साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको योगदान

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७०

राणाशासकहरूको मुटु हल्लाउने ‘आग्नेय चरित्र’ विश्वेश्वरप्रसाद कोइराला -वि.सं. १९७२ भदौ २४-२०३९ साउन ६) लाई नेपाली साहित्यका पाठकले नेताका रूपमा भन्दा पहिले नै कथाकारका रूपमा चिनेका थिए। तिनले लेख्नभन्दा पहिलेका कथाकारहरूले लोग्नेस्वास्नीका घर झगडाको चित्रण गथ र पत्नी चरित्रवान् भए सबै समस्याको समाधान हुन्छ भन्ने मध्यकालीन विचार प्रवाह गर्थे। कथामा उत्कृष्टताबाहेक कुनै नैतिक दर्शनको आवश्यकता पर्दैन भन्ने कुरा उनले चन्द्रवदन -१९९२) कथा लेखेर देखाए। विश्वेश्वरप्रसाद कोइरालाले कथा लेख्न थालेपछि पुराना कथाहरू फिका भए।

विश्वेश्वरप्रसाद कोइरालालाई पहिलो मनोवैज्ञानिक कथाकार भनिन्छ। चन्द्रवदन कथामा चन्द्रवदनको चेतन र अचेतन मनको द्वन्द्व औंल्याएका हुनाले उनलाई मनोवैज्ञानिक कथाकार भनिएको हो। यसभन्दा अगाडिका कथाकारले बाह्य पक्षको मात्र चित्रण गथ। कोइरालाले नारीका मनभित्रका सङ्र्घर्षलाई कथाको विषय बनाए। यो कथाको विषयमा मात्र परिवर्तन भएन। कथाको संरचनामा पनि परिवर्तन भयो। नेपालीमा चरित्रप्रधान कथा लेख्ने परम्परा पनि कोइरालाले भित्र्याए। अनावश्यक पृष्ठभूमि लेख्ने र कौतुहल समाप्त भएपछि पनि कथा भनिरहने परम्परा तोडेर कोइरालाले आकस्मिक सुरु हुने र कलात्मक तरिकाले अन्त्य गर्ने नयाँ शैली भित्र्याए। उनले चेखव, मोपाँसा, टाल्सटाय, गोर्र्की जस्ता कथाकारका कथा स्नातकको विद्यार्थी हुँदा नै पढिसकेका थिए। कोइराला पढ्थे, लेख्थे र संवाद गथ। त्यसो हुँदा कोइराला अरु लेखकभन्दा अब्बल दर्जाका भएर निस्के।

कोइरालाका दोषी चश्मा र श्वेत भैरवी कथा सङ्ग्रह प्रकाशित छन्। यी सङ्ग्रहमा सड्ढलित र असड्ढलित गरी उनका नेपाली भाषामा लेखिएका २६ वटा कथा छन्। उनको कथा लेखनको आरम्भ हिन्दीमा भएको हो। सूर्यविक्रम ज्ञवालीको प्रेरणा र सल्लाहले गर्दा उनले नेपालीमा कथा लेख्न सुरु गरेका हुन्। उनका अधिकांश कथा मनोवैज्ञानिक छन्। उनले सामाजिक कथा पनि लेखेका छन्। उनलाई मनोवैज्ञानिक कथाका संस्थापक भनेर नै धेरैले चर्चा गरेका छन्।

विश्वेश्वरप्रसाद कोइरालाले तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदी आइन्, ‘हिटलर र यहुदी’ र ‘बाबु आमा र छोरा’ उपन्यास लेखेका छन्। यी उपन्यासमा कोइरालाले आफ्ना निजी विचार व्यक्त गरेका छन्। तीन घुम्तीमा नारीका तीन रूप मोहनी, भोगिनी र आमा रूपको वर्ण छ। इन्द्रमाया पिताम्बरलाई प्रेम गर्छ, रमेशसँग भोग गर्छ र रमालाई मातृस्नेह दिन्छे। उसले कसैकाप्रति पनि पूर्वाग्रह राखेकी छैन। उसका जीवनमा अनेक समस्या आएका छन् र समस्यासँग उसले एक्लै लड्नुपरेको छ। इन्द्रमायाले कसैसँग सम्झौता गरिन। यदि सम्झौता गरेकी भए, ऊ इन्द्रमाया नै हुने थिइन। इन्द्रमायाको व्यवहार र विचारलाई लिएर यथास्थितिवादीहरूले तीन घुम्तीमाथि आक्रमण पनि गरे। कोइरालाले एउटा साप्ताहिकमा दिएको अन्तर्वार्तामा नेपालमा इन्द्रमाया जस्तै साहसी नारी कोही छ भने उसलाई सलाम गर्छुभनेका छन्। नेपाली अस्तित्ववादी उपन्यास धेरै लेखिएका छन् तर इन्द्रमायाजस्तो अस्तित्व सचेत पात्र दोस्रो फेला पर्दैन। अस्तित्ववाद भनेको के हो बुझ्न तीन घुम्ती पढ्नैपर्छ।

