होमियोप्याथिक चिकित्सा र दीर्घरोग

सन्दर्भ : विश्व होमियोप्याथिक दिवस

डा. बिष्णुप्रसाद चापागाईं
चैत्र २७, २०७५

संसारमा प्रचलित चिकित्सा विधिहरु मध्ये होमियोप्याथिक चिकित्सा पनि एक उत्कृष्ट विधाहो। यो चिकित्सा प्रणाली विश्वका धेरै मुलुकहरुमा प्रचलित छ। नेपालमा पनि यसको विकास हुदै गइरहेको छ। यस विधिबाट नयाँ तथा दीर्घ, पुराना रोगहरुको उपचार हुन्छ, निको हुन्छ।

अप्रेसन, चिरफार, सरुवा, महामारी नयाँ रोगहरुमा एलोपेथिक अंग्रेजी उपचार प्रभावकारी देखिएको छ। एलोपेथिक विधिमा लगानी, अनुसन्धान, मेहनत तथा व्यावसायिक सुरक्षका कारण राम्रो विकास भएको पाइन्छ। तर उपचारको क्रममा सबै किसिमको उपचारलाई व्यवस्थित गर्न नसकेको अवस्था हो। दीर्घ रोगहरुमा एलोपैथिकले उल्लेख्य भूमिका निभाउन सकेको पाइएको छैन। आयुवेर्द को विकास पनि उल्लेख्य रुपमा भैरहेको छ। भने अन्य बैकल्पिक उपचारहरु पनि विकासको क्रममा छन्।

होमियोप्याथिक चिकित्साको जन्म डा. क्रिष्चियन फ्रेडरिक समुअल हनिम्यान हुनुहुन्छ। उहाँको जन्म १७५५ अप्रिल १० गतेका दिन जर्मनीको एउटा गाउँ मेइसन, सेक्सोनीमा भएको हो। उहाँको बाबुको नाम गोटफ्राइड र आमा जहाना हुन्। उनीहरु सामान्य पेन्टरको काम गर्दथे। हनिम्यान एलोपैथिक विशेषज्ञ डाक्टर हुन्। उनले आफ्नो अभ्यास लामो समयसम्म गरे। आफूले गर्ने उपचारको क्रममा रोगहरु तत्काललाई निको हुने भएजस्तो पनि हुने तर पुनःउही समस्या बल्झने हुने, अझै रोगको डिग्री बढ्ने, रोग पुरानो र जटिल हुँदै जाने, औषधि खाइरहँदा पनि विरामी सामान्य महसुस नहुने, झन्झन् रोग बढी भई औषधिले समेत काम नगर्ने अवस्थाआएपछि उहाँको मष्तिस्कमा एक दिन यस्तो विचार आयो कि यसमा अध्ययन, अनुसन्धानको अझै आवश्यकता रहेको छ। जसको कारण उहाँ अध्ययन अनुसन्धानमा लाग्नुभयो। फलस्वरुप होमियोप्याथिक चिकिस्ता विज्ञानको शुरुआतभयो। सन् १७९५ सालबाट उहाँले एउटा वैज्ञानिक सिद्धान्त पत्तालगाई उपचार प्रक्रिया शुरु गर्नुभयो।

होमियो मिन्स सिमिलर

पाथोस मिन्स सफरिङ

लाइक्स क्योर्स लाइक को वैज्ञानिकसिद्धान्त प्रतिपादन गरी यो विधि संसारभर मान्यता पाई दीर्घ तथा नयाँ विरामीको उपचार भइरहेको छ।

स्यामुअल ह्यानीमैनले औषधिदर्शन आर्गान अफ मेडिसिन को चौथो संस्करणमा दीर्घ रोग र उपचारको बारेमा विस्तृत जानकारी गराउनुभयो। जुन १८२९मा प्रकाशन भएको छ। रोगहरु लागेर समयमा निको भएनन्। पटक पटक बल्झिई राखेमा तिनै रोग पुराना वा दीर्घकालीन हुन्छन् र पुराना वा दीर्घ रोग तिनैलाई भनिन्छ। दीर्घरोगलाई निको पार्नको लागि गहन अध्ययन र सिद्धान्त अनुसारको अभ्यास जरुरी छ। यसमा विरामी र चिकित्सक दुबैको महत्वपूर्ण भूमिका हुन्छ। ह्यानीम्यानको निष्कर्ष यो हो कि दीर्घकालीन मियाज्मका कारण दीर्घकालीन रोग लाग्दछ। मियाज्म भनेको सोरा, सिफिलिस, साइकोटिक हुन्।

