हिन्दू धर्ममा भगवान् शिवको महिमा

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७०

वेद, धर्मशास्त्र, नीतिशास्त्र र पुराण आदिलाई आफ्नो धर्मग्रन्थ मान्ने जाति वा धर्म हिन्दू धर्म हो। हिन्दूहरूको धर्म सनातन हिन्दू धर्म हो। सनातन भनेको धेरै अघिदेखि चलिआएको, परापूर्वदेखिको, प्राचीन, कहिल्यै नाश नहुने, अविनाशी, शाश्वत्, नित्य, धेरै पहिलेदेखि चल्दै आएको व्यवहार, अनादिकाल, परापूर्व, शिव, विष्णु, ब्रह्मा, लक्ष्मी, दुर्गा र सरस्वतीका निम्ति प्रयोग हुने नाम सबै सनातन हुन्। आर्यहरूमा प्राचीन समयदेखि चलिआएको मानवीय धर्म सनातन धर्म हो। वेद, पुराण, तन्त्र मूर्तिपूजा आदिद्वारा समर्थित अचेल चलेको हिन्दू धर्म सनातन धर्म हो। सनातन धर्मको महत्त्व र उपयोगिताको प्रचार गरी मानवकल्याणमा संलग्न रहने उद्देश्यले नेपालमा एउटा संस्था चलेको छ त्यो संस्था हो ‘सतान धर्म सेवा समिति’। यो संस्थाले सनातन हिन्दू धर्मको संरक्षण गर्दै आएको छ। हिन्दू धर्मको आदि र अन्त्य छैन। यो धर्म सनातन हो।

ऐर्श्वर्य, सौभाग्य, यश, धर्म, ज्ञान र विरागजस्ता छवटा तत्त्वले पूर्ण भएका अलौकिक पुरुष,र्र् इश्वर, परमात्मा, विष्णु, शिव, बुद्ध, ऐर्श्वर्ययुक्त, सम्पन्न, पुज्य मान्य भगवान् हुन्। अर्थात् ब्रह्मा, विष्णु, महेश्वर, दुर्गा, लक्ष्मी र सरस्वती भगवान् भगवती हुन्। हिन्दूका तीन प्रधान देवता- ब्रह्मा, विष्णु र महादेव मध्ये संहारकर्ताका प्रतीक मानिएका प्रसिद्ध देवता, रुद्र, महादेव, शम्भु, पशुपति सबै शिव स्वरूप हुन्। भगवान् शिव अर्थात् भगवान् पशुपतिनाथ नेपाल राष्ट्रका आराध्य देव हुन्। शिवको पूजाआजा गरिने, उत्सव मनाइने तथा ब्रत-उपवास आदि बसिने, फागुन कृष्ण चतुदशी तिथिको रात, शिव-चतुदशीलाई शिवरात्रि भनिन्छ। शिवजीको बास भएको लोक, कैलाशलाई शिवलोक भनिन्छ। विश्वको सर्वाच्च शिखर सगरमाथा भएको देश नेपाल हो। नेपाल राष्ट्र शिवलोक हो। देवताहरूका पनि देवता देवाधिदेव भगवान् पशुपति नाथ हुन्। संसारमा जति पनि प्राणीहरू छन् यो सबैका मालिक यिनै पशुपतिनाथ हुन्।

नेपालको अन्तरिम संविधान २०६३ को धारा ३ मा राष्ट्रको परिभाषा यस प्रकार दिएको छ- बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्ध्रि्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टि रूपमा राष्ट्र हो। धारा ४ मा नेपाल राज्य- नेपाल एक स्वतन्त्र, अविभाज्य सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, सङ्घीय लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनिएको छ। यसै संविधानको धारा २३ मा धर्मसम्बन्धी हकको यस प्रकारको व्यवस्था गरिएको छ। ‘प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक हुनेछ। तर कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन र एक अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न पाइने छैन। प्रत्येक धार्मिक सम्प्रदायलाई कानुनबमोजिम आफ्नो स्वतन्त्र अस्तित्व कायम राखी आफ्नो धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने हक हुनेछ।

