हिन्दू धर्म संस्कृतिमा सोह्र श्राद्धको महिमा

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७०

विक्रम सम्वत्को प्रत्येक वर्षको आश्विन कृष्णपक्षको प्रतिपदादेखि अमावाश्य -औसी) सम्मका पन्ध्रवटा श्राद्ध र आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामही श्राद्धसमेत गरिने सोह्र श्राद्ध आश्विन ४ गते बाट प्रारम्भ भएको छ। शास्त्र तथा कुलका आचारअनुसार पितृहरूले पाउन भन्ने उद्देश्यले श्रद्धापूर्वक गरिने कर्म श्राद्ध हो। आश्विन महिनाको कृष्णपक्ष सोह्र श्राद्ध पितृलाई पिण्ड दान गरेर पूजा गरिने दिनहरू श्राद्धपक्ष हो।

स्र्वर्गे भएका बाबु बाजेहरू, आमा हजुर आमा दिव·त भएका आफना पुखा, प्रेतको अवस्थाबाट मुकत भएका पूर्वज, सनातनी विश्वास अनुसार पितृलोकका निवासी आदिलाई पितृ भनिन्छ। विश्वमा जति पनि मानिसहरू छन् यी सबैका आदि पुरुष सप्तषि हुन्। गौतम भारद्वाज, विश्वामित्र, जमदग्नी, वसिष्ट कश्यप र अग्नी : अथवा मरीचि, अत्रि, अङ्गिरा, पुलह, क्रत, पुलस्त्य र वसिष्ट सम्तषि हुन्। अत्रि गोत्री अत्रि ऋषिका सन्तान गोतमेले -गौतम) भाद्र शुकल चतुदशीका दिन -अनन्त चतुदशी) आफना कुल पिता माता- अत्रि र अनुसघाको पूजा अर्चनागरि श्रद्धा भक्ति अर्पण गर्दछन्। २०७० साल आश्विन २ गते नृपाल भरि छरिएर रहेका गोतामेहरूले आ-आफना कुल मन्दिरमा कुल देवताको श्रद्धा भक्ति पूर्वका पूजा आचा भजन किर्तन सभा सम्मेलन गरी भव्य र सभ्य रूपले कुल पूजा सम्पन्न गरे। प्राय गोतामेहरू आफना कुलको पूजा पायस -खिर) र फलफूल प्रसाद राखेर गर्दछन्। कास्की धिताल गाविस भेडावारी, पोखरा-१५ ढु·साउ र काफलधारीका गोतामेहरूले बली प्रथा त्यागेर पायसले अनन्तचतुदशीको दिन आफना कुलको पूजा गर्दछन्।

पितृहरूलाई वर्षको २ पटक पिण्ड तर्पण दिने पितृ भक्तहरूको परम्परा छ। स्वगे भएको तिथिमा गरिने पिण्ड तर्पणलाई एकोद्दिस्ट र सोह्र श्राद्धमा गरिने पिण्ड तर्पणलाई माहालय भनिन्छ। एकोद्दिष्ट भनेको एउटा मात्र पितृलाई गरिने श्राद्ध हो। पिता माता वा पतिका तिथिमा गरिने श्राद्ध एकोद्दिष्ट श्राद्ध हो। माहालय भनेको सोह्र श्राद्धमा स्वगे भएका परिवारका मूल पुरुषको पिता वा प्रपिता महलको तिथि परेको दिनमा सम्पूर्ण पितृलाई पिण्ड तर्पण दिने परिपारीलाई महालय भनिन्छ। एकोद्दिष्ट मा एउटा पिण्ड मात्र चदाइन्छ भने महालयमा तीन पुस्ता सम्मका पितामह मातामही, प्रपितामह प्रपितामही, वृद्ध प्रपितामह प्रपितामही, मावलीतर्फ पनि यहि क्रमले तीन पुस्ता, फुपूहरू काकाकाकीहरू, गुरु आमा, गुरु वा स्व. राजा रानीलगायत यिभन्दा पूर्वका सम्पूर्ण पितृहरूलाई नाम थाहा नभएमा अमूक भनेर पिण्ड तर्पण दिइन्छ।

