स्तालीन, माओ र सि जिन पिङ्ग

तिलकप्रसाद आचार्य
कार्तिक २४, २०७६

विश्वका कम्युनिष्टहरुले माक्र्सवाद लेलिनवादको अनुसरण गर्दै लोकतान्त्रिक बाटोलाई आत्मसात गर्दै गए उनको भविष्य उज्ज्वल हुन सक्तछ।

रुसमा कम्युनिष्ट पार्टीको नेतृत्व लेनिनको सक्रियतामा सन् १९१७ मा जारशाहीको अन्त्य गरी कम्युनिष्ट पार्टीको सरकार लेनिनको नेतृत्वमा बन्यो। सशस्त्र द्वन्द्वको क्रममा पनि लेनिनले तत्कालीन रुसी सांसद दुमामा भाग लिएका थिए। क्रान्ति सम्पन्न भएपछि अन्य मुलुकमा क्रान्ति सम्पन्न गर्न अघि वढ्नु पर्दछ भन्ने ट्राटस्की चिन्तनलाई उनले खण्डन गरे। पहिले रुसको वर्तमान व्यवस्थालाई सुरक्षित बनाउनु पर्दछ भन्ने उको धारणा थियो। अन्य देशमा हमला गर्ने कार्य गर्नु हुँदैन, विश्वमा शान्ति कायम गर्नु पर्दछ भनी उनले विश्व शान्तिको आह्वान गरेका थिए।

लेनिन पछि स्तालिन सत्तामा आए। उनको कार्यकालमा जर्मनसंग विश्व युद्ध भयो रुसले विजय गर्दै जर्मनको वर्लिनसम्म पुग्यो। पूर्वी जर्मनी सहित केही देशहरुमा कम्युनिष्ट व्यवस्था लागु भयो र स्तालिनको अधिनायकवादी शासन स्थापित भयो तर ९० को दशकमा रुस समेत एक दर्जन देशहरुबाट कम्युनिष्ट व्यवस्था समाप्त भयो।

स्तालिन अधिनायकवादी थिए। उनकी छोरी श्वेतलानाले मेरा बाबु स्तालिनका दर्जनौ श्रीमती थिए। मेरी आमा र अन्य कैयौ श्रीमतीलाई बुबाले मारेका थिए। मलाई पनि मार्दछन भन्ने डरले भागेर म अमेरीका गएकी हुँ। आफ्नो शासनकालमा गृहमन्त्री वोरिया समेत कैयौ मन्त्रीलाई मार्न लगाए। आमासंग स्यानो कुरामा मतभेद हुँदासाथ उनले मराउने कोशिश गर्दथे। कम्युनिष्ट व्यवस्था अन्त्य हुने मुख्य कारण अधिनायकवादी प्रवृत्ति हो। चाउचेस्क्यू, होनेकर र भोल्सेविक आदि नेताले चरम भ्रष्ट्राचार गरेका कारणले पनि कम्युनिष्ट शासन ढलेको हो।

चीन जस्तो विश्वको सबभन्दा धेरै जनसंख्या भएको देशमा चाङकाईसेकको सत्ता समाप्त पारेर कम्युनिष्ट व्यवस्था स्थापना गर्नु माओको महत्वपूर्ण देन हो। माओ पनि आफुसित अलिकति मतभेद हुँदासाथ मराई हाल्थे। लिउ साओचीजस्ता क्रान्तिका नायकलाई माओले मार्न लगाएर सयौँ क्रान्तिका नायक नेताहरुलाई स्यानो कुरामा मतभेद हुँदा सथै माओले मराउने गरेका कैयौ घटनाहरु छन्।

चीनको आर्थिक अवस्थामा आमूल परिवर्तन गर्ने योग्य र समर्थ नेता तेङ सियाओ पिङ्गलाई मराउने माओको चाहना थियो। उनी जेलमा थिए। चाउएनलाईले तेङलाई जेलबाट निकालेर मन्त्री बनाएका थिए। तेङ्गले चीनमा स्वतन्त्र अर्थ व्यवस्था लागु गरेर चीनलाई विकासको पथमा अघि वढाएका थिए।

