सर्न्दर्भ : विधान सम्मेलनको

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७०

अनेरास्ववियु यति बेला आफ्नो स·ठनलाई नीति र नियममा चुस्त र दुरूस्त राख्नको लागि समग्र संरचनालाई कस्तो बनाउने भन्ने सर्न्दर्भमा विधान सम्मेलनमा जुटिरहेको छ। यही साउन १८-२० गतेसम्म दाङमा सम्पन्न्ा हुन गइरहेको विधान सम्मेलनको तयारीमा अनेरास्ववियुका नेता तथा कार्यकर्ता पूर्णरूपमा लागिपरेका छन्। तर जुनरूपमा बाहिर चर्चामा हुनुपर्ने हो त्यो देख्न सकिएको छैन। यतिखेर नेतृत्व चयनको लागि सम्मेलन भइदिएको भए सम्पूर्ण देश अखिलमय  हुने थियो। तर विधान सम्मेलन सामान्यतया शुभचिन्तकसम्मले पनि थाहा पाएका छैनन्। यो स·ठनमा नीति नियम स्खलनले गर्दा यस्तो भइरहेको छ। ती सम्पूर्ण कुरालाई मध्यनजर राख्दै प्रगतिशील कर्मठ र देशलाई समृद्धितर्फ लैजाने यो देशको शिक्षा नीति देश सुहाउँदो बनाउन स्वरोजगार मुलुक शिक्षा केन्द्रित आन्दोलन गर्न अनेरास्ववियुबाट मात्र सम्भव छ भन्ने आशा र विश्वास गर्ने केही युवा विद्यार्थीलाई यस सम्मेलनले राम्रोसँग ध्यान केन्द्रित गरेको छ।

लागौं विषयवस्तुतर्फ

मुख्यतय यो विधान सम्मेलनले सङ्गठनको आन्तरिक संरचना कस्तो हुने भन्ने मानै टुङ्गो लगाउँछ। व्यक्तिलाई कसरी नेता बनाउने भन्दा पनि संरचना कस्तो हुने नेतालाई बलियो बनाउने कि कार्यकर्तालाई बलियो बनाउने  कति सङ्ख्याको संरचना बनाउने, पदाधिकारी कस्तो बनाउने, केन्द्रीय कमिटी कति सङ्ख्याको बनाउने, केन्द्र मातहतको संरचना, जिल्ला, क्षेत्रीय कमिटी कस्तो हुने भन्नेमा नै केन्द्रित रहेको यो विधान सम्मेलनमा स्वभाभिक रूपमा तीन वर्षको कामको मूल्याड्ढन पनि गर्नेछ र गर्नुपर्दछ। यो देशको सबैभन्दा ठूलो विद्यार्थी सङ्गठन राजनीतिक परिस्थितिको बारेमा के बोल्छ ? शैक्षिक मुद्दाको उठानका सवलमा आफ्नो दृष्टिकोण कस्तो बनाउने ? भावी शिक्षा नीतिका  बारेमा के बोल्छ ? यो आम शिक्षा विद्यार्थी आन्दोलनसँग सरोकारवालाको चिन्ता र चासोको विषयवस्तु बनेको छ यतिबेला। इतिहासलाई साक्षी राखेर वर्तमानलाई आत्मसाथ गर्नु हामी सबैको कर्तव्य हुन जान्छ। हिजो कालापानीमा मार्चपास गर्ने स·ठन आज किन राष्ट्रियताको बारेमा बहस चलाइरहेको छैन ? जनजीविकाको  सवालमा आफूलाई अग्रभागमा राख्ने स·ठन  आज फेरि कता हराइरहेको छ ? यी बारेमा व्यापक छलफल चलाउनलाई नै आज सम्पूर्ण शक्ति यो सम्मेलनमा केन्द्रित छ। तीन वर्षअघि जनकपुरमा सम्पन्न सम्मेलनबाट निर्वाचित केन्द्रीय कमिटीको कार्यकालको समीक्षा गर्ने र समीक्षामार्फत नयाँ संरचना र नीतिनियम निर्माण गर्ने समय हो यो केन्द्रीय कमिटीलाई पूर्णरूपमा  अधिकार दिइएको यो संरचनामा हाल आएर कार्यकर्ता पंक्ति पूर्णरूपमा सन्तुष्ट छैनन्। गएको कमिटीलाई मात्र हेर्ने हो भने पनि यो कमिटीले आफूलाई मन लागेको जति व्यक्तिलाई कमिटीमा लैजाने र मन लागेको बेला फाल्ने र फेरि पुनस्र्थापना गर्ने काम गर्दागर्दै कमिटीको तीन वर्ष कार्यकाल समाप्त हुन लागेको छ भने थप गरेका सदस्यको सपथ ग्रहण र एकपटक केन्द्रीय कमिटीको बैठक नबसी कार्यकाल सकिन लागिसकेको छ। स·ठन निर्माण र परिचालनको त योजना बनाउने समेत समय पुगेन होला नेतृत्वलाई। सम्पूर्ण संरचना थोत्रो भइसकेका छन्  त्यसैले अब सच्चा प्रगतिशील वामपन्थी  विद्यार्थी फेरि अखिलको गुमेको साखलाई माथि उठाउन पनि अगाडि बढ्नुपर्ने बेला हो यो  त्यसैका लागि केन्द्रीय कमिटी कति सदस्यको बनाउने, मातहतका कमिटी कति सङ्ख्याको बनाउने सम्पूर्ण नयाँ बन्ने विधानमा उल्लेख हुन जरूरी छ। सम्मेलनमार्फत कति सदस्य बनाउने कमिटीलाई थपघट गर्ने अधिकार दिने कि नदिने केन्द्रीय कमिटीलाई दिने हो भने कति प्रतिशत दिने ? केन्द्रीय कमिटीलाई घच्घच्याउनको लागि भनौं वा विधान बाहिर चल्दा अड्ढशस लगाउनको लागि राष्ट्रिय प्रतिनिधि परिषद् वा अन्य वैधानिक संरचना बनाउने कि नबनाउने हो ? जस्तै ५।५ जना उपाध्यक्ष राख्ने किन राख्ने सचिवको सङ्ख्या भनौं वा सम्पूर्ण पदाधिकारीको सङ्ख्या कति हुने। सचिवालय सङ्ख्या कति बनाउने यी सम्पूर्ण विषय वस्तुमा घोलिएर छलफल र बहस चलाउनु नै विधान सम्मेलनको मूल मर्म हो।

