लेखनाथका सडक व्यापारीः गरिबीबाट उन्मुक्तिकै प्रयासमा

आदर्श समाज सम्वाददाता
असार २१, २०७०

संयुक्त राष्ट्रसङ्घले दैनिक प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर १.२५ भन्दा कम हुनेहरूलाई गरिब भनेको छ। हालैको विनिमय दरलाई आधार मान्दा, दैनिक प्रतिव्यक्ति आम्दानी नेपाली रूपैयाँ १२०.२१ हुनुपर्ने हुन्छ। अर्थात वाषिर्क प्रतिव्यक्ति आम्दानी रु. ४३,८७७ हुनुपर्छ भने मासिक आम्दानी रु.३,६५६ हुन आवश्यक देखिन्छ।

तर, गत २०६९ साल पुस २७ देखि २९ गतेसम्म लेखनाथका विजयपुर, बुढीबजार, अघौर्ंचोक, डाँडाकोनाक, तालचोक, भण्डारढिक, गगनगौंडा, तल्लो गगनगौंडा, खुदी, शिसुवा, लक्ष्मीआदर्श, मोहरिया, बेगानास ताल, लगायतका क्षेत्रको सडकमा व्यापार गर्दै आएका व्यापारीहरूबाट डिफ्याक्टो विधिको प्रयोग गरि ७६ जनाबाट तथ्याड्ढ सड्ढलन गरि गरिएको सडक व्यापार सम्बन्धी एक अध्ययन अनुसार भने सडक व्यापारबाट मात्र मासिक आम्दानी रु. १३,१४० देखियो भने उनीहरूको परिवारमा औसत परिवार सङ्ख्या ५.२६ ९क्म्±ज्ञ।ढ० जना थिए। यसरी हेर्दा प्रतिव्यक्ति मासिक आम्दानी रु.२,४९८ मात्र पर्न आउँछ। त्योसोत परिवारको आम्दानी स्रोतका आधारमा उनीहरू मध्ये, ३४.२ प्रतिशतको घरमा अन्य पनि आम्दानीको स्रोत भएकाहरू थिए यद्यपि बाँकी दुर्इ तिहाइको परिवार भने खाली उनीहरूको सडक व्यापारमा मात्र निर्भर थियो। अर्थात् सडक व्यापारमा मात्र निर्भर परिवार अझै पनि गरिबीको रेखामुनि रहेको प्रष्ट देखियो।

त्यसो भए गरिबीबाट उन्मुक्तिका उपाय के त ? सडक व्यापार र व्यापारीको सामाजिक, जनसाङ्खिक र लगानी वा आर्थिक पक्षको पनि अध्ययन गर्नुपर्ने हुन्छ। यसरी गरिएको अध्ययन अनुसार, विगत झण्डै ३० वर्षदेखि भर्खर एक महिनाबाट लेखनाथ क्षेत्रमा बसोबास गर्दै आएका व्यापारीहरूको औसत लेखनाथ बसाइँ  झण्डै ६ वर्ष अर्थात् ५.८२ वर्ष थियो ९क्म्±छ।ढ० भने उनीहरूमध्ये विगत  १९ वर्षदेखि भर्खर एक महिनासम्म व्यापार गरेकाहरूको औसतमा त्यस क्षेत्रमा व्यापार गरेको  ५.७७ वर्ष भएको थियो। यसरी व्यापार गर्ने उनीहरूको लेखनाथ बसाइँ र व्यापार गरेको अवधि झण्डै मिल्न आउँछ अर्थात् झण्डै पूरैजसो बसाइँ सरेर आएका थिए। जसमध्ये अधिकँाश भाडामा बस्ने ८६.८ प्रतिशत थिए भने बाँकी १३.२ प्रतिशत मात्र आफ्नै घरमा बस्ने।

उनीहरूको औसत उमेर ३२ वर्ष तथा न्यूनतम १८ वर्षदेखि अधिकतम ६० वर्ष थियो। अर्थात् यहाँको सडक व्यापारमा बालकदेखि वृद्धासम्म सबै नै संलग्न रहेको देखियो। सबैभन्दा बढी २५-३४ वर्ष समूहका ५५.३ प्रतिशत, दोस्रोमा २८.९ प्रतिशत, तेस्रोमा ३५-४४ वर्ष समूहका भने  १५-२४ वर्ष समूहका १०.५ प्रतिशत र बाँकी  ५.३ प्रतिशत मात्र ४५ वर्ष वा सो भन्दा बढी उमेरका थिए। वैवाहिक आधारमा ९२.१ प्रतिशत विवाहित, ६.६ प्रतिशत अविवाहित र १.३ प्रतिशत विधवा व्यापारीहरूको औसतमा २.३६ बालबच्चा जुन बढीमा ६ जनासम्म पाइयो ९क्म्±ज्ञ।द्द०। जसमध्ये ५८.३ प्रतिशतका बालबच्चा सरकारी वा सामुदायिक विद्यालयमा अध्ययनरत थिए भने एक तिहाइ निजी तथा आवासिय विद्यालयमा र बाँकी  विद्यालय नै जाने उमेर नपुगेका ८.३ प्रतिशत थिए।यसैगरी लि·गत आधारमा ६५.८ प्रतिशत पुरुष र बाँकी ३४.२ प्रतिशत महिला व्यापारी थिए। ९०.८ प्रतिशत व्यापारीका परिवारको निर्णय तहमा पुरुषको भूमिका देखिन्थ्यो भने जम्मा ९.२ प्रतिशत परिवारमा मात्र महिलाको नेतृत्व।

