कोरोना कहर र अपाङ्गता क्षेत्रमा यसको असर

कृष्ण लामिछाने
असार ३, २०७७

अपाङ्गता कुनै पूर्व जन्मको पाप र स्रापले हुदैन । यो एउटा परिस्थिति जन्य कुरा हो । आफ्नै ब्यक्तिगत, पारिवारिक, सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय र वाताबरणीय परिस्थितिले कुनैपनि ब्यक्ति कुनै पनि बेला अपाङ्गताको परिस्थिति भोग्न पर्ने हुनसक्छ । अपाङ्गता यही कारणले हुन्छ भनेर कसैले पनि भन्न सक्ने अवस्था छैन तर पनि बिभिन्न अचानक जन्य कारण्ले गर्दा चाहे जन्मनु भन्दा अगाडि वा जन्मने बेलामा वा जन्मिसकेपछि होस् मानिस कुनै पनि बेला अपाङ्गताको परिस्थिति भोग्न बाध्य हुनसक्छ । हामी को कति बेला अपाङ्ग हुन्छौं । त्यो कसैलाई थाह छैन । जब हामीमा अपाङ्गता देखापर्छ तब मात्र हामीलाई थाह हुन्छ अपाङ्गता के हो भनेर । अपाङ्गता भएका ब्यक्ति पनि यो देशका नागरिक हुन् र उनिहरुको पनि अरु अपाङ्गता नभएका ब्यक्ति सरह सबै नागरिक अधिकारहरु हुन्छन् र पाउनु पनि पर्छ । अपाङ्गता भएका र अपाङ्गता नभएका ब्यक्तिहरुमा यति मात्र फरक छ कि,अपाङ्गता नभएका ब्यक्तिहरुले कुनै पनि सहयोगी सामग्रीहरु प्रयोग गर्दैनन् र अपाङ्गता भएका ब्यक्तिहरुले सहयोगी समाग्रीहरु प्रयोग गरेका हुन्छन् । अपाङ्गता भएका ब्यक्तिहरुले सहयोगी सामग्री प्रयोग गर्नु आवश्यकता हो रहर हैन । जसरी हामीले लुगाफाटो लगाउँछौं त्यसरी नै अपाङ्गता भएका ब्यक्तिहरुले पनि बिशेष जुत्ता, बैशाखी, हुईलचियर, सेतोछडी, श्रवण यन्त्र आदि प्रयोग गर्नु कुनै नौलो कुरा हैन । हामी सबैले देखेको र भोगेको कुरा हो प्राय ७० बर्ष नाघे पछि हामी सबैलाई लौरो,चश्मा, श्रवण यन्त्र आदि त यसै पनि चाहिन्छ नै । सहयोगी सामग्रीको प्रयोग, भौगेलिक र वातावरणीय संरचनाका कारण अपागङ्ता भएका ब्यक्तिहरुको आफ्नो दैनिकी तथा सामाजिक सहभागितामा गतिरोध हुने र योगदानमा पनि केही ढिलो र सीमिता आउन सक्छ । यसलाई हामी सबैले सहज रुपमा सहकार्य गर्नु पर्ने हुन्छ । कतिपय कुराहरु अपाङ्गता भएका ब्यक्ति र परिवारजनले सहर्ष स्वीकार्नु पनि पर्छ जस्र्तैः गम्भीर रुपले अपाङ्गता भएका ब्यक्ति जसलाई पूर्ण सहयोग चाहिन्छ वा जसका शारिरीक र ज्ञानेन्द्रिय अङ्गहरु पूर्ण रुपले क्षति भैसकेका छन् भने यस्तो परिस्थितिमा पारिवारिक र राज्य तवरबाट पूर्ण सहायता गर्नु पर्छ यो हामी सबैको नैतिक र सामाजिक दायित्व हो ।

जसरी हामीले लुगाफाटो लगाउँछौं त्यसरी नै अपाङ्गता भएका ब्यक्तिहरुले पनि बिशेष जुत्ता, बैशाखी, हुईलचियर, सेतोछडी, श्रवण यन्त्र आदि प्रयोग गर्नु कुनै नौलो कुरा हैन । हामी सबैले देखेको र भोगेको कुरा हो प्राय ७० बर्ष नाघे पछि हामी सबैलाई लौरो,चश्मा, श्रवण यन्त्र आदि त यसै पनि चाहिन्छ नै । सहयोगी सामग्रीको प्रयोग, भौगेलिक र वातावरणीय संरचनाका कारण अपागङ्ता भएका ब्यक्तिहरुको आफ्नो दैनिकी तथा सामाजिक सहभागितामा गतिरोध हुने र योगदानमा पनि केही ढिलो र सीमिता आउन सक्छ । यसलाई हामी सबैले सहज रुपमा सहकार्य गर्नु पर्ने हुन्छ ।

