सन्दर्भ–गाईजात्रा: सक्कली र नक्कली एक विवेचना

शिवप्रसाद गौतम
श्रावण २१, २०७७

संसारमा सकली र नक्कली दुई प्रकारका बस्तुहरू पाइन्छन् । एक्लो वस्तुहरूको प्राकृतिक गुण हो भने नक्कली भनेको कृत्रिम बनावटी हो । नक्कली नभएको, मिसाबल विटुल्याइ आदि नभएको चोखो शुद्ध असल उम्दा सक्कली हो । मौलिक वा प्राकृतिक नभएर अरू मालको नक्कल गरी बनाएको, बनावटी, कम मूल्यका अरू कुनै वस्तु मिसाइएको, कमसल, कच्चीलाई नक्कली भनिन्छ ।

सक्कली बोली चाली, सक्कली माल सामान सबैलाई मन पर्छन् । सक्कली प्रमाण पत्र, सक्कली पुस्तक, सक्कली नोठ सक्कली कपडा, सक्कली मानिस सबैलाई मन पर्छ । आजकल सक्कली सामान पाउन कठिन छ । सक्कलीको नक्कल गरेर नक्कली सामान बनाउने प्रचलन बजारमा प्रशस्त छ । सक्कलीमा नक्कली मिसाएर बढी मूल्यमा व्यापार गर्ने व्यापारी प्रशस्त छन् । नक्कली प्रमाण पत्र बनाएर जागिर खाने व्यक्तिहरु प्रशस्त छन् ।

अहिले समाजमा सक्कली व्यवहारको अभाव छ । देशको शासन चलाउने नेताहरु पनि सक्कली र नक्कली छन् । सक्कली राजनीति गर्नेले देश र जनताको भलो चिताएर काम गर्छन् । नक्कली राजनीति गर्नेहरूले देश र जनतालाई ठगेर भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाउँछन् । भ्रष्टाचारी नेतामा देश र जनताप्रति माया ममता हुँदैन । यस्ता नेता नक्कली नेताहरु हुन् ।

नक्कली नोट, नक्कली सुनचाँदीको कारोबार गरेर व्यापारीहरुले जनतालाई ठगेका उदाहरणहरु प्रशस्त छन् । भारतबाट किनेर ल्याएका नक्कली प्रमाणपत्रको आधारमा निजामति, प्रहरी, सशस्त्र प्रहरी शिक्षा सेवा, सेनामा जागिर खाएका नक्कली प्रमाणपत्र पेस गरी सरकारी जागिर खानेहरू कारबाहीमा परेका उदाहरणहरु प्रशस्त छन् । जीवनका हरेक कार्यहरूमा सक्कली व्यवहार भएको कमै पाइन्छ । सक्कली र नक्कली सकारात्मक र नकारात्मक सोचको अभिव्यक्ति हुन् ।

बजारमा सक्कली सामान पाउन कठिन छ । नक्कलीको बोलवाला छ । आजकल त बा, आमा, श्रीमान्, श्रीमती, गुरु, गुरुआमा, छोरा, छोरी सबै नक्कली पाइन्छन् । राजनीति गर्ने नेता वकिलहरु पनि नक्कली पाइन्छन् । नक्कली नागरिकता लिने पनि प्रशस्त होलान् । नक्कली काम गर्नेहरूलाई संरक्षण दिने प्रचलन व्यापक छ । प्लाष्टिकका नक्कली सामान बनाएर बेच्ने चलन पनि आएको छ । नक्कल पारेर हिँड्ने युवा युवती प्रशस्त छन् । सक्कली सदाचारी युवा युवती नेता नेतृ पाउन कठिन छ । भ्रष्टाचारी युवा युवती नेता नेतृ नक्कलीमा आफूलाई सक्कलीकोजलप लगाएर नानाथरिका हत्कन्डा अपनाएर देश र जनता ठग्नेहरू मुलुकमा व्यापक छन् । भ्रष्टाचार गरेर अकूत सम्पत्ति थुपार्ने नक्कली नेता देशमा प्रशस्त छन् । सक्कल बमोजिम नक्कल ठीक छ भनेर प्रमाणित गराएर पेस गरेर सरकारी जागिर खाने परम्परा छ । कुकुरको पुच्छर बाङ्गो देखेर हास्ने पनि नक्कली व्यक्ति हुन् । गाई बेचेर कुकुर पाल्ने नक्कलीको सङ्ख्या बढ्दो छ । दूध बेचेर रक्सी पिउनेको पनि भिड छ । घरमा आमाले भुटेका मकै, पकाएको कोदाको रोटी, नखाई होटलमा पाकेको मम, चाउमीन, खान होटलमा युवा युवतीको भिड लाग्छ । सक्कली वस्तुलाई नक्कली वस्तु व्यवहारले उछिनेको छ ।
उत्पादक र उपभोक्ता बीचमा छिरेर नाफा खाने बिचौलियाको बोलवाला छ । बजारमा सक्कली सामान पाइदैनन् । नक्कलीको बाहुल्यता छ । नक्कली सुन र प्रमाणपत्रको बोलवाला छ ।

