राष्ट्रियता र अखण्डतामा चुकेको दुईतिहाईको सरकार

वी.वी.श्रेष्ठ
वैशाख २४, २०७६

सुविधाजनक वहुमत एवं दुईतिहाईको सरकारका साथ नेकपाले सरकारको नेतृत्व गरिरहेको छ। नेपालको ईतिहासमा लामो समय पछि बनेको स्थिर सरकार पाश्चात देशमा सुशासन, भष्ट्रचारको अन्त्य र राष्ट्रियताको सवालले नवजीवन पाउने व्यग्र प्रतीक्षामा रहेको आमजनता सरकारको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ताका नारा केवल भोटको नारा मात्र त थिएन भन्ने कुराको आवाज उठ्न थालेको छ। भारतीय हेपाहा प्रवृत्तिबाट आजित बनेको नेपालका जनताहरु स्थिर सरकार बनेर आत्मनिर्भर बन्ने दिशामा अगाडि बढ्नेछ भन्ने आशामा वसेकाहरु निराशामा परिणत भएको छ। सरकार संचालनको लामो समय व्यतीत भईसक्दा समेत भारतप्रतिको झुकावमा सरकार र नेताहरुको उही पुरानै शैलीका कारण देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका नारा त केवल जनता झुक्याउने अस्त्र त हैनन् भन्ने प्रश्नचिन्ह खडा भएको छ।

विगतमा भारतले गरेको नाकाबन्दी र त्यसभन्दा पहिला पनि भएको नाकाबन्दीवाट आहत भएको जनता तत्कालीन समयमा नेकपा एमालेको अध्यक्ष एवं हालका सम्माननीय प्रधानमन्त्री केपीशर्मा ओलीको भारत विरोधी अभिव्यक्ति र चट्टानी अडानका सामु नतमस्तक बनेका थिए। त्यही केपीशर्माको अडान र विरोधका कारण विनाशर्त भारतले नाकाबन्दीखोलेको मनमस्तिष्कमा वसेको नेपालीजनता केपीओली नै राष्ट्रियता र देशका रक्षा गर्न सक्ने नेताका रुपमा परिचय बनाएको थियो। त्यही अस्त्रले काम गरेको तत्कालीन चुनावमा देखाएको त्यही मुद्दा नै नेकपालाई पहिलो र शक्तिशाली बनाउने मुख्य माध्याम बनेको थियो।

त्यही मुद्दामा आमजनताले नेकपालाई शक्तिशाली बनाउनुको मुख्य आधार भनेको ओलीको दूरदृष्टि नभई भारतीय हस्तक्षेप विरुद्ध खेलेको भूमिका नै प्रधान थियो। त्यही पृष्ठभूमिमा बनेको नेकपा सरकार र त्यसको नेतृत्वकर्ता केपीशर्माको प्रधानमन्त्रीत्व कालमा जनताले भारतवेष्ठित नभई भूपरिवेष्टित हुनेमा आशावादी हुन अश्वाभाविक थिएन। तर लामो समयसम्म प्रधानमन्त्री भएर पनि भारतसँग कूटनीतिक माध्यामबाट सामना गरेर देशको सीमा होस् वा अन्य विषयमा जुन विषय उठान गर्नुपर्ने हो त्यो विषयमा ध्यान नदिँदा आमजनताहरु निराश बनेका छन्।

देशसँग सीमा जोडिएका नाकाहरुमा स्थिर सरकारको गठनपाश्चात सीमा रक्षक र आम देशका जनताले सुरक्षाको प्रत्याभूति जुन हुनुपर्ने थियो, त्यसमा केही पनि सुधार नहुनु सरकारको कमजोरी शिवाय केही हुन सक्दैन। देशका सिमानामा पर्न गएको नेपाली जनताले भोगेका आम समस्या समेत समाधान गर्न तत्पर नदेखिनुले पनि ओली सरकारको जनताप्रतिको नैराश्यता बढ्दै गएको पाईन्छ। मन्त्रीपरिषदबाट निर्णय भएर वंशजको आधारमा नागरिकतादिने प्रावधानले देश र सरकार अझै पनि भारतको भक्तिमा लागिपरेको देखिन्छ। सीमा नाकामा भारतीयहरुको नागरिकताका लागि आगमन र व्यवहारले देश कतै भारतीयको जंजालमा फँस्न जाने त हैन भन्ने आम नेपाली जनतामा पर्न गएको छ।

संविधान, ऐन नियम र कानूनभन्दा पनि भारतीयलाई नागरिक वनाउने अभिप्रायले वितरण गरिएको नागरिकताले दशौँ वर्ष जनयुद्ध र भारतविरोधी गतिविधि गरेको तत्कालीन माओवादी होस वा राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि लडेको नेकपाको गतिविधिले हरेक पार्टी र नेताहरु जनतामुखी हैन भारतमुखी रहेको प्रष्ट वुझन सकिन्छ। नागरिकता वितरण के का लागि देश र जनताका लागि कि भारतीयका लागि? प्रश्न नाजायजहुन सक्दैन। देशका ऐन नियम र संविधानको अनुरुप हरेक नेपालीले नागरिकता प्राप्त गर्न सक्दछन्। यो एकमात्र सत्यतालाई समेत आत्मासात नगरी फगत कुर्सीका लागि गरिने भक्तिभावले आम नेपालीको भावनालाई ठेस शिवाय केही पुर्याउँदैन।

