लोकदोहोरी सम्राट : प्रजापति पराजुली

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७०

लोक साहित्यका विभिन्न विधा, उपविधामध्ये लोकगीत एउटा महत्त्वपूर्ण विधा हो। जन साधारणले मौखिक परम्पराबाट रच्दै र हुकाउँदै ल्याएको सहज अभिव्यक्ति जहाँ शास्त्रीय बन्धन र कलात्मक सचेतता हुँदैन, त्यो नै लोकसाहित्य हो। लोकका कुनै एक दुर्इ प्रतिभाद्वारा लोकजीवनका हाँसो, आँसु, दर्द, पीडा, स्थिति, परिस्थितिजन्य भावनाहरूलाई आफ्नो मधुर स्वर लहरीद्वारा अभिव्यक्त गरेपछि त्यही लहरीलाई पछ्याउँदै त्यहाँको लोकजीवन झुम्न थाल्दछ। त्यो लहरी अनेकौं डाँडा-पाखा, भञ्ज्याङ चाहार्दै सबैको हृदयलाई आल्हादित तुल्याउँदै जान्छ त्यही नै लोकगीत हो। वास्तवमा लोकगीत झरनाजस्तै हुन्छ। हजारौं वर्ष पुरानो भएर पनि झरनाको पानी नित्य र नयाँ हुन्छ, न कहिल्यै सुक्छ, न कहिल्यै रोकिन्छ बरु उसका जल कल्ल्ाोलमा नयाँ-नयाँ स·ीत र नव-नव नृत्यहरू थपिंदै जान्छन्, लोकगीत पनि त्यही हो। लोकगीत पनि विभिन्न तरिकाले प्रस्तुत गरिन्छ। त्यसमध्येको एउटा प्रकार दोहोरी गीत हो जहाँ गीतमै सवाल र जवाफ हुने गर्दछ। दोहोरी गीत गाउने गायकलाई आशुगायक पनि भन्न सकिन्छ किनभने तत्काल रचना गरेर उनीहरू घण्टौँसम्म गाीत गाउन सक्छन्। यस्तो क्षमता कमै व्यक्तिमा पाउन सकिन्छ। यहाँ दोहोरी गीतका यस्तै अद्भूत प्रतिभा प्रजापति पराजुलीको विषयमा चर्चा गर्न लागिएको छ।

वि.सं. २०२० साल फागुन १० गतेका दिन कास्की जिल्लाको भदौरे तामागी गाविस वडा नं. ५ स्थित चैनपुरमा पिता स्व.गंगाधर पराजुली र माता चन्द्रकली पराजुलीको गर्भबाट जन्मिएका लोक तथा दोहोरी गायक प्रजापति पराजुली आफैमा नेपाली दोहोरी गीतको एउटा सि·ो इतिहास हो। हाल पोखरा नदीपुरमा बसोबास गर्दै आएका पराजुलीले अध्ययनमा आइ.ए. सम्म मात्र उत्तीर्ण गरेका छन्। उनी त्रि.वि. चिकित्साशाष्त्र अध्ययन संस्था, रामघाट पोखरामा कर्मचारीको रूपमा कार्यरत छन् तर उनी साना बालकदेखि वृद्धसम्म लोक तथा दोहोरी गायकका रूपमा नै सर्वपरिचित छन्। उनी जव स्टेजमा गएर माइक समात्छन् तब दर्शकहरू एकोहोरो भएर उनीप्रति नै केन्द्रित रहन्छन्। उनीसँग यस्तो सम्मोहन र वाक कला छ जो कमै व्यक्तिमा पाउन सकिन्छ।

