कुनै निकायमा एक पटक प्रमुख भएपछि आजन्म नै आफ्नो पेवा सम्झनेहरुको सूची लामै छ। यस्ता व्यक्तिहरु आफ्नो जिम्मेवारी पूरा गर्नुभन्दा के के मा अधिकार प्रयोग गर्न सकिन्छ स्रोत र साधनलाई आफ्नो अनुकूल कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन्छन्, त्यस्ताले आफु जवाफदेही बन्नुपर्ने कुरा बिर्सन्छन्। आज नेपालको समग्र समृद्धिको बाधक नै यस्तो प्रवृत्ति हो।
विश्वकै पुरातन सभ्यतादेखि आजको स्थितिसम्म आईपुग्दा थुप्रै रुपान्तरण, धेरै परिवर्तन, अनेकन नया आयाम र प्रविधि, नयाँ दर्शनहरु, मानवमात्रको जीवन प्रणाली लगायत शासन प्रणालीमा छर्लगं लगाएको पाउँछौ। यही क्रममा अग्रगामी कदमहरु विकसित हुँदै जाँदा अझै कस्तो प्रारुप हेला भन्ने आंकलन गर्न कठिन छ तापनि रुपान्तरण अनिवार्य हुन्छ। यथास्थितिमा रहीरहन संभव छैन भन्ने कुरा यथार्थ नै हो।
ईश्वरीय दैवीशक्ति प्राप्ति गरेको विषय देखि वंशगत शासन चलाउने पद्धति, युद्ध, लडाँई र संघर्षबाट कबजा गनेर्देखि भूमिगत रुपमा विद्रोह गनेर्देखि जनताको अभिमत प्राप्त गरेर राज्य संचालन गर्ने जिम्मेवारी लिएर विश्वका कैयन राज्यहरु संचालित छन्। राज्य संचालन भनेको नै शक्ति र स्रोतसाधनको भरपुर प्रयोग गरेर जनतालाई सुखी र खुसी वनाउन शान्ति सुव्यवस्था कायम गर्न र आफ्नो भूगोल र सिमालाई अखण्डित रुपमा कायम गर्न र कुनैपनि अन्याय हुन नदिईकन व्यक्तिको अधिकारलाई कुण्ठित हुन नदिने कार्यहरु गर्न आवश्यक कार्य गर्नु हो। यही क्रम निरन्तर जारी छ, जारी रहनेछ, तर परिवर्तित रुपमा।
तर शासन संचालन गर्न एक पटक सत्तासीन भईसकेपछि त्यसलाई निरन्तर रुपमा आफुमा केन्द्रित गराईराख्न अनेकन प्रयास गरिराखेका छन्। संधै आफु सत्ताको प्रमुख व्यक्ति, अधिकार सम्पन्न र कानूनलाई समेत प्रभावमा पार्न प्रयास भईराखेको थुप्रै उदाहरणहरु स्थापित भएका छन्। कयैन अवस्थामा जनताले विश्वास गरेर निर्वाचित गरेको दलको नेता निरन्तर सत्तामा स्थापित भएका छन्। भने जनता वेखुसी र असंन्तुष्ट भएको वेला अर्कै दललाई विश्वास गरी मत दिएको उदारहण थुप्रै छन्।
पछिल्लो समय १ भन्दा बढी दलहरुलाई सत्ता चलाउने जिम्मेवारी दिने क्रम पनि क्रमशः बढ्दै गएको पाउँछौ। दलीय व्यवस्था नरहेको देशहरुमा कतै वंशवादको रुपमा एकपछि अर्को आफ्नै छोरा वा भाइलाई सत्तााको जिम्मेवारी दिने स्थित पनि छ भने कतै वन्दुकको आडमा सैनिकहरुले आफ्नो हातमा सत्ताा लिने र निरन्तर नागरिक रुपमा शासन चलाईराख्ने अवस्था पनि जारी रहेको छ।
एउटा मात्र दल रहेको देशहरुमा दलको प्रमुख नै शासनको वागडोर समालीरहेको अवस्था पनि छ। धेरै दलहरु भएका देशमा पनि आफ्ना प्रतिद्वन्द्वी र प्रतिष्पर्धामा आउने व्यक्तिलाई अनेकन वहानामा चुनावमा भाग लिन नदिने अवस्था पनि सिर्जना गरेको थुप्रै देशहरु पाउँछौ। कतै संविधान निलम्वन गरेर सैनिककै सहयोग र भरोसामा दलका नेता वा व्यक्तिको राष्ट्प्रमुख भएर काम गरिराखेको अवस्था पनि छ।
