विकासको गतिमा अघि बढेको मट्टिखाने

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७०

मट्टखिान शब्दले कास्कीको कृस्तीनाच्नेचौर र स्याङ्जाको फेदीखोला गाविको शिर र दुवै जिल्लाको सीमा क्षेत्रलाई जनाउँदछ। प्रकृतिको सम्पूर्ण शृङ्गारले भरिपूर्ण मट्टखिान डाँडामा पुग्दा जति आनन्द आउछ सायद अन्य ठाउँमा त्यति आनन्द पाउन सकिँदैन।

मट्टखिान क्षेत्रमा पूर्व पोखराको सीमाना फूर्सेखोला, पश्चिम ऐतिहासिक स्थल नुवाकोट देउराली उत्तर फेदीखोला सिर्द्धार्थ राजमार्ग, दक्षिण सुरौदी खोलाको बीचको भूभाग र मट्टखिान डाँडाको सेरोफेरोमा रहेका रामादी, आक्रा·, चारघरे, एउपट्टि अयरपानी, भीरस्वारा, नैखु, रामकोट, आदि ठूलो जनघनत्व भएको गाउँ वस्तीहरू पर्दछन्। समुन्द्र सतहदेखि १५४३ मी. उचाईमा रहेको र पोखराबाट करिब ९ किमी दूरीको मट्टखिान डाँडा पर्यटकको सुन्दर, मनोरम गन्तव्य हो। मट्टखिान क्षेत्रको विद्यमान स्थितिलाई हेर्दा चुनौती र अवसर दुवै पाउन सकिन्छ। यस क्षेत्रमा पर्यटन विकासको निमित्त अध्ययन अनुसन्धान हुन जरूरी छ। अहिलेसम्म सरकारी स्तरबाट पर्यटन विकासको निमित्त कुनै ठोस प्याकेज कार्यक्रम नआएको हुदा अब एगदष्अि ब्धबचलभकक जरूरी देखिएको छ।

यस क्षेत्रमा क्षत्री, बाहुनहरूको बाक्लो वस्ती रहेको छ भने गुरुङ, मगर र दलित्हरूको सङ्ख्या पनि कम छैन। जातीय सद्भाव, धार्मिक सहिष्णुता र भावनात्मक एकताको आधारमा मिलीजुली बसोवास गरी आएका यी जातिहरूको मुख्य पेशा खेती र पशुपालन नै हो। नगद आर्जनको लागि स्वदेशको जागिर र वैदेशिक रोजगारी बैकल्पिक पेशा बनेको छ। नेपाल सरकारले पर्यटन क्षेत्र भनि घोषणा गरेको मट्टखिान क्षेत्रमा पर्यटन विकासको निमित्त चाहिने पूर्वाधार एवं भौतिक विकास भइसकेको छैन। ग्रामीण जीवनस्तर परम्परागत नै छ।

चुनौतीहरू :

एकतन्त्री राणा शासनकालदेखि करिब वि.सं. २०३५ साल सम्म पोखरा-भैरहवासम्मको पूर्व पश्चिम सरकारी डाँक सेवा हुलाकीहरूद्वारा रामादी, मट्टखिान, नुवाकोट स्याङ्जा हुदै सञ्चालनमा थियो। पोखरादेखि पाल्पा भैरहवासम्म जाने आउने यात्रु हिँड्ने घोडा, खच्चडद्वारा माल सामान ढुवानी गर्ने र पैदल यात्रुहरूको खाने बस्ने आराम गर्ने ठाउँ रामादी र मट्टखिान डाँडा नै हुन्थ्यो अहिले यो पूर्व पश्चिम हुलाकी मार्गलाई सरकारले विर्सियो। तत्काल सरकारी डाँक सेवाको सुरक्षाको लागि सञ्चालन गरिएको टेलीफोनलाई पनि झिकियो।

