‘अक्षरहरुको मूच्छर्ना’ भित्र लक्ष्मण थापा

मदन भण्डारी मदन भण्डारी
वैशाख ११, २०७८

जनसंख्याको वृद्धिसँगै कविहरूको संख्या बढेको छ । यतिखेर बाँसको झ्याङझैं कविहरू झ्याँगिएका छन् । बाँसको ठूलो झ्याङमा उपयोगी बाँस छान्न किसानहरू सिपालु हुन्छन् । पोखरेली परिवेशमा केही साहित्यकार कवि र कविता छान्न सिपालु देखिए । ती समवेत् स्वरमा लक्ष्मण थापालाई बधाई ज्ञापन गरिरहेका छन् । ‘अक्षरहरूको मूच्र्छना’लाई बाहिर मात्रै ओल्टाइपल्टाई गर्दा सरुभक्तका शिष्य, तीर्थ श्रेष्ठका साथी हुनुका नाताले प्रशंसा पाएका होलान् ठान्न सकिन्छ । कविलाई तीर्थ श्रेष्ठ ‘अत्यन्त लगनशील, अध्ययनशील र क्रियाशील !’ भन्छन् । सरुभक्त ‘जीवनका विविध घात प्रतिघातहरू कलात्मक लेखकीय चेतनाद्वारा अभिव्यञ्चित !’ पाउँछन् । राजनीतिले जीवनका विविध आयामलाई ओझेल पारेर पैसोको पछि पागल बनाएर दौडाएको बेला यस्ता साहित्यिक कृति पढ्ने फूर्सद धेरैलाई नहुन सक्छ । फूर्सद निकालेर मन बहलाउन ‘अक्षरहरूको मूच्र्छना’ नियाल्दा चाहिँ मनका तारहरू बज्छन् । कता–कता हृदयलाई बुद्धत्वले स्पर्श गर्छ । दीपक समीप, सञ्जीव पौडेल, ईशा साह, डिल्लीराम शर्मा, मोती भुजेल आदिका अभिव्यक्तिले आधार भेट्टाएका छन् ।
लक्ष्मण थापाका कवितामा कायरको क्रान्तिकारिता पाइँदैन, यो रमाइलो पक्ष हो । शिखण्डीको पछाडि उभिएर भीष्ममाथि अविराम बाँण हान्ने अर्जुनरूपी कागहरूले पढून्, अक्षरहरूको मूच्र्छना कस्तो हुन्छ ।

मूच्र्छनाका कवितालाई भित्रै पसेर नियाल्दा संगीतको आरोह–अवरोह महसुस गर्न सकिन्छ
दबिन्छ गुणीको दोष… मा भनिएझैं ‘अक्षरहरुको मूच्र्छना’मा लक्ष्मण थापालाई र महेन्द्रको सुकीर्तिले उनको दोषलाई दबाएको छ ।