नेपालको अन्तरिम संविधानले नेपाललाई धर्म निरपेक्ष बनाएको छ। धर्म निरपेक्ष भनेको कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामलामा कुनै किसिमको हस्तक्षेप नगर्ने र संविधानमा पनि कुनै धर्मको आड नलिने -राज्य समाज) धर्म निरपेक्ष हो। नेपालका ८१ प्रतिशत जनता हिन्दू धर्ममा आस्था राख्छन्। संविधानले एक धर्मावलम्बीले अर्का धर्मावलम्बीप्रति अनास्था गर्ने र धर्म परिवर्तन गर्न नपाउने संवैधानिक व्यवस्था भए पनि हिन्दू धर्म उपर अन्य धर्मावलम्बीबाट अतिक्रमण भइरहेको छ। यो अत्यन्त दुखद् प्रस· हो। हिन्दू धर्मावलम्बी अरूको धर्ममा दखल गर्दैनन्। अन्य धर्मावलम्बीले पनि यो धर्म प्रति दखल नगरून् भन्ने अनुरोध गरिन्छ। सबै धर्मावलम्बीलाई धार्मिक सहिष्णुतामा रहिदिन हुन आग्रह गरिन्छ। आफ्नो परम्परादेखि मानि आएको धर्म परिवर्तन धर्मच्युत, स्वधर्मबाट पतित नहोउ। आफ्नो स्वधर्ममा रहु यसैमा हाम्रो कल्याण छ। धर्म छाड्ने काम, धर्ममा अविश्वास गर्ने काम, धर्मबाट बिमुख हुने काम गरी कुनै पनि बालक, युवा, युवती, वृद्ध, वृद्धाले धर्म त्याग्ने र परिवर्तन गर्ने काम नगरौं। धर्मका सम्बन्धमा द्रोह गर्ने, धर्ममा अनास्था राख्ने, नास्तिक असुर राक्षस प्रवृत्ति अँगालेर धर्म द्रोही पनि नहोउ यसबाट हाम्रो कल्याण छैन। धर्ममा आस्था राख्ने, धर्ममा विश्वास गर्ने, धर्म परायण, धार्मिक होऊ यसैमा हाम्रो कल्याण छ।

यो श्रावण महिना भगवान् शिवको पूजाआजा गर्ने महिना हो। यो महिनामा पर्ने ४ सोमबार ७, १४, २१ र २८ गते पोखरामा रहेका धार्मिक स्थल केदारेश्वर र पोखरा-१० रामघाट स्थित शिव मन्दिरमा रहेका १०८ शिव लि·मा सेती गण्डकीको पवित्र जल चढाइ ‘बोलबम’ जस्तो आध्यात्मिक यात्रा सञ्चालन गर्ने जनाएको छ। यो कार्यक्रममा समस्त पोखराबासी सहभागी भई पोखरालाई शिवमय बनाइदिन हुन अनुरोध गरिन्छ।

यो ‘बोलबम’ कार्यक्रम राख्नुको मुख्य अभ्रि्राय देशमा आध्यात्मिक जागरण अभिवृद्धि होस्, देशमा शान्ति छाओस्, देशको संविधान लेखन कार्य सम्पन्न होस्, देश विकासमा सबै नेपालीको सक्रियता रहोस्, देशबाट भ्रष्टाचार निमूल होस्, धार्मिक सहिष्णुता कायम रहोस्, चोरी नगर्ने, झुटा नबोल्ने, हिंसा नगरौं, व्यभिचार नगरौं, लागु पदार्थ सेवन नगरौं, विश्वमा शान्ति छाओस्, बाढी पहिरो, भूकम्प, ज्वालामुखी विस्फोट नहुन्, विश्वमा जति पनि जीवात्मा छन् यी सबैको कल्याण होस् भन्ने रहेको छ। समाजका नकारात्मक पक्ष निर्मूल भई सकारात्मक मौलाउन् भन्दै भगवान् शिवको स्तुतिका लागि यो ‘बोलबम’ कार्यक्रम राखिएको पोखराका शिव मन्दिर र केदारेश्वर व्यवस्थापन समितिले जनाएका छन्।

यस धार्मिक कार्यमा पोखरा लगायत नेपालभरिका शिव भक्त श्रद्धालु भक्तजनलाई सहभागी हुन आग्रह गरेका छन्। यस आध्यात्मिक कार्यमा सहभागी भई पुण्य कमाउ फ् नमः शिवायः शुभम्।

Related News

सम्बन्धित समाचार

hero news full width