स्मरणीय व्यक्तित्व गोविन्द शर्मा “विखर्ची” पौडेल

प्रेमप्रकाश गौतम
श्रावण ८, २०७८

माता चन्द्रकला पौडेल र पिता हरिप्रसाद पौडेलका ज्येष्ठ सुपुत्रको रुपमा विसं १९९८ साउन २४ गते शुक्रबार पोखरा ६ स्थित जरेवरमा जन्मिनुभएको थियो, गोविन्द शर्मा ‘विखर्ची’ पौडेल । उमेर हिसाबले ८० वर्षको उमेरमा विसं २०७८ जेठ २७ गते आइतबार आफ्नै निवास पोखरामा उहाँको निधन भयो । भौतिक शरीर अब यो धर्तीमा नरहे पनि उहाँले आफ्नो जीवनकालमा गरेका प्रशंसनीय सामाजिक कार्यले अनन्तकालसम्म उहाँ धेरैको हृदयमा रहिरहनु हुनेछ ।
सामाजिक व्यक्तित्व जहाँ जान्छन्, त्यही सामाजिक काम गरेर समाजलाई प्रभाव पार्दछन् । त्यस्तै उहाँ पनि २०१८ सालमा पोखराबाट चितवन बसाइँ सरेर त्यहाँको सामाजिक क्षेत्रमा सक्रिय रुपमा योगदान दिनुभएको थियो । २०४९ सालमा पुनः पोखरा फर्किएर आफ्नो पैतृकथलोमा व्यवसाय सुरु गर्न थाल्नु भयो । चितवन बसाइँसराइको मुख्य उद्देश्य त्यतिबेला सस्तो मूल्यमा पाइने जग्गा खरिद र कृषि कार्य गर्नु र आर्थिक व्यवसाय चलाउनु थियो । आफ्नो रोजगारीको लागि कृषि कर्मबाट मात्रै पर्याप्त नभएकोले विभिन्न खालका ठेक्कापट्टा र खाद्यान्न कुटानीपिसानीका मिल सञ्चालन गर्नु हुन्थ्यो । १५ वर्षदेखि कान्छो छोरा (मेरा ज्वाइँ) भीष्मराज पौडेल र छोरी नीलम गौतम पौडेलसँग बस्दै आइरहनुभएको र २ वर्षयता पैत्रिक जग्गामा बुटिक होटल निर्माण गर्ने भएकोले पोखरा ७, एयरपोर्टस्थित मेरो घर नजिकै आएर बसोबास गर्दा नातिनातिनासँग भनेको बेला देख्न भेट्न र खेल्न पाउँदा अझै नजिक हुने अवसर र सामीप्यता बढ्न गई मलाई धेरै नै खुसी बनाएको थियो ।
कृषि उत्पादनमा रहेको कमीकमजोरीले नेपालको विकासमै नकारात्मक प्रभाव पारेकोमा उहाँको मार्मिक दुःखेसो थियो । त्यसैले होला उहाँले तत्कालीन मेघौली गाउँ पञ्चायतभित्र उन्नत कृषि प्रविधि भित्रयाउन सहयोग गर्नु भएको थियो । उन्नत विउँ विजन, उन्नत तरिकाले पशुपालन सबैको खेतमा ट्रयाक्टर प्रयोग गरी खेती गर्ने अभियानमा पनि लाग्नु भयो । कुनै समयमा खाद्यान्न निर्यात गर्ने देश अहिले ठूलो परिणाममा खाद्यान्न आयात गर्ने देश बनेकोमा उहाँमा गहिरो दुःख देखिन्थ्यो ।
कृषि कार्यमा काम गर्दै जाँदा किसान संगठन र वर्गीय संगठनको सदस्य समेत भएर काम गर्दै जानु भयो । बाटो नभएको ठाउँमा बाटो र विद्यालय नभएको ठाउमा विद्यालयहरु खोल्ने सामाजिक कार्यमा सक्रियताका साथ लाग्नु भयो । विद्यालयहरुमा आफैं स्वयंसेवी शिक्षक भएर अध्यापन समेत गर्नुभयो । विशेषतः मेघौलीको साँझापुर विद्यालयबाट अध्यापन कार्य सुरु गर्नुभएको थियो । त्यसैले त उहाँलाई चितवनको मेघौली र आसपासको क्षेत्रमा मास्टर साहेव वा विखर्ची सर भनेर चिन्दछन् ।
त्यहाँस्थित जानकी माविमा उहाँको गहिरो लगाव थियो । तत्कालीन उच्च माविमा रुपान्तरण गर्न, गुणस्तर शिक्षामा अभिवृद्धि गर्न र भौतिक संरचना निर्माणको लागि २०७७ सालमा लगाइएको महायज्ञमा उहाँले मनग्य दान प्रदान गर्नु भएको थियो । यो विद्यालसँग उहाँको भावनात्मक सम्बन्ध ज्यादै गहिरो रहेको कारण नगद दान प्रदान गर्नको लागि श्रीमती तथा नाति साथमा लिएर अस्वस्थ्य रहेकै अवस्थामा एयरलिफ्टबाट महायज्ञ स्थलमै पुग्नु भएको थियो । महायज्ञ आयोजक समिति तथा विद्यालय परीवारले भव्य तथा विशिष्ट खालको सम्मान र अभिनन्दन गरेको थियो ।