पितृहरूको एक वर्ष एक दिन हुन्छ भन्ने मान्यता भएको र सोह्र श्राद्धको आफनो बह्म लिने भएको तिथिमा भोजनका लागि वैकुण्ठ लोकबाट अदृश्य रूपमा आफनो जन्मथलोमा आउँछन् भन्ने विश्वास छ। यो समयमा पितृलाई पिण्ड तर्पण दियो भने पितृ खुसी भएर शुभ आशीवाद दिन्छन्। पितृलाई पिण्ड तर्पण नदिने नगर्ने छोरा छोरी देखि पितृ नारज हुन्छन्। यस्ताको कल्लयाण हुँदैन।

पितामाताको जीवितमा पनि सेवा नगर्ने स्र्वर्गे भएपछि पनि काज किरिया- परम्परागत रीतिरिवाजअनुसार मृतकका नाउँमा तेह्रदिन सम्म अञ्जलीदान, पिण्डदान आदि अन्त्येष्टि क्रिया, किरिया कर्म नगर्ने छोराछोरी बुहारीले पितृको शुभ आशीवाद पाउँदैनन्। समाजले पनि यस्ता व्यक्तिलाई अपहेलना गर्दछ। यस्ता व्यक्तिलाई नास्ितक धर्म छाडा पनि भन्ने गर्दछन्। कोही व्यक्तिहरू सामाजिक अपवाद मेटाउन देखावटी रूपमा औपचारिकता निभाउन पिण्ड तर्पण गर्छन्। पितृमातृ भक्त भएर होइन।

‘जिउँदा पितृलाई माड छैन मरेको पितृलाई खिर’ भन्ने उखान पनि हाम्रो समाजमा चलेको छ। जीवित छँदा पितामातालाई अत्यन्त कष्ट दिएर मरेपछि बडो पितृमातृ भक्त भएर पिण्ड तर्पण गर्ने व्यक्ति पनि समाजमा छन्। जिउँदो र मरेपछि पनि पितृहरूप्रति श्रद्धा भक्ति नभएका पितृ द्रोही युवा युवती हाम्रो समाजमा प्रशस्त छन्। अझ जूवा तास मादक पदार्थ सेवन र रण्डिवाजी गर्नेहरूले आफनो धर्म संस्कार संस्कृति चटक्कै छोडेका छन्। हाम्रो देशका राजनीति गर्ने शीष नेता, नेता र राजनीतिक कार्यकर्ताले आफना पितृप्रति निभाउनुपर्ने कर्तव्य निभाएका छैनन्। त्यसैले राज्यमा सर्वत्र अशान्ति हिंसा, हत्या, बलत्कार, चोरी डकैती, भ्रस्टाचार अन्त्याय अत्याचार जस्ता, जघन्य अपराधहरू फैलिएका छन्। यतिमात्र होइन उपचारै हनु नसक्ने रोग लागेर अत्यन्तै कस्टप्रद जीवन व्यक्तित गरेर अल्पायुमै देहान्त भएका छन्।

पितृभक्त नभएको व्यक्ति भगवान प्रशन्न भएर बरदान दिए पनि पितृ नाराज छन् भने देवताले दिएको वरदान पनि पितृबाट हरण हुन्छ भन्ने जनविश्वास छ। सफल जीवन यापनका लागि इहलोकमा सुख शान्ति र परलोकमा मोच्क्षे प्राप्तिका लागि भगवान् भक्ति र पितृ भक्ति दुवै हुनपर्छ। पितृको सम्पत्ति प्यारो पितृलाई दुस्मन मान्ने वर्तमान युवा युवतीको बानी व्यहोरा छ। बाबु आमालाई हेला गरेर सम्पत्ति हडप गरेर वृद्धाश्रम पठाउने दम्पतीहरूले भोलि आफूलाई पनि आफना छोरा छोरीले त्यही गर्छन् भन्ने सोच राख्नुपर्छ। धर्मले खान हुन्छ अधर्मले हुँदैन। हाम्रा धर्म शास्त्रले भनेको छन्- मातृ देवो भव : पितृ देवो भव : आचार्य देवो भव : -पिता माता र गुरुलाई देवत समानमान) पितृहरूको श्राद्ध तर्पण गर्नु भनेको सम्मान गर्नु हो।

हामी शहीद दिवसमा शहीद राष्ट्रिय विभूत्रि्रति श्रद्धाञ्जली अर्पण गर्दछौं। पितृहरू प्रति चढाइने पिण्ड तर्पण उनीहरूले क्वाप्प खान्छन् भन्ने होइन श्रद्धाञ्जली अर्पण हो। सब्ब म·लम शुभम्।

Related News

सम्बन्धित समाचार

hero news full width