राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र सुर्खेत महाधिवेशन

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७०

‘लोक गीत सङगीतको आदिभाषा हो भने शास्त्रीय स·ीत स·ीतको व्याकरण हो।’-चेतन कार्की

चेतन कार्कीले भनेझैँ लोक गीत मानव जातिको उत्पत्तिसँगै विकसित भएको मानिन्छ। मानिसले जब गाँस, वास र कपाससँगै मनोरञ्जन पनि आवश्यक ठान्यो अनि उसले लोक साहित्यलाई आफ्नो मनोरञ्जनको माध्यम बनायो। त्यसैअन्तर्गतको एउटा महत्त्वपूर्ण विधा लोकगीत हो र लोकगीतभित्रको एउटा उपविधा दोहोरी गीत हो।

एउटा गायकले आफूभित्रका भावनाहरू गीतको माध्यमबाट एकोहोरो रूपमा प्रस्तुत गर्छ भने त्यो लोकगीत हुन्छ। त्यसैलाई दुर्इ जना वा दुर्इ समूह भएर खेलका रूपमा प्रस्तुत गरेमा त्यही लोकगीत दोहोरी गीत बन्न जान्छ। जीत र हार समेत हुने भएकोले दोहोरी गीत एउटा खेल हो र यसलाई खेलकै रूपमा विकास गर्नुपर्ने धारणा केही लोक दोहोरी स्रष्टाहरूको रहेको छ।

हरेक मुलुकका आ-आफ्नै प्रकृतिका लोक गीत, स·ीत भएझैँ नेपाल पनि लोक गीतमा अत्यन्तै धनी मुलुक हो। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक नेपालमा सबै जाति र समुदायको साझा संस्कृति लोक संस्कृति हो। यी सबैले गाउने लोक तथा दोहोरी गीतको समग्र रूप नै नेपाली लोक तथा दोहोरी गीत हो।

नेपालका लोक तथा दोहोरी गाउने समस्त कलाकारहरूको एउटा साझा स·ठनको रूपमा ‘नेपाली लोक तथा दोहोरी गीत प्रतिष्ठान’ स्थापना भएको छ। वि.सं. २०५७ सालमा नेपाली लोक तथा दोहोरी क्षेत्रका महान् हस्तीहरू प्रजापति पराजुली, अमर विरही गुरुङ, दुर्गा रायमाझी र पुरुषोत्तम न्यौपानेको संयुक्त पहलमा नवलपरासीको अरुणखोलाबाट दोहोरी गीत प्रतिष्ठानको स्थापना भएको हो। सुरुमा अमर विरही गुरुङको नेतृत्वमा तदर्थ समिति बन्यो र उनकै नेतृत्वमा २०५८ सालमा विधिवत दर्ता भई यस संस्थाले वैधानिकता प्राप्त गर्यो। २०५९ सालमा यस संस्थाको पहिलो महाधिवेशन काठमाडौँमा सम्पन्न भयो। यस महाधिवेशनद्वारा चर्चित लोक दोहोरी गायक प्रजापति पराजुली नेतृत्वमा पुगे। उनको नेतृत्वकालमा यस प्रतिष्ठानले देशैभर स·ठन विस्तारमा विशेष ध्यान पुर्यायो। त्यसैगरी २०६१ सालमा पोखरा महाधिवेशन सम्पन्न भयो। त्यस महाधिवेशनले दोहोरी गीत प्रतिष्ठानमा ‘लोक’ शब्द थपेर ‘लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ नामकरण गर्‍यो। पोखरा महाधिवेशनबाट लोकदोहोरी गायक दुर्गा रायमाझी अध्यक्षमा छानिए। यस कार्यकालमा लोक दोहोरी क्षेत्रमा धेरै उल्लेखनीय कामहरू भए। बुटवलमा भएको तेस्रो महाधिवेशनबाट पनि दुर्गा रायमाझी दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष निर्वाचित भए। उनको कार्यकालमा प्रतिष्ठानको स·ठन विस्तार , रचनात्मक गतिविधि लगायत कलाकारहरूको सहयोगार्थ ‘कलाकार कल्याणकारी कोष’ समेत  स्थापना भयो जुन लोकदोहोरी क्षेत्रमा उल्लेखनीय काम हो। विभिन्न कार्यक्रममार्फत रु. १२ लाखको अक्षयकोष स्थापना गर्न उक्त दुर्गा रायमाझीको कार्य समिति सफल रह्यो।

यस प्रतिष्ठानको चौथो महाधिवेशन २०६७ सालमा असोजमा हेटौँडामा सम्पन्न भयो। यस महाधिवेशनबाट नेपाली लोक दोहोरीका अब्बल प्रतिभा, सुमधुर  स्वरका धनी र समस्त गण्डकी क्षेत्रका नक्षत्र पुरुषोत्तम न्यौपानेको नेतृत्वमा स·ठन अगाडि बढ्यो। यस कार्यकालमा पनि लोक दोहोरी क्षेत्रमा धेरै उल्लेखनीय काम भएका छन्। अहिले कलाकार गीत गाएर, लेखेर, बजाएर, नाचेर भए पनि आफ्नो जीविकोपार्जन गर्न सक्ने भएका छन्। हरेक मेला महोत्सव आदिमा लोकदोहोरी कलाकारहरू अनिवार्य जस्तै रहन गए। राम्रो पारिश्रमिकसँगै कलाकारको जीवनशैली पनि परिवर्तन हुँदै गएको छ। देशविदेशका कार्यक्रममा सहभागी भएर कलाकारले राम्रै आर्थिक उपार्जन गरिहेको अवस्था छ। पुरुषोत्तम न्यौपानेको कार्यकालमा संस्था अझै मजबुत बनेको छ। जिल्ला, अञ्चलका समितिहरू समेत सक्रिय रूपमा लागिरहेका छन्। लोक दोहोरी गीत संस्थागत भएर देशभर विस्तार भएको छ।

