जहाँ नारीहरु पुजिन्छन्, त्यहाँ देवता खुसी हुन्छन्

पार्वता पौडेल
फागुन २४, २०७७

हिन्दु संस्कृति र बैद्धिक सनातन धर्मले नारीलाई देवी भनेर मानेको छ । हाम्रो शास्त्रले नारी पुज्य हुन्छन् भनेको छ । जस्तै संकल्प गर्ने बेलामा व्राह्मणको शर्मा, क्षेत्रीको वर्मा, वैश्यको गुप्ता आदि प्रयोग गरिन्छ । तर सबै नारीको विवाह भए पनि नभए पनि जुनसुकै वर्ण भए पनि दिव्याहम् भनिन्छ । हाम्रो संस्कृतिले सबै नारी देवी हुन् भनी उच्च सम्मान गरी पूजा गर्ने गरिन्छ । हिड्नेबेलामा नारी बाटोमा भेटिए भने दाया पारेर जानु भनेको छ । विवाह नभएका कन्याहरु जस्कासुकै छोरी भएता पनि उनीहरु पुज्य हुुन्छन् भनेको छ । शास्त्रमा उल्लेख भएबमोजिम कन्या पूजामा कुनै पनि वर्ण नहेर्नु भनेको छ । पुरुष शिरको टुप्पीदेखि शरीरको पयरसम्म स्नान नगरी शुद्ध नहुने र नारी सयन गरेको विस्तारा छाडि पृथ्वीमा स्पर्श गर्दाबित्तिकै शुद्ध हुन्छिन् भनिएको छ । नारी ममतामयी जननी हुन्, करुणाकी खानी हुन्, स्नेहमयी दिदिबहिनी र छोरी हुन् । प्रेमामयी पत्नी हुन्न् सृष्टिकर्ता पालनकर्ता पनि नारी हुन् भनेर नारी जीवनलार्ई अध्ययन र अनुसन्धान गरी सबैभन्दा उच्च स्थानमा विराजित गरेको छ शास्त्रले यसै भनेको होइन रहेछ । स्वयं भगवान पनि लक्ष्मी नभनीकन नारायणको नाम नभन्ने, राधा नभनी कृष्ण नभन्ने सीता नभनी राम नभन्ने गरेको पाइन्छ । सीता रामाभ्याम भनिन्छ, राधा कृष्णाभ्याम भनिन्छ, लक्ष्मी नारायणभ्याम भनिन्छ । यस्ता प्रकारले हरेक स्थानमा नारीलाई उच्च सम्मान गरिएको छ र ठूलो महत्वका साथ हेरिएको छ ।

मनुस्मृति ३ः५६ मा उल्लेख गरिए अनुसार जुन परिवारमा नारीको आदर सम्मान हुन्छ त्यहाँ देवता, दिव्य, गुण, कर्म, स्वभाव, सन्तानजस्ता दिव्य लाभ आदि प्राप्त हुन्छ जुन परिवारमा नारीलार्ई सम्मान छैन त्यहाँ विनाश मात्र हुन्छ । सन्तानको उत्पत्ति गरेर घरको भाग्योदय गर्नेवाला नारी आदर सम्मानको योग्य र पुज्य हुन्छ नारी नै घरको शोभा हुन्छ । यदि कसैले नारीको हत्या गर्दछ वा अपहरण गरी अवैध व्यवहार गर्छ त्यहाँ अपराधी मृत्युदण्डको योग्य छ । यदि कसैले नारीको अस्मितालार्ई मेटाउन बलात्कारजस्ता जघन्य अपराध गर्छ भने त्यसलार्ई मृत्युदण्ड दिनु वा देश निकाला गनुपर्छ । शास्त्र अनुसार यो आदेश छ कि पुरुषहरु कसैले पनि आफ्नो आमा दिदीबहिनी छोरीसँग हतपत झगडा नगर्नु यदि कसैले त्यस्तो गर्छ भने उ दण्डको भागीदार हुन्छ भनिएको छ । यदि कसैले आफ्नो श्रीमतीलार्ई झुठा आरोप लगाएर त्याग्छ भने त्यसलार्ई ठूलो दण्डको प्रावधान छ मातृवात्सल्यलार्ई मनुले उच्च स्थानमा राखेका छन् ।
नास्ति मातृसमा छाया नास्ति मातृसमा गतिः ।
नास्ति मातृसमं त्राण नास्ति मातृसमा प्रिया’ ।।
आमाजस्तो छाया कतै पनि छैन, आमाकोजस्तो सहारा आमा समानरक्षक र आमाजस्तो प्रिय चिज नै केही छैन । आमा मात्र होइन दिदिबहिनी छोरी बुहारी आदि नारीका अन्य रुपलार्ई कुनै पनि वाहानामा कष्ट पु¥याउन नहुने मनुको मान्यता छ ।

