लक्ष्यहीन ग्रामीण अर्थ अवस्था : नयाँ सम्भावना

आदर्श समाज सम्वाददाता
असार २६, २०७०

नयाँ परिवर्तनकोशुभारम्भ गाउँबाट हुनपर्दछ। गाउँको परिवर्तनमा सम्पूर्णता लुकेको हुन्छ। मुलुकको विकासको मेरुदण्ड भनेकै ग्रामीण क्षेत्रको विकास हो। मानवीय आवश्यकताहरू पूरा गर्ने मुख्य थलोको रूपमा ग्रामीण क्षेत्रका सम्भावनालाई गहिराईमा गई खोतल्नु आवश्यक छ। व्यवसायिक खेतीको अवधारणा अपनाउँदै ग्रामीण कृषि उत्पादनलाई अभियानको रूपमा अगाडी बढाउन सकेको खण्डमा अवश्य पनि सिङ्गो मुलुकको अर्थतन्त्र उकासिन सकारात्मक धक्का पुग्ने पक्का रहन्छ। बजेट विनियोजन गर्ने उच्च निकायले अर्थपूर्ण निर्णय अँगाल्दै उन्नतशील वस्तु तथा सेवामा आवश्यक लगानीको चाँजोपाँजो मिलाउन जरूरी छ। ग्रामीण समुदायले नयाँखालको मागहरू सृजना गर्न सक्नु पर्दछ। जुन मागहरूले कृषि क्रान्ति गर्ने अभियानको लक्ष्य पछ्याउन सम्भव होस्। स्थानीयले उठाएका मागहरूलाई राज्यले सम्मानजनक रूपमा सम्बोधनगर्न सक्नपर्दछ। ग्रामीण क्षेत्रको विकसित रूप सहर हो। सहरीया विकसित रूप भन्दैमा प्रारम्भिक ग्रामीण क्षेत्रको रूपलाई नहेर्ने भन्ने चाहीँ पक्कै होइन। मेरुदण्डको रूपमा रहेको ग्रामीण गतिविधिमा वैज्ञानिक सुधार ल्याउनु अहिले नितान्त आवश्यक भइसकेको छ। कुनै पनि मुलुकमा सहरी वातावरणको प्रभावले पूर्णता पाए तापनि नयाँखालको अभाव देखा पर्न सक्छ। ग्रामीण अर्थतन्त्रप्रतिको मानिसमा भएको संवेदनहीनताले मुलुकको अर्थ व्यवस्थामा उतारचढाव ल्याइरहेको छ। अर्थ मन्त्रालयले भर्खरै सार्वजनिक गरेको तथ्याड्ढले नेपालको आर्थिक वृद्धिदर ३.८ प्रतिशतको साँघुरो अवस्था देखाएको छ। प्रतिव्यक्ति आयमा अपेक्षित सुधार हुन सकेको छैन। ग्रामीण क्षेत्रमा देखिएको हैसियतविपरीतको विकृतिले गर्दा उत्पादनमुखी कार्यमाभन्दा फेसनेवल वस्तु तथा सेवाप्रति नवयुवाहरूको आकर्षण बढेको छ। नयाँ उद्योग धन्दा खुल्ने क्रमप्रति सुधार हुन सकिरहेको छैन। सवारी साधनलाई मात्र आर्थिक विकासको इन्डिकेटर मान्ने हो भने नेपाल विकासको हिसावले उच्चत्तम बिन्दुमा पुगेको छ। परन्तु अर्थतन्त्रका आधारभूत सूचाकाड्ढलाई विश्लेषण गर्ने हो भने काठमाडौंमा देखिएको अर्थतन्त्रको प्रतिबिम्ब केवल खियालागेको टिनमाथि सुनको नक्कली जलपजस्तै हो। अर्थतन्त्रको आवरण कृत्रिम भए पनि बेरोजगार युवाले २२० सिसीको पल्सर चढेकै छ। अर्ध बेरोजगारले टाटा नानो रोजेको छ। र जग्गादलाल वा ठेक्कापट्टामा लागेकाले स्यान्ट्रो वा टक्सन चढेकै छ। हैसियत भएकाको अधिक सान र नभएकाहरूको चुच्चे जोरी खेल्ने प्रवृत्तिले विकृतिमाथि विकृति जन्माएको छ। झण्डैझण्डै साढे तीनप्रतिशत हाराहारीको आर्थिक विकास भएको देशमा सडकमा देखिएको चमत्कार एउटा अनौठो विषय बनेको छ। अर्थतन्त्रको चक्रलाई गहिरो विश्लेषण गर्दा पल्सर चढ्ने युवादेखि टक्सन चढ्ने नवधनाढ्यहरूसम्म वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्समा रजाइँ गरिरहेका छन्। काठमाडौंका सडकमा गुड्ने टक्सनमा अरवका खाडीमा युवाले बगाएको पसिनाको मूल्य सिञ्चित छ।