देशभर यतिबेला चुनावको चहलपहल छ। राजनीतिक नेतृत्व चयन गर्न जनता उत्साहित छन्। उतातिर समस्त लोकस·ीत क्षेत्रका कलाकारको साझा स·ठन ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले पनि यतिबेला आफ्नै नेतृत्व चयनका लागि चुनावी माहोलमा होमिएको छ। यही असोज १२(१४ सम्म मध्यपश्चिमको सुर्खेतमा पाँचौँ महाधिवेशन सम्पन्न हुँदैछ। देशभरका ५० भन्दा बढी जिल्लाका १७०० प्रतिनिधि सुर्खेत जानेछन्। नेपालकै बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा उद्घाटन हुने उक्त महाधिवेशनको तयारीमा वर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपानेलगायत कार्यसमितिका सम्पूर्ण सदस्यहरू लागिपेरका छन्। यसपटक नयाँ नेतृत्व चयनका साथै विधान संशोधन, स्रष्टा सम्मानलगायतका विविध कार्यक्रम उक्त अवसरमा हुनेछन्। अहिले जिल्ला र अञ्चलका समितिहरू आफ्नो नयाँ नेतृत्व चयनका लागि एकजुट हुन छलफलमा व्यस्त छन्।

अहिलेसम्म लोक दोहोरी प्रतिष्ठानमा पश्चिमाञ्चलका कलाकारहरूको वर्चश्व रहँदै आएको छ। सुरुमा अमर विरही गुरुङ त्यसपछि क्रमशः प्रजापति पराजुली, दुर्गा रायमाझी र वर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने सबै स्रष्टा यो देशका गौरव हुन् र जनताका प्रिय गायक हुन्। अबको नेतृत्व कसमा जाने भन्ने कुरामा सबै लोक दोहोरी स्रष्टाहरू चिन्तित छन्। मिति २०७०।६।५ गतेको गण्डकी अञ्चल भेलाले यस क्षेत्रबाट प्रतिनिधि चयन र उम्मेदवारी घोषणा गरिसकेको छ। यसपटक अध्यक्षमा चन्द्र शर्मा र विष्णु खत्रीको नाम चर्चामा छ। त्यसैगरी गण्डकी अञ्चलबाट उपाध्यक्षमा पार्वती जिसी र महासचिवमा रमेश विजीले उम्मेदवारी घोषणा गरिसकेका छन्। पार्वती जिसी यस क्षेत्रकी चर्चित लोकदोहोरी गायिका हुन् भने रमेश विजी नेपाली लोकस·ीतले गौरव गर्न लायक पात्र हुन्। संस्थाको स्थापनादेखि सह-कोषाध्यक्ष हुँदै महासचिवसम्म बनिसकेका विजी कुशल वक्ता र अत्यन्तै मार्मिक शब्द सर्जक हुन्। ‘पानी घट्टामा’, देउरालीमा धजा, तीते करेलीले लगायतका थुप्रै गीत उनकै सिर्जना हुन् जुन हरेक नेपालीको ज्रि्रोमा झुण्डिएका छन्। विजीले यस प्रतिष्ठानलाई अझै सबल बनाउनुपर्छ, कलाकारहरू मर्यादित र अनुशासित बन्नुपर्छ, दोहोरीलाई खेलको रूपमा मान्यता दिनुपर्छ, गीतहरू बजारिया लोकप्रियता भन्दा सांस्कृतिक अनुशासन बचाएर सिर्जना गरिनुपर्छ भन्ने मान्यता बोकेर आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आशा छ, उनको लागि यो महाधिवेशन फलदायी र सकारात्मक हुनेछ। त्यसैगरी यस क्षेत्रबाट कृष्ण गुरुङ, चोलेन्द्र पौड्ल, पशुपति शर्मा, रामजी खाँण, सरला पाण्डे लगायत थुप्रै कलाकारले उम्मेदवारी घोषणा गरेका छन्। लोक दोहोरीको उर्वर स्थल यस गण्डकी अञ्चलले अहिले पनि रामै्र वर्चस्व कायम गर्ने लगभग पक्का पक्की जस्तै भएको छ, किनभने सबै एकजुट भएर प्रतिस्पर्धामा जाने प्रतिबद्घता सबैले गरेका छन्।

सकेसम्म कलाकारहरू चुनावमा जानुभन्दा सर्वसम्मत रूपमा निर्वाचित हुनु उपयुक्त हुन्छ। चुनावले कलाकारमा गुट, उपगुट सिर्जना हुन सक्दछ। पूर्व मेचीदेखि पश्चिम महाकालीका कुना-कुनासम्मका कलाकारहरू समेटिएको, दीघकालीन दृष्टिकोण भएको, लोकस·ीतको उत्थानमा प्रतिबद्घ, राजनीतिक र·रहित कार्य समिति बन्न सकोस्। यस महान् यज्ञका लागि सबै कलाकार र कलाप्रेमीलाई शुभकामना झ्झ्

उचबखबकतगकिष्२थबजयय।अom

-लेखक नेपाली लोकगीतमा पि.एच.डी. अनुसन्धानरत छन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width