इमानदारिताको कसीमा तनहुँका केदार

रामप्रसाद सुवेदी
कार्तिक २८, २०७९

अहिले नेपालमा प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको माहोल चलिरहेको छ । देशैभरि उम्मेदवारहरू जीवन मरणको सबालमा मैदानमा उत्रिरहेका छन् । यो चुनावमा पार्टीका उम्मेवारका लागि हिजोको भन्दा बढी मात्रामा चुनौती देखिएका छन् । केही स्वतन्त्र उम्मेदवार र सामाजिक सञ्जालका हल्ला तथा स्वतन्त्र उम्मेदवारले समाजमा पारेको प्रभावले पार्टीबाट उठेका उम्मेदवारलाई अप्ठेरो नपरेको चाहिँ हैन । अर्काे कुरा अहिलेका जनताले को कति पानीमा रहेको छ र उसका हिजोका राजनीतिक गतिविधिले के कति हिलोमा डुबेको छ त्यो पनि निहालिरहेका छन् ।

पार्टीहरूमा अहिले एक किसिमको विकृति र बेथिति झांगिएको छ । मन्त्री नपाएमा पार्टी परित्याग गर्ने, चुनावमा हारेकाले जितेकास“ग त्यही पदका लागि बार्गेनिङ गर्ने अनि वर्षाै पार्टीमा लागेकाले टिकट नपाएको झोकमा अर्काे पार्टीको टिकटमा चुनाव लड्नेजस्ता विकृतिहरू व्याप्त छन् । यसले के कुराको संकेत गरेको छ भने, ती व्यक्तिहरू व्यक्तिगत स्वार्थका लागि सोझा कार्यकर्तालाई गुमराहमा राखेर काम गरेका थिए र जहिले पनि पार्टीमा उनैका आवाज चर्का हुन्थे । अहिले नेपाली जनतामा हिजोको भन्दा आज बढी चेतना आएको छ कसैको भाषणले र बोलीले नागरिक प्रभावित हुने छैनन् । उसको काम गराइ र बोलाइलाई जनताले तुलना गरेर हेरेका छन् । हिजो पार्टी भन्दैमा जो जसलाई जहाँबाट उठाए पनि सिधा स्वीकार्ने अवस्थामा नेपाली जनता छैनन् ।

चुनावको यो महासंग्राममा देखिएका उम्मेदवारहरूमा राजनीतिक इमानदारिताको पर्यायका रूपमा रहेका तनहुँ २(ख) का केदार सिग्देललाई कसैले पनि प्रश्न उठाउने अवस्था छैन । हुनतः सिग्देल परिवारमा हिजोदेखि नै त्यो संस्कार रहेको थियो । उनका दाइ टुकराज सिग्देल पनि त्यस्तै थिए । २०६४ सालको संविधान सभाको पहिलो चुनावमा देशैभरि माओवादीले एकलौटी बुथ क्याप्चर गरेर जितेको अवस्थामा तनहुँको क्षेत्र नं. ३ बाट जितेर एमालेको बलियो अस्तित्व स्थापित गर्नु र जितेपछि कहिले पनि पदको लोभमा तथा मन्त्रीका लागि नझुण्डिनु उनले स्थापित गरेको एउटा राजनीतिक संस्कार थियो । टुकराज सिग्देलले नेपालभरि इमानदार सांसद र राजनीतिलाई लाभको पदभन्दा एउटा सेवाको पदका रूपमा स्थापित गरेर देखाएका थिए । अहिले त्यही संस्कारको निरन्तरताका रूपमा तनहुँको गण्डकी प्रदेशको क्षेत्र नं २(ख) का सांसद पदका उम्मेदवार रहेका उनका भाइ केदार सिग्देलमा रहेको समग्र तनहुँ र गण्डकी प्रदेशका जनताले महसुस गरिरहेका छन् ।

केदार सिग्देल हिजो संघको सांसद रहेका व्यक्तिलाई पार्टीले आफ्नो इच्छाको विपरीत प्रदेशको सांसद उम्मेदवारको टिकट दिएको भए पनि राजनीति भनेको कमाइको भाँडोभन्दा पनि जुनसुकै ठाउँ र क्षेत्रमा रहेर जनताको घरदैलामा जाने र भलाकुसारी, दुखसुखको मिलनविन्दुको माध्यमका रूपमा लिएर स्वीकार्नु एउटा राजनीतिक इमानदारिता थियो । अहिले दलबदल र पार्टी परित्यागलाई गुच्चा खेलेको जस्तो ठान्ने अनि पार्टीमा ममात्र थिएँ यदि यो पार्टीमा म नभए पार्टी धरासाही हुन्छ भनेर हँुकार गर्ने र सानो कुरामा पार्टी परित्याग गर्नेहरूलाई यो एउटा उदाहरण हो । २०३५/३६ सालदेखिको विद्यार्थी जीवनबाट निरन्तर राजनीतिमा लागेका उनी पार्टीको भूमिगत र कठिन परिस्थितिमा पनि सत्तिसाल झैं अडिग भएर रहेका थिए । उनीद्वारा राजनीतिलाई कहिल्यै पनि लाभको पदका रूपमा नहेरेको समग्र गण्डकीका नागरिकहरूमा घाम जत्तिकै छर्लंग रहेको छ । यो कुरा हालैमात्र उनले क्षेत्र नं २ मा आफूले सांसद विकास कोष र आफ्नो पहलमा गरेका राष्ट्रि र स्थानीय तहका योजनाहरूको फेहरिस्तबाट थाहा हुन्छ ।

