जीवनको ध्येय ?

bbshrestha वी.वी.श्रेष्ठ
असार १०, २०७७

सारमा जीवनको भावासय नवुझ्नेहरुको भीडमा हराउँदा जीवनप्रति नै वितृष्णा जागेर आँउदो रहेछ । जीवनको गहिराई र यसको पृष्ठभूमिमा अन्तरंग केलाउँदा यसको उपदेयताले जीवनका कर्ममा कतै पनि मेल नखाँदा घृणाले तिल्विलाउँछ । यहि पेरिफेरिमा जीवनका पलहरुले थकित मुद्धामा व्यतित गरिरहदाँ अन्तरआत्मामा सन्तोषका सास फेर्ने विषय नै प्राप्त भएन ।

सोच अनुरुप जीवनका परिभाषालाई परिभाषित गरेता पनि यसको निचोड भनेको निरन्तरता शिवाय अन्य हुन सकेन । समयको गतिमा लय मिलाउन नसक्दा सोचको त्यो उचाईमा विर्को लगाउनुको विकल्प रहनेछ । सोचमा छाईरह्यो, जीवनको यो पलमा समाज र देशप्रतिको जिम्मेवारीता कति वहन भयो ? कसैले नसोचे पनि दिमागमा प्रश्न चिन्ह खडा भईदियो । दशकौ विताएको यो समयमा अवको उर्वरता भनेको शिखरवाट निहुरिने मात्र हो । अवस्था, समय, उमेर र अनुभवले यहि पुष्टि गरेको छ । यहि समय व्यतित गर्दा सोचमा विविधता आएता पनि यति धेरै झस्काएको भने धेरै भएको छैन ।

जन्म पछिको मृत्यृ शाश्वत सत्य भएता पनि जन्म र मृत्यृ वीचको यो समयमा मानव जातिको उत्तरदायित्व र जिम्मेवारिता कसले वहन गर्ने होला ? व्यक्तिगत रुपमा आर्थिक, सामाजिक र भौतिक रुपमा सम्पन्नताले मात्र के जीवनको ध्येय पुष्टि होला र ?

समाज, परिवार र देश के चाहन्छ, यसको जवसम्म उचित निष्कर्षमा पुग्न सकिदैन, जीवनको ध्येय पुष्टि हुन सक्दैन । चक्रको यो निरन्तरतमा समावेश भएर त्यसको पालना गर्नु शिवाय अन्य जीवनमा केहि भोग्ने चेष्टा नगरेको मानव जाति त्यहि निरन्तरतामा नै जीवनको अर्थ लगाउनेहरु वग्रल्ती भेटिन्छन् । त्यही भीडमा हराएको जीवनमा केहि नविन सोचले मस्तिष्कमा राज गर्न खोजेता पनि त्यसलाई पाखा लगाउने दुश्प्रयास पटक पटक भए, तर पनि यसमा सफलता हात लागेन, रातको अन्धकारमा होस वा चिसो सिरटोमा प्रश्न सोधिरहयो, जीवनको ध्येय यहि नै हो त ? हैन भने किन जीवन फरक वनेन, सोचमा नविनताको सिर्जना किन भएन ? कर्ममा जीवनको फरक ध्येय खोज्ने प्रयत्न किन गरिएन ?

भौतिकतालाई प्राथमिकता दिएको सोचमा स्वार्थताको झुण्डले जीवनलाई वन्धक वनाईदियो । आफनै अगाडिको गतिविधि र प्रक्रियालाई सोच्ने, वुझने र त्यसको अन्वेषणमा कदापि मन गएन । स्वार्थताले जीवन गाजेपछि जीवनको ध्येय ओझेल पर्ने रहेछ । जव जीवनको ध्येय वुझिदैन, त्यहाँ मानवता र यथार्थता मलिन हुँदो रहेछ । यहि परिवेशमा आमको जीवन व्यतित भईरहेको छ र कालान्तर सम्म हुनेछ । यहि नै आम जीवनको निरन्तरता रहेछ ।

भोजनका लागि नजिक आएको कागले पनि कराई कराई जीवनको ध्येय सोधेको अनुभूति भएको छ । यहि अनुभुति भित्र पाकेको र पोलेको मस्तिष्कलाई शितल र शान्त वनाउनका लागि जीवनका सार खोज्ने अभिप्रायले त्यति सहज तरिकाले उपलव्धता पाउन सक्दैन, यो विषयमा पनि शुद्धता भएता पनि समाधान र खोजीमा देखिएको तरलता कुनै पनि पल वगेर जाने त हैन भन्ने चिन्ताले थप उकुशमुकुश वनाएको छ । हरेक पलमा सकारात्मक भन्दा नकारात्मक पक्षले गाँजेको सन्दर्भमा यो सोचको सकारात्मक विकासमा किन यी मस्तिष्कहरु चलायमान वन्न सकेन ? कि यो पक्षमा पनि नकारात्मक सोचले अन्तरघुलित वनाईदियो ? जीवनका सारमा एकाग्रता जव हुन थाल्दछ, हरेक हावाका कणले पनि जीवनको वोध गराउँदो रहेछ । यहि जीवनको वोधभित्र ध्येयको परिभाषा खोज्न विवश वनाउँदोरहेछ । हरेकतामा सार भन्दा पनि साधनमा नै रम्नेहरुलाई जीवनका पलहरु केहि समयका लागि सरस लागेता पनि जीवनका उत्तरार्धमा जीवनका ध्येयका वारेमा चिन्ता होला कि नहोला ? मस्तिष्कमा नमेटिने गरि जरा गाडिदियो ।

अनुकुलतामा जीवन खोज्नेहरु प्राप्तिमा खुशी र त्यागमा दुखी हुने एकमात्र सत्यतालाई अंगाली यो जंजालमा वाधिएको हुदाँे रहेछ । एकवारको जीवन भन्दैमा आफनो उत्तरदायित्ववाट वन्चित हुने परिपाटीको अन्त्य कहिले होला ? के मानवको जीवन जीवनको ध्येयको प्रश्नवाट सधै भागिरहन सक्लान ? वा जीवनको अन्त्यमा यहि प्रश्नले भाग्न नदिई विगत सम्झेर पश्चातापको भूमरीमा भाग्यमा दोष दिदै लिप्त हुन सक्लान ? मानवविकासको क्रमसँगै आफनो जिम्मेवारिता र दायित्व वोधले के कमैलाई मात्र छुने हो र ? वा सवैलाई छोला ?

जन्म पछिको मृत्यृ शाश्वत सत्य भएता पनि जन्म र मृत्यृ वीचको यो समयमा मानव जातिको उत्तरदायित्व र जिम्मेवारिता कसले वहन गर्ने होला ? समाज विकासक्रमको चरणलाई नियाल्ने हो भने पनि यसमा कसै न कसैले जिम्मेवारिता र जीवनको ध्येय पुरा गरेको कारण नै वर्तमान समाज यो अवस्थामा आईपुगेको कुरालाई नकार्न सकिदैन । सहजतामा मात्र जीवन खोज्नेहरुलाई आफनो जिम्मेवारिता वोध कहिले होला ? व्यक्तिगत रुपमा आर्थिक, सामाजिक र भौतिक रुपमा सम्पन्नताले मात्र के जीवनको ध्येय पुष्टि होला र ?

साधन र साध्यका वीचमा जव हामी घोत्लिन र फरक पाउन सक्दैनौ । जीवन केवल नाममात्रको शिवाय केहि वन्न सक्दैन । जव साधन र साध्यको महत्वमा सार पाउन सक्ने चेतनाको विकास जव हुन्छ, यो जीवन जीवन लाग्दैन । यहि नलागेको जीवनमा जीवनका सार र ध्येय खोज्ने अकल्पनीय सोचले कहिले सम्म पूर्णता पाँउला ? पुस्तान्तरणको निरन्तरतामा रहेको व्यक्तिले सोध्दा जीवनको ध्येयको पुष्टि कसरी गर्न सकिएला र ? जीवनको ध्येय के हो भन्ने प्रश्नको उत्तर कसरी दिन सकिएला र ?

हाम्रो सुझाव