माक्र्सवाद र समाजवाद

tilak prasad acharya तिलकप्रसाद आचार्य
असाेज ५, २०७७

माक्र्सवादले पहिलेका विचारकहरुले अघिसारका उपलव्धिहरुलाई समेट्ने काम गरेको छ । फ्रान्सको राज्य क्रान्तिले अघिसारेका स्वतन्त्रता भातृत्वलाई माक्र्सले अंगिकार गरेका थिए । त्यस्तै वेलायतमा ल्याइएको औद्योगिक क्रान्तिको अवधारणालाई पनि माक्र्सले स्वीकार गरेका थिए । माक्र्सवादका तीन मुख्य संघटक अंगहरु छन् दर्शन, अर्थशास्त्र, वंज्ञानिक समाजवाद हो र माक्र्सवादको संघटक अंग द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हो । दर्शनका रुपमा माक्र्सले अपनाएको हेगेलको द्वन्द्ववाद र फायबाखको भौतिकवाद हो । माक्र्सवादको दोस्रो संघटक अंग राजनीतिक अर्थशास्त्र हो । एम स्मिथ र डेभिड रिकार्डोले अघिसारेका श्रम सिद्धान्तका आधारमा माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्तलाई अघि सारेका थिए ।

नेताहरु जनताको चाहना, इच्छा, आकाङ्क्षाप्रति चिन्तित छैनन् । आफ्नै आर्थिक अवस्था सुधार्ने र सुखमय जीवनयापन गर्ने, चलाउने परिपूर्ति गर्नेतर्फ लागेका छन् । कम्युनिष्ट नेताहरुलाई देशको समृद्धि र जनताका दुःखकष्ट प्रति चिन्ता छैन । परिवारको आर्थिक सम्पन्नता र नीजि झगडा र आफ्नो स्वार्थपूर्तितर्फ लागि परेका छन् । कम्युनिष्ट पार्टी सामन्तवादी व्यवस्था स्थापित गर्ने उद्देश्य अनुरुप काम गरेका छन् ।

पूँजीपति वर्गले मजदूर वर्गको श्रम शक्तिलाई शोषण गरेर पूँजीपति धनी बन्दै जान्छ मजदूर वर्ग झन् गरीब हुँदै सर्वहारा बन्न जान्छ । माक्र्सभन्दा अघिका विचारक रोवर्ट ओवेन, चाल्स फुरिए͵ सेन्ट साइमन आदिले माक्र्सले मानिसको शोषण गर्नु हुँदैन भन्ने विचार राखेका थिए । सोही आधारमा माक्र्सले वर्गीय समाज अन्त्य गरेर समाजवादी समाज स्थापना गर्नुपर्दछ भन्ने विचार माक्र्सले राखेका थिए । माक्र्सको विचार वर्ग संघर्षद्वारा शोषक वर्गको अन्त्य गरेर र श्रमजीवी वर्गको सत्ता स्थापित गर्नु वैज्ञानिक समाजवाद हो । माक्र्सवादका अनुसार युगहरु यसरी आएका छन् आदिम साम्यवादी युग͵ दास युग, सामन्ती युग, पूँजीवादी युग͵ समाजवादी युग । यी पाँच ओटा युगमध्ये पूँजीवादी युग चल्दै छ । केही देश समाजवादी बाटोमा हिँड्ने प्रयासमा छन् । क्युवा, भियतनाम, उत्तर कोरिया र चीन । यी देशहरुमा कम्युनिष्ट पार्टीको सत्ता छ । वास्तविक समाजवादी व्यवस्था स्थापित हुन सकेको छैन । यी देशमा एक पार्टी प्रणाली छ । कम्युनिष्ट पार्टी बाहेक अरु पार्टी खोल्ने स्वतन्त्रा छैन । चीनमा तेगं सियाओपिगंका पालादेखि आर्थिक स्वतन्त्रता प्रदान गरिएको तर राजनीतिक स्वतन्त्रता प्रदान गरिएको छैन । राष्ट्रपति सि जिन पिगंले समाजवादी व्यवस्था स्थापित गर्ने प्रयत्न गरिरहेका छन् । राजनीतिक स्वतन्त्रता सहितको आर्थिक समानतायुक्त पूर्ण रुपमा समाजवादी व्यवस्था स्थापित गर्ने हो भने चीन विश्वको दोश्रो शक्तिबाट प्रथम शक्तिको रुपमा रुपान्तरित हुँदैछ । चीनको वर्तमान आर्थिक सहयोगको नीति ब ीआर आइको नेपाल सदस्य बनेको छ । नेपाल अब पश्चिमी देशको दबाबमा बग्न हुँदैन चीन र भारतको सहयोग लिएर विकसित मलुकको दाँजोमा पुग्न कृतशंकल्पित भएर लाग्नु पर्दछ । हाम्रो जस्तौ गरीब मुलुकले विकसित मुलुकको दाँजोमा समानतामूलक समाजवादी अर्थ व्यवस्था अपनाउनु पर्दछ ।

