आत्म एक विवेचना

शिवप्रसाद गौतम
श्रावण ३, २०७८

आत्मा के हो ? यसको उत्तर दिन कठिन छ । आत्माको बारेमा जान्न पर्दा जीवात्माको बारेमा ज्ञान हुनैपर्छ । प्राणीको देहभित्र रहेको जीवतत्व प्राण, आत्मा हो । जीवमा रहने धर्म, प्राणीमा रहने चेतनतत्व, प्राणतत्व जीवत्व हो । संसारमा जति पनि जीवित प्राणीहरु छन्, यी सबैमा जीवतत्व छ, पशुंपक्षी, रुखविरुवा, मानव सबैमा आत्मा छ । यी सम्पूर्णमा आत्मा विभिन्न रुप धारण गरेर रहेको छ । यो रहेसम्म प्राणीको जन्मदेखि मृत्युसम्मको समय, जिन्दगी, शरीरमा प्राण रहेसम्मको अवस्था, प्राणीको जीवित अवस्था, प्राणवान् अवस्था जीवन हो । यो प्राणले शरीरलाई त्यागेको अवस्था प्राणीको मृत्यु अवस्था हो । प्राणीको शरीरलाई आत्माले छाडिदियो भने पञ्च तत्त्व पृथ्वी, जल, वायु, तेज र आकाशले बनेको यो शरीरको कुनै अस्तित्व रहँदैन । यो अवस्थालाई नै मृत्यु भनिन्छ । आत्माले शरीरलाई छाडेपछि शरीरका सबै अवयव आआफ्नो स्थानमा मिल्न जान्छन् । अर्थात् शरीर जलाई दिए खरानी भूमिमा गाडीदिए माटो बन्दछ । मृत्यु भएपछि यो जाबो शरीरको कुनै काम छैन । जीवहरुको शरीर आत्माको खोल हो । खोल भनेको कुनै वस्तुको बचाउ वा ढाकछोपका लागि तयार गरिने त्यसै आकारको कपडा, कागज आदिको थैलो हो । अंग्रेजी भाषामा ‘बोडी इज द फ्रेम अफ सावल’ भनिन्छ । हामीहरुले हाम्रा आफ्ना तस्बिरलाई फ्रेममा सजाएर राख्छांै त्यस्तै भगवान्ले पनि हाम्रो भौतिक शरीरलाई आत्मारुपी अदृश्य शक्तिको खोलको रुपमा प्रयोग गरेको छ, आत्माले छाडिदिएमा यो खोल निकम्बा हुन्छ । यसलाई जति सक्यो चाँडो घाटमा लगेर जलाएर खरानी र जमिनमा गाडेर माटो बनाइन्छ ।
शरीरमा रहेमा त्यसलाई जीवित राख्ने र क्रियाशील बनाउने (अविनाशी कहिल्यै विनाश नहुने, अनश्वर, अक्षय, स्थायी, शाश्वत्, नित्य), अतिइन्द्रीय (इन्द्रीयहरुको पहुँचभन्दा बाहिरको, इन्द्रीयहरुद्वारा थाहा पाउन नसकिने, अगोचर कुनै पनि इन्द्रीयले ग्रहण गर्न नसक्ने इन्द्रीयको विषय नभएको, देख्न, सुन्न, चाट्न, सुँघ्न, छाम्न र सोच्न वा जान्न नसकिने, इन्द्रियतित) अवस्था अगोचर हो । आत्मा अभौतिक (भौतिक वस्तुहरूसँग सम्बन्ध नभएको, परलोक