ब्रिग्रेको चाला राताराता गाला

पराजुली (लहर)
भाद्र ७, २०७८

असल शासनमा बुद्धिले काम गर्दछ मुर्खताले होइन । असल व्यक्ति जुनसुकै व्यवस्थाका ला।गि पनि असल हुन्छन् । निच र मूर्ख व्यक्ति जहिले पनि खतरनाक नै सावित हुन्छ । सक्षम मानिसले प्रतियोगितामा विश्वास गर्दछ । असक्षमले भनसुन र नजरामा, देशमा अयोग्य नेता र अयोग्य प्रशासक हुनासाथ भ्रष्टाचार बढ्छ । प्रशासकीय कारबाही अस्त व्यस्त हुन्छ जनताले दुःख पाउँछन् । तनाव बढ्छ, देश पछाडि धकेलिन्छ । नेपालमा भ्रष्ट, गुण्डा, ठग, लफंगा, चाप्लुसी अवसरवादीले असल सूत्रविहीन सक्षम र योग्य व्यक्तिलाई हुत्याउन सफल भएका छन् । घुस खानेले घुस नखानेलाई विस्थापित गर्न सफल भएका छन् । त्यस्तो व्यक्तिले अदालतबाट पनि सफाई पाइने गरेका छन् । हाम्रो देशको प्रशासनको बिडम्वना भनेकै यही हो । राज्यमा जुनसुकै राजनीतिक व्यवस्था भएका अवस्थामा पनि जुनसुकै दलको वा सरकारको काम जनतालाई रोजगार दिएर सबै प्रकारको सुख सुविधा दिनु र हर तरहले समुन्नता बनाउनु हो । पद्धति वा दलको काम कसले कसरी छिटो गराउने भन्ने हो । त्यसरी राजनीतिलाई विकासको लागि राजनीति भनिन्छ । केवल पदका लागि गरिने राजनीति राजनीतिका लागि राजनीतिमात्र हो । त्यस्तो राजनीतिमा राष्ट्रिय मूल नीति हुँदैन । नेपाल त्यसको ज्वलन्त उदाहरण हो । नीति र सिद्धान्त धेरै राम्रो भए पनि त्यसलाई लागु गर्ने नेता खराब भयो भने जनतालाई खाल्टोमा हाल्दछ । जस्तो भेडाको नेता ठीक नभएमा सबै भेडालाई खाल्टोमा हाल्दछ । नेताले शोषणको त विरोध गर्दछन् । तर स्वयं आफ्ना कार्यकर्ताहरूलाई शोषण गर्दछन् । कार्यकर्ताको कामको राम्रो कदर गर्दैनन् भने त्यस्ता नेताको आदर्श कहाँ गयो ? अतः प्रत्येक नेताले आफ्नो आचरण व्यवहार र बोली अनुसारको काम गर्नुपर्छ । आफूले गर्न नसक्ने कुराको आश्वान बाँड्नु हुँदैन झुटो आश्वासन पनि दिनु हुँदैन । आजका जनता सचेत छन् । आजको सचेत जनतालाई झुक्याउने नेताको पछि जनता लाग्दैनन् । पुराण भन्ने पण्डितले पुस्तकमा लेखे बमोजिम नगरी, मैले पनि पुस्तकमामात्र भनेको हुँ विरोध गरेको हुँ भनेर मात्र हुँदैन बोली अनुसारको व्यवहार हुनुपर्छ ।
कुनै एक समयमा एक सम्राट गररिबको पीडाबाट दुःखी थिए । केही मानिसमात्र समृद्ध थिए । सारा राज्य गरिब थियो । कसैलाई पनि दूध मिल्दैनथ्यो । मखन मिल्ने त कुरै भएन । गरिबले मोहीमा गुजारा गर्नुपथ्र्यो । उनले आफ्ना सल्लाहकारलाई बोलाएर भने कुनै उपाय निकाल गरिबले पनि दूध पिउन सकुन् । धेरै सल्लाहकारले सोचे बाटो कसरी निकाल्ने । उनीहरू पहिलादेखि सोचिरहेका थिए । त्यहाँ एकजना मूर्ख मानिस छलाङ मार्दै आएछ । भनाइ पनि छ, जहाँ बुद्धिमान् हिँड्न डराउँछन् त्यहाँ मूर्ख आँखा बन्द गरेर प्रवेश गर्दछ । बुद्धिमान् भने तिलमिलारहे । बुद्धिमान् सल्लाहकारले जवाफ ल्याउन सकेनन् । त्यहाँ प्रवेश गरेको मूर्ख एका बिहानै कराउँदै हिँड्यो सूत्र फेला पर्‍यो । कुरा नियन्त्रणमा आयो, रहस्य पत्ता लाग्यो मुर्खले भन्यो भोलिदेखि सबैले दूध पिउन पाउनेछ । उसले भन्यो, धेरै सजिलो तरिका । सम्राट पनि चकित परे । मूर्खले भन्यो सानो तरिका अबदेखि दूधलाई मोही र मोहीलाई दूध भन्नुपर्छ । यति गज्जबको कुरा छ, अब गरिबले दूध र धनीले मोही पिउनेछ । सानो कुरा बुझ्न जरुरी छ । केवल नाम फेर्न पर्‍यो । जिन्दगीमा हामी धेरैजसो मूर्खको सल्लाह मान्ने गर्दछौं, केवल नाम बदल्छौं, शब्द बदल्छौं । शब्द बदलेर सोच्छौं, जब हल भयो । तर शब्द बदल्दैमा न मोही दूध बन्न सक्छ न दूध मोही बन्न सक्दछ यस्तै पारा हाम्रो देशमा भयो । जहाँ ठूल ठूला योजनाका नाम दिइयो । ठूल ठूला आश्वासन बाँडिए । मुखले त सिंगापुर बनाउने, पानी जहाज ल्याउने, घर घरमा ग्यास पाइप ल्याउने, सबैलाई रोजगारी दिने भनिए पनि हात्ती आयो हात्ती आयो फुस्स भनेजस्तो भयो । शब्दजाल पनि फिँजियो अब त देश स्वर्ग बन्ने भयो । परिणाम के भयो भने खर्बका खर्ब ऋण र करोडौं बेरुजु, यस्तो अवस्थामा पनि नेताको पछाडि लाग्न नछोड्ने । ताली पिट्दै हिँड्ने कहिले चेत खुल्ने हो कार्यकर्ताको यो दृश्य देख्दा बच्चा पनि जिल खाने अवस्था बन्दै छ ।
कलंक लाग्ने वा आफ्नो अपकृति हुने आभाष पाइनासाथै त्यो बाटो छाड्नु पर्दछ । एक पटक कलंक वा दाग लागिसकेपछि जति धोई पखाल्ने पनि सेतो कपडामा लागेको दाग जस्तै जाँदैन । केही धमिलो भए पनि रही रहन्छ । कुनै विषयको अभियोग लागिसकेपछि स्वच्छ मानिँदैन । सफाइ पाए पनि अभियोगै नलागेजस्तो स्वच्छ मानिँदैन । कुनै कुरा अखबारमा ठूलो रूपमा प्रचार भइसकेपछि पछि त्यसको खण्डन एक कुनामा छापेर पहिला परेको प्रभाव जाँदैन । त्यसकारण रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमान् मानिन्छ । धुलोले लुगा फोहोर पार्दछ, नराम्रो तुल्याउँछ । त्यस्तै विषालु खानाले शरीरलाई बिगार्दछ । अस्वस्थ बनाउँछ । धोएर लुगा सफा गरेजस्तै शरीरको विष फाल्न औषधीमुलो गरिन्छ । ठीक त्यस्तै कार्य मस्तिष्क धुलाइमा पनि गरिन्छ । मस्तिष्कको विकार फाल्न दिमागलाई धुने काम गरिन्छ । लुगाको फोहोर मैलो हो । त्यस्तै शरीरको विकार भनेको विष हो । तर दिमागको विष मस्तिष्कको विकार हो । मस्तिष्कलाई धुँदा के फाल्न खोजिन्छ, दिमागको फोहोर विभिन्न प्रकारको हुन सक्दछ । भौतिक शारीरिक वा मानसिक शारीरिक वा भौतिक कारणले उत्पन्न मस्तिष्कको फोहोरलाई धुन शारीरिक चिकित्साका उपाय अपनाइन्छ भने मानसिक ओतबाट उत्पन्न विकारलाई हटाउन मनोवैज्ञानिक उपायको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले हाम्रो देशका सत्ताको बागडोर चलाउने नेता भनाउँदाहरू स्वच्छ शुद्ध पाइँदैन । अनेक प्रकारका दाग लागिसकेका छन् । जति धोइपखाले पनि सफा छैनन् त्यसर्थ यिनीहरूबाट जनताले केही गर्लान् कि भन्ने आशा राख्नु हुट्टिट्याउँले आकाश थाम्नेजस्तो छ । यतिखेर मुलुकको जहाँ आम्दानीको कुनै स्रोत छैन । विकासको लागि होइन कि यिनीहरूलाई जागिरको निम्ति पद थमाउने काम भएको छ । जनताका गाला दिन प्रतिदिन सुक्दै गएका छन् । नेताका गाला ठूला ठूला र राता गाला बन्दै छन् । देशको चाला लाखे नाचको अवस्था छ । आफूले भनेजस्तो भए सबै ठीक नभए सबै बेठीक भन्दछन् । सांसदको पारा पनि सबैले देखेका छन् । बिग्रेको चाला राताराता गालाको अवस्था देखिएकै छ । कतिपय मान्छेले के सोचेका छन् भने तासको खेल र कुर्चीको खेलमा खासै भिन्नता नहुने रहेछ । यी दुवै खेल प्रजातान्त्रिक प्रणालीमा आधारित हुने रहेछन् । दलीयतामा यी खेल विश्वास गरिन्छ । एकजना मात्र बसेर न कुर्चीको खेल हुन्छ न तासको । यी दुवै खेलमा बेला बेलामा खेलाडी परिवर्तन भइरहन्छन् । ठाउँ सारी पनि हुने गर्दछ । खेल्नेहरूलाई मात्र मजा आउँछ अरु सबै हल्का च्याँखे थाप्नेजस्ता हुन्छन् । एक आपसमा झेल गरेर सोर्ने नीति यी दुवै खेलमा हुने रहेछ बिच्छीको काम भनेको अरुलाई टोक्नु हो । मानिसको काम भनेको विवेक पु¥याउने हो । यस अर्थ मानिसले मानिस प्रति गर्ने व्यवहार शुद्ध सफा हुनुपर्दछ । अझै पनि होस् खुल्न सके केही हुन्छ कि भन्ने आशामा सबै बसेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width