गर्वका साथ विगतका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई आधार बनाएर अहिले पनि हामी भनिरहेका छौं कि यो देशका सबै भन्दा ठूलो विद्यार्थी स·ठन हुन पनि विद्यार्थी सङ्गठनको मापन गर्ने एक मात्र वैधानिक कसी स्ववियु निर्वाचन आज हुन सकिरहेको छैन घोषणा गरेर अन्तिम अवस्थामा आउँदा पनि निर्वाचन रोकियो स·ठनहरू एक  अर्कालाई दोषारोपण गरिरहेका छन्। जिम्मेवार बन्नु कसैलाई छैन। हामी विद्यार्थी नेतृत्व नै दोसारोपणको संस्कृति निर्माण गरिरहेका बेला यो संस्कृतिमा हुर्केको भावी नेतृत्वले आफूलाई कस्तो बनाउछ अब सोच्ने कि – सत्यताको गहिराइमा टेकेर आत्मसमीक्षा गर्दा स्ववियु निर्वाचन स्थगनको जिम्मा हामीले लिने कि नलिने ? विगतको स्ववियुमा सबैभन्दा ठूलो सङ्गठन वास्तवमै हो भने कुरा लुकाउनु जरूरी छैन्। निस्कर्षमा पुग्नैपर्छ कि हामी कमजोर भइसक्यौं कि त हामीले हो चुनाव स्थगित गरेको भन्ने आँट गर्ने कि नगर्ने ? कारण देखाएर यी कारणले गर्दा चुनाव स्थगित गरेको भनी विद्यार्थीलाई प्रस्टरूपमा बुझाउनुपर्छ। यसले नै हामीलाई सच्चाइमा पुर्‍याउँछ। आज विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरामा छन्। थप उपलब्धिका लागि आन्दोलित हुने बेलामा प्राप्त उपलब्धिमाथि धावा बोल्दा पनि मुखसम्म नबोल्नु कस्तो बिडम्बना हिजो वेनेजीर भुट्टोलाई फासी दिँदा देशलाई नै आन्दोलित बनाउने अखिल आज देशमा दिन प्रतिदिन विदेशी हस्तक्षेप भइरहँदा र ती हस्तक्षेपलाई मलजल गर्ने पार्टीको नेतृत्वप्रति किन बेखवर बन्दैछ अखिल ? बहसको उठान गर्ने बेला हो यो।