प्रजापति पराजुली आफू प्रतियोगीको रूपमा सहभागी हुँदाको बखत कहिल्यै पनि रित्तो हात फर्केनन्। यो उनको अको महत्त्वपूर्ण इतिहास हो। दोहोरीका प्रतियोगिताहरूमा बसेपछि कहिल्यै पनि पदक विना रित्तो हात नर्फकेका उनी प्रतियोगितात्मक दोहोरीका एकजना अम्बल गायक भनेर चिनिन्छन् र उनीसँग भएका  प्रमाणपत्रहरूले यो कुराको पुष्टि पनि गर्दछन्। यस पंक्तिकारले लोकगीतको अनुसन्धान गर्दै जाने सिलसिलामा जब उनको घरमा पुग्यो तब नेपालको प्रतियोगितात्मक दोहोरी गीतको सि·ो इतिहास उनीसँगबाट प्राप्त गर्यो। उनी आफैले यस विषयमा पुस्तकाकार कृति पनि तयार गर्दै गरेको उनीबाटै जानकारी भयो। घरको माथिल्लो तलामा उनको एउटा भिन्नै व्यक्तिगत कार्यकक्ष/सिर्जनाकक्ष छ। त्यहीँ छ हामीले खोज्ने दोहोरीको सि·ो इतिहास।

उनको कार्यालय व्यवस्थान गर्ने कला पनि अत्यन्तै प्रभावकारी छ। अहिलेसम्म प्रतियोगितात्मक रूपमा कहाँ-कहाँ र कहिले(कहिले दोहोरी गीतहरू भए, उनी त्यहाँ के भए – र कस्ता गीतहरू गाए भन्ने कुराको सम्पूर्ण नालीबेली प्रमाण सहित उनको व्यक्तिगत कार्यालयबाट प्राप्त गर्न सकिन्छ।  सम्भवतः अन्य कोही गायकमा  यो किसिमको सचेतना र लगाव पाउन सकिएला।

प्रजापति पराजुली एउटा यस्ता आशुगायक हुन् जो गीतमै बात मार्न र कुराकानी गर्न सक्छन्। गीतमै धाराप्रवाह घण्टौँसम्म स्टेजमा गएर कुराकानी गर्न सक्छन्। लोकदोहोरीमा प्रतियोगिता सञ्चालनका नियमहरू, मूल्याड्ढनका आधारहरू सबै उनीसँग कण्ठस्थ छन्। अर्को रमाइलो कुरा के छ भने वषौर्ं पहिले आफूले दोहोरी गाउँदाका प्रत्येक गीतका टुक्काहरू उनलाई अहिले पनि कण्ठस्थ छन्। मिति २०४१ साल चैत्र २७ देखि ३० सम्म काठमाडौँको दशरथ र·शालामा भएको दोहोरी गीत प्रतियोगितामा गायिका इन्दिरा चालिसेसँग गाएको दोहोरीको एक अंश :

प्रजापति : तिम्लाई माछी बनाउँदै हेर

फेवातालमा जाल हान्छु एकफेर

इन्दिराः हान हान जाल  दाइले हान

तालको माछा कम्तीको नठान

प्रजापति : तालमा माछी छ भन्ने सुनेर

ल्याएँ मैले नयाँ जाल बुनेर

इन्दिरा : माछाको स्वाद गुन्दु्रकले मेटौला

ठूलो तालमा जाल के भेटौला

प्रजापति : साथी भाइलाई डाकेर तान्नेछु

तालभरिको माहाजाल  हान्नेछु

इन्दिरा : माछी लुक्छ हरियो लेउ लेउमा

जाल बोकेर हिँडौला छेउछेउमा

………….