२०२८ सालमा राष्ट्रिय शिक्षा पद्दति चितवन जिल्लामा लागु भएपछि शिक्षाका धेरै गतिविधि परिवर्तन भए । मुख्यतयः सरकारी विद्यालयमा शिक्षकको तलब सरकारले नै पठाउन थाल्यो । मेघौली गाउँ पञ्चायतभरका प्राविहरुको सदस्यसचिव (प्रमुख) भएर गाउँ पञ्चायतभित्रको शैक्षिक तथा भौतिक प्रगति प्राप्त गर्न सक्रिय भएर लाग्नु भयो । यस अलावा मेघौली गाउँ पञ्चायत भित्रका विकास र निर्माणका कार्यमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । वास्तवमा उहाँ उदार समाजवादी विचार धाराका व्यक्ति हुनुहुन्थ्यो । पञ्चायती व्यवस्थालाई त केवल उपयोग मात्रै गर्नु भयो भने २०४७ सालपछि कम्युनिष्ट राजनीतिमा प्रवेश गर्नु भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सक्रिय संगठित सदस्य भएको नाताले उहाँको विशेष सम्बन्ध जनप्रिय नेता स्व. मनमोहन अधिकारी र मदन भण्डारीसँग थियो । मनमोहन अधिकारीसँग त धेरै कार्यक्रममा सँगै हिंडने पनि गर्नु भयो । कम्युनिष्ट पार्टीका उच्चस्तरका धेरै भन्दा धेरै शीर्षनेतासँग उहाँको सामीप्यता थियो ।
जीवन भनेको नै सामाजिक कार्यमा समर्पित हुने हो भन्ने मान्यता उहाँले बोक्नु भएको थियो । त्यसैले उमेरले र स्वास्थ्यले थाक्दै गए तापनि सामाजिक कार्यमा भने थाक्नु भएको थिएन । सामाजिक कार्यमा उहाँले कहिले सुख र कहिले दुःखको भारी बोकेर हिंंडनु भएकै थियो । उकालीको सुख भन्ने हो भने शिक्षित, विद्वान र उच्च पदस्थ छोराबुहारीको आदर्श जीवन र गतिलो कमाइले परमानन्दले सुखी जीवन दिइराखेको थियो । तर रोग व्याधिलाई कसैले रोकेर रोकिंदो रहेन छ र आखिर घरपरिवारलाई मात्रै होइन संसारलाई नै छाडेर जानुभयो ।
२०७४ सालको पूवाद्र्धसम्म उहाँको स्वास्थ्य राम्रै थियो । सामान्य खालको मधुमेह र रक्तचापको औषधी चिकित्सकको परामर्श बमोजिम सेवन गरिरहनु हुन्थ्यो । यो समस्या नियन्त्रणमा राखी राख्नु भएको थियो । तथापि २०७४ सालको कात्तिकतिर उहाँको स्वास्थ्यमा केही समस्या देखापरेपछि ल्याब परीक्षणमा अर्बुद रोग देखा प¥यो । उपचारको लागि काठमाडांै र पछि दिल्लीको नामुद अर्बुद हस्पिटल लगियो । त्यहाँ उपचारपछि त्यसैलाई निरन्तरता दिंदै काठमाडौंको नेपाल क्यान्सर हस्पिटलमा लामो समयसम्म उपचार पछि उहाँ अर्बुद रोग धेरै हदसम्म ठिक भए तापनि पछि गएर रक्तअल्पता र अन्य विभिन्न स्वास्थ्य समस्याले गर्दा लामो समयसम्म रोगविरुद्ध लड्नु प¥यो । ४÷५ महिनाबाट उहाँको स्वास्थ्य स्थिति गम्भीर बन्दै गयो । अन्त्यमा गत असार २७ गते फिस्टेल हस्पिटलमा उपचारकै क्रममा यस संसारबाट बिदा लिनु भयो । स्वर्गारोहण खबरले म अत्यन्तै स्तव्ध भए भने घररिवारको भावविह्लले गर्दा मेरो मुटुले नै ठाउँ छोडेजस्तो भयो ।