असार ‘मेलम्चीलाई बाल्टिनमा उभाएर हिलो खेलिरहेछन् देशका कृषि मन्त्री ।’ ओँठमा फिस्स हाँसो फुट्छ र अरु कवितातिर मन तानिन्छ । असारको रुख पठनीय कविता हो । यहाँ प्रेमको रंग हरियो हुन्छ को दर्शनलाई प्रक्षेपण गरिएको छ । प्रेमको धून ‘तिम्रो ओँठको चास्नीमा डुबाउन चाहन्छु ।’ खुराफाती कविले पनि यस्तै कविता लेख्छ, त्यहाँ प्राण हुँदैन । त्यहाँ काव्यात्मकता होइन, अश्लीलता हुन्छ । त्यहाँ पातर हुन्छ । यहाँ मीराका अगाडि साक्षात् कृष्ण उभिन्छन् ।
भाइरस
अहिले देश भाइरसमय भएको छ
शरणागत छन्
टाउकाहरू भाइरसका अगाडि,
भाइरसले मस्तिष्क खाएका छन् र
दिग्भ्रमित मस्तिष्कहरूले
आफ्ना हातहरूलाई
मृत्युपत्रमा हस्ताक्षर गर्ने आदेश दिएका छन् !
सायद, प्रत्येक पाठकलाई यी पंक्तिहरू एकदुई चोटि पढेर नपुग्ला । यहाँ भाइरसले मस्तिष्क खाएका नेताका ठूलो पंक्ति आँखामा लामबद्ध हुन्छन् । महेन्द्र गुफा यहाँ कविलाई सामन्तवादको दुर्गन्ध स्वीकार्य छैन । गफको क्षेत्रफल ‘खुम्चिँदो छ देशको क्षेत्रफल र फैलिँदो छ गफको क्षेत्रफल ।’ अहिले नेपाल आमा समाजवादी (सु)पुत्रका गफले मुर्छित छन् । दुखस्थली यहाँ आधारभूत जनताको दुःखले मार्मिक अभिव्यक्ति पाएको छ । बिमार सहर ‘धूँवाको डोरी समातेर यो सहर मोक्षको मार्गमा अभिसाररत छ ।’ यहाँ चित्र आफैं बोल्छ । शब्द मौन छन् । होर्डिङबोर्ड यहाँ स्मार्ट सिटी र शेयरमा निर्लिप्त मेयरको सुन्दर चित्र छ । पोस्टरहरू ‘खै कुन्नि के भएको छ यो मलाई, अचेल म सबैको मुहारमा पोस्टर टाँसिएको देख्छु ।’ किताबका अक्षरमा भन्दा मान्छेको अनुहारमा धेरै थोक लेखिएका हुन्छन् । लोकको हित गर्ने पोस्टर अनुहारमा टाँस्ने नाथहरू आफ्नै प्रेमिकालाई अनाथ पारिरहेका हुन्छन् । धुलोको कण यो कविता भुइँमान्छेको वकालत हो । अल्छी घाममा हाम्रा नेता छन् ः
महालम्पट चमेरो
चराहरूको मुखबाट आगोको बीउ खोसेर
धुनी जगाइरहेछ ।
साहित्यिक फाँटका यस्ता चमेरा चराको मुखको आगो खोस्छ । कतिपय बिचरी चरी पत्तो पाउँदिन, महालम्पटलाई मायालु ठान्छे र आफन्तलाई पराई मान्छे । यही विसंगतिमा संगति खोज्नु कविको वैशिष्टय हो । फागु प्रणयको रंग खोज्दाखोज्दै इतिहासका विद्यार्थी कवि फागुमा बिसे लोहारलाई सम्झिन्छन् । फागूपूर्णिमाको बिहानी यसपालि २०७७ को फागुपूर्णिमामा मान्छे हताहती भए । यौनलाई प्रेम बताइने प्रगतिशीलताले कठोरता बढाएको छ । कवि जीवनवादी फागुका रंगीन रंग खोज्छन् । पुरानो धून छिचरो, सस्तो तर कुटिल मुस्कानेले प्रणयको यस्तै कविता लेखिदिँदा प्रेमका कविताका रंग उडेका छन् तर शालीन मान्छे लक्ष्मण थापाका प्रणय गीतले चसक्क हृदय छुन्छ । थोत्रो सिनेमा घर र नौ नम्बरको ढ्वाङ बुझिन थालेका पोखरेलीलाई अति प्रिय बिम्ब लाग्न सक्छ । यहाँ चेखव पढ्ने आग्रह छ । सहस्राब्दीका नागरिक
म छक्क पर्दै हेर्छु
सहस्राब्दीका उषामा
झुल्किँदै छ मध्ययुगीन बर्बरता
भत्काउँदै विवेकका पर्खालहरू
हामी लोकतन्त्र गणतन्त्रको उपहारले छक्क छौं । तर लेख्नै पर्छ कविता; लेखेर–बोलेर नै हामी विवेकहीनका पर्खालभित्र धावा बोल्न सक्छौं । नागरिक बडापत्रले आतंककारी किल्ला देखाउँछ । मार र भाग, भौतिक कारबाही, सफाया । फूललाई जादूगरेले काँडा बनाउँछ र जनताको मुटुमा घोच्छ । वृद्ध पिताको सुसारमा खरौटी राखेर छोरोसित बैंस साट्छ । लाजले नेपाल आमा धसिँदै छिन् । सयम पीडा ‘रंगमञ्चमा सधैं–सधैँ हास्यास्पद अभिनय गर्दछन्, नायकत्वविनाका नायकहरू ।’ यो सुन्दरतम् अभिलेखीय कविता हो । कठपुतलीहरू तारो हान्छन् मान्छेका छातिहरूमा । यहाँ लोकलय ध्वस्त पार्ने नै लोकरक्षक हुन्छ । पराजित कविकै पराजयको पीडा हो । देशको गीत ‘लिलिपुटेहरू विजय जुलुसमा व्यस्त छन् ।’ कविले त्यो देखेका छन् र देशको गीत लेखेका छन् । म इतिहासको परिभाषा बदल्न चाहन्छु कवि बन्दुकको कुरूपताविरुद्ध कविताको सौन्दर्य उभ्याउन चाहन्छन् । सुरक्षा थ्रेटमा राम्रै चित्रकारिता छ । हो, नेताका सुरक्षा थ्रेटले जनतामा हाहाकार मच्चाइँदै छ । जीवनको गीत आशा खेती हो । यही जीवन हो । यही जीवनको संगीत हो । कछुवा यहाँ कविको आत्मबोध बढो रमाइलो लाग्छ, कवि आफैंलाई चिमोट्छु भन्छन् । देशको खोजी विश्वव्यापी कोरोना फैलिँदा अरु देशका नागरिकले आ–आफ्ना देश पाए, राज्यको भरोसा भेट्टाए । नेपालीलाई देश प्राप्त भएन । २०७६ चैत ११ गतेदेखि कोरोनाले भन्दा बेसी आम नेपालीलाई राज्यले उल्टै लखेटिरहेको छ र कवि देशको खोजीमा छन् । मृत्युको गीत प्राय कविता बौद्धमार्गी लाग्छन्, यही एउटा कवितालाई कृष्णमार्गी ठह¥याउन सकिन्छ । जीवनको रंग अनेक भएझैं यहाँ मूच्र्छनाका अनेक कविता छन् । यही एउटा कविता विशेष रूपले पीडकहरूसँग उचित व्यवहार गर्न मान्छेमा हुटहुटी भर्छ । सडकका जुलुसहरूमा कवि लामो समयको अध्यापनपछि अध्ययनकालीन दिनहरूको स्मरण गर्दछन् । दुखी पहाड यहाँ मान्छेको दुखलाई पहाडसँग आत्मसातीकरण गराइएको छ । मौन पहाडलाई बाचाल बन्न प्रेरित गरिएको छ । अचानक अतिले खति गर्दा अचानक कवि मनको ढोका चेतनाको उज्यालोले ढकढकिन्छ । हामीहरूमा बाउन्नेहरूको अग्लिने रहर अभिव्यक्त छ । यादपूर्व स्मृतिको सुखद् उल्लेख हो । कोरोना ब्लुज यो क्रमको २५ औं कविताकै आवृत्तिको पुनरावृत्ति हो । छिमेकी बाबा ढोंगीको चरित्रचित्रण हो । सँगसँगैले बढ्दो पारिवारिक विघटन र सस्तो डिभोर्सको प्रचलनलाई दुरुत्साहन गर्छ । एक्लैएक्लै भावनालाई साथी बनाउने सन्देश हो । प्रेमपत्र ज्योतिबिन्दुको आकांक्षा हो । फेबिकोल मान्छेलाई प्रकृतितिर फर्काउने आह्वान हो । मन परेको मान्छे मान्छेको बाध्यता मान्छेले मान्छेसँग मिल्नैपर्छ । लाटो कोसेरोको समय अन्याय सहनुको पीडाको उद्बोधन । अवकाशपत्र सेवानिवृत्तको अनुभूति ।
सर्वमान्य व्याकरण छैन । यसैले कृतिमा रहेका ह्रस्व, दीर्घका सामान्य त्रुटि पाच्य छन् । वैचारिकताका हेराइमा लक्ष्मण थापाको लोकतन्त्रको प्रेममा कुनै शंका छैन । खोट खोजिँदा कम्युनिस्टको प्रगतिवादको हस्को यहाँमा पनि पाइन्छ । यसको प्रमाणमा ‘महेन्द्रगुफा’लाई गज्जबले उभ्याउन सकिन्छ । समयक्रममा लोकतन्त्रको धज्जी उडाउने अनेक नेताले राजाको कूलाई फिक्का पारिसकेका छन् । ०३३ पछिका विपी कोइरालाले राजासँग घाँटी जोडे । विदेशी वैरीलाई देशमा खेल्ने ठाउँ नदिनका लागि ०३७ को जनमत संग्रहलाई विपीले स्वीकारे । नेपालमा विदेशीकै डिजाइनमा महेन्द्रलाई खसाल्न विपीलाई उचाल्ने र विपीलाई उचाल्न महेन्द्रलाई खसाल्ने कुकर्म हुँदै आएको छ । राजा महेन्द्रको जम्माजम्मी १० वर्षे शासनकालमा भएका सकारात्मक कामलाई अनदेखा गर्नु उचित नहोला । एकजना सामन्त भावुक कवि पनि थिए । कठोर साहित्यिक आलोचना सजिलै खप्थे । हिजो कुनै नेताका नाम जोडेर एउटा गुफालाई पर्यटनको आकर्षक केन्द्र बनाउन सम्भव थिएन । त्यसका लागि कुनै सिद्ध वा राजाकै नाम जोडिन आवश्यक हुन्थ्यो । आज मदन नगर वा गिरिजाचोकप्रति कसैलाई आपत्ति छैन भने महेन्द्रगुफाको नामप्रति द्रोह पालिराख्नु कविका लागि शोभनीय लाग्दैन ।
दबिन्छ गुणीको दोष… मा भनिएझैं ‘अक्षरहरुको मूच्र्छना’मा लक्ष्मण थापालाई र महेन्द्रको सुकीर्तिले उनको दोषलाई दबाएको छ । हामी यतिखेर नेताका अक्षम्य अपराध झेल्दै छौं । अग्रगमनको शब्दसँग खेल्दै छौं । मनको लड्डु घिऊसँग खानेहरु अघाएनन्; बरु पछारिए ।
मूच्र्छनाका कवितालाई भित्रै पसेर नियाल्दा संगीतको आरोह–अवरोह महसुस गर्न सकिन्छ । मूच्र्छनाका अरु आयाममा कविले अझै प्रकाश ल्याउने आशा गर्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