नेपाल सरकारले तयार पारको अपाङ्गताको परिभाषा यस प्रकार छ–

‘शरिरीक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठीनाईलाई अपाङ्गता’ भनिन्छ । यो परिभाषा अनुसार कुनै पनि मानिसको शारिरकि,मानसिक र ज्ञानेन्द्रिय क्षति, विकृतिको कारणले आफ्नो दैनिक क्रियाकलाप आफै गर्न वा आफनो पारिवारीक र सामाजिक क्रियाकलापमा सहभागी हुन कठीनाई पर्ने अबस्थालाई अपाङ्गता भनिन्छ र यस्ता ब्यक्तिलाई अपागङता भएका ब्यक्ति भनिन्छ ।

नेपाल सरकारको परिभाषा अनुसार अपाङ्गतालाई १० प्रकारले बिभाजन गरिएको छ । जस्तैः.१.शारिरीक अपागङ्ता, २.दृष्टि संबन्धि अपागङ्ता, क्m) न्युन दृष्टियुक्त, ख) पूर्ण दृष्टि बिहीन ३. सुनाई सम्बन्धि अपाङ्गता, क) बहिरा, ख) सुस्त श्रवण, ४.श्रवण दृष्टिविहीन अपाङ्गता, ५. स्वर र बोलाई सम्बन्धि अपाङ्गता, ६.मनसिक वा मनोसामाजिक अपाङ्गता, ७. बौद्धिक अपाङ्गता, (डाउन सिन्ड्रोम समेत), ८.अनुवंशीय रक्तश्राव (हेमोफेलिया) अपाङ्गता, ९. अटिजम सम्बन्धि अपाङ्गता, १०.बहुअपाङ्गता । यसै गरी गम्भीरता, परिचय पत्र लिन र सरकारी सेवासुबिधा पा्रप्तगर्नका लागि अपागङ्तालाई ४ तहमा बिभाजन गरिएको छ । जस्तैः पूर्ण अशक्त (रातो कार्ड), अति अशक्त (निलो कार्ड), मध्यम (पहेलो कार्ड) र सामान्य (सेतो कार्ड) । स्रोतः नेपाल राजपत्र, अपागता भएका ब्यक्तिको अधिकार संबन्धि ऐन २०७४को अनुसूचि ९, दफा ३ को उपदफा १.

विश्व स्वास्थ्य संगठनको आकडा अनुसार संसारमा कुल जनसंख्याको करिव १० प्रतिशत अर्थात ७० करोड मानिसहरु कुनै न कुनै प्रकारको अपाङ्गतामा छन् । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जन संख्याको १.९५ प्तिशत अर्थात ६ लाख देखिएको छ तर बिश्व स्वास्थ्य संगठनको आकडा अनुसार, माओवादी युद्ध पीडित, महाभुकम्प पीडित पनि थप गर्दा करिव ३० लाख ब्यक्तिहरु कुनै न कुनै प्रकारले अपाङ्गता भएका ब्यक्तिहरु भएको सहजै अनुमान गर्न सकिन्छ । बिभिन्न कारणले गर्दा उनिहरु घर भित्रै रहेकाले बा परिवारले बिवरण दिन छुट्न गएका कारण औपचारिक तथ्याङ्कमा कमि देखिएको हो । अब हुने राष्ट्रिय जनगणनामा ३० लाख भन्दा बढी नै तथ्याङ्क आउने कुरा हामी सहजै अनुमान गर्न सक्छौ ।

नेपालको बर्तमान कोरोना कहर र अपागङ्ताको कुरा गर्नुपर्दा, संसारका कुनै पनि प्राकृतिक प्रकोप वा महामारी हुँदा पहिलो प्रभाव वा मर्का अपाङ्गता भएका ब्यतिहरुमा पर्ने रहेछ । जस्तैः जोखिमबाट अचानक भाग्नु पर्दा,औषधि उपचार गर्नु पर्दा, सहयोगी सामग्री र सहयोगी ब्यक्ति सँगसँगै लैजानु पर्दा, राज्य र समाजबाट उपलब्ध राहत प्राप्त गर्नु पर्दा उनिहरुलाई सधैं सधंै पछि पारिएको पाईन्छ ।