वा अध्यात्म जगतसँग सम्बन्ध नभएको शक्ति हो । मन वा अन्त करणका व्यापारको ज्ञान गराउने सत्ता, जीवात्मा प्राणीको देहभित्र रहेको जीवन तत्व प्राण आत्मा हो । सत् चित्त आनन्द पदार्थ, चैतन्य तत्व, चैतन्य भन्नाले प्राणीमा रहेको विचार, विवेक वा विचारको शक्ति चित्त शक्ति, चेतना, चेतन चैतन्य हो भने तत्व भनेको कुनै पनि वस्तुलाई अस्तित्वमा ल्याउने मूल कारण, जगत र सृष्टिका मूल कारण मानिने पञ्च महाभूत (पृथ्वी, जल, वायु, तेज र आकाश), वास्तविक स्थिति वा यथार्थ कुरा महत्वपूर्ण अंश सार वस्तु, सारांश, आधुनिक रसायनशास्त्रका अनुसार अर्काे पदार्थसँग विलकुलै अमिश्रित वा विशुद्ध पदार्थ, परमात्मा र परब्रह्म चैतन्य तत्व हुन् । आत्माको ज्ञान वा आत्मामा लीन भएर प्राप्त हुने आनन्द आम्दानन्द हो । स्वयं प्राप्त अनुभव, आत्माको अस्तित्वको अनुभव आत्मानुभव हो । आत्माको स्वरुप आदिका सम्बन्धमा हुने अनुभव वा ज्ञान आत्म ज्ञान आत्म बोध आत्मानुभूति हो । आफैं आफैं हुने अनुभूति आत्मानुभूति हो । आफ्नो सम्मान र प्रतिष्ठाको विचार, आफ्नो मान अपमानको ज्ञान, स्वाभिमान आत्म गौरव आत्माभिमान हो । आफ्नो इज्जत र प्रतिष्ठा राख्ने, स्वाभिमानी, आत्माभिमानी हुन् । आफ्नै आत्मामा लिन हुने वा आत्मज्ञानले तृप्त योगी, आत्मज्ञानी, आत्मज्ञानद्वारा आनन्द मग्न भएको व्यक्ति आत्माराम हुन् । आफैंले आफूमा भएका गुण साम्यवादी दलका कार्यकर्तालाई अनुशासित तुल्याउनका लागि आफ्नो भूल आफैंले प्रकाशमा ल्याउन प्रत्येक बैठकमा ल्याइने गरिने गुण दोषको विवेचना पनि आत्मालोचना हो तर अहिले नेपालको राजनीतिमा दुई तिहाइ बहुमत ल्याएर सरकार चलाएको नेकपाका नेता आत्मालोचना गरेर एकजुट भएर सरकार चलाएर समृद्ध नेपाल सुखी नेपाली बनाउने संवैधानिक प्रावधानलाई आत्मसाथ गरेर काम गर्नुपर्नेमा पदलोलुप र भ्रष्टाचारी भएर पार्टीलाई दस टुक्रा पारेर सबै वामपन्थी नेता कार्यकर्ताले घिनलाग्दो राजनीति गरेका छन् । यो शरीरलाई आत्माले त्याग गरेर एक दिन मुर्दा हुनु छ भन्ने ख्याल छैन । अरूको दलको आश्रयमा नरहेर आफ्नै भरोसामा काम गर्नुपर्ने नेकपा आत्मालम्बी हुनु पर्नेमा क्षेतविक्षत् भएको छ ।

