जनताको रोजाइमा स्वतन्त्र उम्मेदवार

राम प्रसाद भट्टराई
जेठ ३१, २०७९

२०७९ साल वैशाख ३० स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । सम्पन्न मत परिणामअनुसार नेपालका ६ महानगरपालिकामध्ये नेपालको राजधानी सहर काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह विजयी हासिल गर्न सफल भएका छन् । ७५ वर्ष पुरानो कम्युनिस्ट पार्टी वा १ सय वर्ष पुरानो कांग्रेस पार्टीबाट महानगरमा उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका थिए । चुनावको मैदानमा आफ्नो आफ्नो पक्षलाई राष्ट्र अन्तर्राष्ट्रबाट साम, दाम, दण्ड, भेद प्रयोग गरिरहेका थिए । तर दुर्भाग्य साम, दाम, दण्ड, भेद गरेर हुँदो रहेनछ । भगवान् भनेका मतदाता जनता रहेछन् । यो कुरा राजनीतिक दलले बुझ्दा रहेनछन् । राजनीतिक दलले टिकट दिएपछि शतप्रतिशत जितिन्छ भन्ने अहंकार राजनीतिक दलको दम्भ जनताले अर्थात् नागरिक समाजले तोडिदिएका छन् । आज राजनीतिक दलको अधिनमा रहने पार्टी राजनीतिक दलको हबिगति नेपालकै राजधानी सहर काठमाडौंका स्वतन्त्र उम्मेदवारको विजयले जीवनभर पार्टीमा बसेर तीन कान्ला हामफाल्ने उम्मेदवारहरु रुनु न हाँस्नु भएका छन् । काठमाडौंमा राजनीतिक दलका मेयरको उम्मेदवारले हार व्यहोर्नु भनेको नेपालकै राजनीतिक दलहरुको ऐतिहासिक दस्तावेज बन्न पुगेको छ । राजनीतिक दललाई पछार्दै स्वतन्त्र मेयरका उम्मेदवारले काठमाडौंमा ऐतिहासिक विजय हासिल गरे । अब उप्रान्त नेपालमा कुनै उम्मेदवार बन्नका निम्ति राजनीतिक दलका चाकडी अर्थात् पार्टीको टिकट आवश्यकता पर्दैन । स्वतन्त्र उम्मेदवार बन्नका निम्ति योग्यता, क्षमता, लोकप्रियता, अनुशासन, इमानदारिता विश्वासनीयता लगायत बहुगुणले सम्पन्न भई चरित्रमा कुनै दाग नलागेको कुनै कलंक नलागेको हुनुपर्छ । यी बहुगुणले सम्पन्न व्यक्तित्वमध्ये जनताले मत दिन्छन् र जिताउँछन् । यहाँ त विपरीत भयो । जनताले नरुचाएको भ्रष्ट व्यक्ति पार्टीले टिकट दिएर हार व्यहोर्नु परिरहेको छ । पार्टीमा टिकट पाउनका लागि नातावाद, कृपावाद, दक्षिणावाद आदि इत्यादि यस्ता अनगिन्ती वाद भएका भ्रष्टचारले लिप्त भरिपूर्ण, पैसाको मोहमा चुलुम्म डुबेर उम्मेदवार छनोट गर्दा यस्ता उम्मेदवार व्यक्तिहरुलाई छनोट गरी टिकट दिँदा हार व्यहोर्नु परिरहेको छ । यस्ता उम्मेदवारलाई टिकट दिएर चुनावमा उठाउँदा जनताहरुले त्यस्ता उम्मेदवारलाई बहिष्कार गरी स्वतन्त्र उम्मेदवारलाई विजयी गराइरहेका छन् ।

काठमाडौंमा योग्य, कर्मठ, होनाहार युवक इन्जिनियर बालेन्द्र शाह एउटा ज्वलन्त उदीयमान व्यक्ति हुन् । अर्का होनाहार त्यागी जनतामै जीवन समर्पण गरी जनताको दुखसुखमा रातदिन देखभाल गर्ने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई । यस्ता उदीयमान नेतृत्वले चन्द्रमाले जसरी अन्धकार रातलाई झलमल्लकार बनाउँछ, यी स्वतन्त्र उम्मेदवारले पृथ्वी नै झलझलाकार बनाउने छ । किनभने यी जनताका प्रियपात्र हुन् स्वतन्त्र उम्मेदवारबाट विजयी भएका छन् । यस्तै जनताका मनमुटुमा बस्न सफल विजयी भएका छन् । २४ सैं घन्टा जनताको सुखदुखमा साथ दिने अर्का होनाहार स्वतन्त्र उम्मेदवार धनगढी उपमहानगरपालिका मेयर पनि ज्वलन्त उदाहरण हुन् । यस्तै देशभरबाट स्वतन्त्र सयौं स्थानीय तहमा विजयी हासिल गरेका छन् । राजनीतिक पार्टीहरु एक्ला एक्लै चुनावबाट हार व्यहोर्नेको डरले गठबन्धन गरी चुनावी मैदानमा पुग्नुपर्‍यो ।

