कोरोना भाइरस (कोभिड–१९) को माहामारीले निम्त्याएका केही सकारात्मक प्रभावहरु

तुलबहादुर रानाभाट तुलबहादुर रानाभाट
चैत्र ३०, २०७६

अनुसन्धानकर्ताका अनुसार विश्वभर करिब ८७ लाख जातप्रजाति रहेका छन् जसमध्ये मानव जाति ०.०१% हुन आउँदछ जसको कूल संख्या करिब ७ अर्ब ५७ करोड ७१ लाख ३० रहेको छ ।

यस पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानव भएकाले यो पृथ्वी नै केबल मानिसकै लागि हो, जसरी मानिसहरु आफ्नो मात्र अनुकुलतालाई ख्याल गरी दिनानुदिन उत्खनन्, फडानी, प्रदुषण र जीव जन्तुको बिनाश जस्ता क्रियाकलापहरु गर्दै गइरहेका छन् फलस्वरुप कतिपय जातप्रजाति लोप भइसकेका छन् भने कतिपय मानव जीवनमै बिनाशकारी रोगहरु निम्तिएका छन् । बिभिन्न प्राकृतिक बिपत्तिहरु (बाढी, पहिरो, आगालागी, ज्वालामुखी, भुइचालो) बाट आईपर्ने समस्याहरु उल्लेखित सबै जातप्रजातिको साझा समस्या हुने भएतापनि हाल विश्वभर माहामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) यही ८७ लाख जातप्रजातिहरु मध्ये एक मानव जातिमा मात्र रहेको छ जसले मानव जातिलाई ठूलो बिपत्ति, चुनौती र त्रास फैलाएको छ ।

३१ डिसेम्बर २०१९ मा चिनको हुवान प्रान्तमा एउटा नयाँ अज्ञात भाइरस देखियो जसको संक्रमण उतm प्रान्तका मानिसहरुमा तीब्र गतिमा फैलिदै गयो विभिन्न खोज अनुसन्धानहरु सुरु भए र बिश्व स्वास्थ्य संगठनद्वारा ३० जनवरी २०२० मा उतm भाइरस लाई कोरोना भाइरस ( कोभिड–१९) भनी नामाकरण गरियो । हाल उतm भाइरसद्वारा बिश्वभर कूल १८५ देशका १७ लाख ८० हजार बढी संक्रमित छन्, जसमध्ये ४ लाख ४ हजार बढी उपचार पश्चात निको भइसकेका छन् भने करिब १ लाख ८ हजार बढीले यस रोगको संक्रमणबाट ज्यान गुमाइसकेका छन् र अवस्था बढ्दो दरमा रहेको छ । यस माहामारीलाई रोकथाम तथा नियन्त्रणका निम्ति वैज्ञनिक, विज्ञ र स्वास्थ्य विषेशज्ञहरु, बिभिन्न संघसंस्थाहरु बिश्वभर विभिन्न खोज, अनुसन्धान र विभिन्न प्रयासहरु तीब्र गतिमा थालेका छन् । परीक्षणलाई तिब्रता दिइएको छ । संक्रमणको तिब्र फैलावट रोक्नका निम्ति बिश्वभर धेरै राष्ट्रहरुले लकडाउन घोषणा गरी नागरिकहरुको बाह्य आवागमनलाई रोकका साथै सामाजिक दुरी कायम गरी घरमै बस्न आह्वान गरेका छन् ।

स्वास्थ्यकर्मी, सुरक्षकर्मी, मिडियाकर्मी तथा प्रशासनका कर्मचारी दिनरात खटिएका छन् । यस माहामारीले हाल विश्व अर्थतन्त्रलाई नै सिथिल बनाएको छ पठन पाठन रोकिएको छ । कतिले आफन्त गुमाएका छन् कतिपय ठाउँहरुमा भोकमारीको सृजना भएको छ । सम्पूर्ण उद्योग कलकारखाना ठप्प भएका छन् उत्पादन शून्य छ । यातायात तथा हवाई सेवाहरु अति आकस्मिक बाहेक ठप्प भएका छन् । मजदूर तथा दैनिक ज्यालादारीमा काम गरिखाने श्रमिकहरु भोकै परेका छन् घर बहाल तिर्ने पैसा छैन गाउँघर फर्किने यातायात छैन । दैनिक खुद्रा पसल संचालन गरी दिनचर्या गर्नेहरुलाई समस्या भएको छ । पर्यटन तथा होटल ब्यावसाय ठप्प छन्, ब्यावसाय लोनको किस्ता थपिदै गएको छ । बैदेशिक रोजगारी तथा शिक्षा आर्जनको सिलसिलामा बिश्वभर बिभिन्न देशबाट बिभिन्न देशमा रहेका कामदार तथा बिद्यार्थीलाई समस्या भएको छ ।

