कोरोना भाइरस र मानसिक स्वास्थ्य

इन्दिरा थापा
वैशाख ३१, २०७८

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को परिभाषा अनुसार स्वस्थ भन्नाले शरीरमा रोग नहुनु मात्र नभई पूर्णरुपमा शारीरिक, मानसिक र सामाजिक रुपमा सन्तुलन हुनु हो । हाल आएर आध्यात्मिक रुपमा पनि स्वस्थ रहनुपर्छ भन्ने मान्यता छ । मानसिक स्वास्थ्य त्यस्तो अवस्था हो, जसमा व्यक्तिले आफ्नो क्षमता पहिचान गरी जीवनमा आइपर्ने सामान्य तनाव सामना गर्न सक्दछ । परिणाममुखी ढंगले काम गर्न सक्दछ साथै समुदायमा योगदान दिन सक्दछ । कुनै पनि व्यक्ति शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा स्वास्थ्य भएको महसुस गरी जीवनका चुनौतीसँग सामना गर्न र समाजमा सुमधुर सम्बन्ध कायम राखी उत्पादनशील कार्यमा योगदान गर्न सक्ने सन्तुष्टको अवस्थालाई मनोसामाजिक सुस्वास्थ्य भन्न सकिन्छ ।

भनिन्छ, विश्वमा मुटु रोगपछि मनोरोगले सबैभन्दा बढी प्रभावित पारेको छ । मनोरोग लागेकाले सही समयमा उपचार नपाएमा उनले दैनिक जीवन सही तरिकाले बिताउन सक्दैनन् । अनुसन्धान तथ्यांक अनुसार ४ मध्ये १ जनालाई वर्षको कुनै न कुनै समयमा मानसिक समस्या देखिन सक्छ । विश्वमा प्रत्येक वर्ष ८ लाख मानिसले आत्महत्या गर्छन् । तीमध्ये ९० प्रतिशत मानसिक समस्याको कारणले गरेको पाइएको छ ।

के हो त मानसिक रोग ?

सरल भाषामा भन्ने हो भने मनको रोग भएका मानसिक रोगी हुन् । मन भनेको मस्तिष्कबाट उत्पादित समस्त भाव, आवेग, विश्वास, मिजास, सोचविचार, चेतना, बुद्धि, स्मरण क्षमता आदि समेट्ने एउटा अमूर्त धारणा हो । मानिस समाजमा बस्दछ । समाजमा परिवार, वातावरण, धर्म संस्कृति, चालचलन, मूल्यमान्यता आदि रहेको हुन्छ । मानिसका क्रियाकलापले समाजलाई असर गर्दछ भने समाजका विभिन्न कार्यले व्यक्तिमा प्रभाव पर्दछ । जब ती तत्वले दैनिक क्रियाकलाप तथा कार्यमा बाधा पर्न थाल्छ तब समस्या उत्पन्न हुन्छ । मानसिक रोग मस्तिष्कमा उत्पन्न हुने रसायनिक पदार्थको अवस्थाको गडबडीले हुने गर्दछ । कहिलेकाही घटना विचार चिन्ता धारणाले मस्तिष्कको रसायनलाई गडबडी ल्याउन सक्छ ।
माानसिक समस्या हुनाको कारण:

दिमागमा रसायनिक पदार्थको असन्तुलन, दिमागमा चोट, वंशाणुगतले पनि समस्या देखिन्छ । दीर्घरोग, अपांगता, गरिबी, वेरोजगार, हिंसाजन्य कार्य कुटपिट, बलात्कार, हेलाहोचो, दुव्र्यवहार, छुवाछूत, आरोप, झगडा, आफन्तको मृत्यु, विछोड, द्वन्द्व, यौन दुव्र्यवहार, लागुऔषध दुरुपयोग, सजाय, बाल्यकालीन घटना, प्राकृतिक प्रकोप आगलागी, तुफान, बाढीपहिरो, भूकम्प, दुर्घटना, महामारी आदि घटना व्यक्तिले भोगेको, देखेको वा सुनेको कुरालाई व्यक्तिले कसरी अथ्र्याउँछ । साथै कसरी सोच्छ त्यसैको आधारमा मनमस्तिष्कमा असर पर्न गई समस्या देखिन जान्छ । मानसिक रोग विभिन्न प्रकारका हुन्छन् । ती हुन्, आत्तिने, डराउने, उदाशीनता, मनोविकृति कडा खालको मानसिक रोग, लागुऔषध दुरुपयोग, जैविक मानसिक विकार आदि ।

