यताको अयोध्या: उताको भक्ति

मदन भण्डारी
श्रावण ४, २०७७

अर्जुनका वाणहरु मक्किएर गए, व्यासका वाणी कहिल्यै मर्दैनन् । महानन्द सापकोटाका उहिलेका यी वचन अहिले हाम्रो धरातलमा चरितार्थ हुँदैछ । यसपालिको असार २९ मा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अभिव्यक्त वाणीले जनताको ध्यान बेस्सरी आकृष्ट ग¥यो । यताका अयोध्यालाई हत्केलाले छोप्नेहरु उताको भक्तिमा ज्यान फाल्दैछन् । प्रधानमन्त्रीको राजनीतिक ब्यङ्ग्य र उच्च आध्यात्मिक सोँचको वाणीलाई एउटै तराजूमा जोख्नु काठ र श्रीखण्डलाई नचिन्नु हो ।
दलदलका दाउपेच जेसुकै भएपनि यसपालिको भानुजयन्तीमा प्रधानमन्त्रीले साधारण जनतामा प्रचण्ड उद्वेलन, रोमाञ्च र खुसी प्रदान गरे । गाली दिने मान्छेहरु एक्कासी उफ्री–उफ्री ताली दिन थाले । सघन पीडाको घडीमा पनि साउने सङ्क्रान्ति रमाइलै भयो । पोहोर प्रधानमन्त्रीकै पहलमा भानुुजयन्तीकै बेला हिमवत्खण्ड साहित्य सम्मेलन गरिएको थियो । जुँगा चल्यो कुरा बुभ्mयो । आदिकविको जन्मजयन्तीलाई हेर्ने प्रधानमन्त्रीको दृष्टिकोण स्पष्ट भयो । प्रगतिवादको वकालतमा भानुभक्तप्रति नाक चेप््रयाउनेहरुले यसपालि आँखा विस्फरित गर्न पाए । महाकविले भानुभक्त आचार्यलाई नेपाली भाषाका सर्वश्रेष्ठ पुरुष बताएका छन् । जौहारीले नै नक्कली र सक्कली सुन चिन्न सक्छ । प्रधानमन्त्रीले सारङ्गी रेट्दा खिस्याउनेहरुका पनि चिन्तन पक्कै केही उघ्रिएको हुनुपर्छ । संस्कृतिले राजनीति डो¥याउने स्तुत्य कामको थालनी प्रधानमन्त्रीज्यूबाट भएको छ ।

भानुभक्तले भाषिक एकीकरण थालेकै समयावधिदेखि फेरि राष्ट्रिय एकताको भावना प्रवल भएर उठ्नु रमाइलो पक्ष हो । यताको अयोध्यामा उताको भक्ति शोभनीय हुँदैन।

फिरङ्गीहरुले गौतम बुद्धलाई एशियाका दीप भने । यिशुकृष्टलाई संसारका दीप बताए । हाम्रा अग्रजहरुले त्यही पत्याए । नरेन्द्र मोदीले गौतम बुद्ध भारतमा जन्मेका हुन् भने । हाम्रा वुद्धिजीवीहरुलाई दुखेन । देशका प्रधानमन्त्रीले राम नेपालकै अयोध्यामा जन्मेको तर्क अगाडि सार्दा ती आफ्नै सर्वश्वहरण भएझैँ गरिरहेका छन् । हो, ऊ बेलामा राजनीतिक भूगोलका सीमा रेखाहरु थिएनन्, के अहिले छैनन् ? के हामीलाई आफ्नो धारोपँधेरो, तालहिमाल प्रिय छैन ? आत्मघात राष्ट्रघात हो । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको बेला पनि मित्रघातको ‘विशेमिरा’ कथा दोहोरिएकै थियो । त्यतिखेर अस्पतालको बेडमा सुत्दै गर्दा कुन पीडाको आक्रोशमा प्रधानमन्त्री बोले होलान् ! ‘यतिखेर देशमा स्थायित्व र विकास नचाहनेहरुसँग सङ्घर्ष गर्नु परिरहेको छ ।’

राहुल साँकृत्ययान ठूला अनुसन्धाता मानिन्छन् । उनैको हवाला दिँदै हाम्रा संस्कृतिविद् डा. जगमान गुरुङ् भन्छन्, ‘वोल्गा से गँगातक’ पृष्ठ १६१ मा अयोध्याको पुरानो नाम साकेत थियो । राम अयोध्यामा जन्मेको पुष्टी हुँदैन ।’ प्रेम कैदी हाम्रो सँस्कृतिका अन्वेषक हुन् । मष्टोको खोज उनको प्रिय विषय हो । उनी रामपुर, भरतपुर, लक्ष्मणपुर, ब्यासगुफा, वाल्मिकी आश्रम आदिको उल्लेख गर्छन् । राम नेपालमा जन्मेको अनेक प्रमाण जुटाउँछन् । नेपालप्रति गौरव गर्ने अन्वेषकहरु यही सत्य बकिरहेका छन् । लोकमान पौडेलको खोज–अनुसन्धान के विलासी–गिलासीको रमाइलो जस्तै हो ? के भानु जयन्तीमा यस्तो बहस उचित थिएन ?