आफन्त र छरछिमेकी छिणभरमै घरमा जम्मा हुन थालिसकेका थिए । सबै यो दुःखद घटनाबाट सम्हालिंदै पार्थीव शरीरको समाधितर्फ व्यवस्था हुन थाल्यो । यो सालको वर्षाले देशभर नै धनजनको ठूलो क्षति बनायो भने त्यो दिन पनि मुसलधारे वर्षाले ज्यादै दुःख दिइरहेको थियो । शवयात्राको व्यवस्था हिन्दू परम्पराअनुसार आफ्नै प्रिय भाइ पद्यप्रसाद पौडेलको निर्देशनमा व्यवस्थित गरिएको थियो ।
शवयात्रामा नातागोता, साथीभाइ, छरछिमेकी, समाजका लव्ध प्रतिष्ठित व्यक्ति, वर्तमान तथा निवर्तमान सांसद, विभिन्न राजनीतिक दलका नेता, कर्मचारी तथा सर्वसाधारणको निकै बाक्लो सहभागिता थियो । स्वर्गारोहणले गर्दा आफन्तलाई ज्यादै व्याकुल र अशान्त बनाइरहेको थियो । उपस्थित आफन्तले अन्तिम श्रद्धाञ्जली दिइरहेका थिए भने दुःखको पीडाले सबैका आँखा रसाइरहेका थिए । कतिपय त बिछोडको पीडा सहनै नसकी चित्कारसहित रोइरहेका थिए । ज्यादै सन्नाटा र कारुणीक वातावरण थियो ।
श्रीमतीहरु, छोराबुहारीहरु र नातिनातिनाहरु अन्तिम श्रद्धाञ्जलीको लागि पार्थीव शरीरको चारैतिर हात जोडेर अन्तिम बिदाइ गरिरहेका थिए ।
शवयात्राले आफ्नो बासस्थान फन्को मार्दै पवित्र मानिने सेती नदी तिरमा बनेको शवदाहस्थल शान्तिघाटतर्फ लाग्यो । शान्तिघाटमा आधुनिक विद्युतीय शवदाह यन्त्र पनि छ । तर, त्यो शवदाह यन्त्र हेर्न सकिने तर प्रयोग गर्न भने नसकिने रहेछ । सेती नदी तिरको त्यो शान्तिघाटमा उहाँको शव राख्दा धेरैका आँखा रसाइरहेका थिए ।
अति प्यारा भाइ पद्यप्रसाद, छोराहरु प्रकाश, विश्व, भीष्म पौडेलहरु चिता नजिकै एकोहोरो टोलाइरहनु भएको थियो । मैले पनि अन्तिम श्रद्धाञ्जलिको लागि चितामा एक फूल अर्पण गरें । मैले धेरै पहिलाबाटै आदर र सम्मान गर्ने व्यक्तिहरुमध्ये उहाँ एक हुनुहुन्थ्यो भने पछि सम्धीको नाताले त आदरणीय मात्रै होइन पुजनिय सम्धी हुनुहुन्थ्यो ।
उहाँको भौतिक शरीर चिताले खरानी बनाइसकेपछि पनि धेरैले अन्तिम श्रद्धान्जली दिइरहेका थिए । उहाँका प्रिय भाइ, छोराहरु र नातीहरुलाइ मैले कुनाबाट घरीघरी हेरीरहे । उहाँहरुको चितातर्फ र घरीघरी हामीतर्फ फर्किरहने मलिन तर उदासीन र दुखी अनुहारलाई मैले पनि हेरिरहें । मेरा आदरणीय ज्वाइँ, छोरी र नातिनातीको घरपरिवारको लागि कहिल्यै पूरा नहुने गरी रिक्तताले छाएकोमा मेरो मनै खिन्न भयो ।
ती शालीन, मृदुभाषी, समाजसेवी, शिक्षाप्रेमी, छलकपट केही नभएका, मानिस पनि सुन्दर व्यवहार पनि सुन्दर भएका व्यक्तिको भौतिक शरीर अब न लेकसाइड, न जहरेवर न त चितवनको आफ्नो पुरानो कर्मथलो न कुनै गाउँ ठाउँमा कतै र कहिल्यै भेटिने छैन ।
घरपरिवारलाई उज्यालो छाडेर परलोकमा त शुद्ध आत्मामात्रै लिएर जानुभयो । आत्मा मर्दैन भनिन्छ, यदि साँचो हो भने तपाईको आत्माले शान्ति पाओस् । तपाईले समाजलाई दिएको त्याग र योगदान हामीले कहिल्यै भुल्ने छैनांै । अझै समाजको लागि गर्नुपर्ने अधुरा कार्य छन् भने ती अधुरा कार्यहरु पूरा गर्ने तपाईका छोराछोरी र हामीहरुको पनि कर्तव्य हो । यो कुनै हालतमा पनि भुलिने छैन ।
अन्त्यमा, यस दुखद घडीको आज १३ औं दिनको पुन्यतिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

Related News

सम्बन्धित समाचार

hero news full width