एक पटक सक्ता र शक्ति प्राप्त भएपछि थुपै्र अधिकारहरु प्राप्त हुने, राज्यसंग भएको संयन्त्र र साधनलाई आफ्नो अनुकूल प्रयोग गर्न पाउने, जनताले तिरेको कर र भएमा जनतासंग उठाएर जम्मा गरिएको पैसालाई आफुखुसी वा मिलाएर खर्च गर्न सकिने अवस्था, आफ्नो आलोचना र टीकाटिप्पणी गर्नेहरुलाई विभिन्न वहानामा दुख दिने आरोप लगाएर निस्तेज पार्ने, कारागारमा थुन्ने, गतिविधि गर्न वन्देज लगाउने जस्तो कार्य गर्न सकिने हुनाले सत्ता र शक्तिको कारणले उन्माद देखाउछन्। म मात्र हुँ, म वाहेक कोही छैन भन्ने अहं प्रर्दशन गर्छन। सत्ताको दम्भ र शक्तिको दुरुपयोग गरेर विरोध गर्नेहरुलाई जेल पुर्याउँछन् वा देश निकाला गर्छन्। कतै आफ्नो पदावधि सकिएपछि शान्तिपूर्वक अन्य व्यक्तिलाई सत्ता हस्तान्तरण गर्छन। कतै मौका प्राप्त भएपनि सत्ता प्राप्त गर्न अनिच्छुक देखिन्छ। यो त राजयको कुरा राज्य अन्तरगतका निकायहरुको अधिकार र स्रोत साधन सम्पन्न प्रमुख हुँदा त प्रशस्त दम्भ देखाउनेहरुको कमी छैन्।
हाम्रै देशमा पनि कुनै निकायमा एक पटक प्रमुख भएपछि आजन्म नै आफ्नो पेवा सम्झनेहरुको सूची लामै छ। यस्ता व्यक्तिहरु आफ्नो जिम्मेवारी पूरा गर्नुभन्दा के के मा अधिकार प्रयोग गर्न सकिन्छ स्रोत र साधनलाई आफ्नो अनुकूल कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन्छन्, तसर्थ सत्ता, अधिकार प्राप्त र शक्ति पाएपछि अन्धा हुने, दंभ देखाउने, अंह प्रर्दशन गर्ने, अरुलाई तुच्छ देख्ने वा सम्झने प्रवृत्ति बढिरहेको छ। त्यस्ताले आफु जवाफदेही बन्नुपर्ने कुरा बिर्सन्छन् र आज नेपालको समग्र समृद्धिको बाधक नै यस्तो प्रवृत्ति हो।
यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई टेवा पुर्याउँछ। दण्डहीनताको अवस्था ल्याउछ। डर त्रास संजाय कानूनसंग डराउँदैन त्यसैले अराजकता सिर्जना गराउँछ। आफुसंग असहमत हुनेलाई अपराधी बनाउने वहाना खोज्छन्। जनताले उठाएका कुरालाई तुच्छ सम्झन्छन्, अन्यायमा परेकालाई न्यायबाट वञ्चित गराउँछन्। आफ्ना कृपापात्र, नातेदार, आसेपासेलाई महत्वपूर्ण जिम्मेवारी दिन्छन्। योग्य र विज्ञ, आवश्यकता भएको मानिसलाई अवसरवाट वंचित गराईन्छ। जसरी भएपनि लामो समयसम्म आफनै अधीनमा राख्ने प्रयासमा ध्यान केन्द्रित गर्छन। देशले गति पाओस वा नपाओस, विकास होस वा नहोस, गरिवी अन्त्य होस वा नहोस् जनताले सुविधा पाओस वा नपाओस, लठैत, गुण्डागर्दी, कानून मिच्नेहरु बढोस वा बढोस यस्ता केही पनि कुरा ख्याल नराखी वास्ता नराखी आफु मात्र, आफ्नो स्वार्थ मात्र ख्याल राख्न सत्ताा प्राप्त गर्ने र सत्तामा वसिरहने प्रवृत्तिले देशलाई कंगाल वनाएको छ।