स्वनिर्भर र देशको अखण्डताको रक्षा गर्ने वताउनुभएको सम्माननीय प्रधानमन्त्री केपीशर्मा ओलीको यही भूमिकाले नागरिकता वितरणको काण्डले थप दूषित बनाईदियो। शक्ति केन्द्रका वरिपरि स्थिर सुरकार पनि झुक्दोरहेछ भन्ने निर्मलाहत्याकाण्ड, तेत्तीस किलो सुनकाण्ड, सिण्डिकेट, वालुवाटार काण्डले सरकारलाई झनझनकमजोर वनाईदियो। संघीयताको कार्यन्वयनमा आशातीत सफलता हासिल गर्न केही समय लाग्ने वुझेका जनताहरु काण्डै काण्डको भुमरीले जनतामा नैराश्यता थपिदियो। सार्वजनिक सम्पतिको समेत रक्षा गर्न नसक्ने सरकारको यही रवैयाले विपक्षी पार्टी र आमजनतामा थप विरोधका स्वर बनिदियो।

देशका सीमाको व्यवस्थापन मुख्य पाटो हो भन्ने एकमात्र सत्य समेत नवुझेको सरकार समस्या समाधानमा तत्परता नदेखाउदाँ सर्वसाधारण जनताको नजरबाट समेत पतीत बन्नपुगेको छ। दिनुहुँ हुने भारतीय हस्तक्षेप र दादागिरी भोगेको आम नेपाली जनता सरकारको भूमिकाले थप कमजोर बनिदियो। देश र राष्ट्र भन्दा ठूलो कोही हुँदैन भन्ने नारा दिएको सम्माननीय प्रधानमन्त्रीको त्यो भनाई निरर्थक सावित बनिदियो। भूगोलठूलो सानो हुनसक्दछ, तर देशको सार्वभौमसत्ता र अखण्डता सानो ठूलो हुँदैन भन्ने ओलीको स्वर विपक्षमा मात्र आगोको झिल्को बनिदियो। सरकार र शक्तिका अगाडि त्यो स्वर मलीन र धुमिल बनिदियो। देश र जनताका समस्या समाधानमा तत्परता नदेखाउदाँ ओली सरकारको राष्ट्रवाद खोक्रो बनिदियो। दूरदृष्टि बिनाको नेतृत्व, क्षणिकशक्ति र सत्तालाई नै प्रधान देख्ने नेतृत्वको कार्यशैलीले नेपाल आमालाई पटक पटक वलात्कारको शिकार बनाईदियो।

सुविधाजनक दुईतिहाईको स्थिर सरकार आफनै आन्तरिक कारणले आम जनताको भावना सम्वोधन गर्नबाट चुकेको छ। सधै विपक्षी पार्टीलाई मात्र गाली गरेर देश बन्दैन भन्ने कुरा दुईतिहाईको सरकारले बुझ्न ढिलाई गर्नु हुँदैन। सरकार शक्तिमा रहने तर देश र जनताका लागि केही नगर्ने अनि विपक्षीलाई देखाएर बस्ने यो सरकारलाई कदापि छुट छैन। तेजिलो राज्यसंयन्त्र र देश र जनताको मुक्तिका लागि ठोस योजना सहित अगाडि बढ्नु नै अहिलेको आवश्यकता हो न कि दोषारोपण। समयको यो बलियो साथलाई आत्मसात गरेर अगाडिबढ्न नसक्नु भनेको देश र जनतालाई त प्रत्यक्ष असर पर्दछ नै नेकपा पार्टी पनि यो बाट अछुतो रहन किञ्चित सक्ने छैन।

सुविधाजनक दुईतिहाईको स्थिर सरकार आफनै आन्तरिक कारणले आमजनताको भावना सम्वोधन गर्नबाट चुकेको छ। सधै विपक्षी पार्टीलाई मात्र गाली गरेर देश बन्दैन भन्ने कुरा दुई तिहाईको सरकारले बुझन ढिलाई गर्नु हुदैन। सरकार र शक्तिमा रहने तर देश र जनताकालागि केही नगर्ने अनि विपक्षीलाई देखाएर बस्ने यो सरकारलाई कदापि छुट छैन।

भूगोल ठूलो सानो हुन सक्दछ, तर देशको सार्वभौमसत्ता र अखण्डता सानो ठूलो हुँदैन भन्ने ओलीको स्वर विपक्षमा मात्र आगोको झिल्को बनिदियो। सरकार र शक्तिका अगाडि त्यो स्वर मलीन र धुमिल हुनपुग्यो। देश र जनताका समस्या समाधानमा तत्परता नदेखाउदाँ ओली सरकारको राष्ट्रवाद खोक्रो बनिदियो।

Related News

सम्बन्धित समाचार

hero news full width