सन्दर्भ : वीपी जयन्ती

सूर्यप्रसाद भण्डारी
भाद्र २४, २०७६

‘साथीहरु!? मलाई अत्यन्त पाशविक व्यवहार गरिएको छ। मलाई ७ फुट लामो र ६ फुट चौडा हावा नछिर्ने अँध्यारो कोठामा दिनरात थुनिएको छ। मैले यसै कोठामा खाना पकाउने सहित सबै दैनिक काम गर्नुपर्छ।

वि.सं. १९७१ भदौ २४ गते तदनुसार सन् १९१४ सेप्टेम्बर ८ मंगलबारका दिन जन्मनुभएका नेपालको राजनीतिक/साहित्यिक जगत्का शिखरपुरुष अन्तराष्ट्रिय व्यक्तित्व लोकनायक विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीका अवसरमा स्वदेश र विदेशमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरी उहाँले नेपालको राजनीतिक सामाजिक क्षेत्रमा खेलेको भूमिका र योगदानको चर्चा भइरहेको छ। यस अवसरमा यस पंक्तिकारले पनि वीपीबारे छोटो आलेखको माध्यमबाट वहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्ने जमको गरेको छ।

पिता कृष्णप्रसाद कोइरालाले नेपालमा चिकित्सकको सहयोगबाट सिजरिङ्ग गराएर बच्चा जन्माउने व्यवस्था नभएको अवस्थामा आफ्नै गर्भिणी पत्नी दीव्यालाई जीवनको उत्तरार्धमा काशीबासमा रहेका बुवा हेरचाह र सुसार गर्ने भनी त्यहाँ पठाएर एक कुशल चिकित्सकको सहयोगमा सिजरिङ्ग गराएर वीपीको जन्म भएको? दुवै आमाछोराको जीवन बचाउन सकिएको थियो भन्ने कुरा वीपी कोइराला सम्बन्धी राजनीतिक अभिलेखबाट थाहा हुन्छ। जन्म पनि संघर्षशील थियो भन्ने बुझिन्छ।

यसरी प्रवासमाजन्मनुभएकावीपीविद्यार्थी जीवनदेखि नै भारत स्वतन्त्रताको आन्दोलनमा सक्रियहुनुभएकेा थियो। महात्मागान्धीले ब्रिटिसहरुलाई ‘भारत छाडो’ को आन्दोलन संचालन गरिरहेको समयमागान्धी नेहरु लगायतका नेताहरुको सहयोगीभएर आन्दोलनमा सहभागीहुनुभएको थियो।

वीपीले १५ वर्ष उमेर पुग्दा नपुग्दै जेल जीवनको अनुभव गर्नुभएको थियो। राजनीतिक आन्दोलनका क्रममा वा आतंकवादीको समूहमा लागेको भनी कालकोठरीको जीवन भोग्नु भएको? त्यसैबेला कम्युनिष्टको प्रभावमा परी माक्र्स र एगेंल्स एवं लेनिनवादको प्रभावमा परेको? पछि विहारमा समाजवादी काँग्रेस पार्टीमा सक्रिय रहनु भएको जयप्रकाश नारायणको मार्गदर्शनमा? समाजवादी बन्न पुग्नु भएको थियो। उहाँ पछि माक्र्सको समाजवादलाई साधनको रुपमा उपयोग गर्दै गान्धीवादमा नै प्रभावित रहनुभएको थियो। अन्ततः समाजवादमा प्रजातन्त्र थपेर प्रजातान्त्रिक समाजवादको हिमायती बन्न सफल हुनुभयो।