३० डिसेम्बर, २०१९ मा चीनको हुवेई प्रान्तको वुहानबाट देखा परेको नयाँ कोरोना भाइरस दोस्रो बिश्व युद्ध पछिको सबैभँदा ठूलो महामारी र चुनौतिको रुपमा देखापरेको छ ।

विश्वका करिव ७ अरब ७७ करोड जनसंख्या मध्य करिव ७९ लाख ३ हजार मानिसहरु संक्रमित भएको,करिव ४० लाख ६० हजार उपचार गरी घर फर्की सकेको र करिब ४ लाख ३३ हजार मानिसहरुले मृत्युवरण गरेको अबस्थाले अहिलेको बिश्व अत्यन्त त्रशित र भयभित भएको छ । दक्षिण एसियाको सन्दर्भमा ११ हजार४६ जनाको मृत्यु भई सकेको छ । करिव ४ ल्ँँख ७७ हजार मानिस संक्रमित भएका छन् भने करिव १ लाख ७० हजार उपचार गरि घर फर्केका छन् ।
अहिलेको बिश्वमा, ठूला ठूला हतियार,धन सम्पत्ति र प्रबिधिको विकासले पनि यो भाईरसको अगाडि घुडा टेकेको अबस्था छ । बिश्व स्वास्थ्य संगठनका अनुसार यो रोग मानव शरिरमा प्रबेशगरेको ७ दिन देखि १४ दिन भित्रमा देखा पर्छ भनिएको छ । यसको अर्थ अब कोहि पनि यस रोगबाट संकास्पद ब्यक्तिहरु कम्तिमा पनि १४ दिन क्वारेन्टिईनमा बस्नु पर्ने भएको छ । संक्रमित भएको अवस्थामा त्यस्ता ब्यक्तिहरु स्वास्थ्य कर्मिहरुको प्रत्यक्ष निगरानीमा प्रत्यक ५ देखि ७ दिनको अन्तरालमा नियमित स्वाव परीक्षण गरी नेगेटिभ परिणाम आय पश्चात घर जान सकिने छ । एक अध्ययनले भनेको छ कि एक पटक संक्रमण भएको ब्यक्तिमा पुन संक्रमण हुने र अरुलाई संक्रमण गराउने अबस्था ज्यादै न्युन रहन्छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा यो कोरोना भाईरस (कोभिड–१९) मिति २०७६ चैत्र ४ गतेको दिन पछि मात्र प्रत्यक्ष रुपमा प्रबेश गरेको पाईन्छ । त्यस पछि हालसम्म २ लाख १० हजार ७ सय २१ जनाको द्रुत निदानात्मक परीक्षण भएको छ र मुखको र्याल अर्थात स्वाब परीक्षण करिव १ लाख ३३ हजार ३ सय ३७ जनाको भइसकेको छ । हालसम्म १ लाख ४३ हजार ६ सय ४१ जना क्वारिन्टिनमा छन । ४ हजार ७ सय ६८ आईसोलेसनमा छन् । हाल सम्म ५ हजार ७ सय ६० जना कोरोना संक्रमित छन् । ९ सय ७४ जना उपचार गरी घर फर्केका छन् । १९ जनाको मृत्यु भईसकेको छ ।

छिमेकी मुलुक भारतबाट करिव १ लाख ६० हजार र अन्य मुलुकबाट करवि १० हजार जना नेपालीहरु स्वदेश फर्किएका छन् । यी सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई स्थानीय सरकारी तहहरुमा नै क्वारेन्टिाइनमा बस्ने ब्यबस्था मिलाइएको छ ।

बिश्वका सबै शक्ति सम्पन्न राष्ट्रहरु यसका बिरुद्ध लडिरहेका छन् । तर सफलता हासिल गर्न सकेका छैनन् । यसका बिरुद्ध लड्न बिभिन्न देशले बिभिन्न नीति र बिधिहरु अपनाईरहेका छन् तर पूर्ण रुपले सफलता हासिल गर्न सकिरहेका छैनन् ।

सामान्यतया यो महामारीको अबस्थाले बिश्वको स्वास्थ्य क्षेत्रमा मात्र पार्न सक्छ भनेर आकलन गरिएला तर यसको असर एक मात्र क्षेत्र नभएर बिश्वका बिभिन्न देशका बिभिन्न क्षेत्रमा पर्ने कुरा निश्चित छ । किनकी यो बिश्व महामारीको बिरुद्ध संसार भरिकै खर्बौं रुपया खर्च भैसकेको छ । उद्योग, कलकारखाना, उत्पादन, ब्यापार ब्यबसायमा ठूलो गिरावट आएको छ । बिश्वका करिव २ करोड ५० लाख मानिसहरु बेरोजगारीको चपेटामा परिसकेका छन् ।