नरेन्द्र दाइ उपन्यासमा कोइरालाले व्यक्तिका अगाडि समाज गौण कुरा हो भन्ने देखाए। समाजले जसरी मान्छेलाई बुझेको छ, नरेन्द्र दाइले समाजलाई त्यसरी बुझेको छैन। व्यक्तिलाई सामाजिक र आर्थिक हैसियतको कुरा गरेर होच्याउन पाइन्न भन्ने कुरा यो उपन्यासमा देखाइएको छ। नरेन्द्र दाइले घरमा काम गर्ने नोकर्नी मुनरियालाई प्रेम गर्छ र पत्नीको दर्जा दिन्छ। यसो गर्दा उसमा कुनै हीनताबोध देखिएको छैन। यो उपन्यासमा कोइरालाले नियतिका अगाडि कसैको केही लाग्दैन भन्ने देखाएका छन्। दुर्घटनाका शिकार बनेका उपन्यासका मुख्य पात्रहरू आफ्ना कर्मले नभएर परम्परागत सामाजिक मूल्य र मान्यताका कारणले दोषी बनेका छन्।

सुम्निमा मनोवैज्ञानिक उपन्यास हो। अचेतनका प्रेरणाले मानव स्वभावमा पार्न सक्ने प्रभावलाई यस उपन्यासमा सफलतापूर्वक प्रस्तुत गरिएको छ। पात्रहरू स्वभाविक इच्छा र कठोर अनुशासनको चेपुवामा परेर तनावग्रस्त बनेका छन्। मनका स्वभाविक इच्छालाई गुम्स्याउनाले उत्पन्न हुने मनोविकार र तनावलाई कोइरालाले चित्तबुझ्दो पाराले प्रस्तुत गरेका छन्। उपन्यासमा दुर्इ सभ्यताको रोचक वर्ण पनि प्रस्तुत छ।

मोदी आइन् महाभारतसँग सम्बन्धित मिथकमा आधारित छ। यो मानवताको पक्षमा लेखिएको प्रखर वैचारिक उपन्यास हो। युद्ध मानवीय स्वभाव होइन भन्दै मान्छे करुणाको सहृदयको, स्नेहको, स्वजातीयताको, कौटुम्बियताको, मैत्रीको, दयाको साकार रूप हो भन्ने विचार प्रस्तुत गरिएको छ। यसमा हिन्दू धर्म ग्रन्थ गीताको परम्परागत अर्थको खण्डन गरिएको छ र नयाँ ढ·ले व्याख्या गरिएको छ। धर्म स्थापनाको निम्ति युद्धको विकल्प नखोजिएका कोइरालाले कृष्णको निन्दा गरेका छन्। गीताको श्रवण गरेपछि अर्जुन मानवता रित्तिएको जड वस्तु र युद्धको आगोमा होमिन्छ। यो उपन्यास लेख्दै गर्दा कोइराला सशस्त्र द्वन्द्वले शान्ति स्थापना गर्दैन भन्ने निष्कर्षमा पुगेको सड्ढेत गर्छ। आफूलाई युद्धको सरदार बनाउने लोभमा मानिस भयानक विनाशको कारक बन्छ भन्ने कुरा देखाएका छन्। ठूलो मान्छे मानवीय संवेदनाशून्य हुने हुँदा असल मान्छे बन्नुपर्ने सल्लाह दिएका छन्।

हिटलर र यहुदी उपन्यासमा आद्यबिम्ब, सामूहिक अचेतन र स्वप्न अभिव्यक्तिको प्रस· छ। यो उपन्यासमा कोइरालाले हत्या, हिंसा, विध्वंसजस्ता कुराहरू आदिम मानवका आदिम प्रवृत्ति हुन्। ती प्रवृत्तिहरू सामूहिक अचेतनका माध्यमले वंशानुगत रूपमा हामीमा छन्। महाभारतको युद्धको निरन्तरता द्वितीय विश्वयुद्धमा देखियो। कृष्ण र हिटलरको प्रवृत्तिमा भिन्नता देखिएन भन्ने कुरा उनले यो उपन्यासमा बताएका छन्।

बाबु, आमा र छोरा उपन्यासमा छोराले प्रेम विवाह गरेर गर्भवती तुल्याएकी केटीलाई अनजानमै बाउले बिहे गरेका कारण परिवारमा तर· आएको छ। उपन्यासकी नायिकाको इच्छाविपरीत विवाह भएकाले उसले पतिलाई हरप्रयासले चोट पुर्‍याउने प्रयास गर्छ।

