नेता जनताका बनुन्

रेशम शर्मा बस्ताकोटी रेशम शर्मा बस्ताकोटी
वैशाख १०, २०७८

जनताबाट निर्वाचित भएका जनप्रतिनिधि जनताकै सेवक हुन् । जनता राष्ट्रका पहरेदार सेवक हुन् । सेवकमाथि शासन गर्ने अधिकार कसैलाई छैन । यसैले राष्ट्रको माया ममता नहुने नागरिकले बाँच्नु भन्दा मनुै बेस हुन्छ । हाम्रो मुलुकमा हिजो लिच्छिवीकाल, मल्लकाल, राणाकाल, पञ्चायतकाल छँदा कुनै पदमा रहने जनप्रतिनिधिले तलब खाने चलन थिएन । त्यसबेलाका कतिपय जनप्रतिनिधि त घरबासविहीन थिए । तर उनीहरूले कहिल्यै बेइमानी र गद्दारी गरेनन् । सदा राष्ट्रप्रति बफादार रहे ।

हाम्रा आजका जनप्रतिनिधिले आफ्नो परम्परा, धर्म, संस्कृतिलाई समाप्त गराई रहेका छन् । उनीहरू परधर्मको भजन कीर्तनमा क्रियाशील छन् । यस्ता भजने, मण्डलेले जनताको जनमत कदर गर्न सक्दैनन । उनीहरूबाट राष्ट्र, राष्ट्रियता माथि आँच पुर्‍याउने अवस्था सिर्जना भएको छ । यसैले अब दलका नेताहरूलाई एक जुट भई जनचाहनाको सम्मानका लागि उचित कदम चाल भनेर खबरदारी गर्ने बेला भएको छ । अन्यथा मर्ने बेला कमिलाको प्वाँख उम्रन्छ भनेजस्ते संकटको भुमरिमा पर्नुपर्ने अवस्था आउँदैन कि भन्न सकिँदैन ।

वर्तमान हेर्ने हो भने हाम्रा जनप्रतिनिधि जनताका प्रतिनिधि होइन, जनताका शासक भएका छन् । फेरि उराठ लाग्दो सन्दर्भ जनतामाथि शासन गरिरहेका छन् र कर्मचारी भएर तलब, भत्ता, सेवासुविधा खाइरहेका छन् । निरन्तर सेवा गर्ने कर्मचारीले भन्दा धरै तलब जनप्रतिनिधिले खाएका छन् । यसैले गर्दा उनीहरूको फोस्रो भाषणमा खर्च भएको भक्ता, उपचार खर्च, इन्धन, आसेपासेको हैकमवादले देश नाङ्गो भइसकेको छ ।

हिजो गरिव सधैं गरिव धनी सधैँ धनी भए भनेर जनताले विभिन्न शासन व्यवस्थालाई पर्ख र हेरका रूपमा स्वीकार गरे । उपलब्धी हात लाग्यो शून्य भएको छ । भ्रष्टाचारले जताततै जरो गाडी सक्यो । जनप्रतिनिधि जनमुखी नभई पैसामुखी हुन थाले । यसको नियन्त्रण कतैबाट हुन सकेको छैन र हुने अवस्था देखिँदैन । हिजोको समय न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका जस्ता संवैधानिक अंग बीचको सहकार्यबाट नागरिकको जनजीवनप्रति संरक्षण तथा ओतप्रोत थियो त्यसैकारण न्यायपालिका कार्यपालिका, व्यवस्थापिकाप्रति जनता आस्था र विश्वास गर्दथे । राजा महेन्द्रले म मरे पनि मेरो देश बाँची रहोस् भनेका सन्देशलाई मनन गर्नु नेपालीको कर्तव्य हो । राजा वीरेन्द्रले राजाका नाउँमा रहेको सम्पत्ति राष्ट्रको हो यो सम्पत्ति आपतकालीन अवस्थामा जनताका घर पुग्छ, पु¥याउनुपर्छ भन्थे भनेर हामीले सुन्ने गरेका छौं । तर वर्तमानका शासकहरूले राष्ट्रिय ढिकुटीमा कसको हात लामो र छिटो भनेर हात हालाहाल गरिरहेका छन् । आज खुलमखुला टेबुलमा घुस माग्ने चलन छ ।