नेपालको सन्दर्भमा कुरा गर्नु पर्दा गैर सरकारी तवरबाट संचालित करिव ५५ हजार सामाजिक संघ संस्थाहरुमा करिव ५ लाख मानिसहरु प्रत्यक्ष रोजगारीमा संलग्न छन् । त्यस मध्य करीब ३ सय ६० को हाराहारीका सामाजिक संघ संस्थाहरुले अपाङ्गता क्षेत्रमा सेवा पुर्याई रहेका छन् । तर अहिले अपाङ्गता सेवाका क्रियाकलाप पनि सुस्ताएको छ । प्राय सबै सामाजिक सस्थाहरु बन्द अबस्थामा छन् र गरिबी र अपाङ्गता जोडिएर रहेको बिषय हो । यो महामारीको चपेटाबाट करिव २५ लाख अपाङगता भएका ब्यक्तिहरु प्रत्यक्ष सेवा पाउनबाट बन्चित हुन परेको अबस्था छ ।

अपाङ्गता क्षेत्रमा भए गरिएका राम्रा पक्षहरु

५ प्रतिशत जतिले बिशुल्क सहयोगी सामग्री प्राप्त गर्नु,राज्यका कुनै पनि सरकारी शैक्षिक क्षेत्रमा नर्सरी देखि बिश्व बिद्यालय स्तरमा निशुल्क शिक्षा लिने अबसरपाउनु, कोटा प्रणालीद्धारा भए पनि ५ प्रतिशतले शिक्षा तथा निजामती सेवामा अवसर पाउनु,राज्यको तर्फबाट स्पष्ट परिभाषा सहित परिचय पत्र तथा गम्भिरताका आधारमा भत्ताको ब्यबस्था गर्नु,राज्यको बिभिन्न तहमा अपाङगता सरोकार समिति गठन गरी स्रोत परिचालनको सुरुवात गर्नु,बिभिन्न गैरसरकारी संघसंस्थाहरुले प्रत्यक्ष र ब्यबहारिक सेवा प्रदान गर्नु,यस महामारी कोरोना कहरका बेला घर घरमा गएर आवश्यक खाद्यान्न तथा औषधिको राहत प्रदान गर्नु आदि ।

अपाङ्गता क्षेत्रमा अझै सुधार गर्र्नु पर्ने पक्षहरु

कोरोना कहर र यसबाट बच्नका लागि अपनाउनु पर्ने ब्यक्तिगत स्वास्थ्य सरसफाई र सुरक्षा सामग्री निशुल्क र सहज रुपमा उपलब्ध हुनुपर्ने,राज्यद्वारा बितरण गरिने सबै खालका राहत कार्यक्रमहरुमा यस बर्गलाई प्रमुख प्राथमिकतामा राखेर सहज रुपमा घर घरमा उपलब्ध हुनुपर्ने, अपाङ्गता भएका ब्यक्तिहरुले नियमित रुपमा सेवन गर्ने जीवन बचाउने, अनिवार्य र नियमित रुपमा सेवन गरिने सबै औषधिहरु प्राथमिकतामा राखेर निशुल्क र सहज रुपमा घर घरमा उपलब्ध हुनुपर्ने, लामो समय सम्म घरमै बसीरहनु परेकोले शारिरीक अ¨मा संकुचन भएका र मनोबिज्ञानमा असर परी मनोदसा पैदा भएका, मादक पदार्थ र सूर्तिजन्य पदार्थको सेवनको कुलतमा परेकाहरुलाई प्रत्यक्ष गृहभेट गरी प्राथमिक पुनस्र्थापना सेवा, परामर्श सेवा तथा निशुल्क रुपमा सहयोगी सामग्रीको ब्यबस्था र मर्मत नियमित गरिनु पर्ने, सरकारी र गैर सरकारी निकायहरुद्धारा यस क्षेत्रमा भए गरेका असल अभ्यासहरुलाई अनुसरण गरि यस बर्षकै बजेट तथा कार्यक्रमको स्वास्थ्य र सामाजिक सेवाको पहिलो प्राथमिकतामा राखेर स्पष्ट कार्यनीति बनाई काम गर्नु पर्ने देखिन्छ ।
क्mार्यक्रम ब्यबस्थापक, समुदायमा आधारित पुनःस्थापना सेवा (सिबिआरयस),नेपाल कास्की ।

Related News

सम्बन्धित समाचार

hero news full width