विश्वमा पूँजीवाद र साम्यवादको द्वन्द्व भइरहेको अवस्थामा कम विकसित एवं विकासोन्मुख देश र समाजको समुन्नतिको लागि बीचको बाटो भनेको ‘प्रजातान्त्रिक समाजवाद’ हो भन्ने निक्यौर्ल गर्दै नेपालमा राष्ट्रियता/लोकतन्त्र र समाजवादको मूलमन्त्र सहित नेपाली राष्ट्रिय काँग्रेस र पछि नेपाली काँग्र्रेस पार्टीको स्थापना गरी कठोर संघर्ष र आन्दोलन गर्न सफल हुनुभयो। फलस्वरुप २००७ साल फागुन ७ गते नेपालमा १०४ वर्षको जहाँनीयाँ हुकुमी राणाशासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना हुन सकेको हो।

यद्यपि यस क्रान्तिमा नेपाली काँग्रेसका सुवर्णशमशेर? गणेशमान सिंह? कृष्णप्रसाद भट्टराई लगायतको महान राजनीतिक नेता र योद्धाहरुको भूमिका र योगदान महत्वपूर्ण छ। प्रजातन्त्रका लागिवि.सं. १९९७ सालमा आफ्नो ज्यान आहुति गर्ने ४ जना शहीदहरुको सपनालाई १० वर्षको अन्तरालमा पूरा गर्ने कार्य हुन सकेको थियो। वीपीले क्रान्ति र आन्दोलनका दौरानमा भोगेका यातना मध्ये वि.सं. २००५ सालमा एक कालकोठरीबाट लेखेको पत्रको अंशः–

“प्रजातन्त्र प्राप्तिको आन्दोलनका समयमा विश्वेश्वरप्रसाद कोइरालाले वि.सं. २००५ फागुन ३० गते राणाहरुले बन्दी बनाएको काठमाडौंस्थित कालकठोरीबाट लेख्नुभएको चिठीको एक अंश ‘साथीहरु !? मलाई अत्यन्त पाशविक व्यवहार गरिएको छ। मलाई ७ फुट लामो र ६ फुट चौडा हावा नछिर्ने अँध्यारो कोठामा दिनरात थुनिएको छ। मैले यसै कोठामा खाना पकाउने सहित सबै दैनिक काम गर्नुपर्छ। मलाई सुरुको एक महिना चौबीसै घण्टा नेल र हत्कडी लगाएर साङ्लोले बाँधेर राखियो। अहिले हत्कडी र साङ्लो हटाएका छन्। म जहाँ थुनिएको छु? त्यो क्याप्टेन (जेलर) को घोडा तबला हो। म बाहिरी विश्वबाट पूर्ण अलग बनाइएको छु। यो ठाउँ अत्यन्त फोहर छ। पक्राउ परेको ४० घण्टासम्म त मलाई अलिकति नूनमात्र दिइएको थियो। मलाई कुनै ओढ्ने ओछ्याउने दिइएको थिएन। पुस महिनाको अत्यन्त ठण्डी रातहरु मैले त्यत्तिकै गुजार्नुपर्यो। मलाई उनीहरुले तेस्रो रात एउटा राडी र धुस्सा दिए। म अहिलेसम्म त्यसको भरमा छु। ”

वि.सं. २००७ सालपछि २०१७ सालसम्मको एक दशक नेपालको राजनीतिक विकासको इतिहास त्यत्तिकै चुनौतीपूर्ण र महत्वपूर्ण रह्यो। वि.सं. २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएपछि बनेको राणा र काँग्रेसको सरकारमा गृहमन्त्री रहनुभएका वीपी कोइरालाले सुधारका महत्वपूर्ण कार्यको थालनी गरे पनि उहाँलाई सरकारबाट गिराउन विविध प्रयत्न भए। अन्ततःवहाँले गृहमन्त्री पदबाट राजीनामा गर्नुपरेको थियो। तत्पश्चात सरकार पुनर्गठनहुने सिलसिलामा पनि वीपीलाई प्रधानमन्त्री हुन नदिन विभिन्न तप्काबाट नकारात्मक चालबाजी भएको पाइन्छ। तत्कालीन राजा त्रिभुवनको स्वर्गबास पछि युवराज महेन्द्रले शासनभार सम्हाले पछि झन् कठिनाइ र चुनौतीको सामना गर्नुपरेको थियो। राजात्रिभुवनले २००७ सालमा घेाषणा गरेबमोजिम जनताका प्रतिनिधि सम्मिलित संविधान सभाको माध्यमबाट संविधान निर्माण हुनुपर्ने थियो। तर राजा महेन्द्रले कुटिल चाल चल्दै गएर संविधानसभा नबन्नेभएपछिवीपीले २९ दिनको अनसनबस्नुभएको थियो? यो अनुसनबाट पनि संविधान सभाको निर्वाचन हुननसके पनि२०१५ साल फागुन १ गते नेपाल अधिराज्यको संविधान? २०१५ घेाषणा भयो।