जातिगत आधारमा, सबैभन्दा बढी ३९.५ प्रतिशत ब्राÞमण तथा क्षत्री थिए भने १४.५ प्रतिशत पिछडिएका जनजाती, गुरुङ र नेवार जातिबाट ६.६ प्रतिशत तथा दलित जातिबाट पनि ६.६ प्रतिशत थिए। पिछडिएका तराई जाति तथा धार्मिक अल्पसङ्ख्यकहरूको सङ्ख्या न्यून भए पनि भारतीयहरूको हिस्सा भने झण्डै एक तिहाई अर्थात ३०.३ प्रतिशत देखियो। अर्थात् राष्ट्रियताका आधारमा हेर्दा झण्डै ७० प्रतिशत अर्थात्  ६९.७ नेपाली थिए भने बाँकी ३०.३ प्रतिशत भारतीय नागरिक।

लगानी तथा आम्दानी अवस्थातर्फ हेर्दा, व्यापार सुरु गर्दा रु. ५०० देखि रु. ८०,००० सम्म, औसतमा १२,१७५ लगानी गरेर सुरु गरेका व्यापारीको हाल औसत लगानी रु. १७,७४७ पुगेको छ भने दैनिक औसत आम्दानी रु. ४३८ पाइन्छ।

यसरी व्यापार गर्ने ४२.१ प्रतिशतले आफूले बचत गरेर राखेको पैसाबाट, ३२.९ प्रतिशले अरुसँग ऋण काढेर, १०.५ प्रतिशतले अन्य कामबाट भएको नाफाबाट, त्यस्तै १०. ५ प्रतिशतले सहकारी तथा बैड्ढबाट र बाँकीले अन्य स्रोतबाट प्राप्त रकमबाट व्यापार सुरु गरेका थिए। उनीहरूमध्ये सबैभन्दा बढी एक चौथाई भाग चना चटपट तथा बदाम बेच्ने, २२.४ प्रतिशत फलफूल, १३.२ तरकारी र १३.२ प्रतिशत नै तरकारी तथा फलफूल दुवै बेच्ने थिए भने अन्य वस्तुहरू जस्तो कपडा, घडी, आदि बेच्ने २६.३ प्रतिशत थिए। उनीहरू मध्ये आफ्नै आवश्यकताका कारण ६३.२ प्रतिशत यसरी सडक व्यापारमा लागेका थिए भने २६.३ प्रतिशत परिवारका सदस्य वा साथीभाइ वा अरुले गरेको देखासिकीबाट उत्प्रेरित भइ सुरु गरेका थिए र बाँकी  ९.२ प्रतिशतले आफ्नो परम्परागत व्यापार भएको बताएका थिए।

अकोर्तर्फ ८२.९ प्रतिशत व्यापारीहरूले उनीहरूको व्यापार कुनै पनि सङ्घसंस्थामा दर्ता नगराएको तथा तीन चौथाई भाग व्यापारीले कहीँ पनि कर नतिरेका अवस्थामा पोखरा उप-महानगरपालिकाले जस्तो लेखनाथ नगरपालिकाले पनि सडकमा व्यापार निषेध गर्न सक्ने सम्भावना पनि उत्तिकै छ। यदि गर्‍यो भने झण्डै दुर्इ तिहाई उनीहरूका परिवार पूर्ण गरिबीतर्फ धकेलिन सक्छन्।

यसर्थ लेखनाथको सडक व्यापारका यिनै विविध समस्यालाई व्यवस्थापन गर्न सकेमा लगानी र मासिक आम्दानीबीचको सम्बन्ध मध्यम समानुपातिक देखिएको अवस्था छ अर्थात् लगानी बढाउन सकेमा आम्दानी पनि बढ्न सक्ने देखिन्छ। अध्ययनबाट हाल उनीहरूको मासिक आम्दानी सुरुको लगानी, व्यापार गर्नु पहिलेको उनीहरूले गरेको आम्दानी, व्यापार गरेको अवधि तथा व्यापारीको उमेरसँग कम तर, हालको लगानीसँग बढी सम्बन्धित  देखिन्छ। साथसाथै मासिक आम्दानीले हालको लगानीमा ८७ प्रतिशतसम्म फरक पार्न सक्ने देखिन्छ भने सुरु लगानीले हालको लगानीमा ९०.३ प्रतिशत फरक पारेको पाइन्छ।

अन्तमा, विद्यमान अवस्थामा त यसरी व्यापार गर्नेमध्ये एक चौथाई अत्यन्त सन्तुष्ट, ३८.२ प्रतिशत सन्तुष्ट, ३५.५ प्रतिशत अलिअलि सन्तुष्ट र असन्तुष्टको अंश अत्यन्त न्यून १.३ प्रतिशत रहेको छ भने उल्लेखित पक्षमा ध्यान दिन सक्ने हो भने यो सन्तुष्टिको तह अरु वृद्धि गर्न सकिन्छ भने विद्यमान गरिबी यसै व्यापारबाट नै हटाउन सकिने देखिन्छ। त्यसबाहेक यदि उनीहरू आफ्नो आर्थिक स्तिति सदाबहार रूपमा मजबुती चाहन्छन् भने उनीहरूले सडक व्यापारको साथसाथै अन्य आयस्रोत पनि बनाइराख्नुपर्ने देखिन्छ।

-विशेष धन्यबादः तथ्याड्ढ सड्ढलनमा सहयोगी डायमण्ड मोडेल स्कुल परिवार र तत्कालीन कक्षा ८ अर्थात्  हाल कक्षा ९ का भाइबहिनीहरू)

Related News

सम्बन्धित समाचार

hero news full width