सरसर्ती हेरौं लामो समयसम्म एउटै व्यक्तिले सम्पूर्ण सत्ता र शक्ति आफैमा निहित गरेर देशको अवस्था कस्तो छ। क्यूवाका फिडेल क्यास्टेले ५२ वर्ष एक छत्र शासन चलाए भने उत्तर कोरियाका किम उल सुग ले साढे ४८ वषृ संचालन गरे। त्यसपछिको २४ वर्ष अर्थात आजसम्म छोरा र नातिले सत्ता संभालीरहेका छन्। च्याङकाई सेकले पहिला चीन र पछि ताईपेई गरी साढे ४८ वर्ष सत्ता संचालन गरे। मोहम्मद गद्धाफीले ४२ वर्षसम्म लिवियाको प्रमुख भएर वसे, भने अल्वानियाका होक्साले साढे ४० वर्ष देशको सत्ता आफुले संचालन गरे। स्पेनका तानाशाह फ्राक्रोले ३९ वर्ष र ईक्वेटरलका गिनीका माम्वासागोले ३९ वर्ष जिम्वावेका रोवर्ट मुगावेले साढे ३७ वर्ष, क्यामरुनका वियोले ३६ वर्ष, उगान्डाका मुसावेनीले ३४ वर्षसम्म एकछत्र शासन चलाएका छन्। त्यसरी नै सुडानका वसिर, चाडका डिवाय ले २८ वर्ष शासन पछि वाहिरीए। कम्वोडियाका हुनसान ले शासन गरेको ३ वर्ष भईसकेको छ, अझै पनि प्रमुख छन्।
त्यही व्यक्तिको निमन्त्रणमा नेपालका प्रधानमन्त्रीले कम्वोडियाको ३ दिने औपचारिक भ्रमण गरेका थिए। ईरानका सवोर्च्च नेता खामेनी विगत २९ वर्ष देखि सत्ता र शासनलाई नियन्त्रण गरिरहेका छन्। रुसमा स्टालिनले ३० वर्ष शासन चलाएपछि दोस्रो व्यक्तिको रुपमा पुटिन ले विगत १९ वर्षदेखि रुसको राजकीय शक्ति आफ्नो हातमा लिएका छन्। यसरी लामो समयसम्म कार्यकारी अधिकार लिएर वसेका व्यक्तिहरुले आफ्नो देशलाई कस्तो वनाएका छन्, कति समृद्धिशाली बनाएका छन्। माथि उल्लेखित देशको नाम हेरेपछि समीक्षा गर्न सक्छौ। उसो त एउटै पार्टीले लामो समयसम्म देश संचालन गरको थुप्रै देशहरु छन् र विकसित भएका छन्, उन्नतितर्फ बढेका पनि छन् तर एउटै व्यक्ति निरन्तर शासक भएर शासन गर्दाको परिणति सुखद नहुने विकसित घटना क्रमहरुले प्रमाणित गरिरहेको छ।
शक्ति र सत्ता कुनै व्यक्ति विशेष वा समूहको सुखसुविधा एस आरामको लागि दिईने चिज होईन तर सत्तामा पुगेपछि दुरुपयोग गरी देशको स्वार्थ भन्दा निहित केही व्यक्ति समूहको स्वार्थको लागि प्रयोग गर्ने प्रचलनले लोकतान्त्रिक पद्धतिलाई घातक वनाउन सघाउँछ र त्यहीबाट निरंकुशता र अधिनायकवाद प्रवृत्तिमा वढोत्तरी हुन्छ। यसतर्फ सजग हुन जरुरी छ। हाम्रो जस्तो विकास र उन्नतिको असाध्यै खाँचो रहेको देश, स्रोत र साधनको असाहय कमी रहेको देशमा शासकवर्गले अत्यन्तै वृद्धिमत्तापूवर्क जनताको जीवनस्तर उठाउन सुशासनयुक्त कामहरु पूरा गर्ने उत्तरदायित्व निर्वाह गर्न जरुरी छ। त्यस दिशातर्फ सवै प्रकारका सरकारहरुको ध्यान पुग्न जरुरी छ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता
धार्मिक आस्था र आचरण
साँढे स्वास्नी (हास्यव्यंग्य निबन्ध)
hero news full width
मुख्य समाचार
वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
चैत्र १५, २०८०गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०