    • सामाजिक कार्य निषेध गरौं

      भवानी अधिकारी भवानी अधिकारी वैशाख ३१, २०७८
      अघिल्लो साता वालिङमा भएको चौरासी पूजाका सहभागी गाउँलेमा कोरोना संक्रमण देखियो । पूजापछि गाउँलेमा ज्वरो, खोकी लगायत कोभिडसंग मिल्दाजुल्दा लक्ष्यण…
    • कोरोना भाइरस र मानसिक स्वास्थ्य

      इन्दिरा थापा इन्दिरा थापा वैशाख ३१, २०७८
      विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को परिभाषा अनुसार स्वस्थ भन्नाले शरीरमा रोग नहुनु मात्र नभई पूर्णरुपमा शारीरिक, मानसिक र सामाजिक रुपमा…
    • घरबाट निकालिएकी आमाको पत्र

      युवराज खनाल युवराज खनाल वैशाख ३०, २०७८
      मुटुको टुक्रा, यो व्यस्त सडकको छेउबाट तिमीलाई निरन्तर पुकारिरहेकी छु । सायद पुकार्दा–पुकार्दै अन्तिम स्वास फेर्छु होला । तिमीलाई त…
    • दण्डहीनता र मानव अधिकार

      दुदराज अधिकारी दुदराज अधिकारी वैशाख ३०, २०७८
      हाम्रो नेपालको नयाँ संविधान २०७२ ले नेपाली जनमानसमा कुन कुराले प्रभाव पार्‍यो भन्ने सबैमा जिज्ञासा होला । संघीय गणतन्त्र नेपाल,…
    • अरूलाई भन्ने तर आफैं बिर्सने …

      ठाकुरप्रसाद खनाल ठाकुरप्रसाद खनाल वैशाख ३०, २०७८
      यसपालिको कस्तो पात्रो छापेछन् ज्योतिषीहरूले ? एउटा पनि सोमबारे औंसी छैन २०७८ सालमा, नपत्याए पात्रो हेर्नू ल । विशोभा बनाए…

    hero news full width