१५ वर्षीया विश्वप्रसिद्ध किशोरीहरु

सन्दर्भ : १० नोभेम्बर मलाला दिवस

झपट बहादुर थापा
कार्तिक २४, २०७६

मलाला अहिंसावादी तथा बहुलवादी समाजको परिकल्पना गर्ने कोशोरी हुन्।

डायरी लेखिका एनी फेँकलाई ग्याँस चेम्बरमा राखेर मुत्यु दण्ड दिइयो।

मानवताको सेवा नै मेरो जीवनको उद्देश्य हो भन्ने सन् २०१४ को नोवेल शान्ति पुरस्कार विजेता १५ वर्षीया अहिंसावादी पाकिस्तानी किशोरी मलाला यौसाफजाई हुन्। जसले ११ वर्षको उमेरदेखि बालिकाहरुको शिक्षाको लागि संघर्ष गरिरहेकी थिईन।

पाकिस्तानको उत्तर पश्चिम स्वात उपत्यकालाई तालिवानहरुले आफ्नो पकड क्षेत्र बनाएका थिए। तिनीहरुले त्यहाँका छात्राहरु पढ्ने १५० भन्दा बढी विद्यालयहरु ध्वस्त पारे। तिनै नकाबधारी तालिवान लडाकुमध्ये एक जना तालीवानले विद्यालयको बसमा घर फर्किरहेकी मलालालाई सन् २०१२ अक्टोबर ९ को दिन हत्या गर्ने उद्देश्यले गम्भीर हुने गरी टाउकोमा गोली दागेको थियो। पाकिस्तानको उत्तर पश्चिम स्वात उपत्यका प्रान्तमा तालिवानहरुको ज्यादतीहरु दृढताका साथ घोर विरोध गरेवापत उनलाई गोली हानिएको थियो।

उक्त घटना पछि गम्भीर घाईते भएकी मलालालाई तुरुन्तै स्थानीय अस्पतालमा भर्ना गरियो, जहाँ उनकेा प्राथमिक उपचार मात्र भयो। त्यसपछि इस्लामावाद सैनिक अस्पतालमा भर्ना गरियो। जहाँ उनको राम्रो उपचार हुन नसेकोले घाइते मलालालाई बेलायतको वर्मिङ्गघम स्थित महारानी एलिजावेथ अस्पतालमा लगेर औषधोपचार हुँदा स्वास्थयमा सुधार भयो।

मलालालाई गोली हानिएको खबर पाकिस्तानभरी र विश्वभर फैलियो। पाकिस्तानका हजारौ हजार मानिसहरु र विश्वका करोडौं समर्थकहरुले मलालाको शीघ्र स्वास्थ्य लाभ र समर्थनमा प्रदर्शनहरुको आयोजना गरे। मलालाले महिलाहरुलाई शिक्षाबाट वञ्चित गर्न हुँदैन भनेर गरेको संघर्ष मनन् योग्य भएको विश्वले महसुस गरेर अमानवीय कार्यको घोर विरोध गरे। मलाला अहिंसावादी तथा वहुलवादी समाजको परिकल्पना गर्ने कोशोरी हुन्।

शान्ति र नारी शिक्षाको मलालाले लिएको अडान विश्व स्तरका नेताहरुले उच्च मूल्यांकन गर्दै जुलुस तथा आमसभामा सरिक भएका थिए। राष्ट्रसङ्घीय महासचिव वान की मूनले बालिकाहरुको शिक्षाको लागि मलालालाई विश्व व्यापी प्रतिनिधि ठहराएका थिए। त्यसै कारण महासचिवले १० नोभेम्वरलाई मलाला दिवस भनी घोषणा पनि गरेका छन्।

सन् २०१२ अक्टोवरमा भएको युनेस्कोको १९० औं वैठकके पछिल्लो दिनमा युनेस्कोको महानिर्देशक इरिना वोकोभाले कार्यकारी वोर्डले आयोजना गरेको सम्मान कार्यक्रममा मलालाको साहसलाई मुक्त कण्ठले प्रशंसा गरेकी छन्। संसारभरीबाट हरेक व्यक्तिको शिक्षाप्रतिकेा आधारभूत अधिकारको लागि गरिएको सङ्घर्षलाई समर्थन गरेका थिईन्। पाकिस्तानी सरकारबाट महिला शिक्षाको लागि आवाज नउठेको वेला १५ बर्षीया मलाला यौसाफजाईले उठाएको आवाज संसारभर अति अर्थपूर्ण मानिन्छ।