तेङ्गको अनुसरण हाल सिले गरेका छन। चीनका महत्वपूर्ण नेता सि चोङ सेनलाई आफुले मन नपराएको तर उनको पुस्तकलाई मन पराएको भनी उनलाई जेलमा थुनेर उनका परिवार सहित छोरा वर्तमान राष्ट्रपति सि जिन पिङ्गलाई बाल्यकालमा नै यातना दिएको, दुःख खष्ट दिएको कुरा उल्लेख गरिएकोछ। रुसमा स्तालिन कालमा हजारौँ व्यक्तिहरुलाई हत्या गरेजस्तै चीनमा माओत्सेतुङ्गले सन १९६६ देखि साँस्कृतिक क्रान्तिको नाउँमा लाखौँ व्यक्तिहरु माराईएका र यातना दिएका थिए।

सि जिन पिङ्गका पिता सि चोन सुङ्ग सन् १९२६ मा कम्युनिष्ट पथमा लागेर सन १९३५ को कम्युनिष्ट शुद्धीकरण आन्दोलनमा सि चोन सुङ्ग जेल गए। कम्युनिष्ट पार्टीले चाङकाईसेक विरुद्ध शसस्त्र आन्दोलन शुरु भएपछि सि चोन जुङ्ग राजनीतिक कमिसार वने। सन् १९५४ मा दलाई लामाले चीनको यात्रा गरे। त्यहाँ सि चोनसुङ्ग उनका साथमा रहे लामाले उनलाई एउट घडी दिएका थिए। सन् १९५९ मा उनी उप–प्रधानमन्त्री वने। कानून निर्माण गर्न चाउएनलाईलाई सहयोग गरे।

सन् १९३६ मा मारिएका कम्युनिष्ट पार्टीले शहीद मानेका लिउ झिदानको जीवनी १९६२ मा प्रकाशित भयो लि जिम्ताङ्गद्वारा लिखित उक्त पुस्तक माओद्वारा मन पराईएको थिएन। स चियोसुनकी दोस्री पत्नी छि चिनका साईला छोरा सि जिन पिङ्ग जन्मेका थिए। सन् १९६६ मा चीनमा साँस्कृतिक क्रान्ति गरियो। उक्त किताव माओले मनपराएका थिएनन्। सि चिनसुनले सो जवनीको प्रशंसा गरे। लालसेनाले उनलाई पक्राउ गर्यो। उनलाई जेलमा हालियो पटकपटक कुटपिट गरियो कठोर यातना दियो। स्कूलमा पढदै गरेका सि जिन पिङ्गलाई समेत पक्राउ गर्ने, थुन्ने, यातना दिने काम गर्यो। लाल सेनाले लखेटने कुट्ने काम पनि गर्यो।

१९७२ मा सि चोँगसुनलाई चाउएन लाईले जेल मुक्त गरे। सि गम्भीर स्वभावका थिए। सन् १९७१ मा १८ वर्षको उमेरमा उनी पार्टीको सदस्य बन्न चाहन्थ्ये। १२ पटक सम्म उनको निवेदन स्वीकृत गरिएन। १३ ‌औँ पटकमा सन् १९७४ मा पार्टी सदस्यता प्रदान गरियो। १९९७ मा वैकल्पिक केन्द्रीय सदस्य भए। सन् १९७४ मा तेङ सियाओको पालामा सि चोङसुन सदस्य भए र सन १९८८ मा राजनीतिबाट अलग भए सन् २००२ मा उनको देहावसान भयो।