नक्कलीले सत्यलाई दबाएको छ, सक्कलीले असत्यको स्थान पाएको अवस्था छ । नक्कली डाक्टर र नक्कली रोगीको बाहुल्यता छ । सदाचारी सक्कली एकल छ । भ्रष्टाचारी नक्कलीको भीडलागेको छ । गाउँमा प्रशस्त जग्गा हुने शहरमा नहुने शहर झरेपछि सुकुम्बासी हुन्छ ।

पितामातालाई वृद्धा श्रम पठाएर कुकुरको सेवा गर्नेको ताँती छ । सक्कली र नक्कली बीच प्रतियोगिता गरायो भने नक्कलीले सक्कलीलाई उछिनेका छन् । हाम्रो देशमा नक्कली राजनीतिलेदेश र जनतालाई रुवाएको छ । यस्तो राजनीति भष्म भएर देश र जनतालाई सम्बृद्धि र शान्ति दिने राजनीति आओस् गाईजात्राको पावन अवसरमा यही नेपालीको चाहना छ । जय गाईजात्रा पर्व ।

भदौ कृष्ण प्रतिपदाको दिन नेपालमा दिवंगत आत्माको सुख र मुक्तिका लागि छोरा मरेको भए जोगीको भेष र छोरी मरेको भए गाईको भेषमा परिवारको एक जना व्यक्ति आफ्ना तेह्र दिने दाजुभाइ दिदी बहिनी र अन्य छिमेकी भेला भई जात्राको रूपमा पितृ उदारलाई हरि कीर्तन भजन कीर्तन गर्ने पर्व गाई जात्रा हो । यो जात्रा राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवतेन्द्र मल्लको असामयिक मृत्यु भएपछि उनकी रानीले अन्त्यन्त शोक गरेकीले उनलाई सान्त्वना दिन “रानीपोखरी” को निर्माण गरी गाईजात्रा चलाएका थिए । त्यही बेला देखि उपत्यकाका नेवार जाति र उपत्यका बाहिरका शहरमा व्यापारीको रूपमा व्यवसाय गरी बस्ने नेवार जातिले यो पर्व पितृ उद्धारका लागि मनाउँदै आएका छन् । यो दिन उपत्यकामा सरकारी बिदा दिने प्रचलन छ ।

गाईजात्राकै दिन मनोविनोदका रूपमा देखाइने हास्य व्यङ्ग्य युक्त प्रदर्शन, वेइज्जती हुने खालको वा मर्यादा नभएको र अव्यवस्थित काम, कुराको, भत्र्सना गर्दै दर्शक हसाँउने काम पनि गाईजात्रा हो । छाँटकाँट, रङ्गढङ्ग केही नमिलेको, अव्यवस्थित भएको रद्दी परम्पराको भण्डाफोर गर्ने राजनीतिक दुष्कर्मको व्यङ्ग्य गरेर दुनिया हँसाउने कार्य गाइजात्रे पद्धति हो । नेपालका नेताले देश र जनताको पक्षमा काम नगरी आफ्नो स्वार्थ सिद्धि गर्ने तर्फ लागेका नेताहरुको दुस्चरित्रको हास्य व्यङ्ग्य गर्ने कलाकारले क्यारिकेचर गर्ने पद्धति गाइजात्रा हो । पत्रिकाहरुले गाइजात्रे अङ्क प्रकाशन गर्दछन् । गाइजात्रे पत्रिका पढ्न र गाईजात्रे भाषण सुन्न जनताको भीड लाग्छ । गाइजात्राको धार्मिक र राजनीतिक महत्व छ ।

Related News

सम्बन्धित समाचार

hero news full width