विश्वको १९/२० देशमा स्थापित भइसकेको कम्युनिष्ट व्यवस्थामा समानतामूलक समाजवादी व्यवस्था स्थापित गर्ने प्रयासलाई रुमानियाका राष्ट्रपति चु चेस्कोले चम भ्रष्टाचार गरेकोले आफ्नै देशका सैनिकद्वारा मारिए͵ पूर्वि जर्मनीका राष्ट्रपति हेनिक्ट जेलमा बन्द भए । युगोस्लाभियाका राष्ट्रपति मेल्सोविकलाई जेलमा थुनियो । कुनै बाहिरी प्रभाव नपरी पूर्वी युरोपका कम्युनिष्ट मुलुकका सत्ता समाप्त भयो । रुसका सरकारी सेनाले आफ्नै ३०० जति सांसदहरुलाई गोली हानेर मारियो । कम्युनिष्ट पार्टीको सरकार भएका देशहरुबाट एक दर्जन भन्दा बढी देशको कम्युनिष्ट सत्ता समाप्त भयो । अन्तर्राष्ट्रिय जगत्बाट कम्युनिष्ट सामाप्त भएको केही समयपछि मदन भण्डारीद्वारा बहुदलीय जनवादी विचार लागू गरिएकोले २०४८ सालमा निर्वाचन र त्यसपछिको कम्युनिष्टहरु स्थापित हुँदै गए । माओवादीद्वारा ५ हजार व्यक्ति वेपत्ता भएका १३ हजार व्यक्तिको मृत्यु भएपछि उनीहरुको बुद्धिमा घाम लाग्यो र शान्ति वार्तामा आए । माओवादी नेता प्रचण्ड र बाबुराम बौद्धिक व्यक्ति हुन् । विश्वका दर्जनौ लडाइ लडेर असफल भै सकेको माओवाद चिन्तनकापछि लागेर १० वर्षसम्म सशस्त्र संघर्ष गर्न अत्यन्त ठूलो आट र साहसको कुरा हो तर सफलताको कुरा होइन । माओवादी शान्तिवार्तामा आएर तत्कालीन प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला सरकार रहेको अवस्था ०६३ मंसिर ५ गते शान्तिवार्ता भयो सशस्त्र युद्ध समाप्त भएको थयो । प्रचण्ड र बाबुरामको ठूलो डफ्फा शान्ति वार्तामा आएको छ । नेपालमा युद्धको विभिषिकाको अन्त्य भएको थियो । माओवादीको मोहन वैध र विप्लव गु्रप छुट्टाछुट्टै छन् । वैधले क्रान्तिकारी कुरा गर्ने, शान्तिपूर्ण रुपमा रहने नीति लिएको छ । प्रचण्ड पक्ष प्रथम पटक भएको संविधान सभाको निर्वाचनमा ठूलो पार्टी बन्यो । सो पार्टीमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । हाल ने.क.पा. एमालेसँग एकीकरण गरेपछि दुवै पार्टीमा मिलेर चुनाव लड्दा संसदमा करिव दुईतिहाई मत प्राप्त गरेका ने.क.पा. नेतृत्वमा सरकार गठन गरेको छ । माओवादीतर्फ केही मन्त्री रहेका छन् । वैध पक्षमा किंक्रत्य विमुढको अवस्थामा छन् । अर्को नेत्रविक्रम चन्दको पार्टीले संघर्ष गर्दा कैयौं व्यक्तिहरु मारिइसकेका छन् । एक पटक संघर्ष गरेर वार्ता गरेर शान्ति स्थापना भएपछि पुनः क्रान्ति गरेर सत्ता कव्जा गर्ने भन्ने मुर्खता सिवाय केही होइन । कम्वोडियामा माओवादी आन्दोलन चरम रुपमा अगाडी वढेको थियो । भियतनाममा कार्यरत हेगं मांरिगसी ले कम्वोडियामा हमला गरेर त्यहाको राष्ट्रपति खिउसिम्फान प्रधानमन्त्री पोलपोटलाई पतन गरेर भियतनामा समर्थित कम्युनिष्ट सरकार स्थापित गरेका थिए । भारतमा चारु मजुमदार͵ कानू सन्थालद्वारा संचालित र केही समय विस्तारित माओवादी आन्दोलन पनि समाप्त प्रायः भएको छ । नेपालमा झापामा मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैलान, के.पी. ओली समेतद्वारा व्यक्ति हत्या गरेर माओवादी व्यवस्था स्थापित गर्ने उद्देश्यका साथ सञ्चालितहरु मध्ये केही व्यक्ति मारिएका र केही व्यक्ति १३/१४ वर्ष जेल जीवन बिताएर हाल सक्रिय राजनीतिमा छन् । के.पी. ओली मदन भण्डारीद्वारा प्रतिपादित बहुदलिय जनवादी व्यवस्था अथवा संसदीय लोकतन्त्रिक व्यवस्था अपनाइएपछि नेपालमा कम्युनिष्टहरुको द्रूततर गतिमा वृद्धि भएको छ ।