यसै संविधान बमोजिम २०१५ साल फागुन ७ बाट प्रारम्भ भएको निर्वाचन अनुसार नेपाली काँग्रेसले दुइतिहाई मत प्राप्त गरी २०१६ साल जेठ १२ मा वीपी कोइराला प्रधानमन्त्री बन्नुभयो। वहाँकै नेतृत्वमा १९ सदस्यीय मन्त्रिमण्डल बनेकेा थियो। यसरी बनेकेा प्रजातान्त्रिक सरकारले विविध रचनात्मक समाज सुधार? विकास निर्माण कार्य गर्दै रहेको अवस्थामा सरकारको लोकप्रियता पचाउन नसकेपछि राजा महेन्द्रले २०१७ साल पुस १ गते १८ महिना १८ दिन मात्र कार्यरत रहेको प्रजातान्त्रिक सरकराको गला निमोठ्ने काम गरे। बहुदलीय प्रजातान्त्रिक व्यवस्था खारेज गरी दलहरुमाथि प्रतिबन्ध लगाउने कार्य भयो। वीपीलगायतका नेताहरुलाई थुनामा राखियो। वीपी कोइराला करिब ८ वर्ष सुन्दरी जलमा थुनामा रहनु भयो। वि.सं. २०२५ सालमा सुन्दरी जल जेलबाट छुट्कारा पाएपछि अर्को ८ वर्ष भारत निर्वासनमा रहनुभयो। यसरी वीपी कोइराला १५ वर्षको उमेरदेखि जेलमा बसेको समयावधि जोड्दै जाँदा १२/१३ वर्ष जेल र ८ वर्ष निर्वासित जीवन व्यतीत गरेको पाइन्छ। ३३ वर्षको उमेरमा वहाँले क्यान्सर रोगको पीडा सहनुपर्यो। झण्डै एक वर्ष बम्बईको टाटा क्यान्सर हस्पिटलमा उपचारको लागि बिताउनुभएको थियो।

वीपीले आफ्नो ६८ वर्षको जीवनकालमा पहिलो चरणमा भारतीय भूमिमा रहेर भारत स्वतन्त्रताको आन्दोलनमा सक्रिय योगदान पुर्याउँदै नेपालमा जहाँनीया राणाशासनका विरुद्ध क्रान्ति गरेर प्रजातन्त्र स्थापना गर्ने कार्यमा अग्रणी भूमिका खेल्न सफल हुनुभयो। त्यसैगरी दोस्रो चरणमा प्रजातान्त्रिक संविधानको घोषणा गराई निर्वाचन गराउन राजालाई बाध्यपारी नेपाली काँग्रेस पार्टीलाई दुई तिहाई बहुमत प्राप्त गर्न सफल भई नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्ने सुअवसर पनि वहाँलाई मिल्यो। यद्यपि राष्ट्रियता? प्रजातन्त्र र समाजवादको मूलमन्त्र अनुरुप १५ वर्षको अवधिमा सम्पूर्ण नेपालीलाई समानता? स्वतन्त्रता र आर्थिक रुपले समृद्ध बनाउने वहाँको सपना भने पूरा हुन दिइएन।