आजका हाम्रो नेतामा अनुशासन छैन, अर्काको भरिया बनेर हिँड्ने काम उनीहरुले गरेका छन्

आजको व्यवस्था निम्त्याउँदा हिजो जनताले बगाएको रगत, पसिनाको उपेक्षा गरेर आज जनता होइन नेताका आउरेबाउरेले सदरमुकाम, गाउँटोलमा नाराजुलुस गर्न थालेका छन् । यस्तै भयो भने जनताले अर्को विकल्पको खोजीका लागि नयाँ कदम चाल्न सक्छन् । त्यो भयो भने हिजोको जस्तो जनताबाट बहुमत प्राप्त नेतृत्व प्रशासनले सम्हाल्न नसक्ने हो कि भन्ने चिन्ता गर्नुपर्ने छ । समय यस्तै भइरह्यो भने यसैगरी जनता जाँगे र नारा जुलुस चर्कदै गयो भने भोलि जनताको नासो फिर्ता दिन पर्ने अवस्था आउँदैन भन्न सकिँदैन । जनताको नासो सुरक्षित गर्न नसकेर हिनामिना भयो भने त्यसको बचावटका लागि आम नागरिक सडकमा उत्रन पर्ने हुन्छ । आज सडकमा केका लागि नारा जुलुस भएका छन् ? यसको जवाफ नेतृत्वको काँधमा छ । जनचाहना अनुसार जनमतको सम्मान गर्न आवश्यक मात्रमा संविधान संशोधन गर्न जबरजस्ती भयो भने पूर्व राजा ज्ञानेन्द्र शाहले नासो फिर्ता माग्न सक्ने स्थिति पैदा नहोला भन्न सकिँदैन किनकि हाम्रा जनप्रतिनिधिका क्रियाकलापबाट यस्तै प्रश्न उब्जिएको हुँदा कसैले कसैलाई दोषारोपण गर्नु राम्रो हुँदैन ।

जनताले लिच्छिविकाल, मल्लकाल, राणाकाल, पञ्चायतकाल भोगे । समयको कालक्रममा संवैधानिक बहुदलीय व्यवस्था, वर्तमान गणतान्त्रिक संघीय व्यवस्थासँग नेपाली जनताले देख्दै र भोग्दै आइरहेको अवस्था हो । हिजोको समय भ्रष्टाचार माथि हदैसम्म नियन्त्रण थियो । अनुशासित प्रशासन, संवैधानिक अञ्चलाधीश, राजा र प्रजाको पाँच–पाँच वर्षको भेटघाटले राष्ट्र र राष्ट्रियता, जनता र जनचाहनालाई आत्मसाथ गरिन्थ्यो । तर आज उच्च नेतृत्व भित्र–बाहिर आ–आफ्नै भण्डाफोर हुन थाल्दा अब के हुने हो भनेर शंका मान्नुपर्ने अवस्था छ । आजका हाम्रो नेतामा अनुशासन छैन, आफ्नो जिम्मेवारी अर्काको भरिया बनेर हिँड्ने मात्र हो जस्तो भएको छ । यसैले भाइ फुटे गवाँर लुटे भने झैं हुन नदिनका लागि र देशमा बाह्य शक्तिको हस्तक्षेप हुन नदिन सबै जनप्रतिनिधि एकमत हुन आवश्यक देखिन्छ ।