सांस्कृतिक क्रान्तिपछि चीनमा माओवादी विचारमा ह्रास आएको छ । चीनको आर्थिक विकासका बौद्धिक व्यक्ति तेङ सिआओ पिगं हुन् । उनको कार्यकालदेखि चीन विश्वको दोस्रो विकसित राष्ट्रबाट पहिलो बन्दैछ । वर्तमान राष्ट्रपति सि जिन पिगंले चीनमा विश्वको आफ्नै खालको समाजवादी व्यवस्थाको सञ्चालन गरेका छन् । चीनले द्रूततर आर्थिक विकास गरेको छ । विश्वबाट माओवादी आन्दोलन हराउन लागि रहेको अवस्थामा नेपालका बौद्धिक व्यक्ति प्रचण्ड र बाबुरामले २०५२ फाल्गुण २ गतेदेखि दीर्घकालीन जनयुद्ध सशस्त्र यद्ध शुरु गरेर १० वर्षसम्म लड्ने क्रियाकलाप गलत हो । विगतमा १० वर्ष सशस्त्र संघर्ष ठूलो जनधनको क्षति भए शान्तिवार्ता गरी शान्तिपूर्ण वातावरण कायम गरी एमालेसँग पार्टी एकीकरण गरी रामबहादुर थापा जो सशस्त्र क्रान्तिका योजनाकार तथा रुसमा एटोमिक इनर्जि हतियार निर्माण विषयमा अध्ययन गरेका र पढाइ छोडी नेपालमा प्रचण्ड र बाबुरामको साथ लागि हतियार निर्माण गर्ने सीपको साथ सशस्त्र संघर्षमा लागेका हुन् । उनी प्रचण्ड प्रधानमन्त्री हुँदा रक्षामन्त्री भएका र हाल गृहमन्त्री भएका छन् । कम्युनिष्ट नेता बाबुराम भट्टराई अर्थमन्त्री बने तापनि माक्र्सवादी लेनिनवादी विचार त्यागेर मधेसीहरुसँग मल्न पुगे ।

माओवादी पार्टी नेपाली कांग्रेससँग मिली स्थानीय निकायमा चुनावमा भाग लिँदा माओवादीले कांग्रेसलाई मतदान गरेकोले कांग्रेसलाई केही मात्रामा फाइदा भएको माओवादीको निर्वाचन चिन्ह हसिया हथौडामा कांग्रेसले मतदान नगरेकोले माओवादीलाई फाइदा भएन । माओवादीको वाइसिएल र युथ फोर्सका विरुद्ध एमालेका युथहरुको फोर्स बनाएर वाइसिएल विरुद्ध लड्ने र परास्त गर्ने योजनाकार केपी ओली माओवादीसँग मिलेर संसदीय चुनाव लड्ने कार्यक्रममा सम्मिलित भएर चुनाव लडेर संसदमा करिव दुइतिहाई बहुमत प्राप्त गरेर संसदको पहिलो आधा समय ओली प्रधानमन्त्री बन्ने र दोस्रो आधा समय प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भयो । तर आधासमय भएपछि प्रचण्डले प्रधानमन्त्री दावा गर्नु स्वभाविक थियो । तर ओलीले पुरै समय मनै प्रधानमन्त्री रहन्छु भने प्रचण्ड जिल्ल । एमाले र माओवादी एकीकरण हुँदा ओली र प्रचण्ड दुवै जना पार्टी अध्यक्ष बन्ने सहमति भएको थियो तर अध्यक्ष पनि एक्लैले हत्याउन प्रयास गरे । नेकपाको सचिवालय र स्थायी समितिको बैठक ढिलो गरिएको छ ।