वैदिक सनातनमा नारीलार्ई सन्त हुने अधिकार छ । सन्यासी हुने अधिकार छ । व्यासमा बसेर कथा वाचन गर्ने अनुमति छ ।

यत्र नार्यस्तु पूज्यन्ते तत्र रमन्ते देवताः
त्रैस्तास्तु न पूज्यन्ते सर्वास्तत्राऽफलाः क्रिया ।।
अर्थात् जहाँ नारीहरु पुजिन्छन र जहाँ उनीहरुको सम्मान सत्कार हुन्छ त्यहाँ देवता पनि खुसी हुन्छन् र चाहेका सबैकुरा सहजरुपमा सम्पन्न हुन्छन् । यसको विपरित जहाँ नारीको अपमान र तिरस्कार हुन्छ त्यहाँ गरिएका सबैकुरा विफल हुन्छन् र कल्याण चाहने बाबु, दाजुभाइले आफ्नो घरकी कन्याको सत्कार गर्नु पर्ने र पति ससुरा देवर र जेठाजुले पनि विवाहित स्त्रीलार्ई कष्ट दिन नहुने बताइएको छ । छोरी दिदिबहिनी पत्नी बुहारी आदि नारी शोकग्रस्त भइरहने घर चाँडै नष्ट हुने हुन्छ । भनेर मनुले खुलेर बताएका छन् । मनावैज्ञानिक पक्षबाट हेर्दा पनि नारी पीडित भएका घरहरुमा शान्ति भएको देखिँदैन ।

देवदत्ता पतिर्भायां विन्दते नेच्छयाऽऽत्मन साध्वीं विभृयान् नित्यं देवानां प्रियमाचरन्

अर्थात् आफ्नो इच्छाले होइन देवताले दिएर पत्नीको प्राप्ति हुन्छ त्यसैले पत्नीलार्ई सधैंभरि प्रशन्न राख्नुपर्छ । मनुले पुरुष र महिलाको सहअस्तित्व कायम हुने थुप्रै उदाहरण दिएका छन् । पत्नीमा प्रविष्ट भएर पति गर्भको माध्यमबाट फेरि जन्मिन्छ सन्तानको रुपमा पुरुष फेरि जन्मनुमा पत्नीको पत्नित्व रहन्छ । यसरी सन्तानका रुपमा आफूलार्ई पुनर्जन्म दिने पत्नीप्रति सधैं अनुकुल व्यवहार गर्न निर्देश छ । दासी नभइ पुरुषको अधांगिनीका रुपमा वा निर्णायकको रुपमा नारीको महत्व उजागार गरिएको छ । प्राचीन कालमा नारीहरुले गायत्री लिनेदिने गर्दथे वर्म कर्ममा रहन्थे जनै धारण गर्थे । पछिल्लो समय परिवर्तनसँगै सृष्टि बृद्धि गर्ने विषयलार्ई प्राथमिकतामा राखी नारीले जनैधारण गर्दा बच्चा धारण गर्नुका साथै स्याहार सुसारका जिम्मेवारी लिनु पर्ने लगायत महिनावारीका कारण निरन्तर शुद्ध रहन नसक्ने भएकोले पुरुषले मात्र जनै धारण गर्ने परम्परा बस्यो पुरुषले गरेको सत्कर्ममा नारीको पवित्र सहयोग भएपछि दुवैलार्ई पुण्य प्राप्ति हुने विश्वासको संस्कार बस्यो । हालसम्म यसै परम्परा चल्दै आएको छ । नारी पतिव्रता भएर रहिन् भने र पुरुष पत्नी व्रता भएर रहे भने त्यो गृह देवगृह हुन्छ । नारी पुरुष एक हुन कदापि सक्दैनन् । नारी पुरुषभन्दा सयौं गुणा माथि छिन् सृष्टिकर्ता, पालनकर्ता, स्नेह र ममता जति नारीमा हुन्छ त्यो पुरुषमा हुन सक्दैन । संसारको सृष्टि नै यस्तो छ जहाँ नारी छन् त्यहाँ शान्त सुन्दरता र ममता सबैथोक मिल्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ । हिन्दु संस्कृति र वैदिक सनातन धर्मको अनुशरण गर्ने हो भने यहाँ कुनै पुरुष हत्यारा बन्न सक्दैन, बलात्कारी बन्न सक्दैन किनकि शास्त्रले आमा, दिदीबहिनी, बुहारी, भाउजु, छोरी सबै नारी हुन उनी पुजनीय छन् भनेर बलियो तर्क दिएको छ । पछिल्लो समय पश्चिमाहरुको हस्तक्षेप बढ्दै गयो र देशमा अशान्ति, हिंसा दण्डहीनता कार्य हुन थाले पूर्वीय संस्कृतिलार्ई निमिट्यान्न पार्नका लागि पैसामा बिक्ने डलरेहरुले धर्म चटक्कै बिर्सिदिदा आज नारीहरुलार्ई समाजमा खुलेर हिड्न बोल्न जोखिम सिर्जना भएको छ । अझै भन्ने हो भने हरेक नेपालीको घरको दैलोदैलोमा चाउचाउ, बिस्कुट बाँडेजस्तै गरी क्रिश्चियनहरु बाइबल बाँढेका छन् । सोझासाझा बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुलार्ई अनेक जालमा पारेर धर्म परिवर्तन गराउनमा सक्रिय देखिन्छन् । वैदिक सनातन धर्ममा हिन्दु संस्कृतिमा नारीको दमन छ भनेर अपवाह फैलाएर समाज भड्काइरहेका छन् ।