यसरी माझी र माछी बनेर प्रतीकात्मक रूपमा दोहोरी गाउँदा सारा दर्शक उत्तेजित भएर उप|mन्थे, अनि प्रजापति पराजुली कहिले प्रथम त कहिले द्वितीय भएर निस्कन्थे। यस्तो अद्भूत प्रतिभाको खानी उनीभित्र अहिले पनि कायमै छ। अहिले प्रजापतिबिनाका महोत्सवहरू र दोहोरी गीतका कुनै पनि कार्यक्रमहरू अधुरो, अपुरो र अलिनो हुने गर्दछन्। सम्पूर्ण लोक कलाकारका सर्वश्रेष्ठ बनेर उनी दर्शकमाझ चिनिएका छन्। त्यसैगरी अहिले पछिल्लो समयमा आएर ‘श्रावणको महिना सोमबारको दिन, आठ किलोमिटर पैदल हिँड, बोलबम धाम बैद्यनाथ धाम, बैदाम जाम, केदारनाथ धाम केदारेश्वर जाम, शान्तिका लागि बोलबम, स्वास्थ्यका लागि बोलबम, जनताका लागि बोलबम, राष्ट्रका लागि बोलबम, सिस्टमका लागि बोलबम र अनुशासनका लागि बोलबम’ भन्ने नारा लिएर सम्पूर्ण पोखरेली भक्तजनका साथमा नाच्दै, गाउँदै र बजाउँदै लामबद्ध रुपमा भक्तजनको लावालस्कर सहित धार्मिक जागरणको अभियानमा उनी सक्रिय भएर लागिरहेका छन्।

केही सङ्घसंस्थाले दोहोरी गायक प्रजापति पराजुलीलाई ‘लोकदोहोरी सम्राट’ भनेर सम्मान गर्दै आइरहेका छन्। कसै(कसैले यसलाई विरोध पनि जनाइरहेका छन्। नारायण गोपालले आफ्नो स्वरको जादूद्वारा सबैलाई मोहित पार्थे। त्यसैले उनलाई स्वर सम्राट भनियो। अन्य व्यक्तिलाई पनि अनेक उपाधिहरू दिइएको छ। एउटा सर्जक भुइँबाट उठेर गीत गाउँदै र गीत बचाउँदै सारा दर्शकहरूको मन मुटुमा बास गरेको छ। ‘के खान्छ्यौ कमला, सुन्तला कि अमला -’ भन्दै स( साना केटाकेटीदेेखि  दोहोरीले युवावर्गलाई, तीजे गीत र रत्यौली गीतले महिला वर्गलाई र  भजन/चुड्का गाएर वृद्घवृद्घालाई समेत गरी के बालक, के युवा, के वृद्घ सबैको मनमा एकछत्र बास गरेको यस्तो महान् दोहोरी गायकलाई लोकदोहोरी सम्राटले विभूषित गर्दा कसलाई के घाटा हुन्छ –

यहाँ लोक दोहोरी गायक प्रजापति पराजुलीलाई नै दोहोरी सम्राटको उपाधि दिनु उपयुक्त छ भनी केही तर्कहरू प्रस्तुत गरिएको छ। ती यसप्रकार छन् 🙁

तर्क नं १

नेपालमा दोहोरी गीतको प्रतियोगिता सुरु हुँदाको पहिलो प्रतियागिताबाटै उनी दोहोरीमा प्रवेश गरे र निरन्तर रूपमा पुरस्कृत हुँदै गए। अहिले कोही पनि जीवित व्यक्ति उनीसरह निरन्तर साधनारत छैनन्।

तर्क नं २

प्रजापति पराजुली गायकमात्र नभइ लोकदोहोरी गीतको समग्र इतिहासका ज्ञाता पनि हुन्। लोकसाहित्यको अध्ययन गर्ने, अनुसन्धान गर्ने व्यक्तिले उनीबाट धेरैभन्दा धेरै खुराक प्राप्त गर्न सक्छ।

तर्क नं ३

दोहोरी गीतको सञ्चालन, निर्णययक र टाइसिटको निर्माणदेखि लिएर सम्पूर्ण दोहोरी गीत प्रतियोगितामा प्रजापति पराजुली एकमात्र यस्तो नाम हो जसलाई दोहोरी सञ्चालनका प्राविधिक पक्षको पूर्ण जानकारी छ र सजिलै प्रतियोगिता सम्पन्न गर्ने खूबी राख्दछन्।