सकारात्मक सोच राख्ने, स–साना कुरामा पनि खुसी हुने प्रयास गर्नु मनोरोगबाट बच्ने उपाय हो ।

मानसिक÷मनोरोगका लक्षणमा मुटुको धड्कन बढ्ने, छटपटी हुने, श्वास फेर्न गाह्रो महसुस हुने, तर्सिने, चिटचिट पसिना आउने, तातो महसुस हुने, मरिन्छ कि हुने, धेरै चिन्ता हुने, बिर्सने, नरमाइलो लाग्ने, थकान वा धेरै स्फूर्ति बढ्ने, आत्मबल कमजोर हुने, एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, कसैले आत्महत्या गर्ने, यौन इच्छामा कमी, निद्रामा गडबडी, अरुचि हुने, हातगोडा पोल्ने, झमझम गर्ने, शरीर दुखाइ महसुस हुने, रिंगटा लाग्ने, बेहोस हुने, शंका लाग्ने, बारम्बार एउटै काम दोहोर्‍याइरहने, आफूसुकै हास्ने बोल्ने, अत्यधिक खुसी वा दुखी महसुस हुने, सामाजिक क्रियाकलापबाट अलग्गिने, झर्किने, रिसाउने, ठूलाठूला कुरा गर्ने, भविष्यवाणि गर्ने, काम्ने, लागुऔषध दुरुपयोग गर्ने, बढी चकचक गर्ने, अरुले षड्यन्त्र गरेको महसुस हुने आदि लक्षण रोग अनुसार फरक–फरक हुन्छन् ।

मानसिक रोगको समस्याले व्यक्तिको ४ पक्षमा हानी पुर्‍याएको हुन्छ । व्यक्तिको मनमा, शरीरमा, व्यवहारमा र सम्बन्धमा असर पुर्‍याउँछ । जसले गर्दा उसको मनोबल गिर्छ, व्यक्तित्व विकासमा अवरोध आउँछ, खिन्नता बढ्छ, जाँगर मर्दै जान्छ, आत्मग्लानी हुने, अस्थिर, शारीरिक क्षमतामा अवरोध आउने, कुलतमा फस्ने, परिवारमा तनाव बढ्ने, वैवाहिक पारिवारिक तथा सामाजिक सम्बन्धमा अवरोध आउन सक्छ, आर्थिक अवस्था गिर्न सक्छ, परिवार तथा समाजको वातावरण खल्बलिन सक्छ । सही नेतृत्व गुम्न सक्छ, असुरक्षित हुन सक्छ ।

कोभिड–१९ ले पारेको असर :

विश्वलाई आक्रान्त पारेको कोभिड–१९ महामारीले पनि धेरै व्यक्तिको मनमस्तिष्कमा असर पारेको देखिन्छ । यतिबेला मानिस प्रायः घरमै रहेका छन् । धेरैका पेसा व्यवसाय ठप्प छ । प्रविधिको व्यापक प्रयोगका कारण हरेक प्रकारको सूचना ग्रहण गर्दा मानिसमा कोरोना भाइरससम्बन्धी शंका उपशंका आफै उत्पन्न भएको छ । जसले गर्दा कतिलाई घाँटी खसखस भए जस्तो लाग्ने, शरीर तातेजस्तो हुने, टाउको गह्रौं भएजस्तो हुने, प्रेसर बढे जस्तो लाग्ने, खान मन नलाग्ने, कामप्रति अरुचि, यस्तै हो संसार बाँचेर के गर्ने जस्तो लाग्ने, हतासिने, आत्तिने, रिस उठ्ने, निद्रा खल्बलिने जस्ता समस्या देखिने गरेको पाइएको छ ।

समाधान के त ?