आदरणीय बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरु हामी सनातनीका सन्तान हौं । ॐ कार परिवार हाम्रो विशाल परिवार हो । यसमा हाम्रो अस्तित्व जोडिएको छ । संसारलार्ई हेर्ने हो भने र मूल्यांकन गर्ने हो भने हिन्दु संस्कृति र वैदिक सनातन धर्ममा जति नारीलार्ई इज्जत र स्वतन्त्रता छ त्यति अन्य धर्ममा पाइदैन नारीलार्ई जन्मजात वैश्याको रुपमा हेर्ने क्रिश्चियन संस्कृतिभन्दा वैदिक सनातनले नारीलार्ई देवीका रुपमा हेर्ने गर्दछ । नारीलार्ई केबल भोग्यका रुपमा हेर्ने मुस्लिम संस्कृतिभन्दा नारीलार्ई पुज्यको रुपमा हेर्ने हाम्रो संस्कृति उच्च छ । आजसम्म संसारमा कुनै पनि पादरीको धर्मगुरु नारी भएको अहिलेसम्म सुनिएको छैन । तर वैदिक सनातनमा, हाम्रो संस्कृतिमा, हाम्रो रितिरिवाजमा नारीलार्ई सन्त हुने अधिकार छ । सन्यासी हुने अधिकार छ । व्यासमा बसेर कथा वाचन गर्ने अनुमति छ । यस्तो महान र शक्तिशाली वैदिक सनातन धर्ममा र हिन्दु संस्कृतिको दुनियाँमा जन्मन पाउनु मेरो पूर्व जन्मको सत्कर्म हो भन्ने मैले बुझेकी छु । ॐ कार परिवारभित्रका हरेक नारीहरुले यो अवश्य मनन् गर्नु भएको छ । विश्वमा रहेका कुनै नारीहरु अन्यायमा नपरुन् । विशेषगरि यो पवित्र देवभूमि नेपाली माटोमा जन्म लिएका नारीहरुले आफ्नो अस्तित्व गुमाउन नपरोस् । शास्त्रमा उल्लेख भए बमोजिम हरेक पुरुषहरुले हरेक नारीलार्ई हेर्ने दृष्टिमा शुद्धता आओस् । नारी दिवस ८ मार्च मात्र नभइ ३ सय ६५ दिन नै नारीका सहअस्तित्वहरु सुरक्षित रहून् । हरेक घर घरमा शान्ति सुव्यवस्था कायम होस भन्ने शुभकामना ।

हरि ॐ तत् सत्

Related News

सम्बन्धित समाचार

hero news full width