तर्क नं ४

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको स्थापनादेखि लिएर हालसम्म त्यस संस्थाको अभिभावकीय भूमिका निर्वाह गर्दै वर्तमान अवस्थामा संरक्षकको रूपमा रहेका र देशैभरि लोक तथा दोहोरी गीतलाई संस्थागत बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका।

तर्क नं ५

विभिन्न डिस्को, गजल आदि रेष्टुरेन्टहरू सञ्चालन हुँदै आएको नेपालमा पहिलेापटक मिति २०५० साल फागुन २३ गतेबाट आफ्नै घरमा दोहोरी रेष्टुरेन्ट सञ्चालन गरी गाउँमा र रोदीघरमा मात्र सीमित दोहोरी गीतलाई सहर, बजार र धनीमानीको कोठा, चोटासम्म पुर्‍याउनमा योगदान गरेका।

तर्क नं ६

बालक, युवा, वृद्घ, महिला, पुरुष सबैका लागि मन छुने गीतहरू गाउन सक्न,े धाराप्रवाह गीतमै कुराकानी गर्न सक्ने, नाच्न गाउन र उद्घोषण गर्नमा अम्बल अनि आँशुगायकको रूपमा समेत परिचित।

तर्क नं ७

लोकगीतका विभिन्न भेदहरू जस्तै : रत्यौलीमा दोहोरी, तीजे गीतमा दोहोरी, भजनमा दोहोरी, पञ्चे बाजा प्रदर्शन आदि जस्ता प्रतियोगिता सञ्चालन गरी लोक साहित्यको संरक्षणमा अहम् भूमिका निर्वाह गरेका र लोकदोहोरीको पर्यायवाची नाम प्रजापति पराजुली भनी सबैसामु परिचय बनाउन सफल।

प्रजापति पराजुलीलाई दोहोरी सम्राटको उपाधि दिन सकिने अन्य धेरै तर्क प्रस्तुत गर्न सकिन्छ। आफ्नै घरमा लोक तथा दोहोरी प्रतिष्ठानको कार्यालय, भजन, चुड्का संरक्षण मञ्चको कार्यालय आदि निःशुल्क उपलब्ध गराएर लोकगीतलाई आर्थिक रूपमा र अभिभावकको रूपमा समेत उनले योगदान पुर्‍याइरहेका छन्। कलाकारलाई आफ्नै घरमा राखेर दोहोरी गीत गाउने कला सिकाउँछन् उनी। वर्तमान समयमा नेपाली लोकगीत विकृत बन्दै गएको अवस्थामा प्रजापति पराजुलीले रत्यौली, तीजे गीत, भजन, चुड्का, खेली आदि गीतका वास्तविक स्वरूप दर्शक/स्रोतामाझ प्रस्तुत गर्दै आएका छन् र केही नयाँ कलाकारले गीतहरूमा विकृति भित्र्याउने काम गरेकोमा उनी चिन्तित छन्।

यी विविध कारण र तर्कको आधारमा उनी लोकदोहोरी सम्राट हुन्। धेरै संस्थाले उनलाई लोकदोहोरी सम्राट भनेर सम्मान गरिसकेका छन्। यी सबै कुराका प्रमाण चाहिएमा उनको कार्यकक्षमा उपलब्ध छन्। लोकगीतको अध्ययन गर्न चाहने हरेकलाई प्रजापति एउटा महत्त्वपूर्ण स्रोत हुन्। मरेपछि मात्र सम्मान गर्ने हाम्रो नेपाली परम्परालाई तोडेर जीवित अवस्थामै उनलाई सम्मान गर्न सक्यो राज्यले भने उनीबाट लोकदोहोरी गीतको क्षेत्रमा अझै धेरै आशा गर्न सकिन्छ। सम्बन्धित पक्षले यसलाई समयमै ध्यान पुर्‍याउनु जरूरी छ।

-लेखक नेपाली लोकगीतमा पि.एच.डी. अनुसन्धानरत छन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width