वेद, वेदान्त र उपनिषद्

प्रेमराज अधिकारी
श्रावण २४, २०७६

वेद हाम्रो आत्मा र सर्वस्व हो वेदको अन्तिम निष्कर्ष हो। शाश्वत शान्ति र परमआनन्द हो। वेदको मूल विषय भनेको ज्ञान हो। वेद सम्पूर्ण शास्त्रको, दर्शनको, योगको भक्तिको कर्मको र ज्ञानको भण्डार हो, राशि हो, पुञ्ज हो र उद्गमस्थल हो।

वेद भनेको के हो? मानव जीवनमा यसको महत्व र उपादेयता के छ? वेद आर्य जातिको धर्म संस्कृति र आध्यात्मिक ज्ञानको मूल स्ा्रोत मानिएको छ। यसलाई सर्वमान्य ग्रन्थ मानिएको छ। यतिमात्र हैन वेदलाई परब्रह्म परमात्माको वाक्य भनिएको छ। विश्व साहित्यमा वेदको सर्वोपरी स्थान रहेको छ। यो वैदिक सिद्धान्तलाई १५ औं शताब्दीदेखि १९ औं शताब्दी सम्मका पूर्वीय र पश्चिमा आधुनिक विद्वानहरु सबैले स्वीकारेका छन। वेद ज्ञानको भण्डार मानिन्छ। वेदका दार्शनिकहरु भन्दछनः धर्म र ब्रह्मलाई प्रतिपादन गर्ने अपौरुषेय वाक्य नै वेद हो।

मानिसहरु इहलोकमा सुखभोग र मृत्युपछि परमशान्ति प्राप्त गर्न चाहन्छन्। मानिसका इच्छा वेदको निदिध्यासनबाट पूरा हुन्छ भन्ने विश्वास छ भागवत्मा “निगमकल्पतहरु” भनेर वेदलाई तुलना गरिएको छ। वेद हिन्दूहरुको मात्र सम्प्रदायिक ग्रन्थ हैन। सम्पूर्ण भूमण्डलमा रहने समस्त मानवजातिको सर्वमान्य पहिलो साहित्यिक ग्रन्थ हो। अक्षरहरु मध्येमा ॐ (ओम) पहिलो अक्षर मानिएको छ भने शास्त्रहरु मध्येमा पहिलो शास्त्र वेदलाई मानिएको छ।

वेदमा १ (एक) लाख मन्त्र छन्। यि १ लाख मन्त्रहरु मध्ये ८० असी हजार मन्त्रहरु कर्मकाण्डसंग सम्बन्धित छन। १६ (सोह्र) हजार मन्त्रहरु उपासना संग सम्बन्धित छन भने बाँंकी ४ चार ज्ञानसंग सम्बन्धित छन। वेदका सम्पूर्ण मन्त्रहरु तीन भागमा बाँडिएका छन्। यसरी ३ (तीन) भागमा मन्त्र विभाजन गर्नुको मुख्य कारण सम्पूर्ण मानव जातिको मनको दोष हटाई शुद्धमनको निर्माण गर्नु हो। मनमा ३ तीन प्रकारका द्वेष रहेका हुन्छन्। मलदोष विक्षेपदोष, र आवरणदोष।

मलदोष भनेको आफ्नो जीवनकालमा जानी नजानी शरीरबाट गरिएका पापहरु हुन्। यिनीहरुलाई नष्ट गर्न शास्त्रीय विधि अनुसारको कर्मकाण्डको आवश्यक पर्दछ। विक्षेपदोष भनेको अञ्चला रुपी दोष हो। यो दोष हटाउ आफ्नो इष्टदेवको शरण, गुरुको आज्ञा पालन र ध्यानको आवश्यकता हुन्छ। आवरणदोष भनेको अज्ञान नै हो। अज्ञान भनेको आफ्नो वास्तविक स्वरुप नजान्नु नै हो। आफ्नो वास्तविक स्वरुप जान्न आत्मतिर फर्कनु आत्मानुसन्धान गर्नु र आत्मवोध गर्नु आवश्यक ठहरिन्छ। आत्मवोध भएपछि मात्र आवरणदोष नष्ट हुन्छ। जव यो अज्ञानी मनको आफ्नो पनि आत्मामा विलीन हुन्छ, तब म, मेरो, मलाई भन्ने अहंकारको साथै राग, द्वेष, तेरो, मेरोको कल्पना गर्ने मन नष्ट हुन्छ। त्यसपछि मानिसलाई दशै दिशा खुल्छ र जताततै शान्ति नै शान्ति रामराज्य फेला पर्दछ। निचोडमा वेद हाम्रो आत्मा हो। वेद हाम्रो आत्मा र सर्वस्व हो वेदको अन्तिम निष्कर्ष हो। शाश्वत शान्ति र परमआनन्द हो। वेदको मूल विषय भनेको ज्ञान हो। वेद सम्पूर्ण शास्त्रको, दर्शनको, योगको भक्तिको कर्मको र ज्ञानको भण्डार हो, राशि हो, पुञ्ज हो र उद्गमस्थल हो।