जब सिर्द्धार्थ राजमार्ग पुम्दीभुम्दी गाविस हुँदै गयो दैनिक आवत जावत गर्ने वटुवादेखि सामान ढुवानी गर्ने साधन घोडा, खच्चड भरिया सबैलाई गुमाउनुपर्‍यो मट्टखिान डाँडाले। गाउँको बाटो शून्यसरह हुन पुग्यो। फुर्सेखोलादेखि करिब एक घण्टाको उकाली चढ्दै रामादी गाउँको चौतारी र चिसो पानीको आनन्द लिँदै मट्टखिान डाँडाको विश्राम स्थलमा रमाउने ती अतिथिहरू सपना वने। आज गाउँको सुन्दर घर वस्तीहरू उजाड हुँदैछन्। खाली घरहरू भत्किइरहेका छन्। आवश्यकता अनुसारको खानेपानीको सुविधा पनि छैन। कृषि उत्पादन बढाउन उन्नत बीज मल खाद भनेको बेलामा पाइँदैन। सिंचाईको व्यवस्था छैन। सालभरी गरेको खेतीले खान पुग्दैन। युवा शक्ति खेतवारी साहुलाई सुम्पी विदेश खाडी मुलुकमा पलायन भएका छन्। खेतबारीमा श्रम गर्ने शक्तिको अभावमा जमिन बाँझै रही वन वुटेनमा परिणत भएको छ। अभावै अभावको कारणले शहरमा बसाइसराई भई गाउँ रित्तिँदै छ। बालबालिका र बूढाबूढीको घर कुरेर बस्ने थलो भएको छ गाउँ। पोखराको नजिकै भएर पनि मट्टखिान क्षेत्रलाई पनि अन्य र्दुगम गाउँको नियतिले छोडेको छैन। पर्यटकीय क्षेत्र मट्टखिान डाँडामा अझै खानेपानीको अभाव रहनु, पर्यटकको सुविधाको लागि होटल रेष्टुराँ नहुनु, पर्यटकीय दृष्टिकोणले प्रचार-प्रसार नहुनु, ऐतिहासिक स्थल नवाकोट ओझेलमा पर्नु आदि चुनौतीहरू हाम्रोसामु विद्यमान् छन्।

उल्लेखित थुप्रै चुनौती हुँदा हुँदै पनि मट्टखिान डाँडा प्राकृतिक रूपमा साँच्चै सुन्दर छ। माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, गणेश हिमालजस्ता सुन्दर हिमशृङ्खला, सि·ो पोखराको सुन्दर दृष्य, हरियाली डाँडाकाँडा, ९ भन्दा वढी जिल्लाको दृश्य देख्न पाइने र प्राचीनकालदेखि हिन्दू संस्कृति अनुसार मानि आएको कालिका भगवति, चण्डी, भैरब, द्यौराली माताका शक्ति पिठहरूको स्थापनाले मट्टखिान डाँडा पर्यटकीय मात्रै नभइ आध्यात्मिक महत्वको स्थल पनि हो। यस क्षेत्रको माया गर्ने विशेष विकासप्रेमी व्यक्तित्वहरूको सामूहिक प्रयासबाट केही वर्ष यता मट्टखिान क्षेत्रमा भएका विकाससम्बन्धी उल्लेखनीय प्रयासहरू निम्नबमोजिम छन्।

-१) पक्की पुल :-

फुर्सेखोलामा पक्की पुलको ठूलो आवश्यकता महसुस भएको धेरै वर्षपछि नेपाल सरकारद्वारा आ.व. ०६९।०७० सम्ममा निर्माण कार्य पूरा गर्ने गरि विशेष डिजाइनका साथ पक्की पुलको निर्माण गर्न कुल लागत रु. ३ करोड ९३ लाख बजेट स्वीकृत गर्‍यो। पुल निर्माणको जिम्मा पाएको ऐना निर्माण सेवा कम्पनी प्रालि पोखरा १७, का प्रोप्राईटर निर्माण व्यवसायी तिर्थराज अधिकारीले पक्कि पुलको निर्माण कार्य सुरु गरी तोकिएको समय अवधि २०७० असार मसान्तभित्रै तोकिएको डिजाईनमा ८१.८०मि. लम्वाईको उक्त पक्की पुल निर्माण कार्य सम्पन्न गर्नुभएको छ। निर्माण व्यवसायी तीथराज अधिकारी सामाजिक प्रतिष्ठा भएको एक कुशल निर्माण व्यवसायी हुनुहुन्छ भन्ने कुरा उक्त पुलको निर्माण कार्यले पुष्टि गरेको छ। उहाँप्रति हामी सम्पूर्ण उपभोक्ताको तर्फबाट धन्यवाद। यस पुलको निर्माणले पोखराको दक्षिण पश्चिम भेक अर्थात रामादी, मट्टखिान कृस्ती, निर्मलपोखरी भरतपोखरी पौवैगौडे समेतको घनावस्तीलाई प्रत्यक्ष फाइदा दिनेछ। अको शब्दमा भन्नुपर्दा यो पक्की पुल यस क्षेत्रकै विकासको आधारशील भएको छ।