जीवनभर पार्टीको झोला भिर्नेहरु घर न घाट भए । योग्य, कर्मठ, कुशल व्यक्तिलाई कुनै पार्टीको टिकट चाहिँदैन

स्थानीय निर्वाचनमा ५ गठबन्धनले देशभर धेरै विजय हासिल गर्‍यो । विजय हासिल गरिसकेपछि त बधाई त पाउने नै भयो । ५ गठबन्धनलाई त खुसीयाली नै भयो तर हार व्यहोरेका विपक्षी पार्टीलाई बेसरी नरमाइलो भयो । हार व्यहोरेका विपक्षी पार्टी अर्थात् एमालेका उम्मेदवारहरुका आफन्तजन, इष्टमित्र, कुलकुटुम्बहरुले जीत हासिल गरेको खण्डमा ठूलो सपना देखेका थिए । अहिले धनदौलत, रुपैयाँ, पैसा कतिको घर घडेरी स्वाहा भयो । कतिले ऋण काडेर जितिन्छ भन्दै उफ्रदै चुनावमा पैसा खर्च गरेको थाहै पाएनन् । चुनावको परिणाम आउन थालेपछि मात्र मत परिणामबाट हार जीत घोषणा भयो, बल्ल हार व्यहोर्दा होसहंस उड्यो । प्रायः गठबन्धनले एक्लोलाई नराम्ररी पछारे त्यसकारण राजनीतिमा यसरी गठबन्धन गर्न दिनुहँुदैन । यो सरासर अन्याय भयो । यो कुन नियम कुन संविधान कुन धर्म शास्त्रमा मानव शास्त्रमा कहाँ उल्लेखित छ । त्यसरी ५ गठबन्धन गरी एकल प्रतिस्पस्पर्धी हुनु हुँदैन, यो मुर्खतापूर्ण हुन्छ । यसकारण एकल प्रतिस्पर्धा गर्नुपर्दछ । यस्तो गठबन्धनबाट मतदातालाई पनि मत चिन्ह पत्ता लगाएर छाप हान्न पनि सकस पर्न जान्छ । के गर्ने गठबन्धनको सरकार छ । हामी मतदाताले भनेको मान्नैपर्‍यो । यसकारण हामी जनतालाई जसले हेरविचार दुखसुखमा साथ दिन्छ । जनताको सहयोगी जनताको पक्षमा बोल्ने जस्ता जनता जनार्दन जनतालाई अन्याय परेकोमा न्याय दिने यस्ता जनसेवी व्यक्तिहरुलाई जनताले नै टिकट दिन्छन् र चुनाव जिताउँछन् । जसलाई चुनाव चितेर जनताको सेवक बन्न मन छ भने जनताको लोकप्रिय बन्न सक्नेलाई जनताले टिकट दिन्छन् र चुनाव पनि जिताई छाड्छन् । पार्टी भनेर जीवनभर पार्टीको झोला भिर्नेहरु आज घर न घाट भएका छन् । व्यक्ति विशेषको योग्यता, दक्षता, क्षमता अनुशासन नभएको भ्रष्ट व्यक्तिलाई चुनावमा उम्मेदवार बनाउँछन् अनि जनताले हराइदिन्छन् । यसकारण योग्य, कर्मठ, कुशल सर्व गुणले सम्पन्न व्यक्तिलाई कुनै पार्टीको टिकट चाहिँदैन । राजनीतिक दल पार्टीको लागि कि देश र राष्ट्रका निम्ति यस्ता ज्वलन्त उदाहरणलाई मनन गरी अब उप्रान्त उम्मेदवार बन्नका निम्ति प्राज्ञिक, योग्य, कर्मठ, प्राविधिक व्यक्ति देशले खोजिरहेको छ । यसकारण हामी देशप्रति समर्पित छौं । हामीलाई देशले खोजिरहेको छ । हामी ढुक्क रहूँ कुनै बल गर्नुपर्दैन । हामीलाई जनताले सहज तरिकाले उम्मेदवार बनाउने छन् । हामीलाई कालो धन खर्च गरेर चुनाव जित्छु भन्नेको लागि हामीलाई खर्च गर्न दिऊँ, त्यो कालो धनले सही मार्गदर्शन गर्दैन । त्यो जनताको कार्यमै खर्च गरिदिऊँ, त्यही नै हामी जनताको स्याबासी हो यसकारण आगामी दिनमा जनताहरुले राजनीतिक दल अर्थात् उम्मेदवार बन्नका निम्ति पार्टी गुहार्नुको सट्टा जनता गुहारे हुने भयो । यसकारण हामी जनता जनार्दन उम्मेदवार बन्न जनताले नै उम्मेदवार बनाउने भए यसकारण राजनीतिक दलहरुका उम्मेदवारहरुको दललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार अगाडि बढौं । यसकारण निर्वाचनमा जनताको रोजाइमा राजनीतिक दलको उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार छनोट गरौं ।
(लेखक पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीका अध्यक्ष हुन् । )

Related News

सम्बन्धित समाचार

hero news full width