राजनीति अहिले भ्रष्टाचार एउटा विकृतिका रूपमा देखिएको छ । कतिपय नेताहरू जोगी बन्नका लागि राजनीति कसैले गर्दैन र सांसद भएपछि राजधानीमा महल ठड्याउने एउटा संस्कार नै बनेको अवस्थामा काठमाडौंमा साधारण डेरामा सामान्य नागरिकका रूपमा सादा जीवन व्यतित गर्नु, एक दिन संसद नचलेको दिनमा तनहुँमा आफ्ना कार्यकर्ताका लागि दौडिहाल्नु उनको स्वभाव हो । सांसदज्यू कता भनेर सोध्दा सधैंै उही तनहुँको खैरेनी, भीमाद, रिसिङघिरिङ भनेर सूचना आउँथे यसले गर्दा अहिले चुनाव जितेका सांसदहरू जिल्ला जाँदैनन् भन्नेलाई उनी एउटा गतिलो जवाफ भएका छन् ।

केदारमा एउटा वैचारिक नेतृत्वको क्षमता, तथ्यगत तथा वस्तुगत विचारको प्रवाह गर्ने तरिका, सादा जीवनशैली र महत्वकांक्षाविहीन क्रियाकलापका कारणले समग्र तनहुँबासीका एउटा आदर्शको धरोहरका रूपमा स्थापित भएका र सोझा नेताका रूपमा परिचित व्यक्तित्व हुन् । उनको काम गर्ने लगनशीलता, थकानविहीन जीवनशैली एउटा उदाहरणका रूपमा आउने राजनीतिक पि“ढीका लागि देखिएका छन् ।

उनीमा रहेको आफ्नो कामप्रतिको आत्मविश्वास स्पष्ट बुझिने सञ्चारशैली, बोलिएका वाक्यहरूको शुद्धता र आफ्नो अभिव्यक्तिको स्पष्टताले गर्दा कार्यकर्ता र त्यो क्षेत्रका जनताका माझमा एउटा सोझो र इमानदार नेताका रुपमा चिनिन सफल भएका छन् । एकचोटि संघको सांसद भैसकेका परिपक्व र इमनदार नेतालाई गण्डकी प्रदेशले पाउनु एउटा अहोभाग्य नै हो । फेरि परिपक्व नेता भएका कारणले भोलि यहा“को मुख्यमन्त्रीका प्रबल दाबेदारका रूपमा लिन सकिन्छ । पद भनेको कसैको बपौती हैन र सांसद भएको व्यक्ति मन्त्री, मुख्यमन्त्रीको दाबेदार हुनु स्वाभाविकै हो । तनहु“को क्षेत्र २ (ख)का जनताले उनलाई जिताएर त्यो अपेक्षा पूरा गर्नेछन् भन्ने आशा गर्न सकिन्छ ।

मंसिर ४ गतेको संविधानसभाको चुनावमा नेकपा एमालेको परम्परागत पकडको क्षेत्रका रूपमा रहेको यो ठाउ“मा एकातिर गठबन्धन नामक राजनीतिक झुण्ड रहेको छ र केही स्वतन्त्र पार्टीका उम्मेदवार चुनावमा उठेका छन् भने अर्काेतिर नेकपा एमालेले एक्लै उठिरहेको अवस्थामा संघ र प्रदेश दुवैमा एमालेका उम्मेदवारको जीत सुनिश्चित जस्तै भएको अवस्थामा उनको जीतमा कुनै शंका छैन । तनहु“का न्यायप्रेमी जनताले अहिलेजस्तै आगामी चुनावपछि तनहु“कै गण्डकी प्रदेशको मुख्यमन्त्री प्राप्त गर्नेछन् र आफ्नो क्षेत्रका साथै समग्र गण्डकी प्रदेशको विकासका लागि भूमिका तयार गर्ने छन् । ‘बगेको खोलो फर्कंदैन मौका आउ“छ पर्खदैन’ भने जस्तै यो सुवर्ण मौका त्यहा“का जनताले पक्कै पनि गुमाउने छैनन् । अहिले राजनीतिमा इमानदार व्यक्ति खाज्नु भनेको सिलो खोज्नु जत्तिकै भइरहेको अवस्थामा आफ्ना अगाडि नै देखिएका त्यस्ता लगनशील र सोझा नेतालाई अत्यधिक बहुमतले जिताएर विकास र समृद्धिका पाइलामा होस्टेमा हैंसे गर्दै तनहु“का न्यायप्रेमी जनता लागेर राजनीतिमा इमानदारिता र नैतिकताको संस्कारको निरन्तरता दिनेछन् भन्ने आशा राख्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width