हाम्रो राष्ट्रिय भेषभूषालाई जोगाऔं

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७०

हामी जुन समाजमा जन्म्यौं, हुक्यौर्ं त्यही समाजमा चलिआएको भेषभूषाको प्रयोग गर्नुपर्छ। मानव भएपछि शरीरका अ· प्रत्य· ढाक्नको लागि कपडा नभई नहुने अत्यावश्यक वस्तु हो। हामी नेपाली हौं हाम्रो राष्ट्रिय भाषा नेपाली हो। हामी नेपाली हौं। पुरुष जातिले लगाउने राष्ट्रिय पोशाक दौरा सुरुवाल, कोट टोपी हो।

महिला वर्गले लाउने चोलो र फरिया, सारी र पटुका हो। हामी नेपाली भएर हाम्रो राष्ट्रिय भाषा नेपाली भाषालाई हेलाँको दृष्टिले हेर्र्नुहुँदैन। आजकल अङ्ग्रेजी बोर्र्डिङ स्कुलको वृद्धिले गर्दा हाम्रा बालबच्चा बोर्र्डिङ स्कुलमा अङ्ग्रेजी भाषा पढ्ने, बोल्ने, लेख्ने गर्दा उनीहरूमा अङ्ग्रेजी भाषाको छाप सानैदेखि परेको छ। धेरैजसो बोर्डस भएर बालबालिका आफ्ना घरमा आएर बाबुआमासँग नेपाली भाषा बोल्न पनि जान्दैनन्। बाबु आमालाई हलो डेडी ममी भन्दछन्। हामी नेपाली हौं हाम्रो भाषा नेपाली हो भन्ने कुरा तिनीहरूको मानसपटलमा पनि छैन। अभिभावकहरू पनि आफ्ना सन्ततीले अङ्ग्रेजी भाषा जाने बोलेकोमा खुसी मान्दछन्। त्यो राम्रो होइन, हामीले हाम्रो राष्ट्रभाषा नेपालीलाई हेयको दृष्टिले हेर्र्नुहुँदैन। जुन थालमा खायो त्यही थालमा थुक्नु हुँदैन।

हाम्रा नेपाली नेता, ठूला सरकारी अधिकारी पनि नेपाली भाषाभन्दा विदेशी अङ्ग्रेजी भाषालाई प्रधान बनाउँछन्। भाषण गर्दा पनि अङ्ग्रेजी र हिन्दी भाषामा भाषण गर्न पाएकोमा गौरव मान्छन्। विदेशी भाषामा भाषण गरेको बोलेकोमा हामी नेपालीको इज्जत हुँदैन। बरु हाम्रै नेपाली भाषामा बोलेकोमा हाम्रो इज्जत बढ्छ। हामीले अङ्ग्रेजीमा भाषा, जापानिज भाषा, जर्मनी भाषा, चाइनिज भाषा, रसीयन भाषा आदि विदेशी भाषा हामी सिक्छौं भने ती विदेशीले पनि हाम्रो नेपाली भाषा सिक्ने वातावरण बनाऔं अनि मात्र हामी नेपालीको शिर ठाडो हुनेछ। आज हेरौं अमेरिकाको राष्ट्रपतिले स्वदेश विदेश जहाँ गएर भाषण गरेपनि अङ्ग्रेजीमा भाषण गर्छन्, बेलायतका नेताले पनि स्वदेश विदेशमा भाषण गर्न परे अङ्ग्रेजीमै भाषण गर्छन्। चीनका नेताहरू विदेशमा गएर भाषण गर्न परे चाइनिज भाषामा भाषण गर्दछन् दोभाषेले त्यही देशको भाषामा उल्था गरी बोल्छन्। भारतका नेताहरू पनि स्वदेश विदेशमा भाषण गर्दा हिन्दीमा भाषण गर्छन्। दोमासेले अङ्ग्रेजी वा त्यही देशको भाषामा उल्था गर्छन्। त्यसै गरी जापान जर्मन, रुसका नेताले विदेशमा भाषण गर्दा जापानकाले जापानिज भाषा, जर्मनकाले जर्मनी भाषा, रुसका नेताले रुसी भाषामा भाषण गर्दछन्। दोभासेले त्यही बोलेको देशको भाषामा उल्था गर्छन् भने हामी नेपालीले नेपाली भाषामा विदेशमा भाषण गर्न नहुने होइन। नेपालीमा विदेशमा गएर भाषण गरे झन् हाम्रै इज्जत बढ्छ।

