समाजसेवामा प्रतिबद्ध रोटरी क्लब

आदर्श समाज सम्वाददाता
फागुन १२, २०६९

रोटरी क्लब, एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो, जसले सामाजिक र मानविय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ।विश्वकै सबैभन्दा पुरानो सेवामूलक संस्था रोटरी, सन् १९०५ फ्रेबु्रअरी २३ मा संयुक्त राज्य अमेरिकाको शिकागो सहरमा पावल पर्सिनल हेरिस सहितको नेतृत्वमा ‘आफूभन्दा माथि उठेर सेवा गरौं’ कभचखष्अभ बदयखभ कभाि  भन्ने मूल मन्त्र र आदर्शलाई आत्मसाथ गर्दै स्थापना भएको थियो।

यसको सुरुको स्थापनाकालीन उद्देश्य साथी साथीहरूबीच नियमित भेटघाट गरी आपसी सम्बन्ध प्रगाढ गर्ने तथा सुख दुखका कुरा गर्ने माध्यमको रूपमा सीमित थियो। सदस्य साथीहरूको घर तथा अफिसमा आलोपालो गरी रोटेशनको आधारमा बैठक गर्ने प्रचलनबाट क्लब सुरुवात भएकोले यस क्लबको नाम ‘रोटरी’ रहन गएको थियो। सुरुका दिनमा सदस्य साथीहरूबीच आत्मीय अभिवृद्धि गर्ने क्लबको एकमात्र लक्ष्य रहे तापनि क्लबका सदस्यहरूमा निहित सीप र साधनलाई समाजसेवामा प्रयोग गर्ने उद्देश्यसहित सिकागो सहर, अमेरिकामा पहिलो रोटरी क्लबको विधिवत् स्थापना भएको थियो।

क्रमशः रोटरीको लोकप्रीयता यसरी बढ्दै गयो कि थोरै समयको अन्तरालमै संयुक्त अधिराज्य अमेरिकामा धेरै रोटरी क्लबको स्थापना हुन पुग्यो। रोटरी क्लब विश्वव्यापी हुदै नेपाललगायत विश्व भरीका ३३ हजार रोटरी क्लबमा करिब १३ लाख रोटरियन सदस्यहरू सामाजिक, मानवीय र व्यवसायिक सेवाको क्षेत्रमा समपित रहेको छ।

नेपालमा रोटरी अभियान :

नेपालमा रोटरीको प्रवेश अन्तर्राष्ट्रिय रोटरीको स्थापनाको झण्डै ५० वर्षपछि विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका डा. जैन गिरी, किरण समशेर जवरा, गोपाल राजभण्डारी र डा. देवरथलगायतको पहल र नेतृत्वमा नेपालमा रोटरी अभियानको सुरुवात भएको थियो। सन् १९५८ नोभेम्बर २० मा रोटरी क्लब अफ काठमाडौको विधिवत् गठन भएको थियो। उक्त रोटरी क्लब स्थापना भएको १८ वर्ष पछि रोटरी क्लब अफ बिराटनगरको गठन भयो। हाल नेपाल अधिराज्यको विभिन्न स्थानमा  ८४ वटा रोटरी क्लब सामाजिक, स्वास्थ्य, शैक्षिक र मानवीय सेवामा सेवारत रहेको पाइन्छ।  यसै क्रममा रोटरी अन्तर्राष्ट्रियअन्तर्गत डिष्ट्रिक्ट ३२९२ नेपालले देशभित्र मात्र नभइ देश बाहिर मित्र राष्ट्र भुटानमा समेत रोटरी क्लबको स्थापना गरी रोटरी अभियानलाई अगाडि बढाएको छ।

पोखरामा रोटरी क्लब :

