समाजवाद र नेपाल

तिलकप्रसाद आचार्य
जेठ १६, २०७६

कम्युनिष्ट मुलुकहरूमा सर्वहारा अधिनायकवादका नाउँमा एक दलीय अधिनायकवाद संचालित गरिएको र लोकतान्त्रिक प्रणालीलाई कुनै मान्यता नदिइएकोले १९९० मा रुस लगायत दर्जनौ देशहरू विना संघर्ष विना लडाई शान्तिपूर्ण रूपबाट नै कम्युनिष्ट व्यवस्था समाप्त भएको हो। चीनमा कम्युनिष्ट सत्ता रहनुको कारण तेङ्ग सिआयो पिङगद्वारा प्रतिपादित उदार जनमुखी आर्थिक व्यवस्था स्थापित गर्नु हो। स्वतन्त्र तथा उदार आर्थिक नीतिका कारणले चीनले चरम आर्थिक विकास गरेको र हाल विश्वको दोस्रो आर्थिक शक्तिराष्ट्रको रूपमा स्थापित भएको छ।

फ्रान्सेली राज्य क्रान्ति सन १७८९ मा शुरु भएको थियो र करिव २६ वर्ष चलेको थियो। क्रान्तिका तीनओटा नारा स्वतन्त्रता, समानता र भ्रातृत्व थिए। फ्रान्सेली राज्य क्रान्तिको प्रभावले धेरै देश स्वतन्त्र भए।

मानिसद्वारा मानिसको शोषण अन्त्य गर्ने परिस्थितिको विकास फ्रान्सेली राज्य क्रान्तिको प्रभावबाट शुरु भएको हो कार्ल मार्कस र एंगेल्सले १८४८ मा कम्युनिष्ट पार्टीको घोषणापत्र निर्माण गरे। सो घोषणा पत्रमा अभिव्यक्त विचार मार्कस र एंगेल्सले आफूभन्दा पहिलाका राजनैतिक, आर्थिक तथा दार्शनिक ज्ञानको आधारमा मार्कसवादको रूपमा निर्माण गरेका हुन्।

यसमा जर्मन दर्शन, फ्रान्सेली समाजवाद, अंग्रेज अर्थशास्त्रको पनि संमिश्रण गरिएको छ। एडम स्मिथ, डेभिड रिकाडोर्ले अघि सारेका श्रम सिद्धान्तका आधारमा माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्त अघिसारेका हुन।

माक्र्सपूर्वका सेन्ट साइमन, रोवर्ट ओवेन, चाल्र्स फुरिए आदि दार्शनिकहरूले व्यक्त गरेका विचारका आधारमा वैज्ञानिक समाजवादको धारणा अघि सारिएको हो। माक्र्सवादका संगठक अंगहरू ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद, राजनैतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद हुन्।

लेनिनले सशस्त्र युद्ध गरेर १९१७ मा कम्युनिष्ट व्यवस्था स्थापना गरे। द्वितीय विश्वयुद्धमा जर्मनीका विरुद्धमा अमेरिका वेलायत आदि देशहरूले पश्चिमतर्फ लड्दै जर्मनीको राजधानी वर्लिन आईपुगे। रसियन आर्मिले जर्मनीलाई परास्त गर्दै पूर्वतर्फबाट वोन शहरसम्म कव्जा गरे।

पूर्वी युरोपियन देशहरू जित्दै पूर्वी युरोपियन मुलुकहरूमा कम्युनिष्ट व्यवस्था स्थापित गरिएको थियो। क्युवामा आन्तरिक रूपमा फिडेल क्यास्ट्रो र चे गुवेराको नेतृत्वमा गृह युद्ध लडेर कम्युनिष्ट व्यवस्था स्थापना गरिएको थियो र हालसम्म कम्युनिष्ट व्यवस्था संचालित छ। भियतनाममा अमेरिका विरुद्ध लामो लडाई लडेर कम्युनिष्ट व्यवस्था स्थापित गरिएको हो।

कम्युनिष्ट मुलुकहरूमा सर्वहारा अधिनायकवादका नाउँमा एक दलीय अधिनायकवाद संचालित गरिएको र लोकतान्त्रिक प्रणालीलाई कुनै मान्यता नदिइएकोले १९९० मा रुस लगायत दर्जनौ देशहरू विना संघर्ष विना लडाई शान्तिपूर्ण रूपबाट नै कम्युनिष्ट व्यवस्था समाप्त भएको हो।

