका कुरा । यसो भनिरहँदा देशकै सर्वोच्च पदको अपमान र आलोचना गर्न खोजेको भने पटक्कै होइन । यो एक आम नागरिक र त्योभन्दा पनि बढी महिला भएर महिलाकै बारेमा किन नसोचेको होला भन्ने गुनासो मात्रै हो ।

एउटै कामना मात्रै गर्न सक्छु आजकै दिन कोही पनि नारी बलात्कार, अपहेलना र पीडामा नपरुन्

अमेरिका र अन्य मुलुकका महिलाहरुले पनि मैले जसरिनै सोचे कि के गरे होलान् आफ्नो देशका सरकार र सरोकारवालालाई ? रातभरि यही विषयमा सोच्दासोच्दै हैरान भएँ अनि लेख्न सुरु गरें नारी दिवस खोज्ने १ असफल प्रयास । अहँ कतै भेटिएन एक शब्द पनि । नेपाली परिवेशमा शब्दवाहेक अरु कुराको अपेक्षा र त छँदै छैन तर आज त्यही शब्द पनि भेटिएन र सुनिएन कतै पनि ।

गएको चुनावमा अमेरिकी राष्ट्रपतिको दौडमा होमिएकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले अन्तिममा अमेरिकाकै राष्ट्रपतिको दौडमा रहेका अर्का प्रत्यासी जो वाइडेनलाई समर्थन गर्दै आफू उपराष्ट्रपतिको पदमा उम्मेदवारी दिने घोषणा गरिन् । त्यसपछि कमलाको चर्चा एकाएक चुलियो । नतिजा पनि अपेक्षित नै भयो । जब उनी पहिलो पटक ह्वाइटहाउस प्रवेश गरिन् विश्वको ध्यान उनमा केन्द्रित थियो अब विश्वमा महिला सामर्थ र समानता ठूलै उथलपुथल हुन्छ । उनको पहिलो सार्वजनिक भाषणले पनि संसारका महिलाहरुमा एक खालको तरंग नै ल्यायो ।

उनले भनिन्, ‘हो म पहिलो महिला हुँ तर अन्तिम भने होइन । हामी शिक्षा, समानता र महिला सशक्तिकरणका लागि लडिरहने छौं । अमेरिकाको डेलाबेरमा उनको पहिलो भाषण सुनेपछि संसारभरका महिलाहरुमा निकै ऊर्जा थपएिको थियो । हाम्रै छिमेकी मुलुक भारतबाटै आप्रवासी नागरिकका रुपमा अमेरिकाको त्यति ठूलो पदमा पुग्दा नेपाली महिलाहरुमा पनि फरक तरंग आउनु स्वभाविकनै थियो । चाहेर पनि नचाहेर पनि संसारले स्कीारेरको छ अमेरिकाले जे गर्छ त्यो कुराले विश्व राजनीतिर समाजमा त्यसको प्रभाव पर्छ ।

प्रसंग महिला सुरक्षा, सम्मान र रोजगारीकै हो, आज १ सय ११ औं नारी दिवस हो रे । नेपालले पनि यसलाई धूमधामले मनाएको छ रे । आजको नारा पनि ‘महिला सुरक्षा, सम्मानः समृद्ध नेपालको आधार’ हो रे । नेपालले नारी दिवसको अवसरमा लिएको लक्ष्यलाई सिंहदरवार, बालुवाटार र शीतल निवासले नै कुरीकुरी भनिरहेको छ । एउटै कामना मात्रै गर्न सक्छु आजकै दिन कोही पनि नारी बलात्कार, अपहेलना र पीडामा नपरुन् । त्यसो त आज मैले यो विषयलाई उठाउन खोजेकी होइन । लक्ष्यलाई कार्यन्वयन सँगै निष्कर्षमा पुर्‍याउन सरोकारलालावाट के कति काम भए भन्ने कुरालाई उठाउन खोजेकी हुँ ।

कार्यक्रममैपिच्छे फरक फरक विषयमा समूहको मनोभाव बुझ्दै तालीका लागि भाषण गर्न खप्पिस सरकार प्रमुख पनि कति निरीह के ? महिला सशक्तीकरणका लागि एउटा पनि उखान नआएकै हो र ? जोक्स र उखानै सही माहोल त बन्थ्यो होला नि १ दिन भए पनि । त्यसो त देश र जनता अनि विधिका लागि सडकमा आएका राजनीतिक दलहरु पनि समावेशी हुन सकेका छैनन् । सत्ताशीन नेकपामै पनि यो लागु हुन सकेको छैन ।

आफूलाई सबैभन्दा प्रजातान्त्रिक भन्न पछि नपर्ने नेपाली कांग्रेसले पनि महिला अधिकारका कुरालाई कति चाँडो बिर्सेको होला है । कहीँ कतै एक शब्द पनि छैन । आज सबैको एउटै बोली छ अब देशको राजनीतिमा कसको वहुमत पुग्छ र सरकार बनाउने ? राजनीतिक दलहरुले किन नबुझेका होलान् एक माघले जाडो जाँदैन भन्ने कुरा । उनीहरुको अहिलेको अवस्था हेर्दा लाग्छ संसारले मनाएको नारी दिवस नेपालमा मात्रै किन मनाइएन होला, उसको उत्तर पनि सहजै जस्तो लाग्यो । दसैंको टीकाको दिन नै जुठा परेको घरमा दसैं कसरि मनाउन सकिएला र ?

Related News

सम्बन्धित समाचार

    • विदेशमुखी वर्तमान र नेपालको दुर्दशा

      जीवन बराल सङ्घर्ष मंसिर १३, २०७८
      झण्डै २५० वर्षको विरासत रहेको राजपरिवार । जुन समय पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेका थिए । जुन समय बाइसे, चौबिसे…
    • खोट नियतमा छ, नियतिलाई दोष !

       नगेन्द्रराज पौडेल मंसिर १२, २०७८
      व्यवस्था भन्नु निर्जीव चिज हो, मानव अस्थिपञ्जरजस्तै । अस्थिपञ्जरमा हाड, छाला, रगत, मासुमात्र होइन, प्राण भरेपछि मात्र चलायमान हुन्छ ।…
    • कलममा अड्केको सत्य

      रेशम शर्मा बस्ताकोटी मंसिर ९, २०७८
      वर्तमानमा चारैतिर बेथिति र बेइमानीमात्र देखिएको छ । देशको सर्वोच्च अदालतमा मुक्कामुक्की भइरहेको छ । जनतामा जहाँसुकै बेथिति भए तापनि…
    • ठगीको संस्कार

      मुगादेवी सुवेदी मंसिर ८, २०७८
      कुनै पनि कुरामा नियमविनियमदेखि बाहिर रहेर केही बढी प्राप्त गर्ने उद्देश्यले खराब नियतबाट प्रभावित भई काम गर्नु नै ठगी हो…
    • स्थानीय तहको लागि कृषि योजनाको आवश्यकता र महत्व

      पद्मकिरण राना कार्तिक ७, २०७८
      पृष्ठभूमिः नेपालको संविधानले ३ तहको सरकारको व्यवस्था गरेको छ, संघ, प्रदेश र स्थानीय तह । तीनै तहलाई एकल र साझा…

    hero news full width

    trending post

    ट्रेन्डिङ्ग