हाम्रो समाजमा मानसिक समस्यालाई हेर्ने दृष्टिकोण नै गलत छ । बिमारीलाई उपचार गराउनुको सट्टा समाज तथा घरपरिवारले हेलत्व व्यवहार गर्ने गर्दछन् । यस्तो प्रकारका रोग जो कोहीलाई पनि लाग्न सक्छ । अन्य रोगजस्तै यो रोग पनि उपचार गरे ठीक हुन्छ । सकेसम्म मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने, यदि समस्या भएको महसुस वा व्यवहारमा परिवर्तन आए वा थाहा भएमा मनोचिकित्सक, मनोविद्, मनोविमर्शकर्ता वा स्वास्थ्य उपचार केन्द्रमा सम्पर्क गरी उपचार गराउनु पर्दछ । अहिलेको महामारीविरुद्ध जुध्न आफूलाई बलियो महसुस गर्ने, विश्वमा सबैलाई रोग लागेको छैन, परिवारमा पनि सबैलाई लागेको छैन यदि लागि हालेमा पनि मलाई लागेको छैन, लागिहाले पनि मलाई केही हँुदैन भनी स्वास्थ्य तथा बच्ने उपाय अपनाउँछु भनी सकारात्मक सोच बनाउने । यो बेला सबैलाई गाह्रो भएको छ, म स्वस्थ भइञ्जेल अरुको लागि पनि केही गर्छु भन्ने भावना जगाउने । स्वस्थ रहने उपायमा ध्यान दिने । विश्वासिलो साथी वा आफन्तसँग मनको भावना पोख्ने, आफन्तलाई फोन गर्ने, आफूमा जे छ त्यसलाई स्वीकार गर्ने, मनोरञ्जन, व्यायाम, ध्यान, आराम तथा योजनावद्ध तरिकाले काम गर्ने, रमाइलो गीत–संगीत सुन्ने, मन खोलेर हाँस्ने, व्यस्त रहने, सहयोगी भावना राख्ने र सहयोग लिने, खानपानमा ध्यान दिने, सकारात्मक सोच राख्ने, स–साना कुरामा पनि खुसी हुने प्रयास गर्ने आदि गरेमा मनोरोगबाट बच्न सकिन्छ । (थापा मनोविमर्शकर्ता हुन्)

Related News

सम्बन्धित समाचार

    • बीसौं शताब्दीका सात्र्र र अस्तित्ववाद

      राजेन्द्र भण्डारी असार १०, २०७८
      बीसौं शताब्दीका महान् फ्रान्सेली दार्शनिक, नाटककार, उपन्यासकार, पटकथा लेखक, राजनीतिक कार्यकर्ता, जीवनी लेखक थिए, सात्र्र । दर्शन र माक्र्सवादका अग्रणी…
    • ब्रह्मरुपामा प्राविधिक शिक्षा र चुनौती

      मधुसुधन सापकोटा असार ९, २०७८
      सूचना प्रविधि र वैज्ञानिक युग, ज्ञान विज्ञानका नित्य नवीन क्षितिज उद्घाटित भइरहने युग हो, विज्ञानका जादूमयी योगदानले विश्वलाई मन्त्र मुग्ध…
    • ठूलो पानी पर्‍यो कि सम्झिहाल्छु

      युवराज खनाल असार ८, २०७८
      पाइला पाइलामा चुनौती व्यहोर्ने मान्छेले नै जीवनको मोड लिन्छ र उ ठक्करै ठक्करले खारिन्छ अनि सफल बन्छ । जीवनमा सिधामात्र…
    • सम्झनामा आत्मीय मित्रहरु

      भूपनिधि पन्त असार ७, २०७८
      सामान्यतः मित्र भन्ने शब्द गोल बोलीमा प्रकट गरिन्छ । तर काल विभाजन अनुसार तुलना गर्दा बाल्यकालका मित्रहरु क्रमशः बिर्सदै गरिन्छ…
    • कोभिड–१९ महामारीविरुद्ध रोटरी अभियान

      रविप्रसाद बराल असार ६, २०७८
      विश्वमा कोभिड–१९ नपुगेको अब कुनै देश रहेन । हाम्रो मुलुक पनि यतिबेला कोभिड–१९ बाट आक्रान्त बनेको छ । नेपालमा कोरोनाको…

    hero news full width