देशको सुन्दर पर्यटकीय नगरी पोखरामा रोटरी क्लबको स्थापनाको लागी धेरै प्रयास र पहलपछि अन्तत सन् १९९७ मा रोटरी क्लब अफ पोखराको स्थापना भयो। उक्त क्लबकै पहल र प्रायोजनमा सन् २००२ मा रोटरी क्लब अफ पोखरा मिडटाउन त्यस्तै सन् २००३ मा रोटरी क्लब अफ पोखरा फिस्टेल र सन् २००६ मा रोटरी क्लब अफ पोखरा अन्नपूर्णको स्थापना भइ पोखरामा रोटरी अभियानले विस्तार पाएको छ। यसै क्रममा सन् २०१० मा रोटरी क्लब अफ लेखनाथ र न्युरोडको गठन भइ हाल पोखरा क्षेत्रमा ६ रोटरी क्लब सेवाका विभीन्न क्षेत्रमा क्रियाशील रहेको छ। रोटरी क्लबको सङ्गठनसँगै युवाहरूको जोश र जागरलाई रोटरीको सहकार्यमा सहयोग पुगोस् र युवाहरूको सर्वाङ्गीण विकासको लागि  इन्टराक्ट क्लब र रोटर्‍याक्ट क्लबहरू तथा समुदायको विकासको लागि रोटरी सामुदायिक समूह समेतको गठन भइ यस क्षेत्रमा सक्रिय रहेको पाइन्छ।

रोटरी क्लबका उद्देश्यहरू

१)     सेवाका अवसरहरूको पहिचानमा विकास गर्नु।

२)     व्यवसाय र पेशामा वृहत् नैतिक स्तर, सबै उपयुक्त व्यवसाय र पेशाको सम्मान गर्नु र प्रत्येक रोटरियनको पेशालाई समुदायमा सेवा प्रदान गर्न महत्त्व दिने।

३)     सेवाको विचारलाई रोटरियनहरूको व्यक्तिगत, व्यवसायिक र सामुदायिक जीवनमा परिचालन गराउने।

४)     व्यवसायिक र पेशागत व्यक्तिहरूको सङ्गठित विश्व भाइचाराद्वारा अन्तर्राष्ट्रिय समझदारी र शान्तिमार्फत सेवाको भावनालाई वृद्धि गराउने।

रोटरीका चार सूत्रीय जाँचः

रोटरियनले कुनै पनि काम गर्दा चार सूत्रीय जाँच (’यगच धबथ तभकत० बमोजिम परीक्षण गरी हेर्र्नुपर्दछ। यो चार सूत्रीय जाँच, आचारसंहिता होइन तर रोटरियनहरूले कुनै काम, कुरा गर्दा यी चार सूत्रहरूले जाँचेर मात्र गरेमा परिणाम राम्रो हुन्छ भनिएको हो। रोटरीका चार सूत्रहरू यी हुन्ः

सोच, भन र गर

१)     के सत्य कुरा यही नै हो ?

२)     के यो सबैका लागि राम्रै हुन्छ ?

३)     के यसले सद्भावना र मैत्रीको वृद्धि गर्ला ?

४)     के यसले सबैलाई भलो र हित गर्ला ?

यी मूल उद्देश्य र आचरणका कारण काम र पेशामा सेवाभावको आदर्शलाई प्रोत्साहन दिने रोटरीको उद्देश्य हो।

रोटरीका कार्यहरूः

रोटरी क्लबका सदस्यहरूले रोटरीवादको मूल आदर्शलाई मन, बचन र कर्मले मनन गरी समाजमा विभिन्न रचनात्मक मानविय हितका लागि सेवामुलक कार्यहरू सञ्चालन गर्दै आइरहेका छन्। समाजमा शिक्षाको ज्योति फैलाउने कार्यमा रोटरी क्लब सदैव अग्रसर हुँदै विभिन्न स्थानको विद्यालयहरूको शैक्षिक र भौतिक विकासमा सहयोग गर्दै आइरहेको छ।