यस माहामारीले निम्त्याएको बिभिन्न बिपत्ति, त्रास र समस्यको बाबजुत प्रकृतिमा केही सकारात्मक प्रभाव परेको छ साथै मानव जातिलाई केही पाठ सिकाएको छ । प्रदूषण कम भएको छ, शहरमा स्वच्छ हावा चल्न थालेको छ, टाढा–टाढा बाट पहाड हिमाल कयाँै वर्ष पछि ठम्याउन सकिने भएका छन् । ८७ लाख जातप्रजातिहरुमा मानव जाति बाहेक अन्य जातप्रजाति, प्राणीहरु जीवजन्तुहरु सहज रुपमा हिड्डुल गर्न पाएका छन् शान्तिको महशुस गर्न थालेका छन् । खोला नाला, ताल, तलैयाको पानी सङ्लो हुन थालेको छ पानीमा हुने जीवहरु बढ्न थालेका छन् बिभिन्न निकुञ्जहरुका बोट बिरुवा हुर्किन थालेका छन् वन फडानी घटेको छ प्रकृतिक उत्खनन् रोकिएको छ चरा चुरुङ्गीहरु आकाशमा खुलेर उड्न थालेका छन् । बिभिन्न समाचार अनुसार ओजन लेयर बाक्लिन थालेको छ । पृथ्वीमा हुने स–साना पराकम्पनहरु रोकिएका छन् ।

हरेक चुनौतिहरुले मानिसलाई पाठ सिकाउँछ आगामी दिनका लागि झन मजबुत हुनलाई प्रेरित गर्दछ भनेझै यस माहामारीले पनि मानव जातिलाई केही पाठ सिकाएको छ, हामी जति नै आधुनिक भनिएतापनि, अन्य ग्रहहरुमा बस्ती बसाउने कुरा गरेता पनि बिभिन्न प्रविधिको खोज तथा विकास गरिएतापनि हाल एउटा अदृश्य भाइरसले सारा विश्वलाई नै आतंकित तुल्याएको छ यसका अगाडि सम्पूर्ण विकास ओझेल परेको छ । बिगतमा पनि विभिन्न समयमा यस्ता किसिमका माहामारीहरु आई बिश्वयुद्धमा भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको इतिहास ताजै छ तर्सथ बिभिन्न आणविक खोज तथा विकासको लगि गरिएको अर्बौ लगानी भन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रितभई बिभिन्न प्रविधिको विकास, उपकरण निर्माण तथा खोज अनुसन्धानमा जोड दिनुपर्ने देखिन्छ । बिशेशज्ञ चिकित्सकको उत्पादनमा जोड दिनुपर्ने, स्वास्थ्य तथा सरसफाइलाई अभियानमा जोड दिनुपर्ने देखिन्छ ।

शारीरिक तन्दरुस्ती तथा निरोगी रहन नियमित शारीरिक ब्यायाम गर्नका निम्ति जनचेतना जगाउने पशुपन्छिको मासु चेकजाँच गरेर खान योग्य र अयोग्य छुट्टाएई विधि र प्रक्रिया पुर्याएर मात्र खाने नीति बनाउनुपर्ने देखिन्छ । माहामारीको अगाडि सारा विश्व नै एउटा गाउँ सावित हुदोरहेछ । यतिखेर नेताको भाषण पनि औचित्यहिन हुदो रहेछ । शक्ति भनेको आणविक हतियार, गोली बारुद होइन रहेछ किनभने आज धेरै शक्तिशाली राष्ट्रहरुको शक्ति यस माहामारीको अगाडि बेकार सबित ठहरिएको छ । हरेक शक्ति र संयन्त्रलाई एकीकृत गरी खोज अनुसन्धानमा लागि भविष्यमा आईपर्ने ठूला माहामारी, ठूला बिपत्ति तथा चुनौतीहरुलाई सहजै पार लगाउन सकिने छ ।

हाम्रो सुझाव