दुर्इ वर्षमा संविधान निर्माण  गर्नको लागी निर्वाचित संविधानसभा चार वर्षमा पनि संविधान निर्माण गर्न नसकी विघटन भइकन पनि फेरि संविधानसभा निर्वाचनको मिति घोषणा भएको परिस्थितिमा वास्तवमा जनताको संविधान निर्माण गर्न नेकपा (एमाले) को बहुमतमा संविधानसभा गठन हुनुपर्ने सच्चाइमा देश गैरहेको परिस्थितिमा नेकपा (एमाले) को आधार, जनतालाई बाटो देखाउने अखिल अहिलेको जस्तो भएर हुँदै हुँदैन। जनताको लागि आशालाग्दो, विद्यार्थीको लागि भर लाग्दो र शत्रुको लागि डरलाग्दो अखिल आन्तरिक एकता नभई हुनै सक्दैन हालको संरचना पाँच-पाँचवटा उपाध्यक्ष बनाउँदा सबैलाई अध्यक्ष बन्ने इच्छा हुन सक्छ। जसले गर्दा आफू अध्यक्ष बन्न्को लागि तलसम्म लबिङ गर्ने गुट उपगुट बनाउने गर्दा स·ठनको एकता र सम्मानमा धक्का पुग्न जान्छ। त्यसैले अब बन्ने विधानमा पाँचवटा उपाध्यक्षलाई हटाएर उपाध्यक्ष  १ जना मात्र बनाउनुपर्दछ। भने बरु सचिबको नेतृत्व विकास गर्ने वा समावेशी को दृष्टिकोणबाट पाँचवटासम्म बनाउन सकिन्छ। त्यसो भयो भने समावेशी नेतृत्वले पनि विकास गरेको खण्डमा  पदाधिकारी १ अंकको वा ९ जना सम्मको बन्न जान्छ। र २ अंकको केन्द्रीय सदस्य निर्माण गर्दा स·ठन व्यवस्थित जुझारू बन्ने सम्भावना हुन्छ। जसको लागि समावेशी खुल्ला, भूगोल गरी बढीमा ९९ जनाको केन्द्रीय सदस्य र यसको एक तिहाई सचिवालय गरी बढीमा ३५ सदस्यीय सचिवालय गर्दा जम्मा जम्मी १४३ सङ्ख्याको केन्द्रीय कमिटी बन्न जान्छ। भने विधानसम्मत चलाउने राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य गठन गर्नुपर्छ। जहाँ केन्द्रीय कमिटी, अञ्चल र जिल्लाबाट आएका तर केन्द्रीय कमिटीमा जिम्मा नपाएका साथीहरू गरी हालको केन्द्रीय कमिटीको सङ्ख्यामा निर्माण गर्न सकिन्छ। यसो गर्दा काममा तालमेल मिल्न जान्छ। अध्यक्षलाई सघाउने १ जना उपाध्यक्ष र कोषाध्यक्षले आर्थिकसम्बन्धी हेर्ने र महासचिवले स·ठनको आन्तरिक काम गर्ने गरिराख्न सकिन्छ सचिवको नेतृत्वमा १ जना सचिवालय सदस्य र भूगोलको निश्चित केन्द्रीय सदस्यसहितको टीमले आआफ्नो कार्य क्षेत्रको  स·ठन निर्माण, परिचालन र विभिन्न कार्यक्रमको योजना निर्माण गरि काम गर्दा भूगोलको काम पनि उठ्न सक्छ। त्यो भयो भने मात्र स·ठन मजबुत बन्दै जान्छ राष्टीयता जनजिबिका सँग सम्बन्धीत मुद्दा उठान हुन्छ भन शैक्षिक मुद्दा उठान गर्न र उठाइएका मुद्दा पनि निष्कर्षमा पुर्‍याउनको लागि बल पुग्दछ। यो नै अनेरास्ववियुको लागि हितकारी हुने छ।

(लेखक अनेरास्ववियुका केन्द्रीय सदस्य हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width