त्यस्तै स्वास्थ्य क्षेत्रको महत्त्वलाई आत्मसाथ गर्दै पोलियो उन्मूलन कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम, रक्तदान, निःशुल्क औषधि तथा उपकरण वितरण आदि स्वास्थ्यसम्बन्धी कार्यक्रम नियमितरूपमा सञ्चालन गर्दै आफ्नो क्रियाकलापमा विस्तार गरेको छ। विश्वभरि फैलीएको रोटरी क्लबले सन् १९८५ मा पोलियो उन्मूलनको लागि ऐतिहासिक प्रतिबद्धता गरी विश्वभरमा सम्पूर्ण बालबालिकाको लागि पोलियो उन्मूलनसम्बन्धी औषधि खुवाउने र विश्वबाटै पोलियो रोगको निराकरण गर्ने महान कार्यमा सक्रियताका साथ लागिपरेको  छ।

रोटरी क्लबले विभिन्न सामाजिक सङ्घ संस्था र असहायलाई सहयोग र राहत प्रदान गर्दै आएको छ भने दृष्टिविहीन, अपा· र जेष्ठ नागरिक वृद्धवृद्धालाई समयअनुकूल आर्थिक र भौतिक सहयोग समेत गर्दै आएको छ। मानवीय र सामुदायिक सेवामा क्रियाशील सहयोग हातहरू अगाडि बढाउने सर्न्दर्भमा आफ्नो सीमित साधन र स्रोतको अधिकतम परिचालन तथा रोटरी अन्तर्राष्ट्रियको सहयोगमा खानेपानी आयोजना, सार्वजनिक सडक संरक्षण, वृक्षारोपण र स्वास्थ्य केन्द्र निर्माण आदि विभिन्न सामुदायिक क्षेत्रमा कार्य विस्तार गर्दै आइरहेको छ।

यसरी मानवीय र सामाजिक सेवा क्षेत्रमा रोटरी क्लब अग्रणी रही दिगो विकासको लागि सम्बन्धित सबै पक्षसँग समन्वय, सहकार्य र सहयोगमा सेवाका हात बढाउँदै लगेको स्पष्ट देखिन्छ।

रोटरी दिवस (फ्रेब्रुअरी २३)

आज रोटरी क्लबहरूले सामाजिक उत्थानमा विशेषत स्वास्थ्य, शिक्षा, सामुदायिक विकास, व्यक्तित्व विकास र देश हितको लागि कार्य गरेको १०८ वर्ष पुग्दैछ। फ्रेबु्रअरी २३ लाई विश्व शान्ति र समझदारीको दिवसको रूपमा पनि लिइएको छ। विश्वभरि १३ लाख भन्दा बढी रोटरियनहरू राजनीतिक, धार्मिक, जातजाति र भाषाभाषी आदि भन्दा माथि उठी भेदभाव नराखी मानवीय सेवामा सक्रिय रहेको पाइन्छ।

रोटरी दिवसको अवसरमा विश्वभरि नै विभीन्न कार्यक्रम सञ्चालन हुने सर्न्दर्भमा आज पोखरास्थित रोटरी र रोटर्‍याक्ट क्लबहरूको आयोजनामा ‘रक्तदान जीवनदानको’ नारालाई साकार पार्न रोटरी रक्तदान कार्यक्रम हँुदै छ भने रोटरी क्लब अफ पोखरा अन्नपूर्णको सक्रियतामा विश्व शान्तिको कामना गर्दै मैनबत्ति प्रज्ज्वलन कार्यक्रम रहेको छ। यसरी रोटरी दिवसको शुभ उपलक्ष्यमा आयोजित कार्यक्रमले समाजमा रोटरीको प्रतिष्ठा र भुमका बढाउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ। ‘आफूभन्दा माथि उठेर सेवा गरौं’ भन्ने रोटरी मूल मन्त्रलाई आत्मसाथ गर्दै सामाजिक र मानवीय कार्यमा सेवारत रोटरी क्लब आज आफ्नो विशिष्ट सामाजिक र मानवीय कार्यले छुट्टै पहिचान र प्रतिष्ठा राख्न सक्षम भएको छ।

( लेखक रोटरी  इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को वर्ष २०१३ -१४ का एसिस्टेन्ट गभर्नर हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width