रुसमा लेनिनले सुधारका प्रयास गर्न खोजिरहेको अवस्थामा त्यसलाई पूर्णता दिन नपाउँदै उनको देहावसान भयो। त्यसपछि स्टालिनले क्रूर अधिनायकवादी व्यवस्था संचालित गरे। स्तालिन पछि निकिता ख्रुश्चेभ सत्तामा आए। स्तालिनलाई अधिनायकवादी शासक भएको स्वीकार्दै अव सर्वहारा अधिनायकवाद होइन आम जनताको सत्ता स्थापित हुनु पर्छ भन्दै रुसलाई लोकतान्त्रिक प्रकृयामा लैजान खोजेका थिए।

तर उग्रवादी व्रेजनेभ मार्काका कम्युनिष्टहरूले उनलाई सत्ताबाट हटाए र अधिनायकवादी बाटो नै अपनाए। त्यसपछि गोर्भाचोभ सत्तामा आए र रुसलाई ग्लास्नोस्त प्रजातान्त्रिक मार्ग र पेरोस्त्राइका औद्योगिकीकरणको बाटोमा लैजानु पर्दछ भनी आम जन हिकतकारी कदम चाल्न थाले।

सुधारको कुरा गेन्नादि एनाएभ मार्काका उग्रपन्थीहरूलाई मन परेन गोर्वाचेभको विरोधमा उभिए। एनाएभले सत्ता हत्याउन सकेनन् र त्यसपछि वोरिक एल्तसिनको उदय भयो। वोरिक एल्तसिनले रसियन सेनाको टेङ्करमा चढेर रुसी संसद भवनमा वम प्रहार गर्न लगाए र करिव २०० कम्युनिष्ट सांसदहरू मारिए।

एल्तसिनले सोभियत संघलाई प्रदेशमा बाँड्न लगाए। गोर्भाचेभ विना देशका राष्ट्रपति रहे र सत्ताबाट हटे। रुस प्रदेशको राष्ट्रपति वोरिक एल्तसिन थिए। विना संघर्ष शान्तिपूर्ण रूपमा कम्युनिष्टहरू सत्ताहीन हुन पुगे। रुसमा बहुदलीय व्यवस्था स्थापित भयो।

संयुक्त लोकतान्त्रिक पार्टीका नेताको रूपमा पुटिन राष्ट्रपति भइ सकेका र लगातार दुईपटकभन्दा बढी राष्ट्रपति बन्न नपाईने हुँदा तेस्रोपटक आफु प्रधानमन्त्री बनी हाल पुनः राष्ट्रपति बनेका छन्। कम्युनिष्टहरू प्रतिपक्षी पार्टीका रूपमा रहेका छन्।

७० वर्षसम्म शासन सत्ता संचालन गरेको पार्टी हाल सत्ता वाहिर छ। रुस समेतका एक दर्जन देशहरूबाट कम्युनिष्ट सत्ता समाप्त गर्नुको कारण अधिनायकवादी सत्ता स्थापित गर्नु नै हो। हाल चीन, उत्तर कोरिया, क्युवा र भियतनाममा मात्र कम्युनिष्ट पार्टीको सत्ता यथावत् संचालित छ।

चीनमा कम्युनिष्ट सत्ता रहनुको कारण तेङ्ग सिआयो पिङगद्वारा प्रतिपादित उदार जनमुखी आर्थिक व्यवस्था स्थापित गर्नु हो। स्वतन्त्र तथा उदार आर्थिक नीतिका कारणले चीनले चरम आर्थिक विकास गरेको र हाल विश्वको दोस्रो आर्थिक शक्तिराष्ट्रको रूपमा स्थापित भएको छ। विश्वको १ नम्वर आर्थिक शक्ति तथा विकसित राष्ट्रको रूपमा स्थापित हुन गइरहेको छ।

विश्वबाट कम्युनिष्टहरूले धक्का खाई रहेको अवस्थामा नेपालमा २०७४ मा भएको आम चुनावमा कम्युनिष्टहरूले करिव दुई तिहाई बहुमत प्रप्त गरेका छन्। यति धेरै शक्ति हासिल गर्नुको कारण ने.क.पा. ए.मा.ले. र ने.क.पा. माओवादी नेपालका ठूला वामपन्थीहरूको एकता कायम हुनु, मदन भण्डारीद्वारा प्रतिपादित लोकतान्त्रिक विचार बहुदलीय जनवादलाई आफनो पार्टी सिद्धान्तको रूपमा स्वीकार गर्नु र माओवादीले पनि एक्काईसौँ शताब्दीको जनवाद भनी लोकतान्त्रिक विचारलाई आत्मसात गर्नुबाट पनि वामपन्थी शक्ति लोकप्रिय बन्न गएको हो।