-२) मोटरबाटो :-

मोटरबाटो नै विकासको पहिलो खुड्किलो हो भन्ने नारा बोकी वि.सं २०५८ मा फूर्सेखोला रामदी मट्टखिान ग्रामीण सडकको निर्माण थालीयो। रामादी निवासीहरूकै अग्रसरतामा घर घरबाट चन्दा सड्ढलन गरि सुरु गरियो। पहिलो चरणमा फूर्सेखोलादेखि रामादी गाउँको बीच पानी ट्याड्ढीसम्म करिब ४.५ कि.मी.को ट्रयाक खोलियो। दोस्रो चरण्मा मट्टखिानका मित्रहरूसँग हातेमालो गरी चन्दा सहयोग बाटै करिब ४.५ किमीको बाँकी निर्माण कार्य पूरा गरी मट्टखिानसम्म ट्रयाक पुरा गरियो। यसरी ९ किमी मोटरबाटोको निर्माण भइ हाल ग्राभेल अवस्थामा छ।

अकोर्तर्फ स्याङ्जाको सीमाना कुभिण्डेबाट राम्कोट मट्टखिानसम्मको २० किमी कच्चीबाटो निर्माण भइ दुवै तिरबाट मट्टखिान डाँडालाई सडक सञ्जालमा जोडिएको छ। दुवैतिरबाट वस सेवा सञ्चालन् गरिएकोले आवागमनमा केही सुविधा महसुस गरिएको छ।

-३) भ्यू टावर :

मट्टखिानको ओलीडाँडामा नेपाल सरकारबाट प्राप्त रकमले हालै पर्यटककको निमित्त एक भ्यू टावर र वरीपरी फुटपाथको पनि निर्माण भएको छ। सो टावरबाट सि·ो पोखराको दृश्य सुन्दर देखिन्छ भने स्याङ्जा कास्की, तनहुँ, लमजुङ, गोरखा, मनाङ, पर्वत, बागलुङ, मुस्ताङ, पाल्पा जिल्ला समेतको दृश्यवलोकन गर्न सकिन्छ। यो भ्यू टावर पर्यटकको आकर्षणको केन्द्र विन्दुको रूपमा मानिएको छ।

-४) शक्ति पीठहरू :

प्राचीनताको इतिहास वोकेको मट्टखिानको अको पाटो हो आध्यात्मिक संरचना। मट्टखिानमा प्यागोडा शैलीमा निर्मित गजुरसहितको र्दुइतले श्री कालिका भगवतिको मन्दिर, श्री चण्डी माताको मन्दिर, श्री काल भैरबको मन्दिर र द्यौराली माईको मन्दिर समेत रहेका छन्। यी शक्तिपीठहरू प्राचीन सांस्कृतिक धरोहर हुन्। द्यौराली मन्दिरमा झुण्ड्याइएका घण्टहरू हेर्दा १८औं शताव्दी भन्दा पहिला निर्माण भएको पाइन्छ। यी शक्ति पीठहरूमा नियमित पूजाको व्यवस्था भइ आएको छ।

-५)अन्य संरचनाहरू :

मट्टखिान डाँडामा निर्मित गण्डकी टेलिभिजन टावर, राम्कोट सालिमेडाँडाको शक्तिपिठ, चण्डीडाडा उच्च मावि, कृस्ती बाघको खोरडाँडामा निर्मित ज्भबतिज अभलतभच, कृस्तीको भविष्य निर्माण मावि आदि विकास प्रयासका उत्तम नमुना हुन्।

मट्टखिानको विकासको लागि दिन रात चिन्तन मनन् गर्दै विकास कार्यमा समर्पित हुँदै आउनुभएका समाजसेवी व्यक्तित्वहरूलाई यहाँ बिर्सन सकिँदैन। उहाँहरूको अमूल्य योगदानबाटै मटि्टखानको विकाससम्बन्धी काम अघि बढेको हो। हाल नियमित बस सेवा सञ्चालन भएको मोटर बाटो, ओली डाँडामा निर्मित भ्यू टावर, प्यागोडा शैलीको सुन्दर कालिका भगवती मन्दिर, चण्डी, भैरव मन्दिर, फुटपाथ जस्ता भौतिक संरचनाको निर्माण सामान्य हिसाबले भएको होइन। यो विकास कार्यमा मट्टखिान रामादीका सम्पूर्ण व्यक्तिको सामूहिक सत्प्रयास, अठोट र लगानीबाट मात्र सम्भव भएको हो। खाई नखाई, सकी नसकी भने पनि घर-घरबाट चन्दा, आर्थिक सहयोग दिनुभएका समय खचै र मन फुकाएर एकजुट भई विकास कार्यमा लाग्नुभएका ती सम्पूर्ण दाजुभाइ, दिदीबहिनीले जहाँ भएपनि धन्यवादका पात्र हुनुहुन्छ। उहाँहरूको सहयोग यस क्षेत्रको विकासमा सधैं रहिरहोस्।