कोइरालाका छ वटा उपन्यासको विषयवस्तु बेग्लाबेग्लै छ। धेरै उपन्यास लेखे पनि पृथक-पृथक विषयवस्तुमा लेखेर नयाँ विचार प्रवाह गर्ने कार्य कोइरालाले गरेका छन्। हिटलर र यहुदीबाहेक उनका अन्य उपन्यास प्रायः एक हप्तामा लेखिएका हुन्। कोइरालाका उपन्यास विचारप्रधान छन्। उनको भनाइ छ-‘उपन्यासमा मैले कथा भन्न खोजेको छुइनँ, विचार दिन चाहेको छु।’ उनका विचारहरू विषयवस्तु र पात्रका माध्यमबाट प्रस्तुत गरिएको छ।

कोइरालालाई मनोवैज्ञानिक आख्यानकार भनिन्छ। उनका आख्यानमा सामाजिक विचार पनि सशक्त रूपमा आएको छ। नरेन्द्र दाइ उपन्यासमा महिला नै महिलाविरोधी रहेको चित्र प्रस्तुत छ। समाज छुवाछूतको समस्याले ग्रस्त रहेको देखाइएको छ। सुम्निमामा जातीय समस्याको वर्ण छ। अनमेल विवाहबाट जन्मेका यहुदी जातिको पीडादायी अवस्थाको चित्रण गरेको छ।

राजनीति गर्नेले पनि कोइरालाको उपन्यास पढ्नु आवश्यक छ। उनी स्वतन्त्रप्रेमी र स्वाभिमानी थिए। उनका कथा उपन्यासका पात्रहरू स्वतन्त्रता, स्वाभिमान र पहिचानका निम्ति सङ्र्घर्ष गर्छन्। उनी पात्रका माध्यमबाट धर्म र परम्पराको नाममा प्रचलित रूढ्रि्रस्त सामाजिक मूल्य मान्यतामा सुधार ल्याउन जरूरी देख्छन्। नारी र पुरुष शक्ति सम्बन्धको असन्तुलित परम्परा तोड्न चाहन्छन्। नेपाली काङ्ग्रेसका नेता र कार्यकर्ताले कोइरालाको राजनीतिक विचार मात्र बोकेर दौडेका छन्। समाजको खास चित्र र समाजमा के कस्ता पक्षमा परिवर्तन ल्याउन आवश्यक छ भन्ने विषयमा उनले आख्यानमा निकै मिहिन पाराले प्रस्तुत गरेका छन्। कोइरालाले आफ्ना सबै आख्यानभित्र व्यक्तिसत्ताको खुलेर वकालत गरेका छन्। हरेकले विवाह गर्दा होस् वा अन्य काम गर्दा आफ्ना बारेमा आफैले निर्णय गर्न पाउनपर्छ भनेका छन्। कुनै पनि अधिनायकवादी शक्ति यहाँ टिक्न नसक्नुको कारण कोइरालाले व्यक्तिको अधिकारका बारेमा दिएको प्रेरणा र अभिव्यक्ति पनि कारक हुनपर्छ।

कोइराला भविष्यका निम्ति राजनीति गर्ने व्यक्ति हुन्। उनका उपन्यासका पात्रहरू भविष्यप्रति आशावादी छन्। आशावादी भएकै कारणले उनीहरू महत्त्वपूर्ण निर्णय आफै गर्छन्। सन्तानका भविष्यका निम्ति इन्द्रमायाले गृहत्याग गरेकी हो। एक रात कथाको किशोरले देश र जनताको भविष्यका निम्ति बलिदान हुन राजी भएको हो। प्रचलित मान्यताविरोधी नभएको मानिसले विकासै गर्नै सक्दैन भन्ने उनको विचार छ।

कोइरालाले आफ्ना उपन्यासमा व्यक्तिको जीवनमा नियतिको भूमिका रहन्छ भनेका छन्। नरेन्द्र दाइ, गौरी र मुनरिया तीनै जनाले अनिश्चित परिस्थितिको सामना गर्नुपर्छ। गौरीले सौता बेहोर्र्नुपर्छ। नरेन्द्र दाइलाई क्षयरोग लाग्छ। नरेन्द्र दाइलाई क्षयरोग लागेपछि मुनरिया नरेन्द्र दाइसँग अलग्निुपर्ने वातावरण बन्छ। आफूले इच्छाएको जस्तो जीवन बाँच्न कसैले पाएनन्। निदोर्षले पनि कहिलेकाहीँ दण्ड भोग्नपर्छ। इन्द्रमायाको जीवनमा रमेश नआएको भए इन्द्रमायाको दाम्पत्य जीवन छिन्नभिन्न हुने थिएन। प्रत्येक मान्छे जन्मदै नियतिको छाप लगाएर जन्मिन्छ भन्ने कोइरालाको विचार छ। नियतिमाथि प्रश्न गरेर साध्य पनि छैन भन्ने सन्देश कोइरालाको छ।