यो सरकारले समृद्धिको चिन्तनलाई अघि बढाउनु राम्रो कुरा हो। समृद्धिको नारा मात्र लगाएर हुँदैन। समृद्धिको बाटोमा देशलाई अघि बढाउनु पर्दछ। हाम्रो देशमा आर्थिक लगानीकर्तालाई लगानी गर्न आह्वान गर्नु पनि महत्वपूर्ण कुरा हो। हालै गरिएको लगानी सम्मेलनबाट पनि समृद्धितर्फ अघि बढेको स्पष्ट हुन्छ। यो सरकारले ५ लाख वेरोजगार युवाहरूलाई रोजगार दिने भनेको छ। यसका लागि स्पष्ट र विश्वसनीय खाका आउनु पर्दछ।

हाल राष्ट्रपति भण्डारीद्वारा चीनको भ्रमण गर्नु महत्वपूर्ण कुरा हो। नेपाल र चीनका बीचमा पारवहन प्रोटोकल सहित सात सम्झौतामा हस्ताक्षर भएको छ। चीनिया सहायता परियोजनामा मरम्मत तथा सम्भारका लागि अनुदान सहायता सम्झौता हस्ताक्षर भएको छ।

त्यसैगरी आर्थिक तथा प्राविधिक सहकार्य सम्झौता नेपालको उत्तरी क्षेत्रमा जीविकोपार्जनमा सहायता सम्वन्धी सम्झौता भन्सारमा सहकार्य तथा प्रशासनिक सहकार्य सम्वन्धी सम्झौता नेपाली गुणस्तर तथा मपदण्ड विभाग चीनको गुणस्तर प्रशासन सहकार्य सम्वन्धी सम्झौता आदि पत्रमा हस्ताक्षर भएको छ।

नेपाल र चीनमा सांस्कृतिक संपदाको अवैध ओसारपसार, चोरी निकासी रोक्ने सम्झौतामा हस्ताक्षर भएको छ। नेपाललाई चीनले एक अर्ब चीनिया युआनको सहयोग गर्ने घोषणा गरेको छ। सम्झौता अनुसार चीनको सामुद्रिक र सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। जसमा ४ ओटा सामुद्रिक बन्दरगाह र ३ ओटा सुख्खा बन्दरगाह छन्।

ने.क.पा.ले ओलीपक्ष, नेपाल पक्ष, पूर्व माओवादी पक्ष र तटस्थ गरी चारै पक्षलाई मिलाएर वहुपक्षीय समीकरण मिलाएर पार्टी एकीकरण गरी ७७ जिल्लाका अध्यक्ष र सचिव तोकेको छ। यसमा केही असन्तुष्टि देखिए पनि समग्रमा राम्रो भएको छ।

अव नेपालका सवै वामपन्थीहरू मिलेर संविधानको भावना अनुकूल समाजवादी आर्थिक प्रणाली, पूर्णतया मानवाधिकार र लोकतान्त्रिक प्रणालीलाई आत्मसात गरेर समृद्ध नेपाल निर्माण गर्न अभियानमा लाग्नु हाम्रो कर्तव्य र दायित्व हो।

अन्तराष्ट्रिय क्षेत्रमा कम्युनिष्टहरू सेटव्याक हुनु, सर्वहारा अधिनायकवादका नाउँमा एक दलीय तानाशाही व्यवस्था संचालन गर्नु हो। चीनमा तेँगसियाओ पिँगद्वारा स्थापित स्वतन्त्र आर्थिक पद्धतिका कारणले उत्तरोत्तर आर्थिक विकास गरे र चीन विश्वको प्रथम विकसित राष्ट्रको रूपमा स्थापित हुँदै छ। नेपालीहरू सवै एकजुट भएर लोक तान्त्रिक समाजवादी बाटोलाई आत्मसात् गर्दै समृद्ध नेपाल निर्माण गर्नु आजको आवश्यकता हो।

नेपालको संविधानको भूमिकामा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने कुरा लेखिएको छ। कसरी कस्तो समाजवाद ल्याउने भन्ने कुरा अन्द्मद्मयौलपूर्ण छ। समाजवादी चिन्तक प्रदीप गिरीले भनेका छन् समाजवाद मानवीय र नैतिक दृष्टिकोण हो तर समाजवाद भाँडिएको छ। समाजवादबारे निश्चित गोरेटो र स्पष्टता दिइएको छैन।

विगतमा कम्युनिष्ट सरकार भएका देशमा लागु गरिएको कम्युन व्यवस्था असफल भइसकेको छ। वहुदलीयता र लोकतान्त्रिक पद्धतिका साथ समाजवादी आर्थिक व्यवस्था कसरी लागु गर्ने भन्ने विषयमा वर्तमान करिव दुई तीहाइ बहुमत भएको सरकारले ठोस र दिगो नीति अवलम्बन गर्नुपर्दछ।