सत्य र प्रमाणमा पनि भेद हुन्छ । इन्साफले सत्य र कानूनले प्रमाण खोज्छ । थलोमै पुगेर तथ्य केलाउनेहरु भन्छन्, ‘थारुहरु ढाँट्न जान्दैनन् ।’ वयोवृद्ध थारुहरु भनिरहेकै छन्, ‘हाम्रा पुर्खाकै पालादेखिको अयोध्या भनिएको ठाउँ यही हो !’ गणितको हिसाबले लखनौ नजिकको अयोध्याबाट जनकपुर एकैदिनमा आउनु सम्भव छैन । सीतालाई वाल्मिकी आश्रममा पु¥याएर लक्ष्मण उही साँझ अयोध्या फर्किन्छन् । श्रवणकुमार मारिँदा राजा दशरथ स्याङ्जाको आँधीखोलामा शिकार खेल्न आएका थिए भन्ने विद्वान्हरुको उल्लेख छ । यहाँ लाटो मान्छेको चेप्टो कुरा गरौँ । हाम्रा विभिन्न गाउँठाउँमा आ–आफ्नै पसिनाले जनताले मन्दिर निर्माण गर्छन् । एक ठाउँका जनताले अर्को ठाउँको मन्दिरमा उत्तिकै श्रद्धाले पूजा गर्छन् । यसैले उताकाले रामको पूजा उतै गरुन्, हामी यतै गरौँ । आफ्नै अयोध्यामा सुन्दरतम् राम मन्दिर बनाएर नेपाली सीताको बिहे नेपाली रामसँग गराएर हामी हाम्रो सांस्कृतिक पक्ष बलियो बनाउन सक्छौँ । यसो गरिँदा गगन थापा वा भीम रावलको केही नोक्सान हुँदैन, गर्न त्यही पर्छ । खोज–अनुसन्धान छेकिँदैन ।

मुस्ताङ् पुगेका लवकुश र कागभुसुण्डीको कथामा वर्णित परिवेश र वातावरण कागबेनीसँग ठ्याक्कै मिल्छ । ‘हे काल्जित सामथ्र्य छ भने मेरा अगाडि रहू÷घोडा दिन्न भन्यो भनेर कि त गै शत्रुधनलाई कहू !’ भन्दै अश्वमेध यज्ञको घोडा समात्ने कुश नेपाल भूमिकै प्रतीत हुन्छन् । लोकमणि पौडेललाई उट्पट्याङ् भनेर हेप्नु आफ्नै आत्माको संकुचन हो । हमी टाडाको जोगीलाई सिद्ध र नजिककालाई भातमारा भन्ठान्छौँ । भाषाविद् मुकुन्दशरण उपाध्यायले ८० नाघुन्जेल साहित्य साधना गरेर आर्जेको ख्याती उनैका सुपुत्र लोकमणिले पिताको आधा उमेरमै आर्जे ।

‘दाइ, त्यो हाडैहाडको पहाडमा किन जाने ? अब सुनैसुनको लङ्कामै बसौँ !’ लङ्का विजयपछि लक्ष्मण यसो भन्छन् । राम सम्झाउँछन्, ’जननी जन्मभूमिश्चःस्वर्गादपी गरियसी ’’ लक्ष्मणको कथनमा नेपाल झल्किन्छ, राम नेपालकै विशालता सम्झिन्छन् ।

‘विश्व कविका जीवनी’ पृष्ठ १८ मा शारदाप्रसाद घिमिरे लेख्छन्, ’वाल्मिकीको भन्दा ब्यासको शैली निश्चयनै अपरिष्कृत देखिन्छ !’ हामी बुभ्mछौँ, वाल्मिकीले शान्त, सुगन्धी, अनुपम नेपालमै रामायण लेखे । यसैले यो महाकाव्य अति मनोहारी हुन सक्यो । पहाडकै उकालीओरालीले लवकुश सानैमा दह्राखरा र वीर हुन सके । जनकपुर र अयोध्या नेपाली भूमिमै जन्मेहुर्केकीले सीता महान चरित्रकी साहसी भइन् र रावणलाई थर्काइन्,–

‘पाजी रावण, बोल्दछस् कति बहुत दुर्वाच्य बक्बक् गरी
राघवदेखि डराई छल्न भनी एक सन्यासीको रुप धरी
जस्तै यज्ञविषे हवि कुकुरले हर्छन् साही चालले
रामलक्ष्मण नहुँदा हरिस् तँ बुझिले मर्लास् यही कालले !’

बाघभालूसँग ठाडै जुध्ने आमादिदीकै वरिताको प्रभाव सीताजीमा देखिन्छ । यो नेपालकै ठोरीका थरुनीहरुका वलशालिता हो । अब नेपालीमा यही शौर्यको पुनर्जागरण आवश्यक छ । पछिल्लो चुनावपछि समृद्धिको सम्भावना बढ्दै जाँदा सत्तासङ्घर्षले ठूलो अवरोध खडा हुँदैछ । भानुभक्तले भाषिक एकीकरण थालेकै समयावधिदेखि फेरि राष्ट्रिय एकताको भावना प्रवल भएर उठ्नु रमाइलो पक्ष हो । यताको अयोध्यामा उताको भक्ति शोभनीय हुँदैन ।

Related News

सम्बन्धित समाचार

hero news full width