सि जिन पिङ्ग छोटै समयमा नेतृत्वमा पुगे। सन् २०१२ मा महासचिव र सैन्य आयोगका प्रवक्ता भए र सन् २०१३ मा चीनका राष्ट्रपति बने। उनको नेतृत्वमा चीनले विकासको ठूलो फड्को मारिसकेको छ। उनको महत्वाकाँक्षी योजना वेल्ट एण्ड रोड इनिसियटीभ लागु भएको छ। उनले पेश गरेको १४ सूत्रीय प्रस्ताव पारित भई लागु हुन थालेका छन् चीनिया विशेषतामा आधित समाजवादमा डोर्याउने विशेषताका कारणा उनी विश्वमा चर्चित छन्। विश्वको शक्तिशाली राजनीतिक पंक्तिमा उभिन पुगेका छन्। उनकी पत्नी लोक गायिका पेड लियुयोगं हुन्।

चीनमा हालसम्म एउटा मात्र कम्युनिष्ट पार्टी छ। अरु पार्टीले उसलाई सहयोग गर्नु पर्दछ तर सि चिनफिङ्गद्वारा प्रस्तुत १४ बुँदे प्रस्तावमा भ्रष्ट्राचारको अन्त्य कानूनी शासन, मानवअधिकारको संरक्षण जस्ता लेखिएकोले चीन लोकतान्त्रिक बाटोमा लाग्ने संकेत देखिएको छ। विश्वका कम्युनिष्टहरुले मार्कसवाद लेलिनवादको अनुसरण गर्दै लोकतान्त्रिक बाटोलाई आत्मसात गर्दै गए भने उनको भविष्य उज्ज्वल हुन सक्तछ।

नेपालका कम्युनिष्टको सन्दर्भम विगतमा गुट उपगुट भएतापनि मदन भण्डारीद्वारा प्रतिपादित ज.व.ज. लोकतान्त्रिक पद्धति मान्ने एमाले र हिंसात्मक बाटो छोडी एक्काइसौँ शताब्दीको जनवाद मान्ने भनेर लोकतान्त्रिक बाटोमा आएको पूर्व माओवादी बीचको एकताको कारणले संसदमा दुईतिहाई बहुमत प्राप्त वर्तमान सरकारले इमान्दारी साथ काम गर्ने हो भने समाजवाद स्थापित हुन सक्तछ। क्रन्तिको नेतृत्व गरेका बाबुराम भट्टराई विखण्डनवादी मधेशी पार्टीमा लाग्नु दुखद कुरा हो।

साथै अझै पनि माओवादी विकृतिवादमा लागेर क्रान्तिको कुरा गर्ने वैद्य र विप्लवले विफलताको बाटो रोजेका छन्। त्यस्तो गलतबाटो छोडेर शान्तिपूर्ण बाटोमा लाग्नु आजको आवश्कता हो अन्य कम्युनिष्ट नेताहरु मोहन विक्रम, नारायणमान विजुक्छे, आदि नेताहरुले लिएको बाटो मनको लड्डु घिउसित खाऊ भने जस्तै हो। लोकतान्त्रिक र समाजवादी चिन्तनलाई अघि बढाउनु आजको आवश्यकता हो।

रुस र युरोपमा कम्युनिष्ट पार्टीहरु निर्वाचनमा भाग लिन्छन् र अन्य देशका कम्युनिष्टहरु पनि निर्वाचनमा भाग लिन्छन्। तर कहीं निर्वाचनमा जितेका छैनन्। बहुदलीय प्रतिस्पर्धा, खुल्ला समाज, लोकतान्त्रिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, राजनैतिक स्वतन्त्रताको नीति अपनाएर चुनाव जित्ने, सरकार बनाउने कम्युनिष्ट पार्टी नेपालको मात्र हो। यो पार्टीले अपनाएको बाटो अन्य देशका कम्युनिष्ट पार्टीहरुले पनि अपनाउनु पर्दछ र निर्वाचनको बाटोबाट श्रेष्ठता हासिल गर्नु पर्दछ। अमेरिकी थर्काइबाट नेपाल डराउनु हुँदैन। चीनसंग भएको वर्तमान सम्झौता कार्यान्वयन गरेर समृद्ध र विकसित देश बनाउन पर्दछ।

(लेखक वरिष्ठ अधिवक्ता हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width