वीपीको समग्र जीवन संघर्षपूर्ण र पीडादायी भए पनि उहाँले आफ्नो उद्देश्यबाट हरेश नखाई राजनीति सँगसँगै साहित्य क्षेत्रमा समेत कलम चलाई एक प्रख्यात साहित्यकार बन्न समेत वहाँ सफल हुनुभयो। आफ्नो जीवनको प्रत्येक क्षणलाई जतिसुकै कठोर परिस्थितिमा पनि उपयोग गर्न सक्ने अदम्य क्षमता भएका वीपीले “मेरो जीवन असफल भएन”भन्ने धारणाका साथ यस जगतबाट बिदा लिनुभएको प्रसंग डा. हरिदेव शर्मासँगको अंग्रेजीभाषाको संस्मरणात्मक साक्षात्कारको गोपालप्रसाद दुलालबाट अनुवादित सम्पादित पुस्तकमा पाइन्छ। वीपीले भारतको ८ वर्ष निर्वासन पछि भारतीय रवैया र नेपालको तत्कालीन अवस्थाको मूल्यांकन गर्नु भई ७ ओटा राजकाज अपराध मुद्दा खेपिरहेको अवस्था? जीवन सुरक्षाको ग्यारेन्टी नभएको अवस्थामा पनि राजा र मेरो घाँटी जोडिएको छ भन्ने भनाइका साथ राष्ट्रिय मेलमिलापको नीति अगाडि सारी? २०३३ पुस १६ गते नेपाल फर्कनुभएको थियो।

आजको सन्दर्भसँग जोड्ने हो भने वि.सं. २०१५ को आम निर्वाचन पछि पहिलो पटक निर्वाचित दुइतिहाई बहुमत सहितको सरकार बनेको तर १८ महिना १८ दिनमा ढालिएको थियो। हाल नेपालमा निर्वाचित संविधानसभाबाट निर्माण भएको नेपालको संविधान अनुसार वि.सं. २०७४ सालमा भएको निर्वाचनबाट दुइतिहाईको सरकार बनेको अवस्था छ। तथापि सरकारले जनचाहना अनुरुप परिणाममुखी कार्य गर्न नसकेको र सरकार कमजोर बन्दै गएको महसुस गरिन थालेको अवस्था छ। संघीयता कार्यान्वयन हुन सकेको छैन। धर्म निरपेक्षता? धार्मिक स्वतन्त्रता वा हिन्दू राज्यको मुद्दा पेचिलो बन्दै गएको छ। यसैको आडमा पूर्व राजा पनि आफ्नो स्पेसको खोजीमा रहेको कुराले झिनो चर्चा पाइरहेको अवस्था छ। यसो हुनुमा राजनीतिक दलका नेताहरु मूलतःनिर्वाचित उच्च ओहदाका पदाधिकारीको रवैया र व्यवहार बढी जिम्मेवार रहेको कुरा सर्वसाधारण नागरिकहरुको अन्तर मनले ठम्याइरहेको आभाष हुन्छ।

वीपी कोइरालाले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्राप्त गर्नुभएको ख्याति? निर्माण गर्नुभएको व्यक्तित्व उहाँले प्रतिपादन गरेको राजनीतिक सिद्धान्त र विचार? वहाँका विभिन्न समयमा व्यक्त विचार र धारणाहरु आज पनि अत्यन्त सान्दर्भिक रहेको सन्दर्भमा ती सद्विचारको कार्यान्वयन गर्न सकिएमा नेपाल र नेपालीलाई साँच्चै सुखी र समृद्ध बनाउन सकिनेछ। वहाँले आफ्नो जीवनकाल भरि गरेका संघर्ष? राष्ट्रप्रति पुर्याएको योगदानको सच्चा मूल्यांकन गरी राष्ट्र निर्माणमा लगाउन सकिएमा नै उहाँको जन्मजयन्ती मनाएको सार्थक हुने अपेक्षा गर्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width