कोइरालाका अनुसार नैतिकता देखाउने कुरा होइन आत्मिक कुरा हो। व्यक्ति आफूप्रति इमान्दार हुने कुरा हो। व्यक्ति इमान्दार बन्ने प्रयत्न गर्नुपर्छ। अरुले त नैतिक छस् भनेर आत्मिक सन्तुष्टि मिल्दैन। मनले आफूलाई सफल ठानेमा मात्र आत्मिक सन्तुष्टि मिल्छ। इन्द्रमायाले समाज र पति त्याग्नुपरे पनि आफूलाई असफल भनेकी छैन। ‘एकरात’ मा मृत्युदण्ड दिने अफिसरहरूले आफूलाई सफल ठानेका छैनन्।

कोइरालाका धेरै कृतिमा नारी समस्या देखाइएको छ। नरेन्द्र दाइमा नारीका सामाजिक र मानसिक समस्या देखाइएको छ। सुम्निमा उपन्यासमा सोमदत्तले प्रगतिपथको बाधक ठानेर सुम्निमालाई आफ्नो जीवनबाट हटाउने प्रयत्न गरेको छ। मोदी आइन् मा युद्धको दुष्प्रभावले नारीले भोगेका यातना देखाइएको छ। यौवन निख्रिसकेका बूढासँग बिहे भएकाले कर्नेल्नीले भोग्नुपरेको मानसिक पीडा कर्नेलको घोडा कथामा देखाइएको छ। पत्रि्रताको पालन गर्ने सामाजिक प्रचलनले लोग्ने अनुपस्थित हुँदा स्वास्नीले झेल्नुपरेको तनाव उनका चन्द्रवदन कथामा छ। नेपाली नारीले भोग्नुपरेको यो तनाव व्यक्त गर्ने आँट कसैले गरेका थिएनन्। विश्वेश्वरप्रसाद कोइराला त्यस्ता कथाकार जो देखेको सत्य बोल्न सक्थे। प|mायडवादका बारेमा लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समले पढेका थिएनन् भन्न सकिन्न। उनीहरूले मुनामदन र मुकुन्द इन्दिरामा पत्रि्रता धर्मको महिमा गाउँदै गर्दा कोइरालाले चन्द्रवदनमा लोग्नेको अभाव देखिएको विरसिलो र पट्यारलाग्दो जिन्दगीको सजीव चित्रण गरेर देखाए। कोइरालाले रती आकर्षण वा विकर्षणका मात्र कथा भन्दैनथे। उनले सामाजिक विधिविधानको पनि तिर्यक आलोचना गरे।

कोइरालाले युद्धलाई मानवताको हारको अर्थमा व्याख्या गरेका छन्। उनले मोदी आइन् मा आफ्ना मान्छेलाई मारेर समाजमा सुख, शान्ति र समृद्धि नआउने विचार व्यक्त गरेका छन्। हिटलर र यहुदीमा द्वितीय विश्वयुद्धको नरसंहारकारी घटनालाई अगाडि सारेर युद्धप्रति पाठक मनमा घृणा फैलाउने काम गरेका छन्। राजनीतिमा लागेका मान्छे शक्तिका भोका हुन्छन् र आफूलाई स्थापित गर्न यिनीहरूले युद्धको महिमा गाउँछन् भन्ने अप्रत्यक्ष सन्देश यिनका उपन्यासले व्यक्त गरेको छ।

कोइरालाले साहित्यिक प्रतिभा कहलाउने सुरले साहित्य लेखेनन्। उनले केही कविता पनि लेखे तर स·ीतको ज्ञान नहुनाले आफूलाई कविता लेख्न नआउने कुरा स्वीकार गरे। राजनीतिको प्रखर चेतना भएर पनि तिनले आफ्नो साहित्यलाई प्रचारधर्मी बनाएनन्। यिनका कथाका पात्र मैनाली र भीमनिधि तिवारीका पात्रझैँ साँघुरा कोठाभित्र थुनिएनन्। विषयवस्तुको विन्यास र प्रस्तुतिको ढ·लाई सकेसम्म आकर्षक बनाउने कोइरालाले कथालाई सीपयुक्त रूपमा र उपन्यासलाई विचार भन्ने कलाका रूपमा प्रस्तुत गरे।

(लेखक नेपाली लेखक सङ्घ कास्कीका अध्यक्ष हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width