हिजो भरिभराउ गाउँ आज विस्तारै रित्तिँदैछन्। घरखेतमा उत्पादनमा व्यस्त रहने बुहारीहरू विदेशबाट पठाएको रेमिट्यान्सले गर्दा परिश्रम गर्न पछि हटी सहर छिर्ने वातावरण बढ्दो छ। बालबच्चालाई नयाँ र नौलो ज्ञान दिनेभनि रेमिट्यान्सले मातेकी बुहारी सासू ससुरासँग झगडा गरेर सहर पसेकी छिन्। जुनखालको संस्कृति घटना नभएर प्रवृत्तिको रूपमा झाङ्गिदै गइरहेको छ। आफ्ना सन्तानलाई आधुनिकता सिकाउने निहूँमा गाउँको फराकिलो घर त्यागी सहरको साँघुरो कोठामा सीमित पारिएको अवस्था छ। ग्रामीण क्षेत्रको सृजनशील शान्त वातावरणबाट आफ्ना सन्तानलाई टुर्टाई सहरको महङ्गी कोलाहलमा प्रवेश गराउने क्रम बढ्दो छ। गाउँको आफ्नै बारीको सागपात ढिंडो, गुन्द्रक, मोही मकै, दूधजस्ता पोषणयुक्त खाद्यान्नलाई चटक्कै भूलिसहरको कोक, चाउमिन, सडेगलेको तरकारीजस्ता अस्वस्थकर खाद्यान्नप्रति उपभोग उल्टो फेसन बढेको छ।

कृषि क्षेत्रमा श्रमको उचित मूल्य ताक्ने कार्य वैज्ञानिक नहुँदा कृषकहरूमा नैराश्यता देखिएको छ। उत्पादनको मूल्य र विश्व अर्थतन्त्रमा देखिएको परिवर्तित मह·ीमा तालमेल नमिल्दा कृषकको आर्थिक हैसियतमा तुसारापात भएको अवस्था छ। कृषिउत्पादन र उत्पादित वस्तुको उपभोक्तासम्म पुर्‍याउने व्यवस्थापनमा वैज्ञानिक नहुँदा कृषकहरू मारमा परेको अवस्था छ। जसले गर्दा कृषकहरूमा ‘काम गर्ने कालु मकै खाने भालु प्रवृत्ति विकृतिको रूपमा मौलाएको छ।

पछिल्ला दिनमा ग्रामीण क्षेत्रमा सहकारीताको अवधारणाले गर्दा केही मात्रमा भए पनि कृषकहरूलाई आवश्यक परेको बेला आर्थिक सहायता उपलब्ध हुने र दुर्इचार पैसा भएको बेला बचत गर्न पाउने हुँदा कृषकहरूमा झिनो मात्रमा भए पनि उँधो लाग्ने आशा अड्ढुरण भएको छ। गाउँको अर्गानिक उत्पादनप्रति सहरीयाहरूको माग बढ्दो हुँदा गाउँका सचेत कृषकको नयाँ अर्गानिक उत्पादनमा नयाँ मूल्य तिर्न तत्पर देखिएको अवस्थालाई पनि सकारात्मक मान्नै पर्छ। विकृतिका विभिन्न स्वरूपहरूमध्ये कृषि क्षेत्र प्रबर्द्धनमा मोहलाग्दो प्रचार-प्रसारको अभाव देखिनु पनि एक हो। कृषिको महत्त्व झल्केको जनचेतनाको अभावमा केही सीमित बुझेकाबाहेक अन्यले भने हात फिँजाउन नचाहेको दुखद् अवस्था छ। कृषि सुधारको पक्षमा दाताहरूको सहयोग र सरकार कत्ति पनिपहल नभएको भने पक्कै होइन। तर पहुँच हुने सहरीयाले सहरकै उच्च होटेलमा सीमित कृषिक्षेत्रप्रति गैररुचिकर व्यक्तिहरूमा मह·ा अप्रभावकारी सेमिनारमा डलर खन्याएको दर्दनाक अवस्था छ। जसका कारण कृषि जनचेतनाको चाह गर्ने कृषक अवसर बिमुख भएका छन्। कृषि क्षेत्रको अत्रि्राथमिक क्षेत्रमा लगानीको अभाव हुँदा बालीबिउ खरिददेखि जमाउने, रोप्ने, गोडमेल, सिँचार्इं, पकाउने र हात पार्ने र बजार पुर्‍याउने एवं बेमौसममा उपलब्ध हुने गरि भण्डारण गर्ने लगायतका कार्यमा सरकारको ध्यान कमै पुग्दा समस्या जन्माएको छ। कृषि क्षेत्र सुधारमा राम्रैखालका नीतिहरू भए पनि व्यवहारिक रूपमा कार्यान्वयनको सवालमा प्रभावकारीता शून्य पाउन सकिन्छ। तसर्थ कृषि क्षेत्रको सुधार र विकास गरि आफ्नो अर्गानिक उत्पादन आफ्नै ठाउँमा र अधिक उत्पादनलाई सम्मानजनक कृषि मूल्यसहित निकटको माग क्षेत्रमा पुर्‍याउने भन्ने अभियान छेड्न आवश्यक छ। जसबाट स्थानीय अर्गानिकजन्य उत्पादनलाई स्थापित गरि बाहिरबाट भित्रिएको मह·ो र अस्वस्थकर रासायनिक विषादीजन्य खाद्यान्नलाई विस्थापित गर्न सम्भव देखिन्छ। जसबाट गाउँमा सड्ढलित दुर्इचार पैसा बाहिरिन नदिई गाउँमै लगानीका नयाँ बाटा खोज्न सम्भव देखिन्छ। यसरी ग्रामीण क्षेत्रमाशिक्षित कृषक जन्माई लगानीलाई वैज्ञानिक व्यवस्थापनसहित लगानी गर्न सकेको खण्डमा अहिले हाम्रो मुलुकको नमुना सफलता बोकेको एवं कृषिक्रान्तिको विजारोपण गरेकोपाल्पाको मदनपोखरामा रहेको कृषि सहकारीजस्ता थुप्रै सहकारी मुलुकभर जन्माउन सम्भवसिद्ध देखिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width