जनचाहना अनुरूपको प्रजातन्त्र स्थापना गराउन राजा त्रिभुवनले गरेको योगदान नेपाली जनताका लागि अपरिहार्य छ । जुन राजाले राजगद्दी छोडी प्रजातन्त्रको पक्षमा खडा भए हामी नेपालीले बिर्सन हुँदैन । जनचाहना विपरितको कदम चालिएमा नेपाली जनतालाई सह्ैय हुन सक्दैन जनता भनेको को महान् हुन भन्ने सबैलाई जग जाहेर छ भनेर जनताको नासो जनताकै जिम्मा दिने राजा ज्ञानेन्द्र शाहलाई दोषारोपण गर्नु राम्रो पक्ष होइन । उनीहरूले हाम्रा नेता र जनप्रतिनिधिका व्यवहार सबैले देखेका छन् । २४० वर्षको इतिहास राज्यसत्तालाई त्याग गरे पनि हेर र पर्खको अनुभव गरेकै होलान् । अरे बिपी बाबु कृष्णप्रसाद भट्टराई, कृतिनीधि विष्ट, मरिचमान सिंह, राधाकृष्ण चौधरी, लबरु राना र हाल पनि राजनीतिमा क्रियाशील चित्रबहादुर केसी जस्ता कैयौं नेताले निःस्वार्थ जनसेवा र राष्ट्रिय सम्मानलाई उच्चस्तरमा राखी यो धरती छोडे पनि सूर्यचन्द्र रहेसम्म उहाँहरू अमर रहेका छन् । यी जननेता जनताका सेवक हुन् । जनता राष्ट्रका पहरेदार भएकाले कुखुरालले चल्ला समाले झैं समाल्न सक्ने व्यक्ति नै सच्चा राष्ट्रवादी हो । हाम्रा नेतामा त्यो भावनाको विकास हुन आवश्यक छ ।

हावा नचली पात हल्लदैन विलासितामा रमाउने प्रवृत्ति हावि भयो भने जनहित हुन सक्दैन । हामीले हेर्न सक्छौं भारतका जननेता आधा रोगी खाउ भातको बचाउ भनी आवश्यक पर्दा एकै मञ्चमा बस्छन् । तर हाम्रा राजनेता हुस्की, ब्रण्डी, सेकुवा, सुकुटीको भोज भतेरमा रमाएको दृश्य ढोका बन्द गरे पनि जनताले देखेका छन् । यस्तो नेतृत्वले जनतालाई न्यायोचित संरक्षण दिन सक्दैनन् भन्ने आम नेपाली जनताले बुझ्नुपर्ने अवस्था आएको छ । यसैले २०७८ सालको नयाँ वषगसँगै हाम्रा नेताहरूमा सद्बुद्धि आओस् र हाम्रा जनप्रतिनिधि साच्चै जनताका भएर आफ्नो कार्यकाल पूरा गरुन् नयाँ वर्षको शुभकामना ।

Related News

सम्बन्धित समाचार

    • सामाजिक कार्य निषेध गरौं

      भवानी अधिकारी भवानी अधिकारी वैशाख ३१, २०७८
      अघिल्लो साता वालिङमा भएको चौरासी पूजाका सहभागी गाउँलेमा कोरोना संक्रमण देखियो । पूजापछि गाउँलेमा ज्वरो, खोकी लगायत कोभिडसंग मिल्दाजुल्दा लक्ष्यण…
    • कोरोना भाइरस र मानसिक स्वास्थ्य

      इन्दिरा थापा इन्दिरा थापा वैशाख ३१, २०७८
      विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को परिभाषा अनुसार स्वस्थ भन्नाले शरीरमा रोग नहुनु मात्र नभई पूर्णरुपमा शारीरिक, मानसिक र सामाजिक रुपमा…
    • घरबाट निकालिएकी आमाको पत्र

      युवराज खनाल युवराज खनाल वैशाख ३०, २०७८
      मुटुको टुक्रा, यो व्यस्त सडकको छेउबाट तिमीलाई निरन्तर पुकारिरहेकी छु । सायद पुकार्दा–पुकार्दै अन्तिम स्वास फेर्छु होला । तिमीलाई त…
    • दण्डहीनता र मानव अधिकार

      दुदराज अधिकारी दुदराज अधिकारी वैशाख ३०, २०७८
      हाम्रो नेपालको नयाँ संविधान २०७२ ले नेपाली जनमानसमा कुन कुराले प्रभाव पार्‍यो भन्ने सबैमा जिज्ञासा होला । संघीय गणतन्त्र नेपाल,…
    • अरूलाई भन्ने तर आफैं बिर्सने …

      ठाकुरप्रसाद खनाल ठाकुरप्रसाद खनाल वैशाख ३०, २०७८
      यसपालिको कस्तो पात्रो छापेछन् ज्योतिषीहरूले ? एउटा पनि सोमबारे औंसी छैन २०७८ सालमा, नपत्याए पात्रो हेर्नू ल । विशोभा बनाए…

    hero news full width