नेपालमा कम्युनिष्ट पार्टी सत्तामा छ सत्ताधारी पार्टी चरम भ्रष्टाचारको आरोप खेपी रेहेका छन् । झुपडीमा बस्ने कम्युनिष्ट नेता कार्यकर्ता विशाल महल ठड्याएका छन् । नेता इष्टमित्र नातागोता उच्च पदमा पुगेका छन् । इमान्दार उच्च पदस्थ कर्मचारी हटाए र आफ्ना नाता गोतालाई ठूला–ठूला पदमा पुर्याएको छ । कोरोनाले विदेशबाट फर्केका हजारौ व्यक्तिहरु रोग भन्दा भोकका पीरले भारततर्फ र अन्य देशतर्फ फर्केका छन् । यहाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले सुखसुविधामूलक जीवनयापन गरिरहेका छन् । देशलाई समृद्ध बनाउने समाजवाद स्थापित गर्ने कम्युनिष्ट नेताहरुको कल्पना हावामा उडेको छ । देशमा आमजनता कोरोना रोगको महामारी र खान नपाएर भोकका कारण तड्पी रहेका छन् । कम्युनिष्ट सरकार आयो भने हाम्रो आर्थिक अवस्था सप्रन्छ, हामी सुसम्पन्न हुन्छौ भन्ने जनधारणामा तुपारापात भएको, आमजनता दुखित पीडित छन् । पार्टीका नेताहरु जनताको चाहना, इच्छा, आकाङ्क्षाप्रति चिन्तित छैनन् । आफ्नै आर्थिक अवस्था सुधार्ने र सुखमय जीवनयापन गर्ने, चलाउने परिपूर्ति गर्नेतर्फ लागेका छन् । कम्युनिष्ट नेताहरुलाई देशको समृद्धि र जनताका दुःखकष्ट प्रति चिन्ता छैन । परिवारको आर्थिक सम्पन्नता र नीजि झगडा र आफ्नो स्वार्थपूर्तितर्फ लागि परेका छन् । कम्युनिष्ट पार्टी सामन्तवादी व्यवस्था स्थापित गर्ने उद्देश्य अनुरुप काम गरेका छन् ।

नेपालको संविधान २०७२ सुखी, समृद्ध, समानतामूलक समाजवादी समाज निर्माण गर्ने प्रतिबद्धताका साथ संसदीय निर्वाचनमा करिव दुइतिहाई सिट जितेर बनेको सरकारका मन्त्रीहरु र उच्च पदस्थ व्यक्तिहरु पार्टीका बढेछोटे नेताहरुले नीजि स्वार्थ नातावाद दुषित भनोवृत्ति छाडेर इमान्दारिता साथ गरीबी निवारण गर्न जनताका दुःखकष्ट, पीरमर्का निवारण गर्न कृत संकल्पीत भएर देश विकासको महायज्ञमा इमान्दारिताका साथ लाग्नु पर्दछ । आगामी निर्वाचनसम्म कम्युनिष्ट पार्टीका सबै नेताहरु र कार्यकर्ता जनहितकारी काममा लाग्ने हो भने सफलता हात पार्न सकिन्छ । पार्टी भित्रको झै–झगडा मत्थर हुँदै गएको छ । वैमनस्यता र पारस्परिक स्वार्थ त्यागेर आफ्नो बुद्धि र वर्कतले भ्याएसम्म राम्रो काम गर्ने हो भने नेकपाको भविष्य उज्वल हुन सक्तछ । अर्थविद् बाबुराम भट्टराई माक्र्सवादी नीति परित्याग गरेर विखण्डनवादी मधेशी पार्टीमा लाग्नु दुखद् कुरा हो । युवाहरु नयाँ समाजवादी अर्थ नीति बनाउनु पर्दछ भन्नु गलत कुरा हो बाबुराम भट्टराइले नयाँ आधुनिक समयसापेक्ष अर्थ नीति निर्माण गर्नु पर्दछ । नयाँ नेपाल निर्माण गर्नसमेत बशाका केन्द्र बाबुराम भट्टराई पार्टी भन्दा माथि उठेर अगाडि बढ्नु पर्दछ । देशको द्रूततर आर्थिक विकास गर्नु पर्दछ ।

हाम्रो सुझाव