शरीर नाशवान् छ । आत्मा अमर छ । भागवत् गीतामा भनिएको छ, आत्मा शरीरको स्वामी हो

शरीर नाशवान् छ । आत्मा अमर छ । हाम्रा धर्म शास्त्रहरु यही भन्छन् । भागवत् गीतामा भनिएको छ । आत्मा शरीरको स्वामी हो । यो कहिल्यै पनि मारिँदैन भनिएको छ । प्राणीको जन्मने र मर्ने क्रम चलिरहन्छ र पुनर्जन्मका लागि नै मृत्यु हुने हो भने किन चिन्ता दिने ? भनेर भगवान् श्रीकृष्णले अर्जुनलाई युद्ध गर्न प्रेरित गर्नु भएको छ । शरीरका लागि चिन्ता गर्नु बेकार छ । आत्मा अनन्त ज्योति हो । यो न मर्दछ न कसैले मार्न नै सक्दछ । मर्ने र मारिने भन्नु अज्ञान हो । आत्माले जन्म पनि लिँदैन, मर्दा पनि मर्दैन । जीव मारिए पनि जीवात्मा अविनाशी छ । आत्मा, सत्य, अविनाशी, अजन्मा र सनातन छ । यसलाई कसैले मार्न सक्दैन र मारिँदैन । पुराना वस्त्र त्यागेर नयाँ लुगा लगाएजस्तै आत्माले वृद्ध रोगी शरीर पुरानो वस्त्र त्यागेर नवीन देहमा सरे जस्तो गर्ने आत्माको स्वभाव छ । यसले चोला घरी घरी फेरिरहन्छ । यसलाई शस्त्रले काट्न सक्दैन, अग्निले जलाउन सक्तैन, हावाले सुकाउन सक्तैन, पानीले गलाउन सक्तैन । जन्मेको मर्ने पर्छ, मर्नेको जन्म निश्चित छ । शरीरलाई आत्माले छाड्नु मृत्यु हो । हामी आत्माको अधिनमा छौं तैपनि आत्माको बारेमा अनभिज्ञ छौं । महान् आत्मा भएका व्यक्ति, अति उत्तम स्वभाव वा विचार भएको व्यक्ति, साधु सन्तलाई महात्मा भनिन्छ । यिनै महात्माहरुले पनि आत्मा के हो भन्ने कुराको चित्त बुझ्दो जवाफ दिन सक्तैनन् ।
भौतिकवादीहरु आत्मा अमर छ भन्ने कुरा मान्दैनन् । प्राणी जन्मन्छ, अनि मर्छ । मृत्यु पश्चात् उसको कुनै अस्तित्व हुँदैन । ऊ म¥यो सकियो । पुनर्जन्म हुन्छ भन्ने कुरा मिथ्या हो । धर्मशास्त्र र जीव विज्ञानले प्राणीको मृत्यु नहुँदै एउटाबाट अर्काे आत्मा साथै जन्मन्छ भन्छ । प्राणीले अन्न खान्छ, अन्नबाट नारी पुरुषमा वीर्य बन्छ । उनीहरुको सहवासबाट सन्तान जन्मन्छ । अर्थात् नवजात शिशुमा आत्माको बास हुन्छ । जन्म दाता पितामाताको अन्त्य भए पनि उनीहरुको सन्तानमा आत्मा हुन्छ । त्यो आत्मा वंशाणुगत हुन्छ । यसबाट प्रष्ट हुन्छ । आत्मा पितामाताबाट छोरा छोरीमा सर्छ त्यसैले आत्मा अमर छ भनिएको हो । जुन पिता माताका सन्तान हुँदैन उनीहरुको आत्मा हस्तान्तरण हुँदैन । अन्य नै ब्रह्म हो । प्राणीहरुबाट नै प्राणीहरुको जन्म हुँदै जाने हुनाले आत्मा अमर छ भनिएको हो ।
धर्मशास्त्रले मानिसको अधिकतम आयु बाँच्ने उमेर सय वर्ष मानेको छ । अपवादको रुपमा केही व्यक्ति सय वर्षभन्दा पनि बढी बाँच्छन् । बाँच्नु भनेको शरीरमा आत्मा रहनु हो । मर्नु भनेको आत्माले शरीर छोड्नु हो । मानिसले फलाम र अन्य धातुबाट बनाएका यन्त्रहरुको आयु २०–२५ वर्षभन्दा बढी हुँदैन । मानिसको हाड, छाला, मासु रगत र पानीबाट बनेको शरीर वर्षाैसम्म खप्दछ । यसबाट प्रष्ट हुन्छ । फलामभन्दा मानिसको शरीर पक्की हुन्छ । जति व्याख्या गरे पनि कुरा एउटै हो आत्मा अमर छ शरीर नाशवान् ।

Related News

सम्बन्धित समाचार

hero news full width