ह्यानीम्यानको भाइटल फोर्स तथा दीर्घ रोगको सिद्धान्तले गर्दा नै दीर्घरोगको उपचार सम्भव भयो। सबै प्राणशील जीवहरुमा प्राणशक्ति (vitalforce) हुन्छ। प्राणशाक्ति विना बोल्न, सोच्न, हिँड्न र काम गर्न सक्दैनौ। प्राणशक्तिलाई हामी अनुभव गर्न सक्छौं तर देख्न सक्दैनौं। प्राणशक्ति सामान्य हुँदा हामी सामान्य आनन्द महसुस गर्दछौं। यही भइटल फोर्स प्राणशक्तिलाई कतैबाट असर भयोभने जस्तै ब्याक्टेरिया फड्डर्स, भाइरस, वातावरणचिसो तातो आदि वस्तुहरुले असरगरेमा अप्ठयारो महसुस हुन्छ र शरीरमा रोग लागेको अनुभव हुन्छ। यसपछि हामी परीक्षण गराउन जान्छौं र विभिन्न रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, यूरिकएसिड, थाइराइड, टन्सिल, पायल्स, पिनास, ग्याष्टिक, मानसिक रोग, बात रोग, यूरिक एसिड आदि इत्यादि रोग देखिन्छन् र रोग अनुसारको औषधि खान्छौं। सुगर देखियो सुगर घटाउने औषधि खान्छौं। पायल्स भए औषधिखान्छौं वा अप्रेसन गराउँछौं। पत्थरी परेको भए जसरी हुन्छफाल्ने प्रयास गर्छौ। तर पटक पटक बल्झिने तथा औषधि खाइरहनु पर्ने समस्याबाट पीडित छौँ।

अब होमियोप्याथी उपचार सुरु गर्न भन्दा पहिले चिकित्सकले विरामीको सम्पूर्ण विवरण हिस्टोरी टेकिङ गरिसकेपछि एउटा उस्तै लक्षण तथा रोग निकाल्न सक्ने औषधि र रोगीको लक्षण विचार गरेर समानान्तर धेरै लक्षण मिल्ने औषधि चुनेर दिन्छन् जसले शरीरको भाइटल फोर्स मार्फत काम गर्ने गरी औषधीछनौंट गरेको हुन्छ। तदनुसार नै औषधिले केही समय लगाएर काम गर्दछ। औषधिले भाइटल फोर्सलाई बलियो बनाएर रोगलाई विस्तारै हटाउँछ यो प्राकृतिक नियम पनि हो र विस्तारै त्यो भाइटल फोर्स लामो समयसम्म सक्रिय शरीरमा भइरहने भएकोले पुनः रोग बल्झिने हुँदैन।

तत्काल भएको समस्या पनि कम गर्दै गएर निर्मूल पार्दछ। रोग बल्झिने क्रम निकै कम हुन्छ। जस्तै टन्सिल, पायल्स, पत्थरी, एलर्जी, ग्याष्टिक, छालाको रोगहरु, मानसिक रोग पटक पटक दोहोरिइरहन्छन्। यस्ता रोगहरु होमियोप्याथिक उपचारबाट निको हुन्छ। पटक पटक बल्झिने गर्दैनन्। एकथरी अवस्थामा भने सर्जरी गर्नु पर्ने र नियमित औषधि खाइरहनुपर्ने पनि अवस्था हुन्छ, त्यस्तो अवस्थामा चिकित्सकले आवश्यक सल्लाह दिन्छन्। नेपालमा होमियोप्याथिक चिकित्साको विकास विस्तारै भैरहेको छ। विस्तारै यसको व्यापकता बढ्दैछ र विकास हुने मा दुईमत छैन। हामी सबै आशावादी रहौँ। यसको विकास ले हामी सबैलाई स्वास्थ्यलाभ हुने छ।

लेखक – आरोग्यधाम होमियोप्याथिक हस्पिटलमा कार्यरत छन्।

Related News

सम्बन्धित समाचार

hero news full width