अब हामी वेदान्त भनेको के हो? यसको संक्षिप्त चर्चा गरौं। वेदको मुख्य तात्पर्यको निर्णय गर्ने भागलाई वेदान्त भनिएको छ। वेदान्त पनि ज्ञानकै भण्डार हो। सामान्य मानिसले पनि याद राख्नु पर्ने कुरा के छ भने म ज्ञाता हुँ। म कर्ता हुँ, म भोक्ता हुँ भन्ने भाव राख्न हुँदैन। यस्तो भावनाले अहंकारको सृष्टि गर्दछ र मानिसलाई आफ्नो स्वभावमा स्थिति रहन दिँदैन। अहंकारले सुखशान्ति र जीवनमुक्तिमा अवरोध खडा गर्दछ। मलदोष, विपक्षदोष र आवरणदोषले रहीत भएको व्यक्तिलाई ज्ञानको उपदेश गर्ने जुन ज्ञानकाण्ड हो, त्यसैलाई वेदान्त भनिएको छ।

यतिमात्र हैन वेदले बताउन खोजेको अन्तिम निचोडलाई वेदान्त भनिएको छ। वेदान्तको रहस्य चित्त शुद्धि भएको योग्य अधिकारीले मात्र बुझ्न सक्दछन्। वेदान्त रहस्यको पुञ्ज हो। कर्मकाण्ड र उपासना काण्डपछि मात्र वेदान्तको ज्ञान काण्डको उपदेश गरिने परम्परा छ। वनस्पतिको सारवस्तु गाईको दूध, दूधको सार वस्तु भनेको नौनी नौनीलाई पगाली खन्याइएको सार वस्तु शुद्ध घ्यू भएजस्तै वेदका मन्त्रहरुले मानिसहरुलाई शिक्षा दिन खोजेको अन्तिम शिक्षाको नाम नै वेदान्त हो। वेदान्त दर्शन सर्वश्रेष्ठ दर्शन हो।

अब उपनिषद भनेको के रहेछ र यसको उपदेयता तर्फ पनि विचार गर्न राम्रो होला भन्ने ठानेको छु। उपनिषद भनेको वेदको शीर्षस्थ भाग ब्रह्माण्ड अंशको पछिल्लो भाग मानिएको, आत्मा र परमात्माको निरुपण गर्ने मुख्य तत्व मानिएको रहेछ। विश्व ब्रह्माण्डका मानिसहरुलाई शिक्षा प्रदान गरी जीव र ब्रह्मको बोध गराउने शास्त्रको नाम नै उपनिषद् रहेछ। हाम्रा धर्मशास्त्रहरु श्रीमद्भागत महापुराण, महाभारत, रामायण, अठारपुराण आदि सबै उपनिषदकै जगमा लेखिएका रहेछन्। हाम्रा चलन चल्तीका संस्कार, संस्कृति, सभ्यता भाषा रीति रिवाज, आचार विचार पनि उपनिषदकै आधारमा चलन चल्तीमा चलिआएका रहेछन्। उपनिषद्को संख्या यति नै छन् भनि एकिन भएको पाइएको छैन। कतै १७९ कतै १८८, २२०, २२७, २६६ उल्लेख भएको पाइन्छ। खास गरी आजभोलि चलन चल्नीतमा देखिएकाहरुको नाम यस प्रकार छन्। ईश, केन, कठ, प्रश्न, मण्डुक, माण्डुक्य, तैत्तिरिय, ऐतरेय, श्वेताश्वतर र कैवल्य उपनषिद गरी १० ओटा मात्र देखिएका छन्। आत्मज्ञानी मुनष्यले पुत्रैषणा, वित्तैषणा, र लोकैषणा समेतका एषणात्रयलाई त्यागेर आफ्नो आत्म रक्षा आफैले गर्नु पर्दछ भन्ने ईशावास्योपनिषदको महत्वपूर्ण उपदेश हो भनिएको छ।

जो व्यक्ति गुरुकुलमा गुरुको समीपमा बसी सम्पूर्ण सर्मपणका साथ उपनिषद्को अध्ययन गर्दछ उसको अज्ञानता नष्ट भई अन्तमा आप्mनो वास्तविक स्वरुप प्राप्त गर्दछ। जसले व्यक्तिको अज्ञान नष्ट गराई जीवनलाई ब्रह्ममा पुर्याई दिन्छ, त्यसैलाई उपनिषद् भनिन्छ। अतः उपनिषद् भनेर ब्रह्मज्ञानलाई भनिएको छ। जन्म मृत्यु रोग र शोकको महासागरमा डुबिरहेका मानव जीवनलाई पारलगाउने शास्त्र नै उपनिषद् मानिएको छ। जीव (मानिस) लाई तिमी सर्वव्यापक ब्रह् हौं भनी उपदेश गर्ने शास्त्र नै उपनिषद् मानिएको रहेछ। स्वामी रामानन्दगिरिजीले उपनिषदको परिचयमा लेख्नु भएको छ। संसारको कुनै पनि धर्ममा कुनै सम्प्रदाय या परम्परामा उपनिषद् भन्दा अर्को शास्त्र छैन जसले जीवलाई ब्रह्म बनाई दिन सकोस। साँच्चै भन्ने हो भने उपनिषद मानवका लागि ईश्वरीय वरदान हो।

त्वदीय वस्तु गोविन्द, तुभ्यमेव सर्मपयेत्

Related News

सम्बन्धित समाचार

hero news full width