सन् १८७१ पछि जर्मन राष्ट्रवादको शिखरमा थियो। त्यही वर्षमा जर्मन साम्राज्यवादी भैसकेको थियो। जर्मनका उद्योगहरुले हातहतियारको अलवा अन्य सरसामन उत्पादन गरेर वैदेशिक व्यापारबाट राष्ट्रलाई शक्ति सम्पन्न पनि बनाएका थिए। तर पनि विईलिएम (दोश्रो) सन्तुष्ट थिएनन्। यूरोप महादेसमा आफ्नो शक्ति प्रदर्शन गर्न चाहन्थे। त्यसैकारण प्रथम विश्वयुद्ध प्रारम्भ भएको थियो। धेरै पहिले विसमार्कले बालकनको सानो मुलुकबाट विश्व युद्ध प्रारम्भ हुनेछ भनेर भविष्यवाणी पनि गरेका थिए। जुन यथार्थ पनि भयो।

वालकान मुलुकहरुले अष्ट्रिया र हंगेरीका राजगद्दीका उत्तराधिकारी राजकुमारलाई सरवीयाको एक विद्यार्थीले गोली हानी हत्या गरेका कारण त्यस देशका नेताहरु तथा सरकार सरवीयादेखि क्रोधित भए। परिणाम स्वरुप सरवीया माथि हमला गर्ने निधो भयो।

अष्ट्रीया, संयुक्त राज्य बेलायत र फ्रान्स एकातर्फ थिए। जर्मन अर्काे तर्फ थियो। रसियाले विरोध गरिरहेको थियो। त्यतिवेला जर्मनको चाहना अर्कै थियो। उसले आफ्नो सेनाको रण कौशल हेर्नुथियो। यूरोप तथा विश्वका लाखौ लाख मानिसहरुको असहमति हुँदा हुँदै पनि युद्ध रोकिएन। युद्ध सुरु भएको २ वर्ष पछि संयुक्त राज्य अमेरिका पनि जर्मनको विरोधमा समावेश भयो। तर जर्मन सेनाले हार स्वीकार गर्न पर्यो। गठबन्धन राष्ट्रहरु र जर्मनीको सोही लडाईलाई विश्व युद्ध (प्रथम) भनियो। जुन लडाई सन् १९१४ देखि सन् १९१८ सम्म लगभग ४ वर्षसम्म रेहको थियो।

रोमन वादशाहको पालामा नेदरल्याण्डको पुरानो नाम डच भनिन्थो। टेलीस्कोप र माईक्रोस्कोप आविष्कार गर्ने नेदारल्याण्ड विश्व समुदायको अनुकूल स्वास्थ्यको निमित्त योगदान दिएको देश हो। क्राईष्ट जन्मनुभन्दा ५७ वर्ष पहिले सिमसार अर्थात दलदलमा बस्ने नेदरल्याण्डको पुरानो जाति तथा आदिवासी भनेर जुलियस सिजरले पत्ता लगाएका हुन्। सानो तथा राजतन्त्रात्मक देश नेदारल्याण्ड यस्तो देश हो जहाँ नहर बनाएर नुनिलो पानी समुन्द्रतर्फ निकासी गरेर नदीको शुद्ध पानी प्रयोग गरिएको छ।

दोश्रो विश्वयुद्धमा जर्मनहरुले नेदरल्याण्डलाई आफ्नो अधीनस्थ गरेका थिए। दानिकी (डायरी) लेखिका १५ वार्षीया स्व. एनी फेंक र उनका आमा बाबु नेदरल्याण्डको राजधानी ओमस्टरड्याम स्थित गोदाम घर पछाडि एउटा घरको छिँडीको कोठामा जर्मनहरुको डरले लुकेर बसेका थिए। जसको डर त्रास थियो तिनै जर्मनहरुले डच नागरिक यहूदी भनेर पक्राउ गरेर बन्दीगृहमा पुर्याए। डायरी (दैनिकी) लेखिका एनी फेँकलाई ग्याँस चेम्बरमा राखेर मुत्यु दण्ड दिइयो। उनको दैनिकी प्रकाशित भयो। विश्वव्यापी भयो। उनको डायरी बमोजिम उनले मानब जातिको प्रशांसा गरेकी पनि छन्। तिनै डायारी लेखिका २ वर्षसम्म दुःख कष्ट सहेर बसेको कोठालाई सरकारबाट एनीका सम्झानामा संग्राहलय स्थापना गरेकाले देशी विदेशी पर्यटकहरुले अवलोकन गर्दै उनको आत्मालाई श्रद्धाञ्जली अर्पण गर्दछन्।

१५ वर्षिय बालिका ऐन फेंकले पनि लामो जीवन बाच्ने मौका पाएको भए १५ वर्षीय मलाला यौसफजाईले विश्व समदुायबाट पाएको माया र ममता जस्तै उनले पनि पाउने थिईन्।

(लेखक तत्कालीन सराङ्गकोट गा.वि.स.का पूर्व अध्यक्ष हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width