त्यसै गरी आज हाम्रो भेषमा त नेपाली समाजमा लाजै मदो भइसकेको छ। नेपाली पुरुषले लगाउने हाम्रो राष्ट्रिय पोशाक हो दौरा सुरुवाल, कोट, टोपी हो भने महिलाले लगाउने राष्ट्रिय पोशाक हो सारी, चोलो, पटुका हो। हाम्रो नेपाली महिलाले त जे जे मन लाग्यो त्यही विदेशीले जस्ता ड्रेस लगायो त्यस्तै कपडा लगाउँछन्। आजकाल त नेपाली महिलाले आफ्नो राष्ट्रिय पोशाक सारी चोलो पटुका हाम्रो राष्ट्रिय पोशाक हो भनी चिन्दै चिन्दैनन्। युवादेखि बूढासम्म कुर्ता सुरुवाल, पाइन्ट, स्र्कर्ट लगाउँछन् कहीँ छ नेपाली लगाएको छ कुर्ता सुरुवाल, कुर्ता पाइन्ट, कोही कोही त छातिसम्म खुला भएको कुर्ता, शरीर कसिएको पाइन्छ अनि सिरमा कालो चस्मा। विश्वमा जहाँ जस्तो फेशन चल्यो, नेपाली केटीले तुरुन्त नक्कल गरिहाल्छन्। भर्खरका केटीले त कुर्ता सुरुवाल लाए, तिनीहरूले पनि त्यस्तो विदेशी पोशाक लगाउन हुँदैनथ्यो।

यदि नेपाली केटी कुर्ता सुरुवाल लगाएर अमेरिका, बेलायत, जापानतिर गए भने तिनलाई कहाँको महिला भन्ने छन्। कुर्ता सुरुवाल लगाई भारतको पञ्जावमा गए भने ती केटीलाई पञ्जावी भन्ने वा नेपाली कमेज पाइन्ट लगाएकी नेपाली महिला अमेरिका, बेलायत गएमा अमेरिकन वा बेलायती केटी भन्ने – कुर्ता सुरुवाल आजकल महिलाले जहाँ पायो त्यहीँ लगाउँछन्। हुँदाहुँदा सरकारी कार्यालयमा जाने महिला कुर्ता सुरुवाल लगाएर जाउन्, नेपाली सरकारी कार्यालयमा जाँदा नेपाली महिलाले अनिवार्य रूपमा फरिया, चोलो, पटुका, पछ्यौरा अनिवार्य लगाउनुपर्दछ। विदेशी कुर्ता सुरुवाल, कमेज पाइन्ट लगाई नेपाली सरकारी अफिसमा जान रोक लगाउनुपर्छ। नेपाली महिलाले कुर्ता सुरुवाल अर्थात् पाइन्ट कमेज, मिनी स्र्कर्ट लगाउनु हाम्रो देशको राष्ट्रिय इज्जत हुँदैन। हुँदाहुँदा हाम्रो समाजमा महिलाको राष्ट्रिय पोशाक के हो भन्दा अहिलेका केटीले कुर्ता सुरुवाल अर्थात कमेज पाइन्ट, स्र्कर्ट पाइन्ट भन्छन्। ती आजकालका महिलालाई महिलाले लगाउने राष्ट्रिय पोशाक फरिया चोलो, पटुका पछ्यौरा भन्ने नै चिन्दैनन्। मान्छे छ नेपाली केटी कपडा लगाएकी छ कुर्ता सुरुवाल, उसलाई नेपाली भन्ने कि पञ्जावी भन्ने – नेपाली केटी लगाएकी छ कमेज पाइन्ट, कालो चश्मा र हातमा ब्याग छ। त्यसलाई अमेरिकन केटी भन्ने कि नेपाली केटी भन्ने यस्तै समाजमा ठूलो विकृति आएको छ। हुँदाहुँदा केटीले अर्ध नग्न कपडा लगाई हिँड्छन्। उसले आफ्ना काला प्याख उक्काएर छ र मयुरको प्वाँख लागि मयुरको बगालमा गएछ मयुरले चिनेछन् यो त काग हो मयुर होइन भनी ठुँगी ठुँगी लखेटेछन् भनी सबै मयुरले ठुँगीठुँगी मार्न लाएछन्। फेरि त्यही काग कागको बगालमा आएर मिसिएछ। अझ भर्खर यो मयुरको प्वाँख लागी मयुरको समाजमा गएको हो लौ भाइ हो हामीले यसलाई सबैले ठुँगेर भगाउनुपर्छ भनी ठुँगीठुँगी कागको बथानबाट भगाएछन्। त्यो विचरो काग त न मयुरतिर भयो, न कागतिर भयो त्यसैले न नेपाली न विदेशी यता न उताको नबनौं बरु आफ्नै राष्ट्रिय पोशाक महिलाको चोलो, पटुका, फरिया, पछ्यौरा लगाऔं। महिलाले पुरुषले नेपालीले दौरा सुरुवाल, कोट टोपी लगाई नेपाली राष्ट्रिय पोशाक लगाई हाम्रो इज्जत बढाऔं। आज बोर्र्डिङ स्कुलले टाइ कमेज, पाइन्ट पोशाक लगाउनाले अहिलेका बच्चाले राष्ट्रिय पोशाक चिन्दैनन्। त्यसैले बोर्र्डिङ स्कुलहरूले नेपाली पुरुषले लगाउने दौरा सुरुवाल, टोपी, जुत्ता हो। महिलाले चोलो, फरिया, पटुका लगाई बच्चालाई राष्ट्रिय पोशाक, राष्ट्रिय भाषा नेपाली हो भनी राष्ट्रिय पहिचानमा विशेष ज्ञान दिलाउन नब बालकलाई राष्ट्रप्रति भक्ति हुन सिकाउनुपर्छ।

Related News

सम्बन्धित समाचार

hero news full width