समृद्ध राष्ट्र बनाउछौ भनी कोरा काल्पनिक कुरा गरेर मात्र हुँदैन। राजनैतिक क्षेत्रमा समाजवादी व्यवस्था अपनाउँदा देश विकासको गतिमा द्रुततर रूपमा अघिबढ्न सक्तछ। नर्वे, डेनमार्क, स्वीडेन, स्वीजरलैण्ड आदि मुलुकहरू विकासको चरमोत्कर्षमा छन् र भ्रष्ट्राचार शून्य छ, जनता खुशी र आनन्दित छन्। तर ती मुलुकहरूले आफुलाई समाजवादी भन्दैनन्। समाजवाद भनेको समतामुखी उँचनीच नभएको सम्पूर्ण जनता सुखी र सम्पन्न भएको मुलुक मान्नु पर्दछ।

नेपालका वामपन्थी पार्टीहरू समाजवादी आर्थिक व्यवस्थाको पक्षमा उभिँदै आएका छन्। वैद्य समूह विप्लव समूह, गोपाल राई समूह आदिले एकदलीय सर्वहारा अधिनायकवादी व्यवस्था स्थापना गर्ने क्रान्ति गर्ने हावादारी कुरा गर्दै आएका छन्।

१० वर्षसम्म सशस्त्र संघर्ष गरेर १७ हजार मानिस मारिए ४ –५ हजार मानिसहरू वेपत्ता भई ठूलो जनधनको क्षति भइसकेपछि माओवादीको ठूलो पंक्तिले शान्तिपूर्ण बाटो अवलम्बन गरी लोकतान्त्रिक संविधान निर्माण गर्न सहयोग पुर्याई एमालेसंग मिलेर वामपन्थी सरकार चलाई राखेको र दुवै पार्टी एकता अन्तिम चरणमा पुगी रहेको अवस्थामा क्रान्ति आन्दोलन र परिवर्तनको कुरा गर्नु वहुलठ्ठीपन र पागलन मात्र हो।

उनीहरूले उग्रवादी चिन्तन परित्याग गरेर लोकतन्त्रलाई आत्मसात गर्दै समाजवादी व्यवस्था स्थापित गर्न समर्पित हुनु पर्दछ। नारायणमान विजुक्छे र मोहन विक्रम सिंहले क्रान्तिकारी कुरा गरेतापनि संवैधानिक मान्यतालाई स्वीकार्दै संसदीय र स्थानीय निकायको निर्वाचनमा भाग लिएका छन्। मोहन बिक्रमकी श्रीमती दुर्गादेवी नै सांसद छन्।

नेपालमा अव एक दलीय राज्य नियन्त्रित व्यवस्था स्थापित हुन सक्दैन। अव स्वतन्त्रबजार अर्थतन्त्रका साथमा समाजवादी अर्थ व्यवस्था लागु गर्ने अवस्था आएको छ। हाल सरकारमा रहेका ने.क.पा. का नेताहरू आर्थिक रूपमा विज्ञ छैनन्। समाजवाद स्थापना गर्ने भन्ने गरेता पनि समाजवाद भन्ने भनाई नै अन्यौलग्रस्त छ।

वर्तमान सरकारलाई करिव दुई तिहाई बहुमत प्राप्त छ। अव आगामी चार वर्षसम्म यहाँ कुनै प्रकारको उथलपुथल हुन सक्दैन। माक्र्सवादी समाजवादका अध्येता बाबुराम भट्टराईले समाजवाद स्थापना गर्न सरकारलाई सहयोग गर्नुपर्दछ। बाबुराम भट्टराईको जनशक्ति पार्टी र पुराना वामपन्थी वर्तमान उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल एकीकरण भएको कुरा प्रकाशमा आएको छ। यो राम्रो कुरा हो पार्टीको नाम समाजवादी नेपाल पार्टी राखेको कुरा पनि उल्लेखनीय देखिन्छ।

वर्तमान सरकारले लोकतान्त्रिक संघीयता सहितको समाजवादी व्यवस्था स्थापना गर्न समाजवादी अर्थशास्त्रीहरूको विज्ञ समूह गठन गर्नु पर्दछ। गहिराई साथ समाजवादबारे गम्भीर चिन्तन मनन गरी समाजवादी अर्थ व्यवस्थाको प्रारूप तैयार गरी समाजवादी अर्थ व्यवस्था अनुसारको भूमि व्यवस्थापन प्राकृतिक स्रोत साधनको व्यवस्थापन गरी उचनीच भेदभाव विहीन लोकतान्त्रिक समाजवादी व्यवस्था अँगाल्दै समानतामूलक समृद्ध नेपाल निर्माण गर्न अघि बढ्नु आजको आवश्यकता हो। समृद्ध र सुखी जीवन यापन गर्न सक्ने गरी नेपाली जनतालाई उच्च स्तरीय जीवन चयन गर्न सक्ने वातावरण सृजित गर्नु पर्दछ।

(लेखक वरिष्ठ अधिवक्ता हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width