अझ महत्वपूर्ण कुरा हो-विकास निर्माण कार्यमा योजना बनाई सबैलाई एकै सूत्रमा आबद्ध गर्न हस्तीहरू। असी वर्षको उमेरको पनि कुनै ख्याल नगरी विकास कार्यमा नेतृत्व प्रदान गरी आउनुभएका फुसेखोला मट्टखिान ग्रामीण सडक उपभोक्ता समिति र मट्टखिान भ्यू टावरका अध्यक्ष श्री क्या. इन्द्रबहादुर गुरुङ, ७४ वर्षको उमेरमा पनि उत्तिकै जोस र जाँगरका साथ समाजसेवामा लागिरहेका मट्टखिान कस्ती कालिकोट व्यवस्थापन समितिका अध्यक्ष सुवेदार श्री लालकाजी गुरुङ र आफ्नो निवृत्त जीवनलाई समाजसेवामा समर्पण गर्ने अठोटका साथ दिनरात विकास निर्माण कार्यमा लागिरहनुभएका नेपाल सरकारका पूर्व उपसचिव -प्रा) श्रद्धेय दाजु देवीबहादुर थापाज्यू विशेष धन्यवादका पात्र हुनुहुन्छ। यस क्षेत्रले उद्धारको अग्रसरतामा अगुवाइ पाइरहोस्। त्यस्तै सु. चित्रबहादुर पौडेल, पूर्व अ.र्स.इ. हर्कबहादुर रेग्मी , ज्ञानेन्द्र बराल, गमबहादुर गुरुङलगायत प्रत्यक्षका रूपमा विकास निर्माण कार्यमा खटेका थुप्रै साथीको योगदान उत्तिकै महत्त्वपूर्ण छ।

सुझावः मट्टखिान क्षेत्रको भविष्य उज्जल छ। यस क्षेत्रलाई दिलैदेखि माया गर्ने हाम्रा अग्रज, दाजु भाइ, दिदीबहिनीहरू जो देश विदेशमा रहेका मित्रहरू र स्वयं हाम्रै अग्रसरताबाट जे जति विकासका प्रयास भएका छन् यी सबै शुभ सूचक हुन्। हामीहरू अझ बढी स·ठित हुन सकेमा मट्टखिानलाई छिटै पर्यटन गन्तव्य स्थलको रूपमा विकास गर्न सकिनेछ। पर्यटन उद्योगलाई मूल मानी मट्टखिान क्षेत्रको समग्र विकासको निमित्त अवका दिनमा निम्न अनुसारका काम चालिनुपर्दछ –

– पर्यटकको निमित्त पोखराबाट रामादि हुँदै मट्टखिान डाँडासम्मको ‘ययत एबतज को व्यवस्था हुनुपर्दछ। अर्थात पैदल गन्तव्यको रूपमा विकास गरिनुपर्दछु।

– फुस्रेखोला रामादी मट्टखिान मोटरबाटोलाई कोलो पत्रे बनाइनुपर्दछ।

– पर्यटकको सुविधाको लागि मट्टखिान डाँडामा होटल रेष्टुराँको निर्माण गरिनुपर्दछ।

– मट्टखिान डाँडामा प्यारा ग्लाईडिङ उडाउने एचयवभअत ल्याइनुपर्दछ।

– मट्टखिान क्षेत्रको प्रचार प्रसार गरी भिडियो, पोष्टर, होर्र्डिङ बोर्ड ल्यतष्अभ द्ययबचम राख्ने जस्ता प्रक्रिया अपनाइ आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउनेखालका विशेष कार्यक्रम ल्याउनुपर्दछ।

– ऐतिहासिक स्थल नुवाकोटको प्रचार-प्रसार पनि सँगसँगै गरिनुपर्दछ। साथै पर्यटकलाई एक रात मट्टखिानमा अड्याउन सक्नुपर्दछ।

अहिलेसम्म यस क्षेत्रको विकासको निमित्त जुटेको हाम्रो शक्तिलाई अझ व्यापक र शसक्त बनाउनुपर्दछ। हाम्रो राम्रो र सुन्दर मट्टखिान क्षेत्र बनाउन गाउँलाई माया गरौं। जे जति छ त्यसलाई जगाउँ। विकासको निमित्त एकमत राखि जुटौं। आज विकासको गतिमा अघि बढेको मट्टखिान भोलिको पर्यटकको सुन्दर आकर्षण बन्ने छ र हाम्रो सपना साकार हुनेछ।

(लेखक मट्टखिान कृस्ती कालिकाकोट स्मारिका प्रकाशन समितिको संयोजक एवं नेपाल सरकारको पूर्व उपसचिव हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width